मामाकी छोरी
‘भात थपौँ ?’
एउटी महिलाको आवाज नजिकै गुञ्जिएको थियो । हामी भने आफ्नै धुनमा थियौँ, भात खाने धुनमा । धुनमा यतिसम्म मस्त कि भात सकिएको पनि हेक्का रहेन छ हामीलाई । भात पस्कनेले हाम्रो थाल रित्तै देखेपछि सोधिएको रहेछ ।
‘हुन्छ’ मैले भनेँ ।
हरियो मजेत्रोले सिउँदो ढाकेकी ती महिलाले म बसेको टेबलका थालमा भात पस्किइन् । उनले भात पस्किँदै गर्दा हत्केलाको नाडीभाग माथितिर प¥यो, जसले गर्दा उनले लगाएको स्टिल चेनसहितको घडी पनि देख्न सकिन्थ्यो । रूढीजन्य प्रचलनअनुसार हत्केलाको भाग माथितिर फर्कनेगरी भात पस्कनुलाई राम्रो मानिँदैनथ्यो, यद्यपि म यस्तो पुरानो प्रचलनप्रति विश्वास गर्दिनथेँ । तर टेबलमा बसेका अरू मानिसहरूले भने यसमा विश्वास गर्दथे भन्ने त्यहाँ पनि मैले थाहा पाएँ ।
‘कस्ती आइमाई हो ?’ टेबलको कुनातिर बसेका एकजना ब्राह्मणजस्ता देखिने वयस्क पुरुषले भने । तर उनी त्यहाँभन्दा अगाडि बढेनन्, आफ्नो विरोधका बाबजुद उनले खाना भने खाइरहे । त्यसको अर्थ थियो– उनी पुरानो परम्पराका सवालमा त्यति कट्टर रहेनछन्, नत्र भने यस्ता मामिलामा मान्छेहरू भान्छा छोडेरै हिँडेको पनि देखेको थिएँ मैले कैयौँपटक ।
‘माफ गर्नुहोला’ उनले सुस्तरी भनिन् ।
त्यसका साथै मेरो ध्यान उनको अनुहारतिर गयो । उनी मेरी सासू थिइन् । मगर परम्परानुसार मामाकी आफूभन्दा जेठी छोरीलाई सासू र कान्छीलाई साली भन्ने प्रचलन छ, विवाह भएको होस् वा नहोस् । उनी मेरी मामाकी छोरी थिइन्, उमेर मभन्दा दुईवर्षले जेठी ।
हात नजोडिकनै मैले मुन्टो झुकाएर ‘नमस्कार’ भनेँ । उनले पनि मुन्टो झुकाएर मेरो नमस्कारको उत्तर फर्काइन् । तर त्यसका साथै पानीको एउटा तातो थोपा मेरो दाहिने पाखुरामा खस्यो । मैले अनुमान लगाएँ– त्यो उनको आँशुको थोपा थियो । शायद भात पस्कँदाखेरिको परिघटनाले उनको मन भावविह्वल भएको थियो । त्यसपछि उनी अरू टेबलतिर गइन् । पछि फेरि भात थप्नका लागि उनी त्यस टेबलतिर आइनन् । शायद उनले अरूलाई नै अह«ाएकी थिइन् । त्यही भएर हुन सक्छ, हामी त्यस टेबलमा बस्दासम्म दुईपटकसम्म भात पस्कनेहरू आए, तर दुवैपटक अर्का एकजना किशोर आए । तरकारी, दाल, चटनी पस्किनेहरू अरू नै थिए ।
हामीले खाना खाइसकेर हात धोयौँ । पैसा हामीले पहिले नै तिरेर टोकन लिएका थियौँ । पैसा बुझाउने काउन्टरनेर आएर सौफ, सुपारी र मिश्री लियौँ । सुपारी मेरो मन पर्ने खाद्यबस्तु । त्यो मैले दुई÷चारवटा बढी टुक्रा नै लिएँ । त्यसपछि सासूको नजिकै गएँ । उनीसित उनको फोन नम्बर मागेँ । उनले सुस्तरी फोन नम्बर बताइन् । मैले यति गर्दासम्म त्यस होटेलका कसैलाई पनि हाम्राबिचको साइनोबारे चासो देखाउने फुर्सद थिएन । त्यो समयमा यस्ता मामिलामा रुचि लिनु शायदै कसैका लागि न स्वाभाविक थियो, न आवश्यक नै ।
हामी बसमा गएर बस्यौँ । मसँग एकजना केसीथरका साथी हुनुहुन्थ्यो, बाटामा परिचय भएको । उनी पनि स्याङजाको आधीमोहनसम्मै पुग्ने रहेछन् । हामीले त्यहाँसम्मका लागि मित्रता गरेका थियौँ । मेरो अनुभवमा लामो दूरीको यात्रामा भरपर्दो साथीको आवश्यकता बढी नै हुने गर्दछ । अनुभवले मलाई यस्तो निस्कर्षमा पु¥याएको थियो ।
‘तपाईकी त साथी नै भेटिनुभयो होटेलमा, अब यहाँ खान बस्दा गजब हुने भयो’ ती साथीले भने । मैले बुझ्न सकिनँ, उनले त्यो स्वाभाविक वा व्यङ्ग्यात्मक कुन कोणले भनिरहेका थिए ? तर म त्यसबारे बढी घोत्लिइनँ ।
‘साख्खै दिदीसासू हुन् उनी । मेरो ठुलोमामाकी छोरी । एउटै छोरी हुन् । अरू दुईजना साला पनि छन् । सासू म भन्दा दुईवर्षले जेठी छिन् रे, आमाका अनुसार’ मैले अलि विस्तारमा सफाइ दिएँ, साथीलाई ।
‘तपाईहरू मगरको यो अनौठो चलन छ । विवाह गरे पनि÷नगरे पनि मामाकी छोरीलाई साली÷सासू भन्न पाइने’ ती साथीले अलिकति मनोरञ्जन लिन खोजे ।
‘हजुर’ मैले यत्ति मात्र भनेँ ।
हामी काठमाडौँबाट स्याङजाको मिर्मी जाँदै थियौँ । रातको ११ बजेतिर हामी मुग्लिङभन्दा केही अगाडि पृथ्वी राजमार्गछेउको होटेलमा खाना खान पुगेका थियौँ । अक्सरजसो त्यस रुटका पृथ्वी राजमार्गका यात्रुवाहक बसले त्यही होटेलमा खाना खुवाउँदा रहेछन् । खानाको गुणवत्ता तारिफलाग्दो त थिएन नै, तर आलोचना गरिहाल्नुपर्ने जस्तो पनि थिएन । शायद बजार अनुगमनको डण्डा त्यहाँसम्म बज्रन पुगेको थिएन या त्यस प्रकारको सार्वजनिक भान्छाघरमा पाक्ने खानाको त्यो औसत प्रकृति थियो । तैपनि टोकन लिएर सेल्फ सिस्टममा खाना खाने त्यहाँको प्रचलन मलाई राम्रै लागेको थियो अन्यथा अरू होटेलमा खाना माग्न र थप्नका लागि चर्कै आवाज लगाउनुपर्दथ्यो । त्यसपछि लामै समयसम्म प्रतिक्षा गर्नु त अलग्गै थियो ।
बसले रात्रीकालीन यात्रा सुरु ग¥यो, चिसो हावालाई चिर्दै । मेरो मनमा भने छिटोभन्दा छिटो सासूसँग कुराकानी गर्ने व्याकुलता थियो । मैले फोन लगाएँ । मोबाइल नेटवर्क “आउट अफ कभरेज” स्थितिमा रहेको प्रत्युत्तर मिल्यो । दोस्रोपटक फोन लगाउँदा भने सासूले उठाइन् । मैले बसबाट फोन गर्ने छु भनेर अघि नै भनेकाले उनले मलाई चिनिहालिन् पनि ।
‘ज्वाइँ, भोलि कुरा गरौँला । यहाँ अझै काम सकिएको छैन । काम सक्दासम्म १२÷१ बज्छ, तबसम्म तपाईलाई पनि सुत्नुपर्ला ।’
सासूले आफ्नो कामको व्यस्तताबारे बताइन् । उनको निर्णय मान्नु शिवाय मैले अरू विकल्प देखिनँ । उनको कुरा सही थियो । १२÷१ बजेपछि कुरा गर्नु उचित थिएन । फेरि बसको यात्रामा कुराकानी गर्दा बिचबिचमा मोबाइल नेटवर्कको सम्पर्क छुट्ने सम्भावना भइरहन्थ्यो । मलाई सासुको कुरा सबै किसिमले उचित नै लाग्यो । त्यसपछि मैले बसको सिटलाई पछाडि धकेलेर गरेर सुतेँ ।
नयाँदिनको उज्यालो प्रवेश गर्नुअघि नै मिर्मी पुगियो । बन्द भएका गाउँले होटल, त्यसमाथि माघको जाडो, बसको हर्नले मौनतालाई चिर्दै आफ्नो उपस्थिति जनाए पनि कसैले आफ्नो प्रातःकालीन निद्राका विरुद्ध विद्रोह गर्ने हिम्मत देखाएनन् । शायद हामीमध्ये कोही सख्त बिरामी भएका भए तिनै होटेलबाट दयालु भावना ढोका फोरेर बाहिर निस्कन्थ्यो । मैले यस्तो दृष्य पटक पटक देखेको थिएँ, तिनै होटेल सञ्चालकले राती २ बजे बिरामीका लागि ढोका खोलेर पानी तताइदिएको, बसको सिट बुकिङ गरिदिएको । त्यसका विपरीत आज भर्खरै उठे पनि दुई÷चार गिलास चियाबाहेक अरू सेवा हुन नसक्ने भएकाले उनीहरूले जाँगर नगरेजस्तो लाग्यो ।
परिस्थितिको त्यो प्रतिकूल वातावरणमा हामीले बसका ड्राइभर÷कन्डक्टरसित घण्टाभरका लागि आफू बसेको सिटमा नै आराम गर्ने अनुमति माग्यौँ । काठमाडौँ–गुल्म िओहोरदोहोर गरिरहने भए पनि बसका स्टाफलाई सहरको दूषित हावाले छोइसकेको रहेन छ । उनीहरूले हामीलाई सहर्ष त्यहीँ आराम गर्ने अनुमति दिए, अन्यथा अपरिचित यात्रुलाई यसरी बसभित्र आराम गर्न बसका स्टाफहरूले दिने गर्दैनन् ।
आँखा खुल्दा ६ः३० भइसकेको थियो । ७ बजेदेखि स्टिमरको पहिलो दैनिक यात्रा सुरु हुन्थ्यो । हामी अझै मस्त निद्रामा रहेका ड्राइभर र कन्डक्टरलाई त्यत्तिकै सुत्न दिँदै, मनैमन सुत्न दिएकोमा धन्यवाद टक्राउँदै बसको ढोका विस्तारै लगाइदिएर बाहिर निस्कियौँ । तलको होटेलमा झरेर स्टिमरको शुल्क ति¥यौँ । ठिक ७ः०५ बजे निर्धारित समयभन्दा ५ मिनटपछि स्टिमरले आफ्नो यात्रा सुरु ग¥यो । वरिपरिको मनोरम दृष्यको अवलोकनभन्दा बिहानको चिसो सिरेटोको प्रहार जोडदार थियो । त्यही कारणले गर्दा हामीले त्यो मनोरम दृष्यलाई अवलोकन, दृष्याङ्कन गर्ने इच्छालाई त्यागिदियौँ । यात्रुहरूमध्ये केहीले आफ्नो हाई रेजुलोसनयुक्त क्यामराबाट दृष्यलाई कैद गर्ने हिम्मत देखाइरहेका थिए । तर धेरैजसोले भने हुटिट्याउँले बालुवामा मुन्टो लुकाए झैँ च्यादर वा खास्टोमा मुन्टो घुसारिरहेका थिए ।
आधा घण्टाको त्यो यात्राको समाप्तितिर स्टिमरले फेरि हर्न बजायो । त्यो हर्न गन्तव्यस्थल आइपुगेको वा हाम्रो स्टिमर यात्रा समाप्त भएको सङ्केत त थियो नै, त्यसभन्दा पनि स्टिमरमा ल्याइएका सामानलाई अगाडिसम्म ढुवानी गर्न त्यहाँ पहिलेदेखि नै उभिएर बसेका कामदारको सूचनार्थ पनि बजाइएको हुन्थ्यो । त्यहाँको बाटो हुँदै यात्रा गर्ने पुराना यात्रीका लागि यस्तो स्थिति नयाँ थिएन । स्टिमरलाई मोटो डोरीको सहाराले ढुङ्गामा बाधेर अड्याइयो । त्यसपछि लाइन लागेर हामी ओर्लियौँ, कालीगण्डकीको बालुवा किनारमा ।
नदी किनारभन्दा अलि माथि पुग्न थालेकै बेला मेरो फोनको घण्टी घन्घनायो । हेर्दा सासूको नम्बर रहेछ । मैले अरू यात्रीभन्दा केही पर गएर सासूसित कुराकानी गर्ने योजना बनाएँ । त्यसका लागि म भर्खरै उदाउँदो घाम लागिरहेको ढुङ्गामाथि बसेँ, झोलालाई अलपत्र छोडिदिएर ।
‘ज्वाइँ, कहाँ पुग्नुभयो ?’
‘भर्खरै सेतीबेनी पुगेको छु ।’
‘घर कति बजेसम्म पुग्नु हुन्छ ?’
‘एघार बजेभन्दा यता जिप पाइएलाजस्तो छैन सासू । त्यसपछि पाइयो भने बजारसम्म १/२ बजेतिर र घरसम्म पुग्न ३÷४ बज्ला ।’
त्यसपछि सासूले कुरा अलिकति आफूतिर घुमाइन् ।
‘हिजो तपाईसित बसेर धित मर्नेगरी कुरा गर्ने रहर थियो’ सासूले कुरा अगाडि बढाइन्– ‘तर के गर्ने ? नोकरी त नोकरी नै हो । कामकुरा छोडेर ठिमीतिरको कुम्लो बोक्नुभएन । फेरि तपाई त्यही बाहुनसित बस्नुभएको रहेछ । नाडी देखाएकोमा उसलाई नराम्रो लागेपछि मलाई पनि फेरि फर्केर त्यतै जान मन लागेन । अरू केटाहरूलाई पठाएँ, खाना–तरकारी थप्न । बिचबिचमा तपाईलाई हेर्दै गरेँ । तपाई खाना खाइरहनुभएको थियो । खान छोडेर तपाईलाई कुरामा अल्झाउन पनि मन लागेन । त्यही भएर तपाई बसेको टेबलतिर फेरि गइनँ ।’
फोनमा लामो कुरा गर्नु सम्भव थिएन । फेरि मैले सेतीबेनीमा चियानास्ता गर्ने योजना पनि बनाएको थिएँ, नत्र दिनभरि भोकै हुने संयोग जुर्दथ्यो । त्यसकारण मैले सासूसित लामो कुराकानी गर्ने मनस्थिति बनाएको थिइनँ । तैपनि सासूका बारेमा सङ्क्षिप्त जानकारी प्राप्त गर्ने मेरो इच्छा भने थियो नै । त्यसैले मैले खास कुरा सोधिहालेँ ।
‘त्यहाँ किन काम गर्नुभएको ?’
फोनमा एकछिन सून्यता छायो । मैले ‘सासू’, ‘सासू’ भनिरहेँ । केही बेरपछि सासूको आवाज घन्कियो– ‘हजुर ज्वाइँ ।’
‘तपाईलाई फोनमा के भनौँ ?’ पीडाभावमिश्रित आवाजमा सासूको प्रत्युत्तर फोनमा गुञ्जिन थाल्यो– ‘के गरौँ त काम नगरेर ? तपाईको दाइको भरै छैन । कतिखेर काम गर्ने, कतिखेर नगर्ने । जाँड खायो भने दिनभरिजस्तो सुत्ने । छोराछोरी दमौलीमा पढ्छन् । काठमाडौँमा पढाउन सकिएन । बाबु अहिले ८ कक्षामा पुग्यो । दुईवर्षपछि एसएलसी पढ्नुपर्छ । खर्च बढ्ने होला त्यसपछि । त्यसभन्दा माथि पढाइको कुरा त झन् अर्कै । छोरी पनि ६ कक्षामा पुगी । ५÷७ वर्षपछि विवाह गरिदिनुपर्ला । सहरको हापले भेटेको ठाउँ । दाइजो दिनुपर्नेभयो भने के गर्ने ? हाम्रो जमानाको जस्तो विवाह हुन नसक्ला । अहिले छोराछोरीको पढाइ खर्च छ । दमौलीमा कोठा लिएर बस्न भनेकी छु । कोठाभाडा, खाना, फिस, कापीकलम, हिँडडुल, दुःख–बिरामी गर्दा १०÷१५ हजार महिनामा पुग्छ कहिलेकाहीँ । यतिका खर्च जुटाउनैप¥यो महिनैपिच्छे ।
तपाईको दाइलाई यी सबै कुरा बताउने हो भने झर्किन्छन् । “तँ धेरै नकरा ! तँलाई मात्रै थाहा छ यी सबै कुरा ? पोथी बासेको राम्रो हुन्न” भन्दै रिस्सिन्छन् । उस्तै परे हातै छोडनु पनि बेर लगाउँदैनन् । अहिले त छोराछोरी हुर्केका छन् । हात उठाउनुभन्दा पहिले दशपटक सोच्छन् ।
दुई÷चार पैसा आम्दानी होस् भनेर पहिले घरै रक्सी बनाउँथे । मुग्लिनमा लगेर बेच्थेँ । अब बनाउदिनँ । तपाईको दाइलाई नै रक्सी बनाइदिएजस्तो हुने । दिनभरि रक्सी खाएर रल्लिने । वरपरका मान्छेलाई समेत लिएर घरको रक्सी सिध्याउने । काममा नजाने । त्यसमाथि गाउँका आइमाईहरू आएर मसित झगडा गर्ने, तिम्रो रक्सीले गर्दा हाम्रा बुढा पनि बिग्रिए भनेर । त्यसपछि त मैले त्यो काम नै बन्द गरेँ ।’
‘अहिले दाइ के गर्नु हुन्छ त ?’
मैले सासूलाई भुलाउन अर्को प्रसङ्ग जोड्न खोजेँ । मलाई चिन्ता थियो, एकैलयमा पीडादायी बयान गरिरहँदा सासूको मनमा खिन्नता बढ्न सक्थ्यो । म त्यस्तो नहोस् भन्ने चाहन्थेँ ।
‘के गर्ने नि ! गर्ने काम त त्यही कारपेन्टर हो । दिनदिनै काम गर्ने हो भने त ५÷७ सय कहीँ नगएको आउँछ । तर दिनदिनै गर्ने नै कहाँ हो र ? जाँडपार्टीको सङ्गतले फुर्सद नै कहाँ मिल्छ र ? मैले यहाँ काम गर्न थालेपछि अलि सुध्रिएका छन्जस्तो लाग्छ । दिनदिनै घर आउँछन् रे ! दुईवटा गाई र बाच्छाबाच्छी मात्र छन् गोठमा । त्यो तालमा भैँसी कहाँ पाल्न सकिन्छ र ? बिहानै सकेको एक भारी घास काटेर ल्याउँछन् । त्यही साँझसम्म पु¥याउँछन् । दिउसो काम गर्नैप¥यो । काम नभएको दिन गाई फुकाएर वनतिर लैजान्छन् । अनि, मलाई दिनदिनै फोन गर्छन्, त्यो जागिर छोडिहाल् भनेर ।’
‘त्यो त खुसीको कुरा हो’ मैले भनेँ– ‘अनि तपाईले के भन्नुहुन्छ त ?’
‘मैले भनेको छु– तिमीले जाँड खान छोड्ने हो भने मात्र मैले यहाँ काम गर्न छोड्ने छु ।’
‘अनि, उहाँको जवाफ ?’
‘मगरको छोराले पनि जाँड छोड्छ ? तिमी आयौ भने कम खाउँला नि ! चाडवाड, सँगीसाथी जुट्दा यसो लगाउँला, त्यो पनि तिम्रै हातले अड्कलेको भन्छन् ।’
मैले अलिकति सम्झाउने प्रयास गरेँ, सासूलाई ।
‘तपाईले जागिर छोड्नुभए वेश होला सासू । तपाई घर जानुभयो भने दाइ सुध्रिने छाँट देखियो । फेरि छोराछोरीको भविष्यका लागि पनि तपाईहरू मिल्नैपर्दछ । बुढाबुढीको झगडा, परालको आगो ।’
सासूले विस्तारै सफाइ दिन थाल्नुभयो ।
‘मैले एकहप्ताको छुट्टी लिएर घर जान्छु भन्ने सोचेकी छु ज्वाइँ । यदि त्यो एकहप्तामा तपाईको दाजुको व्यवहार सुध्रियो भने ठिकै भयो, नत्र मेरो भाग्यमा यस्तै लेखेको रहेछ भनेर चित्त बुझाउने छु ।’
यत्तिकैमा जिपले हर्न बजायो । जिप आइसकेको थियो, पुर्तिघाट बजारबाट । अब मान्छेहरू चढ्न सुरु गर्लान् । समयमै त्यहाँ नपुग्ने हो भने सिट पाउन मुस्किल होला । सिट नपाउने भनेको हामीजस्ता युवाले छतमा पनि बस्न नपाउने कुरा हुन्थ्यो त्यहाँ ।
‘तपाईको गाडी आएजस्तो छ ज्वाइँ’ सासूले भन्नुभयो– ‘आउँदाखेरि दमौली पस्नुहोला । मेरो घरसम्म त तपाईलाई पुग्न गाह«ै होला । समय पनि नमिल्ला । दमौली एक साँझ बसौँला, छोराछोरीको कोठामा ।’
सासूको सुझाव उचित लाग्यो । मैले हुन्छ भनेँ । सासूले फोन राख्नुभयो । मैले एकाएक झोला उठाएर सेतीबेनीको पुल तर्न थालेँ । यतिबेला मेरो मनमा हलचल भइरहेको थियो । फर्कदा दमौलीमा एकसाँझ बसौँ कि नबसौँ म ? मोटामोटी थाहा भएपछि सासूको जीवनबारे गहिराइमा जानु उचित होला कि नहोला ? आफ्नो निजी जीवन व्यवस्थापन गर्न स्वयं सासू सक्षम भएको मलाई फोनको कुराकानीबाटै थाहा लागिसकेको थियो । यस्तो अवस्थामा दमौलीमा एकसाँझ बसेर सासूको सुक्न थालेको घाउ कोट्याउने कृतघ्नता गरूँ कि नगरूँ ?
‘ल है छिटो आउनू, नत्र छतमा पनि बस्न नमिल्ला
एक्कासी कन्डक्टरको कलाहीन कर्कश आवाजमा चेतावनी गुञ्जियो । मनको गन्थनलाई त्यत्तिकै छाडेर म जिपतिर डौडिएँ । जिपको इञ्जिन स्टार्ट गरिसकिएको थियो, तर हिँड्नका लागि होइन कि आफ्नो यात्री सङ्ख्या सुनिश्चित गर्न ।
२०७३ भाद्र
कपन, काठमाडौँ
............................................................................................................
खुसी
एक हुल वसन्तपुर काष्ठमण्डपतिर डौडियो ।
‘के भयो, के भयो ? कसलाई के भयो ?’
‘नाच्दै गरेकी एउटी महिला ढली रे !’
नजिकैको भिडबाट आवाज आयो, तबसम्म ती महिलालाई भिडले घेरी सकेको थियो । भिडले घेरिएको बीच भागमा ती महिला अर्की प्रौढ महिलाको काखमा थिइन् । काखमा टाउको । निस्लोट मुहार । लामो कपाल । एक महिलाले बोटलबाट उनको मुहारमा पानी छर्की रहेकी थिइन् । कसैले चुन्नीलाई पङ्खाको रूप दिँदै हावा दिई रहेका थिए ।
केही बेरमा ती महिलाका आफन्तहरु पनि आए जस्तो लाग्यो । भिडलाई धकेल्दै दुई जना महिला नजिकै आई पुगे ।
‘लौ लौ, हस्पिटल लैजानु प¥यो । जिउका कपडाहरु अलि मिलाई देऊ न ।’
‘एक छिन पर्खिऊँ न । फ्यान्ट भएको हो जस्तो छ । शायद पानीको कमी भयो होला । १०-१५ मिनटमा आफै होश आई हाल्छ कि ?’
टाउको आफ्नो काखमा राखेकी ती प्रौढ महिलाले आत्मविश्वासका साथ भनिन् । आफन्तहरु उनको सुझावप्रति कन्भिन्स भए जस्तो लाग्यो । उनीहरु एक छिन शान्त भएर ती महिलाको वरिपरि बसी रहे ।
‘अलि पर पर बस्नुस् त । यति बेला ताजा हावा चाहिन्छ बिरामीका लागि ।’
ती प्रौढ महिलाले भनिन् । वरपरका मानिसहरुले उनको आग्रहलाई सहर्ष स्वीकार गरे पनि । एकै छिनमा बिरामीलाई ताजा सास लिनलाई सहज होस् भनेर भिडले खुल्ला ठाउँ बनाई दियो ।
ती प्रौढ महिलाको अनुमान सही सावित भयो । केही बेरपछि ती महिलामा होश आए जस्ता लक्षणहरु देखिन थाले । ती महिला अलिकति चल्मलाइन् । विस्तारै अलिकति आँखा खोलिन् ।
‘म कहाँ छु ? मलाई के भएको हो र ?’
‘छोरी, तिमी त बेहोस भयौ नाच्दा नाच्दै ।’
प्रौढ महिलाले विस्तारै भनिन् । होश खुलेकी महिला विस्तारै उठिन्, तिनै प्रौढ महिलाको सहाराले । नजिकै रहेकी अर्की महिलाले उनलाई थप सहारा दिँदै बस्न सघाए । सबैले सुझाव दिए– ‘एक छिन अझै आराम गर्नु पर्छ । अब होश आयो । डराउनु पर्दैन ।’ यो पनि सुझाव माने उनीहरुले ।
होश खुलेपछि मानिसको हुल घट्दै जान थाल्यो । केही बेरपछि ती प्रौढ महिला पनि घरतिर जान थालिन् ।
‘छोरी, अब तिमीलाई होश आयो । अब म गए हुन्छ । तिमीलाई पानीको कमी भए जस्तो छ । औषधि पसलबाट जीवन जल ल्याएर घोल बनाउनू र एक बोटल पानीसित भर्खरै खाई हाल्नू । मलाई पनि जानु प¥यो, नत्र “यी बुढीलाई त रमाइलो पनि ज्यादै नै लाग्छ, अहिलेसम्म पनि नआउने” भन्दै घरमा छोरा बुहारीहरु कराउन थाल्लान् ।’
ती प्रौढ महिला हि“ड्न थालिन् । जवाफमा धरर्र आँशु खसाल्दै, दबिएको स्वरका साथ ती महिलाले भनिन्– ’हुन्छ आमा, जानुस् ।’
प्रतिक्रियास्वरूप प्रौढ महिलाको पनि मन भरिएर आयो । उनले पहिले त ती महिलाको आ“शु पुछिन्, त्यसपछि टाउकोमा हात राखिन् । शायद उनले आशिर्वाद दिएकी थिइन् । आफ्नो सानो पातलो पछ्यौरीले आँखाको कुना पनि पुछिन्, कसैले थाहा नपाउने गरी । उनको मन पनि त्यत्तिकै गहु्रङ्गो भएर आएको थियो ।
उनी हिँडिन् । एक झोक्का चिसो हावा पनि चल्यो । हावाले दुवै काम ग¥यो– भर्खरै ब्युझिएकी महिलालाई ताजा अक्सिजन दियो र प्रौढ महिलाको बिदाइ पनि ग¥यो । चिसो हावाको झोक्काप्रति हृदयतलबाट सह«दयता प्रकट गर्र्दै ती महिलाका कपडा एक छिन अलिकति फुङ्ग उडे । त्यसपछि हावा आवाजहीन भएर मन्द गतिमा बग्न थाल्यो ।
तीजको दिन । भदौको अन्तिम हप्ता । मध्याह्नको समय । वसन्तुपरमा शायद महिलाहरुका लागि वर्षभरिको दुःख र खुसी पोख्ने दिन । सातै काम बिताएर भए पनि वसन्तुपर पुग्दा मन हल्का हुने विश्वास महिलाहरुको थियो । प्रत्येक वर्ष त्यसै दिन त्यहाँ महिलाहरुको घुइँचो लाग्दथ्यो । समूह समूहमा महिलाहरुको नाचगान चल्दथ्यो, साँझसम्मै । कसैसँग लाउड स्पिकर हुन्थ्यो, कसैसँग हुन्थेन । नहुनेले पनि तालीको सङ्गीतमा सुर र लय मिसाएर वातावरणलाई सङ्गीतमय बनाई दिन्थे । त्यसमाथि महिलाहरुको उन्मुक्त मुद्रामा नृत्य । आखिर नृत्य उन्मुक्त मनोभावलाई प्रकट गर्न सकिने एउटा विधा पनि त हो ।
वसन्तपुरको त्यो सौन्दर्यबाट म मुग्ध थिए । समयले साथ दिएसम्म म वसन्तुपर पुग्दथेँ नै, प्रत्येक वर्ष । दुई÷तिन घण्टा त्यहाँ रम्न पाउँदा संसारकै बेजोड फिल्म वा नाटक हेरेको भन्दा मलाई बढी आनन्दको अनुभूति हुन्थ्यो । त्यसमाथि कथाको ‘प्लट’ प्राप्त गर्नु मेरो अर्को उद्देश्य हुन्थ्यो । एक त वसन्तपुरका पुरातात्विक सम्पदाले मलाई ऐतिहासिक प्रकृतिका आख्यान लेख्न प्रेरणा दिन्थ्यो । अर्कातिर, तीजको अवसरमा त झन् बेग्लै सौन्दर्य वसन्तपुरभरि पोखिएका हुन्थे ।
बेहोश महिलालाई देख्दासाथ मैले कथाको नयाँ ‘प्लट’ फेला परेको महसुस गरे“ । त्यसका लागि ती महिलासित थोरै भए पनि कुराकानी गर्नु आवश्यक थियो । तर सरासर गएर उनीसित कुरा गर्दा जुनसुकै अर्थ पनि लाग्न सक्दथ्यो । उनीहरुले षडयन्त्रको गन्ध महसुस गर्न सक्दथे । त्यो समस्या समाधान गर्न एउटा उपाय निकाल्नु पर्ने थियो । मैलै उपाय पनि फेला पारेँ ।
वसन्तपुर परिसरभित्र औषधिका पसलहरु थिएनन् । म न्यूरोडतिर फर्किएँ । औषधि पसलबाट पा“च पोका ओआरएसको प्याकेट र त्यही“बाट एक बोटल पानी पनि किनेँ । त्यसपछि म सरासर ती महिलाछेउ पुगेँ । यतिखेर त्यहाँ बिरामी महिलाका साथ अरू दुई जना महिलाहरु रहेछन् ।
‘ल, यो जीवन जल र पानी, खाई हाल्नुस् त ।’
तर मेरो प्रस्तावले उनीहरुलाई असमञ्जसमा पारी दियो । उनीहरु पहिले त आपसमा नै मुखामुख गर्न थाले । त्यसपछि घरिघरि मलाई हेर्न थाले, तबसम्म मैले बुझी सकेको थिएँ– एउटा अपरिचित व्यक्तिले दिएको जीवन जल र पानी खान उनीहरु तयार थिएनन् ।
‘म पत्रकार, डराउनु पर्दैन ।’
मैले आफ्नो आइकार्ड देखाउँदै भनेँ । त्यसपछि मैले उनीहरुलाई अलि सितलतिर बसौँ भनी प्रस्ताव गरेँ । उनीहरुले मेरो प्रस्तावलाई अस्वीकार गरेनन् । काष्ठमण्डप परिसरभित्रै बसेर मैले एक पोका ओआरएस पानीको बोटलमा मिसाए“ । अलि अलि हल्लाएर बेहोश भएकी महिलालाई दिएँ । उनले बोटलको एक–चौथाइ जति पानी पिइन्, एकै पटक ।
‘हजुरको नाम ?’
‘सुनिता ।’
’उहाँहरु को नि ?’
‘उहाँ मेरी जेठानी, यो चाहि“ बहिनी ।’
उनीहरु मसित अलिकति खुल्न थाले । मैले अझै वातावरण सरस बनाउन थपेँ–
‘साख्खै बहिनी ?’
‘हो नि, साख्खै बहिनी, कान्छी । मलाई तीजमा लिन आएकी ।’
यत्तिकैमा जेठानी बताइएकी महिला बोलिन् ः
‘म चाहिँ साख्खै होइन । उसकी ससुरा र मेरा ससुरा दुई भाइ हुन् रे । फेरि पनि म सुनिताकी जेठानी त परी हालेँ ।’
म एक छिन हासेँ । उनीहरु पनि हासे । सुनिता भने खुलेर हासिनन् । शायद उनको शारीरिक अवस्था अझै सहज भई सकेको थिएन ।
म मनमनै हतारिई सकेको थिएँ । डर थियो– कतै यस्तै अनौपचारिक कुरा गर्दा गर्दै उनीहरु हि“डी हाले भने ? त्यसरी त मेरो हातमा आएको ‘प्लट’ गुम्न सक्दथ्यो । त्यतिखेर मलाई निकै पछुतो हुन सक्दथ्यो । त्यस कारण म मुख्य बिन्दुमा प्रवेश गरी हालेँ ।
‘कस्तो नाच्दा नाच्दै लड्नु भएछ त ।’
मलाई आशा थियो, सुनिताले नै केही बताउलिन् त्यसबारे, तर उनकी जेठानी पो बोल्न थालिन् ।
‘यो नाच्न जान्ने त होइन । कहिल्यै नाच्दिनँ पनि । आज के भएछ कुन्नि ? नाच्न तम्सिइछ ।’
अब कान्छी बहिनी बोलिन्– ‘त्यो गीतले गर्दा हो । दिदीको मनमै लागे छ क्या त्यो गीत ।’
‘के गीत थियो र त्यस्तो ?’
मैले जिज्ञासा राखेँ । आखिर गीतले उद्वेलित गरेर नाच्न बाध्य भएको जानकारी पाएपछि मेरो जिज्ञासा बढेर गयो ।
अब भने बाध्यतावश केही बोल्नै पर्ने अवस्था आई लाग्यो सुनितामाथि । उनले सुस्तरी आफूले सुनेको गीत शब्दशः बताइन्, तर लयमा होइन ।
“केको लाज मलाई देखाउँदै नाच्छु फुटेका हत्केला
बाउ बराजुको साँघुरो आँगन भत्के नि भत्केला
हाई मेरो फरिया”
‘यो गीतले मेरो मन छोयो, त्यसपछि अन्तिमसम्मै नाचेँ ।’
“रेशमको सारी भइँभरि झरी ढल्किँदै नाचिन्छ
आघुँको साल खै क्या हो क्या हो मरिन्छ–बाचिन्छ
हाई मेरो फरिया”
‘त्यसपछि त ढले छु ।’
सुनिताको सङ्क्षिप्त जवाफले मेरो जिज्ञासा झनै बढेर गएको थियो । आखिर त्यो गीतले उनको मन किन छोयो त ?
‘तपाईकै मात्र मन छुनु पर्ने किन नि ? त्यत्तिका अरू धेरै महिलाहरु पनि थिए नि त्यहाँ त ।’
मैलै जिज्ञासा प्रस्तुत गरी सक्नुभन्दा पहिले नै जेठानी केही बोल्न खोजे जस्तो लाग्यो । मैले आफ्नो जिज्ञासालाई लम्ब्याउन चाहिनँ ।
‘सुनिताको घर त्यस्तै त थियो पहिले । अहिले पनि धेरै फरक कहाँ छ र ?’
अब अलि खुलेर सुनिताकी जेठानीले बताइन्–
‘सुनिताको पहाड घर पर्वत जिल्लामा थियो । बुबाले छोरी सुखी होस् भनेर धेरै जमिन, पाखापखेरो भएको पराजुली थरका केटालाई सुनिताको सिउँदो सुम्पी दिएका थिए । हुन पनि गाउँमा धनी भनेको धेरै जग्गा जमिन भएकालाई मान्ने चलन अहिले पनि छ । घरमा पाँच भाइ छोरा र दुई बहिनी छोरी । सुनिताको विवाह जेठो छोरासित भएको थियो । सुनिताको पति बाहेक अरू सबै देवर र नन्दहरु स्कुल जाने । विस्तारै सबै हुर्कंदै गए । सबैको विवाह पनि हुँदै ग¥यो, तबसम्म घरको कामको बोझ सुनितामाथि नै हुन्थ्यो । पुछारमा काली गण्डकीको तिरमा खेत, घर वरिपरि बारी । टाढाको खेत, तर अक्षताका लागि भए पनि धान रोप्नै पर्ने । घरको मुख्य खान्की आटो पिठो । त्यसका लागि कोदो नरोपी नहुने । वैशाखमा पानी पर्दा बित्तिकै मकै छर्ने र कोदोको बिउ सँगसँगैजसो राख्नु पर्ने । जेठको अन्तिमतिरबाट कोदो रोप्नु सुरु गरी हाल्नु पर्ने । टण्टलापुर घाम र झरी बादल नभनेर कोदोको खेती गर्नु पर्ने । कोदोको खेती त्यसै पनि दुखालु । हिउँदमा घासको दुःख अलग्गै, सधैजसो । गाईगोरु फुकाउनु पर्ने । भैंसीलाई घास पु¥याउनै गाह«ो । देवर, नन्दले स्कुल नभएका बेला सघाउथे । पछि पछि देवरहरुका विवाह भयो, तर सुख फेरि पनि टाढै । सुनिताका चार सन्तानहरु, तिन छोरा, एक छोरी । देवर–देउरानीहरु भन्न थाले– जसको जहान धेरै, उसैले काम पनि धेरै गर्नु प¥यो नि । त्यो कामको बोझले सुनिता लौरी जस्तै भएकी थिई ।
पछि सुनिताका पतिले आफ्नो शिक्षक जागिर काठमाडौ“तिर सरुवा गराए । त्यसका पछाडि सुनितालाई केही सुख दिने मनसाय पनि थियो उनको पतिको । तर प्राथमिक विद्यालयका हेड मास्टरको जागिरले मात्र काठमाडौँ बसाइ“को खर्च नचल्ने । सुनिताले पनि पसल व्यवसाय गर्नु पर्ने भयो । सुनिताले आठ कक्षासम्म पढेकी थिइन् । नौ कक्षामा भर्ना हुने बेलामा उनलाई माग्न आए । यत्तिको पढेको केटो र जग्गा जमिन भएको पाइदैन भन्दै सुनिताको विवाह भएको थियो । काठमाडौँमा पसल र चार जना छोराछोरीको हेरचाह, तर श्रीमानको जागिर, जसले गर्दा घरायसी काममा सघाउ नहुने ।
काठमाडौँमा आएपछि सुनितालाई एउटा राहत भने अवश्य मिल्यो । अब उनलाई सासू–ससुराको दकसमुनि रहन नपर्ने भयो । यो एउटा सुख वाहेक उनको दुःख सहरमा आएर पनि खासै कम भएन । बिहान ४ बजे उठेर छोराछोरीहरुका लागि खाना, खाजा बनाउनु, दिउसोभरि र साँझ आठ÷नौ बजेसम्म पसलमा बस्नु, त्यसपछि खाना बनाउनु, कपडा धुनु जस्ता कामले सुनितालाई धपडी हुन्थ्यो । छोराछोरी र श्रीमानले धेरै थोरै काम अवश्य सघाउथे । तर उनीहरुको पनि आ–आफ्नै व्यस्तता थियो । जसरी एउटी जिम्मेवार गृहिणीले घरको काम मसिनो गरी पहिल्याउन सक्थे, त्यो स्थिति छोराछोरी र श्रीमानका तर्फबाट हुन सक्दैनथ्यो । यसरी बाहिरी आवरणमा साहुनी, सुखी देखिए पनि सुनितामाथि कामको बोझ अझै पनि त्यस्तै थियो ।’
जेठानीको बयान सुनिताले सुनी रहेकी थिइन् । उनले त्यसको न प्रतिवाद गरिन्, न स्पष्टीकरण नै, बरु भन्न सकिन्थ्यो– जेठानीको बयानप्रति उनको मौन समर्थन थियो ।
‘जेठानीको बयान सत्य हो त ?’
मैले घटना विवरणप्रति बनावटी आशङ्का व्यक्त गर्न खोजेँ । तर सुनिताले जवाफ फर्काइनन् । यसबाट प्रमाणित हुन्थ्यो– जेठानीको बयान नै सुनिताको जीवनको वास्तविकता थियो ।
अब मेरा लागि सुनितासितको वार्तालापको प्रयोजन समाप्त भइसकेको थियो । तैपनि जुरुक्क उठेर हिँड्नु अस्वाभाविक नहोस् भनेर मैले एउटा अन्तिम प्रश्न तेस्र्याई हाले ः
‘तीजलाई महिलाहरुको पर्व ठानिन्छ । त्यस्तो पनि के पर्व ? आवरणमा पर्व जस्तो देखिए पनि यथार्थमा महिलाहरुले क्षणभरका लागि पनि खुसी महसुस गर्न नसक्ने ?’
‘मलाई खुसी नभएर के भयो र ? मेरा कारणले मेरो परिवार चली रहेको छ । श्रीमानले इज्जतसँग नोकरी गरी रहनु भएको छ । छोराछोरीहरु राम्रै स्कुलमा पढी रहेका छन् । घरमा हुँदा पनि त राम्रै थियो । छिमेकीहरु सासू–ससुरासित कस्तो कामकाजी बुहारी पाएको भन्ने गर्दथे । यहाँ पनि श्रीमानले कति पटक भनेको सुनेको छु– आज हाम्रो परिवार जे जस्तो अवस्थामा छ, त्यो सुनिताकै कारणले हो । अनि, छोराछोरीहरु भन्ने गर्दछन्– “मम्मी इज द ग्रेट !” यही खुसी नै मेरा लागि गौरव हो । सक्रियताको कारण हो । मलाई जेसुकै हुनु परोस्, तर मेरो घर–परिवार दुःखी हुनु नपरोस् । मलाई अरू कुराको पर्वाह छैन । सबैलाई एक दिन जानै पर्ने हो ।’
सुनिता विस्तारै उठिन् । उनलाई उनकी जेठानी र बहिनीले उठ्नमा मद्दत गर्न खोजे । तर उनले त्यो आवश्यकता महसुस गरिनन् । त्यसपछि उनीहरु तिनै जना विस्तारै हिँड्न थाले । हिँड्दा हिँड्दै सुनिताले सयको नोट मतिर तेस्र्याउँदै भनिन् ः
‘जीवन जल र पानीको पैसान लिनुस् ।’
मैले लिन्नँ भने । उनीहरु न्यूरोडतिर लागे । त्यहाँबाट उनीहरुलाई नारायणस्थानको हाइस पक्रनु थियो । म भने सोच्दै रहेँ– यस्तै अरूको खुशीका लागि बाच्नेहरुको सत्ता संसाभरि हुने हो भने मानव जगत नै कति सुखी हुन्थ्यो होला ? मैले मनमनै सलाम गरेँ ः जय सुनिता र जय सुनिता प्रवृत्ति !
२०७३ साउन
कपन, काठमाडौँ
............................................................................................................
देशविहीनहरू
उमेश झाडी फा“ड्न कस्सिएर लागेका थिए । उनले टाउको सिख धर्मावलम्बीहरूले पगडी लगाए जस्तै गरी लामो कपडाले बेरेका थिए । शायद टाउकोमा यसरी कपडा बेर्न उनले पंजाबबाट नै सिकेका थिए । उनले केही वर्ष पहिले जालन्धरमा नोकरी गरेका रहेछन् ।
हामी त्यस ठाउ“मा पहिले पनि पुगेका थियौ“ । तर अहिलेको समयसम्म धेरै नै परिवर्तन भैसकेको थियो । पा“च वर्ष पहले हामी आउ“दाको मौसम वर्षात्को थियो । हामीलाई यहा“सम्म पुग्न पैदल यात्रा गर्नु परेको थियो । गुवाहटी हु“दै कार्बिआङलोङसम्म जाने जिपको सेवा त्यतिखेर बन्द थियो । तैपनि उमेशजीसित भेट गर्नै पर्ने भएकाले हामीले मेघालयको बाटो हु“दै जानु परेको थियो । हामीलाई यहा“सम्म पुग्न दुई दिन लागेको थियो ।
भारतको पूर्वी–उत्तर क्षेत्रमा पर्ने त्यो ठाउ“ घना जङ्गल भए पनि पश्चिमोत्तरको जस्तो थिएन । न त त्यहा“ पश्चिमोत्तरमा जस्तै जताततै पानीको मूल फुटेको हुन्थ्यो, न असौजको त्यो समयमा पनि त्यहा“ नेपालको उच्च पहाडी लेकमा झै जुका लाग्दथ्यो । रातो माटोमाथि उभिएको त्यो जङ्गलमा नेपालमा जस्ता झाडीहरू पनि थिएनन् । त्यहा“ सालका रूखहरू पनि यदाकदा मात्र भेटिन्थे । बढी मात्रामा सल्लाका र थोरै मात्रामा साजन र चिलाउनेका रूखहरू थिए त्यहा“ । धेरैथोरै पानीको मुहान बगिरहेका अवस्थामा थिए । तर ती मुहान खालि पहाडको खो“चमा मात्र थिए । खो“चमाथि चिलाउनेको रूख सिङ्गै तेस्र्याइएको थियो । राम्ररी ताछतुछ पनि नपारिकन राखिएका ती चिलाउनेका मुढाहरू हिउ“दमा फर्निचरका लागि काम लाग्दथ्यो, तबसम्म खो“चमा पानी सुकिसक्थ्यो र सा“घुको आवश्यकता पर्दैनथ्यो ।
ढुङ्गाहरू नगण्य मात्रामा रहेको त्यो स्थानमा पहराहरू पनि देखि“दैनथे । हेर्दा मनोरम लाग्ने मध्यम उचाइका ती पहाडहरू, त्यसमाथि सल्लाको जङ्गलले ढकमक्क ढाक्दाको दृष्य यति मनोरम लाग्दथ्यो, जस्तो कि ती पहाडहरू मानिसहरूद्वारा निर्माण गरिएका हुन् । मुश्किलले आधा घण्टाभन्दा बढी हिड्नु पर्दैनथ्यो कि टापुको सिरान आइहाल्दथ्यो । भौगोलिक स्थितिलाई सर्सरी हेर्दा त्यहा“को पहाडलाई महाभारत शृङ्खला मान्न सकिदै“नथ्यो, तर थियो त त्यो महाभारत पहाड नै । ढुङ्गा र पानीको अभावले होला, त्यहा“ पहिरो गएको पनि कहि“ कतै देखिएन । मानव बस्तीहरू पातला थिए । प्रत्येक टोलमा काठको काम भएको देखिन्थ्यो । तर व्यावसायिक रूपमा होइन कि गाउ“ले आवश्यकता पूर्ति गर्नका लागि । ढुङ्गाको कमी भएकाले गर्दा त्यहा“का घरहरू बा“सको कप्टेरा, फल्याक र माटोद्वारा बनाइन्थ्यो ।
त्यहा“का स्थानीय बासिन्दाहरू कार्बी जातिका थिए । उनीहरूको नै त्यहा“ वहुलता थियो । त्यसका साथै नेपालीहरूको बस्ती पनि उल्लेखनीय थियो त्यहा“ । नेपालको सामाजिक स्थितिमा दलित भनिनेहरूको त्यहा“ उपस्थिति कार्बीपछिको दोस्रो क्रममा थियो । यद्यपि त्यहा“ छुवाछूत थिएन । उनीहरूले त्यहा“ थर बदलेका थिएनन्, वास्तविक थर नै राखेका थिए । शायद कार्बी जातिमा छुवाछूत नभएकाले होला, नेपाली मूलका दलितहरूले पनि थर परिवर्तनको आवश्यकता देखेका थिएनन् । छिटपुट रूपमा क्षेत्री, ठकुरी, ब्राह्मण र अन्य जातिहरू पनि थिए । ठकुरीमा जातीय रवाफ अझै पनि थोरै बा“की थियो । तर उनीहरू दलितका घरमा खाना खान्थे । ठकुरी वंशमध्येको एउटा परिवार त्यहा“ केही सम्भ्रान्त स्थितिमा थियो । उनीहरू जङ्गल फाडेर खोरिया बनाउ“थे र त्यसलाई लीजमा दिने गर्थे अरू नेपालीहरूलाई । यही कारणले गर्दा उनीहरूको स्थिति आर्थिक रूपमा केही वलियो थियो । उनीहरू घोडा पाल्दथे । त्यहा“को भौगोलिक अवस्थालाई हेर्दा घोडा आवश्यक देखिन्थ्यो पनि ।
नेपालीभाषीहरूको पनि धर्म, संस्कार हिन्दू नै थियो । त्यसका साथै घरमा प्रकृति पूजास्वरूप कुखुरा, बाख्रा र रा“गाको बली प्रथा पनि कायमै थियो । यता नेपाली पशुपतिनाथ भन्दै ठाउ“ ठाउ“मा मन्दिर बनेका थिए । त्यसका पूजारीहरू नेपालीले आपसमा सल्लाह गरेर चुन्थे । तर मन्दिरकै कर्मले पूजारीहरूको जीविका चल्दैनथ्यो । त्यसका लागि नेपालीहरूले सल्लाह गरेर केही जमिनको व्यवस्था गरिदिएका हुन्थे । मन्दिरमा दिइने दान र खेतीबाट मात्र पुजारीको जीविका चल्दथ्यो ।
हामी गत साल त्यहा“का ठकुरी मुखियाकहा“ बास बसेका थियौ“ । उनले बताएका थिए– सरकार र भूमिगत सङ्गठनहरूको आपसी द्वन्द्वका कारणले त्यस क्षेत्रको भौतिक विकास हुन सकेको थिएन । त्यहा“ सा“झ परेपछि आम मानिसहरूको हि“ड्डुल बन्द हुन्थ्यो । राती त खालि भूमिगत सङ्गठनका मानिसहरू हि“ड्डुल गर्दथे, त्यो पनि यदाकदा मात्र । दुई÷चार महिनाको अन्तरालमा आसाम राइफल्सको गस्ती हुन्थ्यो त्यहा“ । उनीहरूले भूमिगत सङ्गठनका मानिसहरूलाई त भेट्दैनथे, तर बाटो वरपरका स्थानीयवासीलाई अवश्य धम्काउ“थे । यही कारणले गर्दा स्थानीय जनतामा आसाम राइफल्सप्रति चर्काे असन्तोष थियो । तर उनीहरू त्यसको प्रतिवाद पनि गर्न सक्दैनथे । भूमिगत सङ्गठनहरूले भने आम मानिसहरूलाई केही गर्दैनथे । खालि केही सम्पन्न मानिसहरूसित वेला वेलामा चन्दा माग्दथे ।
हामी बाटामाथिको खाली ठाउ“मा बसेर घाम तापिरहेका थियौ“ र फुर्सदमा एक वर्ष पहिलेको दृष्य स्मरण गर्न भ्याएका थियौ“ । सुनिल सर र मैले उमेशलाई त्यो मेसोको झाडी फाडेर नसिध्याउ“दासम्म नबोलाउने अघोषित सहमति गरेका थियौ“ । हामीले बोलाएको भए उनको काम डिस्टर्ब हुन्थ्यो । हामी गुवाहटीबाट त्यहा“ चार वजेतिर पुगेका थियौ“ । पा“च वजेतिर सा“झ पर्दथ्यो । अब सा“झ पर्न धेरै समय बा“की नरहेकाले काम सकेपछि मात्र बोलाउने भन्दै हामीहरू धेरै बेरसम्म सुस्तायौ“ ।
“ओ हो सुनिल सर । कहिले आउनु भयो त” एकाएक पछाडि फर्कि“दा हामीलाई देखेपछि उमेशले भने ।
सुनिल सरले कामलाई डिस्टर्ब नहोस् भनेर उहा“लाई कामका बीचैमा नबोलाएको बताउनु भयो ।
पसिनाले निथ्रुक्क भिजेको शरीर । उमेश कुरा बिसाउ“दै हामीछेउ आइपुगे । टाउकोको पगडी जस्तो कपडा फुकाएर उनले आफ्नो अनुहार पुछ्न थाले । हामीलाई त्यति वेला थाहा भयो– घाम वा हावा मात्र छेक्ने नभएर पसिना पुछ्ने काम पनि गर्ने रहेछ त्यो कपडाले । त्यसै पनि हिउ“दको समयमा त्यो पगडी घामभन्दा पनि चिसो हावा छेक्नका लागि लगाइएको जस्तो लाग्दथ्यो । गर्मी होस् या जाडो—पसिना आउ“दा पगडीको काम त थियो नै ।
हामी उमेशस“गै घरतिर लाग्यौ“ । घरमा उनकी श्रीमती र दुई वटी छोरीहरू थिए । खर जस्तैै घा“सले छाएको छानो । बा“सको भाटाले घेरिएको । त्यसमा रातो माटोले लेपिएको । घर एक तले थियो । फल्याक जोडेर ढोका बनाइएको थियो । पूर्वतिर फर्किएको घर अगाडिको आ“गन । लिपेर चिल्लो बनाइ“दा माखा पनि लर्केला जस्तो थियो । आ“गनको तीनतिर माटाको डिल बनाइएको थियो ।
हामी तीनै जना आ“गनको डिलमा बस्यौ“ । उमेशकी ठूली छोरीले अम्खोरामा पानी लिएर आइन् । शायद यो त्यो घरको चलन थियो, हात–मुख धुनका लागि पानी दिने । उमेशले हामीलाई ‘पानी पिउनु हुन्छ कि’ भनेर सोध्नु भयो । हामीले तिर्खा नलागेको बतायौ“ । उहा“ले हातमुख धुन थाल्नु भयो । यत्तिकैमा उमेशकी श्रीमती कपडाले शीर ढाकेर वाहिर निस्कनु भयो । त्यसपछि हामीलाई नमस्कार गर्नु भयो । हामीले पनि नमस्कार फर्कायौ“ ।
एकै छिनमा चिया आयो । कालो चिया भए पनि सुकुमेल र मरिच राखेर बनाइएकाले असाध्यै स्वादिस्ट लाग्यो । जाडोका वेलामा मरिच राखेको चियाको वेग्लै महत्व भएको हामीले वारम्वार महशुस गरेका थियौ“ ।
सा“झ खाने वेला भयो । हामी खाना खान बस्यौ“ । उमेशजी पनि हामीस“गै खान बस्नु भएको थियो । खानाका वेलामा मैले उमेशजीको नेपालमा घरपरिवारको बारेमा सोधे“ । उमेशले सहजताका साथ आफ्नो घर म्याग्दी भएको र परिवार यही नै भएको बताए । जब उमेशले आफ्नाबारेमा बताउ“दै थिए, सुनिलले मलाई दाहिने कुहिनीले घुच्याउनु भयो । यो कुनै गोपनीय कुरातर्फको इशारा थियो । बुझेपछि म चुप लागे“ । राती सुत्ने वेलामा मैले सुनिल सरलाई वास्तविकता के हो ? भनेर सोधे । उहा“ले मलाई भोलि विहान बताउ“ला भन्नु भयो । त्यस रात वास्तविकताको व्यग्र प्रतिक्षाका वावजुद हामी निदाउन बाध्य थियौ“, खासगरी म ।
विहान चिया पिएपछि उमेशजीको खोरियातिर घुम्न जाने निधो भयो । उमेशजीको ध्यान अदुवा खेतीतिर थियो । त्यसैका लागि उहा“ले हिजो झाडी फा“ड्नु थियो । त्यो ठाउ“मा पनि फागुनतिर अदुवा लगाउने योजना थियो उहा“को ।
हामी खोरियामा पुग्यौ“ । खो“चको बीचमा खेत थियो । वर्षात्को समयमा भलपानी पनि हि“ड्ने भएकाले खेतका आलीहरू भत्किइसकेका थिए । उमेशजीले त्यो खेतको धान स्याहार्न पाउनु भएको थिएन । कारणः ब“देलले उहा“को खेतको धान सबै सिध्याइदिएको थियो । ब“देललाई धपाउन मुढाहरूमा आगो लगाएर रातभरि जागै बस्ने गरिन्थ्यो । डढेलोले पूरै डढिनसकेका मुढाहरू अहिले पनि यत्रतत्र देखिन्थे त्यहा“ । हिउ“दमा ती खेतहरू बा“झै रहन्थे । त्यसका पछाडिको एउटा कारण ब“देल पनि थियो । वर्षात्को तुलनामा ब“देलको उत्पात हिउ“दमा बढी नै हुन्थ्यो ।
उमेश झाडी फा“ड्न थाल्नु भएको थियो । हामी झाडी फा“ड्न त्यति अभ्यस्त थिएनौ“ । स्थानीय बोलीमा दाउ भनिने हतियारद्वारा ती झाडी उमेशजीले कुशलतापूर्वक फा“ड्न थाल्नु भयो । सरदर एक किलो तौल भएको दाउ उचालेर झाडी फा“ड्ने काममा हामीहरू धेरै बेर टिक्न नसक्ने निश्चित थियो । त्यसकारण हामीहरूले घाम पर्ने ढुङ्गा खोजेर आराम गर्ने ठेगान ग¥यौ“ र बस्यौ“ पनि । ढुङ्गामाथि बसेपछि सुनिलजीले हिजोको तामल निकाल्नु भयो । तर उहा“ आफैले खानु भएन । उहा“ चुना खान अध्यस्त हुनु हुन्थेन । मैले चुनालाई कोट्याएर फ्या“के । मेरो पान वा तामलप्रति सुरूदेखि नै मोह थियो । तर चुना अलिकति धेरै हु“दा जिब्रोमा घाउ बनाइदि“दा समस्या हुन्थ्यो । अब सुनिल सरले हिजो खाना खा“दा कुहिनीले घोच्याएर रोक्नु भएको उमेशको बेलीविस्तार सुरू गर्नु भयो :
“म्याग्दीमा पुस्तौनी घर थियो उमेशको । अहिले पनि छ रे परिवार त्यहा“ । एक छोरा, एक छोरी उता पनि छन् । छ÷आठ महिनाका लागि काम पुग्दथ्यो, घरको जमिनबाट । चार महिना जति खाली बस्नु पर्दथ्यो । कोदो, फापर, मकैको खेतीका लागि कडा परिश्रम गर्नु पर्ने । त्यसपछि पनि खान नपुग्ने । छोराछोरी हुर्कन थालेका थिए । उनीहरूलाई पढाउनु पर्ने थियो । फिस त धेरै थिएन । तर कापी, कलम, ड्रेस लगायतका खर्च उठाउन पनि धौ धौ भैरहेको थियो । त्यस गाउ“का मान्छेहरू रोजगारीका लागि गुवाहटीतिर गएका थिए ।
१५ वर्ष पहिले उनले म्याग्दी छोडेका थिए । गुवाहटीतिर गएका मान्छेहरूले उतै गएर केही गर्नु पर्दछ भन्ने सल्लाह दिएका थिए । उमेशस“ग खेतीकिसानीमा काम गर्ने वाहेक अरू सिप थिएन । गुवाहटीमा पनि गाई पालेर प्रशस्त पैसा कमाइन्छ भन्ने सुनेपछि उनी गुवाहटी आएका थिए ।
गुवाहटी आएपछि पनि भने जस्तो भएन उमेशलाई । गाई किन्ने पैसा थिएन उनीसित । सरसापटी गर्न पनि अरूले पत्याउने स्थितिमा पुगिसकेका थिएनन् उनी । आफ्नो गाई नभएपछि उनले गाईपालककहा“ नोकरी गर्नु पर्ने बाध्यता उत्पन्न भयो । खान, बस्न त त्यही“ मिल्दथ्यो । तर कपडा, हि“ड्डुल गर्दा नोकरीबाट पाउने पैसाले उनलाई कमी नै हुन्थ्यो । उनको योजना थियो– यहा“ अलिकति पैसा कमाएपछि गाउ“मै केही गर्ने । नोकरीको बचतले चार÷छ महिनामा दुई÷चार हजार रूपैयाभन्दा बढी पैसा पठाउने स्थितिमा थिएनन् उनी । गुवाहटीमा फोनको सुविधा राम्रो थियो । उनले त्यहा“बाट फोन गरिरहन्थे घर । परिवार जेनतेन चलिरहेको थियो । तर उनको इच्छा, आकाङ्क्षा यत्तिमा सीमित रहेको थिएन । त्यसकारण उनलाई भुट्भुटी हुन थालेको थियो ।
यसैबीच एक जना नेपाली भेटिए जोराबाट वजारमा । उनी स्याङजातिरका रहेछन् । कार्बिआङलोङमा खेतीकिसानी गर्दा रहेछन् उनले । कार्बिआङलोङमा गाउ“ बुढालाई अलिकति पैसा दिएपछि खोरिया लीजमा पाइने, त्यसमा अदुवा, अम्लिसो आदिको खेती गरिएमा राम्रै आम्दानी हुने उनले उमेशलाई बताए । कार्बिआङलोङमा साप्ताहिक वजार लाग्ने भएकाले अदुवा, अम्लिसो बेच्न पनि समस्या नपर्ने उनले बताए । ती साथीको वयानले उमेशको मानसपटलमा केही आशाको किरण देखा प¥यो । उनले मनमनै गुवाहटीमा गाईपालकको नोकर बन्नुभन्दा कार्बिआङलोङमा जमिन लीजमा लिएर आफ्नै खुट्टामा उभिने कल्पना गर्न थाले । उनले स्याङजा घर भएका ती साथीको ठेगाना, त्यहा“सम्म पुग्ने लोकेशन र कहिलेकाही“ भए पनि लाग्ने फोन नम्बर लिए ।
ती साथीसित भेट भएको एक महिनापछि उनी कार्बिआङलोङ पुगे । त्यो गाउ“मा गुवाहटीमा जस्तो गर्मी थिएन । वरिपरि घना जङ्गल, सा“झ पर्नासाथ हि“ड्न डर लाग्ने ठाउ“ थियो त्यो । मानिसहरूको पातलो बस्ती थियो त्यहा“ । तल मैदानमा साप्ताहिक वजार लाग्दथ्यो । त्यहा“देखि गुवाहटीसम्मका लागि मालवाहक गाडीहरू लाग्दथे, जसमा अम्लिसो, अदुवा, तरूल, सुन्तला, पिडालु लगायतका अन्न तथा फलफूलहरू ढुवानी गरिन्थ्यो ।”
“स्याङजाका ती साथीले उमेशलाई ठूलो गुन लगाए । उनले गाउ“ बुढाबाट जमिन दिलाए । केही ऋण–सापटी पनि दिए” उमेशले एकाएक हाम्रो नजिकै बस्दैै भने ।
“आखिर सुनिलजीले मेरो रामकहानी सुनाएरै छाड्नु हुने भयो” उमेशले हा“स्दै भने ।
“तपाईको कहानी त्यति छुपा रूस्तम कहा“ छ र ?” सुनिलजीले भन्नु भयो– “खुला किताब झै“ छ ।”
उमेशले अस्वीकार गरेनन् । उनले भने“– “मैले लुकाउन खोजेको पनि छैन । फेरि हरेक मानिसको आफ्नै प्रकारको परिस्थिति हुन्छ । उसको जिन्दगी त्यो परिस्थितिभन्दा बाहिर जान सक्दैन । मेरो परिस्थितिबारे मलाई भन्दा बढी जानकारी अरूलाई हुन सक्दैन ।”
उनले घरबाट बोतलमा ल्याएको पानी आधा जति सिध्याए । दुई लिटर पानी रहेको त्यो पेप्सीको बोतल शायद उनले सिध्याउने थिए होला, तर यत्तिकैमा उनलाई हामी दुई जना पनि त्यहा“ रहेको स्मरण भयो । पानी पिउने क्रमलाई ब्रेक दिए । त्यसका साथै दाउ बोकेर हि“डे, फेरि झाडी फा“ड्नका लागि । सुनिल सरले भने फेरि उमेशको जीवनबारे चर्चा गर्न सुरू गर्नु भयो ः
“स्याङजाका ती साथीले एक दिन गाउ“ बुढाछेउ लिएर गए । त्यहा“ जानुको कारण खेतीकिसानीका लागि खोरिया माग्नु नै थियो । गाउ“ बुढा एक हजार रूपैयामा खोरिया दिन राजी भए । एक हजार रूपैया उमेशसित थियो नै । त्यो पैसा गाउ“ बुढालाई बुझाएपछि उनले खटाएका एक जना मानिस सहित उमेश र स्याङजाका ती साथी पाखातिर निस्किए । साना साना रूखहरू भएको पाखाको एक ठाउ“मा अमलाको रूख थियो, लटरम्म फलेको । त्यहा“बाट पा“च मिनट दाया“, पा“च मिनट अगाडि, त्यसैगरी वर्गाकार आकारमा पा“च÷पा“च मिनट गाउ“ बुढाका मानिस, उमेश र स्याङजाका साथी हि“डे । यसरी वर्गाकार हिसाबले बीस मिनट हिडाइ“भित्रको जति जमिन थियो, त्यो १० वर्षका लागि लीजमा उमेशले लिने भए । त्यसमाथि थप वर्षको दुई सय किरायास्वरूप बुझाउनु पर्ने भयो । गाउ“ बुढाको मानिसको साथमा भएको कपीमा यी सबै दर्ता गरियो ।
उमेशले त्यहा“ छाप्रो हाले । भाडाकु“डा, अन्नपानीका लागि स्याङजाका साथीले मद्दत गरे । पहिलो सिजन भएकाले अदुवा राम्रै भयो । त्यसपछि उनले अम्लिसो लगाए । खोरियाका छेउछाउका रूखको फेदमा तरूल लगाए । छाप्रोको छेउमा अमिलो, निबुआका रूखहरू लगाए । साग, सिमी लगायतका तरकारीहरू उनले लगाए । आलु, सकरखण्ड, पिडालु, सबै लगाए । सुन्तला पनि राम्रै फलेको थियो । खेती राम्रै भयो ।
खेतीका लागि मल चाहियो । युरिया, पोटासको चलनै थिएन त्यहा“ । उनले गाई किने । गाईले राम्रै कोल दियो । त्यसबाट पा“च÷छ वटा गाई र गोरूहरू थपिए । कुखुरा, हा“स पनि उनले पाले । यी सबै राम्रै भयो । त्यसका साथै जङ्गली जनावरबाट घरपालुवा पशुपञ्क्षीलाई बचाउनु पर्ने हुन्थ्यो । घरमा केही चहलपहल नह“ुदा वनका जनावरले हेप्ने गर्दथे ।
त्यो ठाउ“मा चोरी हु“दैनथ्यो । त्यसका पछाडि त्यहा“को क्रुर सजायको भयले काम गरेको थियो । एक पटक गुवाहटीबाट आएको एउटा किशोरले नसोधिकन सुन्तला टिपेर खायो । त्यो कार्यलाई कार्बी कबिलाले चोरी ठान्यो । त्यसपछि उसलाई मरणासन्न हुने गरी कुटियो । त्यसको पक्षमा गाउ“बाट कसैले कुरा उठाएनन् । केटीको बाबाआमाले पनि केही गर्न सकेनन् । उक्त किशोरको हालत कुटाइका कारण अपाहिज जस्तै भयो । उसको मानसिक स्थिति कहिल्यै ठीक भएन । गाउ“मा पुलिस, प्रशासन थिएन । गाउ“ बुढा मात्र त्यहा“का स्थानीय शासक थिए । त्यसका अतिरिक्त पुलिसको भूमिकामा एकाध व्यक्तिलाई नियुक्त गरिएको हुन्थ्यो । त्यहा“का मानिसलाई न्यायको आधुनिक स्वरूपबारे केही जानकारी थिएन ।
उमेशको त्यहा“को बसाइ“ राम्रै भयो । तर त्यहा“को जमिन आवाद गर्ने, पशुपञ्क्षी हेर्ने, घरमा खाना पकाउने लगायतका सबै काम उमेश एक्लैले गर्नु पर्दथ्यो । पा“च वर्षसम्म त उनले यी सबै काम एक्लै गरे । त्यहा“को काम, रहनसहनमा यतिसम्म व्यस्त भए कि उनले नेपाल घर म्याग्दी जाने विषयप्रति उनले ध्यान दिन सकेनन् । गुवाहटीमा जस्तो यहा“ फोनले काम नगर्ने हुनाले फोनद्वारा सम्पर्क पनि हुन छाड्यो । हुलाकको व्यवस्था त्यहा“ थिएन ।
यसैबीच उनको सम्बन्ध नजिकै बसोबास गर्ने क्षेत्री परिवारकी छोरी सीतासित भयो । सीता पढाइ छाडेर घरै बसेकी थिइन् । त्यहा“ पा“च कक्षासम्मको स्कुल थियो । त्यसपछि अगाडिको पढाइका लागि घण्टाभर टाढा जानु पर्दथ्यो । उनले सात कक्षासम्म त्यहा“को स्कुलमा पढेकी थिइन् । त्यसपछि अगाडिको पढाइका लागि अझै टाढाको बजारसम्म जानु सम्भव भएन । अब उनी घरै बसेर काम गर्न थालिन् । यसरी बसेको पनि पा“च वर्ष भैसकेको थियो । तबसम्म उनको उमेरले २३ नाघिसकेको थियो ।
उमेश र सीताको पानी पिउने पधेरो एउटै थियो । पानी लिन जा“दा दुबैको भेटघाट हुन्थ्यो । त्यो भेटघाट अन्ततः प्रेममा बदलियो । अब सीताले उमेशको घरसम्म पानीको गाग्री पु¥याइदिन थालिन् । एक दिन नजिकैको रूखको फेदीमा सुस्ताउ“दै बसिरहेका उमेश र सीतालाई सीताको बाबाले देखिहाले । यस विषयमा वरपरका मान्छेहरू जम्मा भएर छलफल चल्यो । छलफलमा उमेश केही बोलेनन् । सीतालाई सोध्दा उनले उमेशलाई मन पराएको बताइन् । त्यसपछि गाउ“लेहरू उमेश र सीताको विवाह गरिदिने सहमतिमा पुगे । यसरी उनीहरूको विवाह भयो । अहिलेसम्म उनीहरूका दुई वटा सन्तानहरू भैसकेका थिए ।”
“अब के हुन्छ । उमेश नेपाल जान्छन् कि जान्नन् ? घर गए भने यहा“को परिवारलाई उतै लैजान्छन् कि के गर्छन् ? के छ उमेशको भनाइ ?” मैले एकै पटक थुपै्र पश्न सोझ्याए“ सुनिल सरतिर ।
सुनिल सरले भन्नु भयो– “यो कुरा त उमेशजीलाई नै सोध्नु पर्छ । ऊ आइसक्नु पनि भयो ।”
तबसम्म उमेश झाडी फा“डिसकेर हामीछेउ आइसकेका थिए । उनी हामीस“गै बसेर पगडीले अनुहार पुछ्न थाले । पसिनाले निथ्रुक्कै भिजेका उमेशको टाउकोको रौ“भरि झाडी फा“ड्दा उडेका फूलहरूका भुवा अड्किएका थिए । उनी ‘थकाइ लाग्यो’ भन्दै हामी नजिकै बसेर सुस्ताउन थाले ।
मैले फेरि तिनै प्रश्न उमेशतिर सोझ्याए“ । उनी गम्भीर भए । केही बेर बोलेनन् ।
एक छिनपछि भने– “उतिखेर यति टाढासम्म त सोचिएन सर । सीता नभएको भए मेरो घरवार यत्तिको हु“दैनथ्यो । अब बच्चाहरू पनि भए । यिनको पालनपोषण गर्नै प¥यो ।”
उनी गहिरिएिर चिन्तित मुद्रामा बोल्न थाले– “मलाई थाहा छ, हामी नेपालीको यहा“ खैरियत छैन सर । हामी विदेशी हौ“ यहा“ । यहा“का रैथाने त कार्बी नै हुन् । हुन त नेपालीहरू यहा“ अङ्ग्रेजकै शासन कालदेखि आवाद भएका हुन् रे ! कार्बीलाई कृषि, पशुपालन, नगदे बाली लगाउन सिकाउने पनि नेपालीभाषी नै हुन् रे । तर हाम्रो यहा“ कुनै राष्ट्रियता छैन । ७०÷८० वर्षभन्दा बढी समयदेखि बसोवास गरेता पनि हामी विदेशी नै हौ“ । हामी कहिल्यै यहा“का नागरिक बन्न सक्दैनौ“ । यसरी विचार गर्दा एक न एक दिन हामी यहा“बाट जानै पर्छ । नेपाल जाने कि दार्जिलिङ, सिक्किम वा अन्त कतै ? त्यो त ठेगान छैन । तर कार्बिआङलोङमै जिन्दगी बित्ला भनेर त मैले सोचेको छैन । अहिलेसम्म त यसरी नै बितेको छ । भोलि जस्तो परिस्थिति आउला सामना गर्नु पर्ला । घर जान पनि सकिन्छ ।”
उनले ठट्यौली पारामा भने– “नेपाल पनि ठूलै छ । १४ अञ्चलका पचहत्तर जिल्लामा म कसो नअटाउ“ला र ? फेरि नेपालभन्दा बाइस गुना ठूलो भारत छ । यहा“ नेपालीभाषीहरूको सिक्किम छ । शायद एक न एक दिन दार्जिलिङ पनि राज्य बन्ला । पूर्वाेत्तरभरि लाखौ“ नेपालीभाषीहरू छन् । भारतको अरबभन्दा बढी जनसङ्ख्यामा हामी त यसरी हराउने छौ“ कि तपाईहरूले बत्ति बालेर खोजे पनि भेट्याउन सक्नु हुन्न ।”
सुनिल सरले गम्भीर मुद्रामा भन्नु भयो– “यसरी देशविहीन भएर बस्नु हु“दैन उमेशजी । तपाईहरूले फैसला गर्नै पर्छ । यी दुई बच्चाहरूलाई पनि त भविष्य दिनु प¥यो । नेपालमा गए पनि तपाईको नागरिकता छैन । भारतमा तपाईहरू विदेशीको श्रेणीमा गनिनु हुन्छ । अझ तपाईहरू त शरणार्थीको रूपमा हुनु हुन्छ, त्यो पनि सूचीकृत नभएका अवैधानिक शरणार्थी । तपाईहरूले एउटा टुङ्गो लगाउनै पर्छ ।”
उमेश गम्भीर भए एकै छिन । तर उत्ति नै खेर हा“सो गर्दै भने– “नेपाली कि भारतीय ? त्यो फैसला समय आउ“दा गर्दै गरौ“ला । सरहरू, अब तत्कालको फैसला चाहि“ खाना खाने गरौ“ है । तपाईहरूले त आरामसित बसेर मेरो रामकहानी सुन्ने÷सुनाउने गर्नु भएछ । मलाई त असाध्यै भोक लागेको छ । त्यत्रो झाडी फा“डेर सिध्याए“ मैले ।”
उमेशले दाउ उठाए । मैले र सुनिल सरले आधा बोतल पानी सिध्यायौ“ । आखिर गफ नै गरे पनि हामीलाई पनि भोक लागेको थियो । त्यसपछि लाग्यौ“ हामी उमेशको घरतिर । गम्भीर प्रश्न यतिखेर हावामा फुर्र भएको थियो । तर त्यो पूर्वोत्तर भारतमा रहेका लाखौ“ नेपालीको भविष्यसित जोडिएको प्रश्न थियो ।
............................................................................................................
धुन
स्वा“.. स्वा“... गर्दै ‘यो उकालो कति लामो होला ?’ भन्ने जिज्ञासाका साथ यसो माथितिर हेर्न थालेकै थिए“ कि एउटा अनुहारले मलाई मन्द मुस्कानका साथ सलाम ठोकिरहेको थियो । कालो वर्णको त्यो अनुहार त्यही उकालोमा बसिरहेका थियो । एउटा अपरिचित व्यक्तिले हार्दिकताका साथ ठोकिरहेको सलामलाई बेवास्ता गर्ने हिम्मत मसित थिएन, देब्रे हातले आफ्नो कालो झोला समाउ“दै दाहिने हातले मैले पनि सलाम ठोके“ ।
ती अपरिचित युवक र मेरा बीचमा मुश्किलले ५० मिटरको दूरी थियो होला । दिउसोको टण्टलापुर घाम । अन्दाजी एघार बजेको समय । ५० मिटर माथि बसेका ती युवकसम्म पुग्नका लागि मैले नागबेली परेको लगभग १०० मिटरको उकालो चढ्नु पथ्र्यो ।
उनी माथिबाट तलतिर मलाई हेर्दै मुस्कुराउ“दै रहे । म पनि बेलाबेलामा माथितिर हेर्दै, जवाफमा मुस्कुराउ“दै उकालो चढ्दै गरे“ । नजिक पुग्दासाथ उनी जुरुक्क उठे र मसित दरिलो हात मिलाए । मलाई धेरै खुसी लाग्यो । मेरो आफ्नो सोचाइमा दहि«लो हातमिलाइ हार्दिकताको प्रतीक हो भने सुस्तरी मिलाइएको हात खालि औपचारिकताको प्रतीक । उनको त्यो हातमिलाइबाट म प्रभावित भएको थिए“ । उनीस“ग मैले कुराकानी अगाडि बढाउनुभन्दा पहिले नै उनले इसाराले ‘माथि जाने हो ?’ भनेर सोधे । मलाई यस प्रकारका बोल्न नसक्ने अपाङ्गहरूसित इसारामा कुराकानी गर्न आउ“दैन† तैपनि उनको हातको इसाराबाट मैले यही अनुमान लगाए“ । मैले पनि टाउको हल्लाएर ‘हो’ भनी इसारा गरे“ । उनले हातको इसाराले भने– ‘यही बाटो माथि जाऊ । माथि मोटरबाटो आउ“छ । त्यही बाटैबाटो जाऊ ।’ उनले मोटरगाडीको स्टेयरिङ घुमाएको सङ्केत गर्दा मोटरबाटोबारे बताएको बुझ्न मलाई कुनै कठिनाइ“ भएन ।
म बाटो लाग्न हिड्न लागेकै बेला उनले फेरि विदाइको भावमा एक पटक पुनः त्यसरी नै हात मिलाए । म पनि मुस्कुराउ“दै अगाडि बढे“ । अलि माथि पुगेर मैले तल हेरे“ । उनी त्यही ठाउ“मा उभिएर मलाई हेर्दै थिए । मैले हेर्नासाथ उनले मुस्कुराएर ‘अझै माथि’ भन्ने सङ्केत गरे । माथि मोटरबाटोसम्म पुग्दा मैले दुई÷तीन पटकसम्म तलतिर हेरे“ । जति पटक हेर्दा पनि उनी मुस्कुराएर उभि“दै, मलाई बाटो देखाउ“दै थिए । मोटरबाटोमा पुगिसकेपछि मैले देखे“ ः अब उनी बसेका थिए । अब उनको ध्यान बाख्राहरूतिर थियो । कालो, सेतो रङका माऊ, बोका र पाठापाठीहरू गरी ११ वटा जति उनका बाख्राहरू रहेछन् । खासगरी उनी त्यहा“ बाख्रा हेर्न आएका रहेछन् ।
फागुनको अन्तिम सातातिरको समय थियो । घा“स भुइ“मा अझै पलाइसकेको थिएन । यद्यपि जङ्गलभरि नया“ पालुवाको साम्राज्य थियो । एकाध रुखहरू त्यस माझमा अपवाद देखिन्थे । ती रुखहरूमा एउटा पनि पातहरू थिएनन् । टाढाबाट हेर्दा वा ती रुखका बारेमा जानकारी नभएकाहरूका लागि ती सुकेका जस्ता देखिन्थे । तर तिनीहरू हरिया थिए । नजिकैबाट हेर्दा ती खिर्रो र ला“कुरीका हा“गामा मसिनो, हरियो कोपिला उम्रिन लागेको देख्न सकिन्थ्यो । यसरी पातहीन भएर पनि ती रुखहरू पालुवामान थिए । आवरणमा पात नभएता पनि यथार्थमा स्थिति त्यस प्रकारको थिएन ।
मोटरबाटोबाट ४०÷५० कदम अघि वर, पिपल र समीको रुख सहितको चौतारो थियो । दिउसोको पहिलो पहरको समय भएर होला, ती रुखका पातहरू हल्लिएका थिएनन् । हावा नचले पनि त्यहा“ एक जना प्रौढ महिला बसेकी थिइन् । यस्तो लाग्दथ्यो कि उनी हावा, शितलताका लागि भन्दा पनि बिसाइ मार्न वा थकाइ मेट्न त्यहा“ बसेकी थिइन् । उनको नजिकै सुकेको खरको भारी थियो । उनी खरको घा“स काटेर फर्किदै थिइन् । म त्यहा“ पुग्दा रातो रङको आफ्नै पटुकीको एउटा छेउलाई हल्लाउ“दै ती महिलाले आफैलाई हावा दि“दै थिइन् । पारी खरवारीमा भने रुखको घा“स काट्दै महिलाहरू गाउ“दै थिए :
‘आरू फुल्दा गएको माइत
मयल फुल्दा फर्किन् बुहारी’
लगभग १५ मिनटको उकालो भए पनि दिउसोको समय भएर होला, मेरो सास तेज गतिमा चलिरहेको थियो । निधार र सरिरभरि पसिनैपसिना थियो । नजिकै चौतारो भएकाले हावा नचले पनि छाया“मुनि बस्नु मेरा लागि आवश्यक भैरहेको थियो । आफ्नो कालो रङको झोला भुइ“मा राख्दै म पनि त्यही बिसाउन पुगे“ ।
बसेको मिनटभर पनि भएको थिएन कि ती महिलाले सोधिहालिन्– ‘कहा“ हिड्न लाग्नु भएको ?’
मैले भने“– ‘जान त तम्घासतिर हो ।’
‘मोटरबाटो छोडेर किन पैदल हिड्नु भयो त ? यताबाट त फेरो होला । समय पनि बढी लाग्ला’—ती महिलाले त्यहा“को भौगोलिक अवस्थाबारे बताइन् ।
‘यही बाटो वरपरका साथीहरूलाई भेट्नु छ । त्यसैले यो बाटो लागेको’—मैले स्पष्टीकरण दिए“ ।
गफगाफका लागि उचित प्रसङ्ग झिक्न नसक्नु मेरो एउटा कमजोरी हो । कहिलेका“ही त मैले छेउ न टुप्पोको प्रसङ्ग निकाल्छु । त्यसले गर्दा आफ्नो खिसीट्युरी हुने भयले सकेसम्म कम बोल्ने मेरो बानी छ । त्यहा“ पनि त्यस्तो नहोस् भनेर म चुप रहन कोसिस गरेको थिए“ । तर ती महिलाले नै प्रसङ्ग निकालिन्– ‘तपाई त पछाडि फर्कदै, हेर्दै आउनु भएको थियो त ।’
म झसङ्ग भए“ । मलाई लाग्यो– ती महिलाले मेरो जासुसी गरेकी रहिछन् । म अलि सतर्क भए“ र स्थिति स्पष्ट पार्न थाले“ । तल उकालोको बीचमा बोल्न नसक्ने अपाङ्ग मानिसले मसित दह«ो गरी हात मिलाएको, मुस्कुराएर बाटो देखाएको घटना मैले ती महिलालाई बताए“ । उनले पनि चुपचाप मेरो कुरो सुनिरहिन् । प्रसङ्ग सकिएपछि मैले सोच्न थाले“ कि कुरो सकियो, अब सुस्ताउनु पर्छ । ५÷१० मिनटपछि हि“ड्नु पर्ला । एकै ठाउ“मा धेरै समय बिसाउनुभन्दा ठाउ“ठाउ“मा थोरैथोरै समय बिसाउ“दा छिटो गन्तब्यमा पुग्न सकिएला । आफूलाई हिड्ने मानसिकतामा तयार गर्दै झोला समात्न थालेकै बेला ती महिलाको मुखबाट निस्क्यो– ‘बिचरा ।’ त्यसपछि मेरो जिज्ञासा त्यतै मोडियो । झोलाको फितालाई छोड्दै म फेरि मौन मुद्रामा त्यही“ बस्न थाले“ । ती महिला बोल्न थालिन्:
‘यिनीहरू दमाई हुन् । यो केटोको दाइ भारतमा नोकरी गर्दछ । पहिले घर आउने–जाने गर्दथ्यो । दुई÷तीन वर्ष पहिले बिवाह गरेपछि श्रीमती उतै लिएर गएको छ । बच्चाहरू जन्मेका छन् रे ¤ बाबुले घर बनाउने काम गर्छन् । सधै काम पाइ“दैन । जेठो छोराले केही कमाएपछि परिवार पाल्नमा मद्दत गर्ला भन्ने आशा व्यर्थै भयो । जमिनको नाममा एक हल लाग्ने बारी मात्र छ । तर त्यहा“ कोदो पनि फल्दैन । मकै र फापरसम्म हुन्छ । उसको एउटी बहिनी पनि छ । उनको बिवाह भयो । तर लोग्ने असल परेछ । बेलामौकामा पैसा, लत्ता कपडाले यो केटोका परिवारलाई मद्दत गर्छन् । उसको आमा र यो केटोले मात्रै घरको काम गर्छन् । बाबु घर बनाउने कर्मी, आधा पैसा जहा“ काम ग¥यो, उतै रक्सी र मासुमा उडाउ“छन् । त्यही कुरालाई लिएर बुढाबुढीबीच भनाभन हुन्छ । कहिलेकाही“ त हातै हालाहालसम्म हुन्छ । यो केटो घर भएको बेला भने बाबुआमाको बीचमा पसेर झगडा रोक्छ । दुवैलाई बोल्न दि“दैन । दुई वटा भै“सी, एउटा गाई, दुई वटा बाच्छाहरू । आमा बिहानै घा“स काट्न गई होलिन् । त्यही भएर यो केटो बाख्रो लिएर यता आयो । बाख्राहरू पनि ११/१२ वटा होलान् । खुबै सप्रेको छ । माऊहरूले दुई÷दुई वटा पाठापाठी जन्माउ“छन् । वर्षेनी २÷४ वटा बेच्छन् पनि । यसैले यिनीहरूको निर्वाह भएको छ ।
ती महिलाले कुरा सकिन् । शायद उनलाई घर फर्कन अबेर भैसकेको थियो । ११ भन्दा बढी बजिसकेकाले उनलाई भोक पनि लागेको थियो होला । तर उनी आफैले झिकेको प्रसङ्गबाट म भने अझै सन्तुष्ट भैसकेको थिइन“ । मैले उनलाई ‘यी मान्छे यस्तो अपाङ्ग कसरी भए ?’ भनेर एउटा प्रश्न तेस्र्याइहाले“ ।
आफूलाई आत्तुरी भए पनि मेरो प्रश्नले गर्दा उनका अगाडि जवाफ दिनु पर्ने बाध्यात्मक स्थिति उत्पन्न थियो । त्यहा“बाट उठ्नका लागि भारीतिर आ“खा लगाइसकेकी भए पनि ती महिला मतिर फर्केर जवाफ दिन थालिन् :
‘खै ! रेडियोले त आयोडिन भएको नुन नखाएकाले यस्तो भएको हो भन्छ । ठ्याक्कै कुरा के हो ? त्यो त थाहा छैन । फेरि पनि यो गाउ“काले पहिले पहिले खानीबाट उम्रिएको पानी पिउथे । त्यही भएर हो भन्छन् यहा“काले । हुन पनि खानी नभएका अरू गाउ“मा यस्ता अपाङ्गहरू छैनन् । यही गाउ“मा मात्रै छन् । अहिले अन्तैबाट पाइपको पानी पिउन थालेपछि यही गाउ“मा पनि कोही यस्तो जन्मेको छैन ।’
महिलाले शायद सङ्क्षिप्तमा कुरा सकेकी थिइन् । उनले चौतारोबाट झरेर खरको भारी बोक्न थालिन् । तर म भने अझै कुराकानी गर्न चाहान्थे“ ।
‘लौ बाबु जानुस् है’ ती महिलाले भारी बोकिन् र बाटो लागिन् पनि । म भने तिर्खा नमेटिएको बटुवा झै“ त्यही“ बसिरहे“ । मेरो मस्तिष्कले बोल्न नसक्ने ती अपाङ्ग युवकमा एक प्रकारको आवाजहीन धुन थम्याइरहेको थियो । एक प्रकारको धुन, जसमा आवाज छैन, तर कला छ । सङ्गीत छ । जीवनको गति छ । त्यही धुनमा म पनि तरङ्गित भैरहेको थिए“ ।
No comments:
Post a Comment