जीवनी

स्टालिन : महान् माक्र्सवादी–लेनिनवादी

जोसेफ भिसारिओनोभिच स्टालिन । कम्युनिस्ट आन्दोलनको विराट् व्यक्तित्व । त्यसका साथै विवादास्पद व्यक्तित्व पनि । त्यो विवाद खालि विरोधीले सृजना गरेका होइनन्, स्वयं कम्युनिस्ट आन्दोलनभित्र उनको बारेमा विवाद छ । कम्युनिस्ट आन्दोलनमा उनको योगदानलाई लिएर विभिन्न देशका कम्युनिस्ट पार्टीले यस सम्बन्धमा थुप्रै प्रस्ताव पारित गरिसकेका छन् । माओको समयदेखि सुरु भएको स्टालिनको मूल्याङ्कनको सवाल अहिलेसम्म पनि त्यत्तिकै सान्दर्भिक छ । यस सन्दर्भमा उल्लेखनीय एउटा तथ्य यो छ– समय बित्दै जाँदा कम्युनिस्ट आन्दोलनभित्रैबाट प्रतिक्रियावादीले जस्तै स्टालिनलाई फासिवादी बताउने आवाज सुस्ताएको छैन । जब विश्व कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद बढी नै हावी भएको छ भने तब यसखालका अतिरञ्जना पनि त्यत्तिकै गुञ्जिन थालेका छन् ।
लेनिन जीवित छँदासम्म स्टालिनको भूमिकाबारे खासै विवाद भएको पाइँदैन । पक्कै पनि सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बोल्सेभिक) भित्र उनको कामको दौरानमा कमजोरी भए होलान् । त्यसबारे सम्बन्धित समितिमा आत्मालोचना, आलोचनाको प्रक्रिया चल्यो होला । तर त्यसबारे चर्चा गर्न हामीसित पर्याप्त सामग्री छैनन् । त्यसको अर्थ हो– स्टालिन लेनिनको योग्य र इमान्दार पथिक थिए अर्थात् लेनिनले रुसमा माक्र्सवादको जुन सृजनात्मक प्रयोग सफलतापूर्वक सम्पन्न गरेका थिए, स्टालिनले त्यसमा पूरै इमान्दारिताका साथ, समर्पित भावका साथ योगदान दिएका थिए । यो मान्नका लागि ठाउँ छ– स्टालिनको यसखालको योगदानकै कारण रुसी भूमिबाट लेनिनवादको आविष्कार भएको थियो । त्यति मात्र होइन, लेनिनको मृत्युपछि रुसमा समाजवादको विकास र दोस्रो विश्वयुद्धको मौलिक चरित्र—यी दुई परिघटना नै पर्याप्त छन्, जसले बताउँछन्– स्टालिन महान् माक्र्सवादी–लेनिनवादी थिए ।
लेनिन सामान्य अवस्थामा रहँदासम्म अर्थात् लेनिनलाई गोली हानिनुभन्दा अघि लेनिनद्वारा स्टालिनको आलोचना गरिएको देखिन्न । तर जब लेनिनमाथि गोली हानियो, त्यसपछि लेनिन उपचाररत अवस्थामा रहे । चिकित्सकले लेनिनलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुने मात्र होइन, शासनसत्ता र कम्युनिस्ट आन्दोलनसित सम्बन्धित गम्भीर विषयसमेतको जानकारी नदिन निर्देशन दिएका थिए । त्यसका बाबजुद कतिपय नेताहरूले लेनिनलाई पार्टीभित्रका गम्भीर विषय जानकारी गराउने गर्दथे । त्यसबारे स्टालिनले लेनिनकी श्रीमती नदेज्दा क्रुप्सकायासित कठोर शब्दमा कुराकानी गरेको पाइन्छ । यसबाट स्टालिनले कुनै व्यक्तिगत कारणले होइन, स्वयं लेनिनको स्वास्थ्यमा सुधार होस् भन्ने सदिच्छा र जिम्मेवारीका कारणले कतिपय बेलामा कठोर शब्द प्रस्तुत गरेको उल्लेख कम्युनिस्ट साहित्यमा पाइन्छ ।
लेनिनको अन्तिम समय चलिरहेका बेला सोभियत सङ्घको कम्युनिस्ट पार्टीमा स्टालिन र ट्राटस्की सबैभन्दा उच्चस्तरीय नेतृत्व थिए । त्यतिबेला समेत लेनिनले स्टालिनको राजनैतिक, वैचारिक, सैद्धान्तिक आलोचना गरेका थिएनन्, खालि उनको स्वभाव वा कार्यशैलीको बारेमा आलोचना गरेका थिए । तर ट्राटस्कीको भने लेनिनले वैचारिक, सैद्धान्तिक र राजनैतिक आलोचना नै गरेका थिए । पछिको समयले स्पष्ट गरिसकेको छ– स्टालिन र ट्राटस्कीमध्ये स्टालिन नै सच्चा माक्र्सवादी–लेनिनवादी थिए भने ट्राटस्की दक्षिणपन्थी अवसरवादी थिए । त्यसका बाबजुद यदि कसैले ट्राटस्कीलाई सही बताएर स्टालिनलाई फासिवादी बताउँछ भने क्रान्तिकारी कम्युनिस्ट पक्षधरले त्यसबारे थप छलफल गर्नुपर्ने आवश्यकता देखिन्न ।
१९२२ मा लेनिन जीवित छँदै स्टालिन महामन्त्री चुनिएका थिए । तर ठिक त्यतिबेलै उनको स्वभाव र कार्यशैलीलाई लिएर स्वयं लेनिनले आलोचना गर्न थालेका थिए । त्यस सन्दर्भमा जनवरी ४, १९२३ का दिन लेनिनले आफ्ना सचिवलाई लेखाएका थिए– “स्टालिन धेरै कठोर छन् । यो कमजोरी महामन्त्री पदको सन्दर्भमा असह्य हुन पुग्दछ । म महाधिवेशनसित यस्तो उपाय निकाल्ने अनुरोध गर्दछु, जसले गर्दा स्टालिनलाई महामन्त्री पदबाट हटाएर कुनै अर्को व्यक्तित्वलाई उनको स्थानमा नियुक्ति गर्न सकियोस् । त्यो नयाँ महामन्त्री धेरै धैर्य, वफादार, विनम्र र आफ्ना कमरेडप्रति धेरै शिष्ट होस् ।”
स्वयं आफै उपचाररत अवस्थामा रहेका बेलामा लेनिनद्वारा गरिएको स्टालिनप्रतिको आलोचना गैरराजनीतिक, सैद्धान्तिक र वैचारिक रहेको प्रष्टै छ । उनले स्टालिनको स्वभावको बारेमा मात्र आलोचना गरेका छन् । सम्भवतः लेनिन उपचाररत रहेका बेला अर्थात् त्यसकारण विषयवस्तुप्रति समग्र, साङ्गोपाङ्गो र सन्तुलित दृष्टिकोणको अभावमा स्टालिनलाई महामन्त्रीबाट हटाउने लेनिनको प्रस्ताव आफैमा अपर्याप्त थियो । आखिर कुनै व्यक्तित्वको मूल्याङ्कन खालि उसको स्वभावको आधारमा हुन सक्दैनथ्यो । विशुद्ध स्वभावलाई आधार बनाएर वा राजनीति, विचार र सिद्धान्तलाई आधार नबनाएर कसैको मूल्याङ्कन न्यायोचित हुन नसक्ने प्रष्टै छ । पछिको समयले पनि यो प्रमाणित गरिसकेको छ– यदि स्टालिनको सट्टा लियोन ट्राटस्कीलाई सोभियत सङ्घको कम्युनिस्ट पार्टीको महामन्त्री बनाइएको भए के हुन्थ्यो ? परिणामस्वरूप सोभियत सङ्घमा समाजवादको स्थापना हुन सक्दैनथ्यो र दोस्रो विश्वयुद्धको चरित्र पनि त्यति मौलिक प्रकारको हुँदैनथ्यो ।
स्टालिनप्रति लेनिनको आलोचना र लेनिनको मृत्युपछि रुसमा सफलतापूर्वक समाजवाद निर्माण भएको थियो । खालि यस तथ्यले मात्र पनि ट्राटस्कीको तुलनामा स्टालिन महान् माक्र्सवादी–लेनिनवादी भएको प्रष्टै छ । यदि स्टालिन माक्र्सवादी–लेनिनवादी नभएको भए रुसमा समाजवाद कसरी निर्माण हुन सक्दथ्यो ? जब तथ्य यति प्रष्ट छ भने त्यसबारे थप छलफलको आवश्यकता नपर्नुपर्ने हो ।
लेनिनको मृत्युलगत्तै रुसमा प्रथम पञ्चवर्षीय योजना (१९२८–३२) सुरु भएको थियो । १९१७ मा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भए पनि त्यतिबेलै प्रथम विश्वयुद्ध चलिरहेकाले पहिले त्यहाँ युद्ध साम्यवाद (वार कम्युनिज्म) को नीति लागु गरिएको थियो । त्यस नीतिअन्तर्गत त्यहाँ उत्पादनको केन्द्रीकरण गर्ने नीति अपनाइएको थियो । विश्वयुद्धको समयमा त्यो नीति अत्यावश्यक भएको प्रष्टै छ । त्यसपछि नयाँ आर्थिक नीति (नेप) लागु गरियो । यसै अवधिमा अगस्त ३०, १९१८ मा लेनिनमाथि गोली प्रहार भयो । लामो समयसम्मको उपचारपछि जनवरी २१, १९२४ मा उनको मृत्यु पनि भयो । यी विशेष कारणले गर्दा समाजवादी क्रान्ति सम्पन्न भइसकेपछि पनि पञ्चवर्षीय योजना सुरु गर्न सकिएको थिएन । जब स्टालिनको नेतृत्वमा पञ्चवर्षीय योजना सुरु भयो, उक्त योजनामा तोकिएका लक्ष्यहरू निर्धारित समयअगावै पूरा भएका थिए ।
यहाँ प्रश्न उठाउन सकिन्छ– लेनिनले आफू उपचाररत रहेका बेला उल्लेख गरेजस्तै यदि स्टालिन ‘अधैर्य’, ‘बेइमान’, ‘कठोर’ र ‘अशिष्ट’ भएको भए पञ्चवर्षीय योजनाले निर्धारित समयअगावै लक्ष्य प्राप्त गर्न सम्भव कसरी भयो ? जब नेतृत्व नै ‘अधैर्य’, ‘बेइमान’, ‘कठोर’ र ‘अशिष्ट’ हुन्छ भने त्यही नेतृत्वद्वारा आयोजना÷आह्वान गरिएको योजनाले निर्धारित समयभन्दा पहिले नै लक्ष्य प्राप्त गर्नु सम्भव नै हुन्न । त्यसको अर्थ स्पष्ट छ– लेनिनले आफू उपचाररत रहेका बेला स्टालिनको स्वभावको बारेमा जुन आलोचना गरेका थिए, मूलतः त्यसमा सत्यता थिएन । प्रथम पञ्चवर्षीय योजनाको अभूतपूर्व सफलता नै त्यसको पक्षमा एउटा ठोस प्रमाण हो भन्ने प्रष्टै छ ।
यो तथ्य ठोकेर भन्न सकिन्छ– १९२९ मा पुँजीवादी–साम्राज्यवादी मुलुकमा आर्थिक महामन्दी चलिरहेको थियो । त्यसका बाबजुद रुसमा स्टालिनको नेतृत्वमा प्रथम पञ्चवर्षीय योजनाको अभूतपूर्व सफलता नै एउटा त्यो कारण थियो, जसले गर्दा विश्वव्यापी आर्थिक महामन्दीको हावाले रुसलाई छुन सकेन ।
दोस्रो विश्वयुद्धकै माझमा रुसमा अद्वितीय अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । युद्धको भीषण प्रभावकै माझबाट युद्ध साम्यवाद, नयाँ आर्थिक नीति, प्रथम पञ्चवर्षीय योजना हुँदै रुस आर्थिक रूपमा समेत सबल बन्दै जान थाल्यो । यी सबै सशक्तीकरण स्टालिन नेतृत्वको सोभियत सङ्घको कम्युनिस्ट पार्टीको पहलकदमीमा भइरहेको थियो । त्यसबाट विश्वभरिका जर्मन पुँजीवादी प्रतिक्रियावादी अत्तालिइरहेका थिए । यसरी एकातिर, रुसमा सफलतापूर्वक सर्वहारा समाजवादको विकास भइरहेको थियो, जसले गर्दा विश्वभरिका सर्वहारा वर्गलाई मुक्ति अभियानको पक्षमा अगाडि बढ्न उद्वेलित गरिरहेको थियो भने अर्कातिर, नजिकै जर्मनीमा एडोल्फ हिटलरको उदय भइरहेको थियो । हिटलरको उदय फासिवादको रूपमा हुँदै थियो । उनको विश्व विजय गर्ने अर्थात् “श्रेष्ठ” जर्मनको विश्वव्यापी अधिपत्य (विश्वभरि उपनिवेश स्थापना गर्ने) कायम गर्ने लक्ष्य थियो । त्यस सिलसिलामा जर्मनीको टक्कर रुससित अर्थात् हिटलर र स्टालिनको आमनेसामने हुने स्थिति बन्दै थियो । तर १९२९–३० तिर त्यो परिस्थिति प्रारम्भिक अवस्थामा नै थियो ।
१९३० देखि १९३८ सम्मको अवधिमा सोभियत सङ्घको कम्युनिस्ट पार्टीको इतिहास केही विशिष्ट गतिमा अघि बढ्यो । लेनिनको अनुपस्थितिमा, तर स्टालिन नेतृत्वको यो अवधिमा अन्तरपार्टी सङ्घर्ष पनि त्यत्तिकै पेचिलो बन्दै गएको थियो । ट्राटस्की, बुखारिन, जिनोभियब, कामेनेभ, किरोभ, खु्रस्चेभलगायतले पार्टीमा भिन्नमत राखेका थिए । उनीहरूले खालि भिन्नमत राखेका मात्र थिएनन्, त्यस समयको विशिष्ट परिस्थितिमा कतिपय भ्रम वा घुसपैठ पनि हुने स्थिति थियो । जिनोभियब, कामेनेभलगायतका नेताहरू ती थिए, जसले १९१७ मा समाजवादी क्रान्ति गर्न नहुने मत राखेका थिए । त्यसमाथि ट्राटस्की, बुखारिन, किरोभ, खु्रस्चेभलगायतको समूह सामेल भएपछि स्थिति अरू जटिल बनेको थियो । त्यसमाथि विदेशी गुप्तचरको घुसपैठले गर्दा स्थिति गम्भीर बन्न पुगेको थियो । ठिक यही बेला स्टालिनको हत्या गर्ने योजनाको खुलासा भएपछि रुसमा प्रतिक्रियावादीको घुसपैठ सप्रमाण अगाडि आएको थियो । यी सबै आन्तरिक गतिविधि दोस्रो विश्वयुद्ध १९३९–४५ को ठिक अगाडि चलिरहेका थिए ।
भनिन्छ– १९३६ देखि १९३८ को माझमा थुप्रै केन्द्रीयस्तरका नेतासमेतको गिरफ्तारी र भौतिक सफाया भएको थियो । १९५६ मा खु्रस्चेभले गरेको दाबीमाथि विश्वास गर्ने भने त १९३७–३८ को माझमा तत्कालीन केन्द्रीय समितिको १३४ सदस्यमध्ये ९८ जनालाई गिरफ्तार गरिएको थियो । त्यसमध्ये कतिपय नेताको भौतिक सफायासमेत गरियो । खु्रस्चेभका अनुसार त त्यस अवधिमा ७,६७९ कम्युनिस्ट पार्टीका सदस्य दमनमा परेका थिए । उनीहरूलाई बिना चेतावनी गिरफ्तार गरियो । मुद्दा चलाइयो । सुदूरपूर्वको बन्दी शिविरमा पठाइयो । हजारौँलाई भौतिक सफाया गरियो । यही घटनालाई लिएर प्रतिक्रियावादीले मात्र होइन, दक्षिणपन्थी अवसरवादीले समेत स्टालिनलाई फासिवादी बताएका छन् । यस्तो सिलसिला अहिले पनि जारी छ ।
खासगरी १९३६–३८ को घटनाको बारेमा अमेरिकी पत्रकार अन्नालुई स्ट्रङले भनेकी छिन्– “म सोच्दछु, १९३६ देखि १९३८ को माझमा सोभियत सङ्घमा भएको ज्यादतीको सम्पूर्ण कथा कहीँ र कसैले पनि जानेको छैन, न त कसैले ठिक ठिक भन्न सक्छ, त्यसका लागि दोषी को थियो ?” एउटा वास्तविकता यो पनि हो । जसले खु्रस्चेभलाई विश्वास गर्दछ, त्यो बेग्लै विषय हो । तर निस्पक्ष तथ्यमाथि आधारित रहेर निष्कर्ष निकाल्ने स्थिति अहिले पनि त्यति सजिलो छैन । अन्नाले फेरि भनेकी छिन्– “निश्चित रूपमा स्टालिनलाई जिम्मेवार ठहराइनुपर्दछ, तर सम्पूर्ण दोष उनको टाउकोमा खन्याइदिँदा पनि हामीसत ठोस उत्तर छैनन् ।” उनको आसय हो– सर्वोच्च नेतृत्वका कारणले स्टालिनलाई त्यसका लागि दोषी मान्न सकिएला, तर तथ्य त्यति सरल छैन ।
अन्नाले यहाँ जुन अभिव्यक्ति दिएकी छन्, त्यसका पछाडि ठोस तथ्यहरूसमेत छन् । तीमध्ये केही तथ्य यी हुन् :
  1. स्टालिन सोभियत सङ्घको कम्युनिस्ट पार्टीको सर्वोच्च नेतृत्व थिए । उनीभन्दा तलको निकायको रिपोर्टको आधारमा स्टालिनले फैसला गर्नुपर्दथ्यो, त्यो पनि एकल रूपमा होइन, सामूहिक रूपमा ।
  2. १९३६–३८ को माझमा जुन ज्यादती भएको भनियो, त्यस कारबाहीलाई सोभियत सङ्घको कम्युनिस्ट पार्टीको महाधिवेशनले सही बताएर स्वीकार गरेको थियो । यदि ठुलो सङ्ख्यामा पार्टी सदस्यमाथि अन्यायपूर्ण दमन भएको थियो भने महाधिवेशनले उक्त घटनालाई विरोध, भत्र्सना र अस्वीकार गर्नुपर्दथ्यो । तर त्यसो भएन ।
  3. स्टालिन नेतृत्वसित भिन्नमत राख्ने ट्राटस्की, बुखारिन, कामेनेभ, जिनोभियब, किरोभ, खु्रस्चेभलगायतले विषयवस्तुलाई गलत प्रकारले प्रस्तुत गर्न सक्ने सम्भावना त्यत्तिकै थियो । उनीहरू अनुकूल परिस्थितिको सृजना गरेर खेल्न सक्दथे ।
  4. विदेशी प्रतिक्रियावादीहरू सोभियत सङ्घको कम्युनिस्ट पार्टीभित्रको मतभेदमा खेल्न सक्ने सम्भावना त्यत्तिकै थियो । स्टालिनको हत्या योजना त्यस सन्दर्भमा एउटा ठोस प्रमाण हो ।
  5. उक्त समय दोस्रो विश्वयुद्धको सङ्घारको थियो । त्यसकारण कम्युनिस्ट पार्टीका सामु आफ्नो राष्ट्रिय र सर्वहारा अन्तर्राष्ट्रवादको हितमा दृढतापूर्वक उभिनुपर्ने बाध्यता थियो । त्यसक्रममा कठोर कदम उठाउनु तत्कालीन बाध्यता बनेको थियो ।
यस आधारमा भन्न सकिन्छ : प्रथम– १९३६–३८ को माझमा वास्तवमा के भएको थियो ? त्यसको किटानी गर्नमा समस्या छन् । खालि अनुमान वा पूर्वाग्रहको आधारमा निर्णय लिनु अनुचित हुने छ । द्वितीय– यदि केही अनियमितता नै भएको थियो भने पनि त्यसका लागि वस्तुगत परिस्थितिलाई नजरअन्दाज गरेर स्टालिनलाई मात्र एकतर्फी रूपमा दोष दिन सकिन्न ।
स्टालिनको आलोचना जब माओले समेत गरे, त्यसपछि उनीप्रति नकारात्मक धारणा बढ्दै गएको सत्य हो । माओले स्टालिन ७० प्रतिशत अधिभूतवादी थिए भनेर आलोचना गरेका थिए, तर उक्त आलोचना गलत भएको प्रष्टै छ । कारण– ७० प्रतिशत अधिभूतवादी दृष्टिकोण भएको व्यक्तिको नेतृत्वमा सोभियत सङ्घ वा कतै पनि सर्वहारा समाजवादको स्थापना हुन सक्दैनथ्यो । माओको अर्को आलोचना समाजवाद निर्माणसित सम्बन्धित थियो । रुसको नकारात्मक शिक्षाबाट तयार भएको समाजवादसम्बन्धी माओका कैयौँ अवधारणा सही भए पनि रुस र चीनको वस्तुगत परिस्थितिमाथिको भिन्नताबारे हामी सबैको ध्यान जानुपर्दछ । रुसमा पुँजीवादको जगमाथि समाजवाद निर्माणको पहल सुरु गरिएको थियो भने चीनमा अर्धसामन्ती र अर्ध औपनिवेशिक राज्यसत्ता कब्जा गरेर क्रमशः समाजवादको निर्माण सुरु गरिएको थियो । त्यसकारण समाजवादी अभ्यासको सन्दर्भमा स्टालिन र माओको दृष्टिकोणमा भिन्नता अस्वाभाविक र आश्चर्यजनक दुवै थिएन भनी हामीले मान्नैपर्ने हुन्छ ।
गल्ती मानवीय स्वभाव हो । त्यसकारण स्टालिनका गल्ती नै थिएनन् भन्ने दावी कसैले पनि गर्न सक्दैन । उनका गल्ती अवश्य थिए होलान् । तर विश्व इतिहासमा सफलतापूर्वक समाजवाद निर्माण गर्ने महान् अभिभाराको तुलनामा ती गल्ती गौण महत्त्वका थिए भन्ने पनि प्रष्टै छ । त्यसैले उनको मैत्रीपूर्ण आलोचनाबाट पाठ सिकेर विश्व कम्युनिस्ट आन्दोलनलाई अझ सिर्जनात्मक र क्रान्तिकारी भूमिकामा अगाडि बढाउनु हाम्रो समयको महत्त्वपूर्ण अभिभारा हो । तर दुनियाँभरिका पुँजीवादी–साम्राज्यवादीसँगै काँधमा काँध मिलाएर जसरी दक्षिणपन्थी अवसरवादीले स्टालिनलाई फासिवादी बताइरहेका छन्, त्यसलाई क्रान्तिकारी कम्युनिस्टले सिधै खारेज गर्नुपर्दछ र स्टालिनलाई फासिवादी होइन, महान् माक्र्सवादी–लेनिनवादी घोषणा गरिनुपर्दछ । कारण– सोभियत सङ्घमा सर्वहारा समाजवादको निर्माण फासिवादी स्टालिनको नेतृत्वमा होइन, महान् माक्र्सवादी–लेनिनवादी स्टालिनको नेतृत्वमा सम्भव हुन सक्दथ्यो र सम्भव भएको पनि थियो । त्यसप्रति विश्वभरिका माक्र्सवादी–लेनिनवादीहरूलाई गर्व छ ।
अन्तमा, प्रशिद्ध अमेरिकी पत्रकार अन्नालुई स्ट्रङको पुस्तक “स्टालिनयुग” को हिन्दी अनुवाद गरेका भारतीय विद्धान राजेश उपाध्यायको यो अभिव्यक्तिका साथ यो सङ्क्षिप्त आलेख समापन गरौँ : “यो दावी गर्नु शायद ज्यादती हुने छ, माओ वा त्यसपछिको क्रान्तिकारी पिँढी स्टालिनभन्दा धेरै बुद्धिमान छन् । त्यसका विपरीत यदि उनीहरू स्टालिनको समयमा हुन्थे र तिनै ऐतिहासिक कार्यभार सम्पादन गर्दथे भने शायद उनीहरूले पनि त्यही गल्ती गर्दथे ।”
सन्दर्भ सूची
  1. अन्नालुई स्ट्रङ, स्टालिनयुग (हिन्दीमा भाषान्तर राजेश उपाध्याय), फिलहाल ट्रस्ट, पटना (भारत) : सन् २०१२ (दोस्रो संस्करण) ।
  2. स्टालिनका छानिएका रचनाहरू (नेपालीमा भाषान्तर कृष्णदास श्रेष्ठ), पैरवी प्रकाशन, काठमाडौँ : वि.सं. २०६४ (पहिलो संस्करण) ।
  3. जोसेफ स्टालिन, लेनिनवादका आधारहरू, जनसाहित्य प्रकाशन समूह, बुटवल (रुपन्देही) : वि.सं. २०६२ (दोस्रो संस्करण) ।
  4. रसियन क्रान्तिका नायक जोसेफ स्टालिन (सम्पादन÷अनुवाद सिद्धिश्वरमान श्रेष्ठ), बिएन पुस्तक संसार, काठमाडौँ : वि.सं. २०६५ (दोस्रो संस्करण) ।
  5.  माओत्सेतुङ, स्टालिन : चिनियाँ जनताका महान् मित्र, माओका चुनिएका रचना (दोस्रो खण्ड), विदेशी भाषा प्रकाशन गृह, पेकिङ : सन् १९६५ (पहिलो संस्करण) ।
स्टालिन : सङ्क्षिप्त चित्र
  • डिसेम्बर २१, १८७९ : जन्म, साविक तिफलिस गोरी ।
  • १८९६–९७ : पाठशालामा माक्र्सवादी अध्ययन मण्डलको नेतृत्व ।
  • १८९८ : रसियाली सामाजिक जनवादी मजदुर पार्टीको सदस्य ।
  • १८९९ : माक्र्सवादी विचार प्रचार गरेकोमा पाठशालाबाट निस्कासित ।
  • १९०१ : भूमिगत जीवन सुरु (१९१७ सम्म) ।
  • १९०२ : पहिलो गिरफ्तारी (जीवनमा सातपटक गिरफ्तारी र छपटक निर्वासनको सजाय) ।
  • १९०५ : अखिल रसियाली बोल्सेभिक सम्मेलनमा भाग लिँदा लेनिनसित भेट ।
  • १९०६ : क्याटरिना सेवानिडेजसित विवाह । एक वर्षमै उनको मृत्यु । १९१९ मा नदेज्दा अलिल्युयेबासित विवाह ।
  • १९१० : पार्टीको केन्द्रीय सदस्य चयन ।
  • १९१७ : पोलिट्ब्युरो सदस्य चयन ।
  • अप्रैल ३, १९२२ : महामन्त्री चयन ।
  • १९२३ : जातीय मामिलाका मन्त्री नियुक्त ।
  • मे ६, १९४१ : केन्द्रीय मन्त्रिपरिषद्को अध्यक्ष ।
  • १९४५ : दोस्रो विश्वयुद्धमा रुस विजयी ।
  • मार्च ५, १९५३ : मृत्यु ।
मुख्य रचना : 
१. सर्वहारा समाजवाद, २. माक्र्सवाद र जातीय सवाल, ३. माक्र्सवाद या अराजकतावाद, ४. रुसी कम्युनिस्ट पार्टीको रणनीतिक र कार्यनीतिक सवालबारे, ५. भी.आई. लेनिन, ६. लेनिनवादका आधारहरू, ७. माक्र्सवाद र भाषाशास्त्र, ८. सङ्गठनको बारेमा ।
................................................................................................................................

लाओत्से को हुन् ?

        
संसारका धर्मको संस्थापकहरूमाझ लाओत्से (उनलाई लाओत्जू पनि भन्ने गरिन्छ) को प्रमुख स्थान छ । उनी चीनको ताओ धर्म वा ताओ मार्गका संस्थापक मानिन्छन् । लाओत्से व्यक्तिवाचक शब्द होइन । यसको अर्थ हो– प्राचीन गुरू अथवा प्राचीन दार्शनिक । लाओत्सेको वास्तविक नाम थियो– ली अर्ह । उनको स्वयं नाम थियो अर्ह र ली उनको पारिवारिक नाम थियो । यस प्रकार प्रतीत हुन्छ कि उनको असाधारण बौद्विक तथा अध्यात्मिक उत्कर्षका कारण उनलाई ‘लाओत्से’ को पदवीबाट विभूषित गरिएको थियो । सर्वसाधारणबीच उनी यही नामबाट प्रशिद्ध भए । उनी चीनको चु राज्यको कु जिल्लाको एउटा गाउ“का निवासी थिए । कालान्तरमा उनी चाऊ पुगे । त्यहा“को राजकीय पुस्तकालयमा एउटा अधिकारीको रूपमा नियुक्ति भयो ।

जीवन तथा काल

उनको आविर्भाव कालका विषयमा निश्चित रूपमा केही भन्न सकिन्न । परम्परा अनुसार उनको जन्म काल ईशाको छैटौ“ शताब्दीपूर्व मानिन्छ । केही विद्वान उनको काल ईशाको तेस्रो शताब्दीपूर्व मान्दछन् । यसरी उनको कालका विषयमा विद्वानहरूमाझ विवाद छ । फेरि पनि साधारणतयाः उनको काल ईशाको छैटौ“ शताब्दीपूर्व नै मानिन्छ । उनलाई कन्फ्युसियसको समकालीन पनि मानिन्छ । भनिन्छ, उनी कन्फ्युसियसभन्दा ५० वर्ष पहिलेका थिए । केही आधुनिक विद्वानहरूको मत छ कि लाओत्से नामका कुनै ऐतिहासिक व्यक्ति नै थिएनन् । सम्भवतः केही पछिका दार्शनिकहरूले उनको नामबाट ताओ र अन्य सिद्धान्त प्रतिपादन गरे† तर उनीहरूको नाम अझैसम्म ज्ञात छैन । फेरि पनि लाओत्सेको जुन महान् यश छ, त्यो, उनी पछाडिका महान् शिष्य च्वाङत्सूका कारणले फैलिएको थियो† उनी संवद्ध कुनै यस्तो कृति, जसबारे हामीलाई ज्ञात होस्, त्यसबाट उनको यश फैलिएको होइन । एउटा यो पनि प्रशिद्ध छ कि कन्फ्युसियस र लाओत्सेबीच एक पटक भेट भएको थियो । लाओत्सेले कन्फ्युसियसको केही भत्र्सना गरेर भने कि उनले आफ्नो अहङ्कारलाई हटाउनु पर्दछ र अनियन्त्रित मनलाई वशमा गर्नु पर्दछ । कन्फ्युसियस लाओत्सेदेखि धेरै प्रभावित भए । उनले लाओत्सेको तुलना यस्तो सर्पसित गरे, जसले बादललाई चिर्दै वायुमार्गबाट आकाससम्म पुग्ने क्षमता राख्दछ ।
विश्वका अनेक धर्म संस्थापक तथा महात्माका विषयमा अनेक चमत्कारपूर्ण तथ्य बताइने गरिएको छ । लाओत्से पनि यसका अपवाद थिएनन् । उनको जन्मका विषयमा एउटा किंवदन्ती छ कि उनी आमाको गर्भमा ८२ वर्षसम्म रहे । जन्मने बेलामा उनको लामो सेतो दाह«ी थियो । उनको अनुहार चाउरी परेको थियो । तर यस प्रकारको रूप हुनुका बावजुद उनी नवजात शिशु झै“ भुइ“मा पल्टेर बालक्रिडा गर्न थाले । यस प्रकार चीनको संस्कृति अनुसार बालकमा आमाबाप्रति जुन प्रकारको प्रेम र आदरभाव हुनु पर्दथ्यो, त्यसको उनले पूर्ण रूपमा पालन गरे । भारतमा जस्तै चीनमा पनि प्राचीन कालमा आमाबाबु तथा गुरूजनप्रति प्रेम र आदरभाव राखिन्थ्यो । यो उनीहरूको संस्कृतिको महान् सिद्धान्त थियो । लाओत्से यस संस्कृतिका एउटा प्रतिनिधि थिए । केही समयमै उनी एउटा महान् ऋषिका रूपमा प्रशिद्ध भए । लाओत्सेको एउटा बृद्धका रूपमा जन्म लिएको कथा सम्भवतः उनको महान् ज्ञानसम्पन्न हुनुको प्रतीक थियो । प्राचीन कालमा चीनमा बयोबृद्ध मानिसहरूलाई खालि उनको आयुको दृष्टिबाट आदर गरि“दैनथ्यो, बरू उनीहरूलाई अधिक ज्ञान र अनुभवसम्पन्न पनि मानिन्थ्यो । बृद्ध मानिसहरूको ज्ञान र जीवनको लामो अनुभवबाट धेरै कुराहरू सिक्न सकिन्छ—यस्तो विश्वास प्रचलित थियो । परम्परा अनुसार लाओत्सेको आयु लामो मानिएको छ । जस अनुसार, उनको आयु दुई सय वर्षभन्दा बढी थियो ।
लाओत्सेको जीवनका अधिकांश समय चाऊमा नै बित्यो । तर एउटा किंवदन्ती छ कि जब उनी बृद्ध भए, अधिक ज्ञान प्राप्त गर्नका लागि चीन छोडेर पश्चिमतिर हि“डे । यो निश्चित रूपमा भन्न सकिन्न कि उनी भारत आए वा अन्य कुनै देशमा पुगे ? यस घटनाबाट उनको ज्ञानपिपासाको बारेमा सहजै अनुमान लगाउन सकिन्छ । उनी महान् पुरूष थिए । उनले वास्तविक रूपमा एउटा बैरागी सन्यासीको जस्तो जीवन व्यतित गरे । उनको निधन कहिले र कहा“ भयो ? यसबारेमा केही ज्ञात छैन ।
लाओत्सेले चीन छोड्ने सम्बन्धमा एउटा रोमाञ्चक कथा छ । भनिन्छ, विदेश यात्राका लागि जब उनी चीनको सीमामा पुगे, त्यहा“का राजश्व अधिकारीहरूले देशबाट बाहिर आफ्नो सामान लैजानका लागि उनीसित अनुमति पत्र मागे । लाओत्सेसित कुनै सामान त थिएन । उनले भने– मसित जे जति छ, त्यो दर्शन नै हो र त्यो मेरो मष्तिस्कमा छ । तब राजश्व अधिकारीहरूले उनीसित अनुरोध गरे ः यस्तो परिस्थितिमा उनले देश छोड्नुभन्दा पहिले आफ्नो दर्शन छोडेर जानु पर्दछ । त्यसपछि लाओत्से सीमा क्षेत्रमा तीन दिनसम्म बसे । यस अवधिमा उनले एउटा पुस्तकको रचना गरे, जसलाई ‘ताओ ते किङ’ भनिन्छ ।

ताओ ते किङ

ताओ ते किङ सानो, तर अत्यन्त गम्भीर ग्रन्थ मानिन्छ । यसमा लाओत्सेको सिद्धान्त प्रतिपादन भएको छ । प्राचीन ताओ धर्म अथवा दर्शनको जानकारीका लागि यो अत्यन्त महत्वपूर्ण साहित्यिक आधार हो । ‘ताओ ते किङ’ को अर्थ हो– ‘ताओ’ र ‘ते’ को महान ग्रन्थ । ‘ताओ’ र ‘ते’ दुबै शब्द महत्वपूर्ण छ । लाओत्सेका सिद्धान्तलाई बुझ्नका लागि ‘ताओ’ र ‘ते’ को वास्तविक अर्थको जानकारी आवश्यक छ ।
‘ताओ’ चिनिया“ भाषाको अत्यन्त प्राचीन एवं सारगर्भित शब्द हो । लाओत्सेको समयभन्दा पहिलेदेखि नै यसको चिनिया“ भाषामा प्रयोग हुन्थ्यो । चिनिया“ भाषामा ‘ताओ’ को मुख्य अर्थ हो– “मार्ग” । लाओत्सेले यो शब्दको प्रयोग मुख्य रूपमा ‘परम सत्तॉ अथवा ‘परम तत्व’ का लागि गरेका छन् । यो परम तत्व अव्यक्त तथा निराकार छ, यसलाई शब्दद्वारा निरूपण गर्नु सम्भव छैन । वेदान्तको ‘ब्रह्मा’ तथा बौद्ध दर्शनको ‘शून्य’ अथवा ‘तथता’ कै समान ताओको पनि प्रयोग भएको छ । लाओत्सेले आरम्भदेखि अन्तसम्म ताओको अनिर्वचनीयता (परिभाषा गर्न नसकिने) माथि प्रकाश हालेका छन् । जसरी ब्रह्मा अथवा शून्यको शब्दद्वारा यथार्थ निरूपण सम्भव छैन, त्यसैगरी ताओको पनि शब्दद्वारा बिवेचना सम्भव छैन । शब्दद्वारा त्यसलाई व्यक्त गर्ने जब हामी प्रयत्न गर्दछौ“ । तब हामी त्यसलाई गुमाउ“छौ“ । यो सधै स्वयंमा अवस्थित रहन्छ । यो स्वतन्त्र छ, अपरिवर्तित छ तथा मन र वाणीभन्दा पर छ । यो विश्वको आधार हो । प्रकृतिको शाश्वत नियम हो । विश्वमा व्याप्त परम तत्व हो । यो ऋत छ । विश्व तथा मनुष्यको चरित्र र व्यवहारको विधायक नियम हो । यस प्रकार ‘ताओ ते किङ‘ मा ताओ शब्दको मुख्य रूपमा दार्शनिक तथा नैतिक दुबै अर्थमा प्रयोग भएको छ । परम सत्ताका लागि यसको प्रयोग हुन्छ र मनुष्यको नैतिक मार्गलाई स्थीर गर्ने शाश्वत तथा सार्वभौम नियमको रूपमा पनि यसको प्रयोग हुन्छ ।
लाओत्सेका अनुसार अव्यक्त तथा अनिर्वचनीय ताओबाट आकास र पृथ्वी उत्पन्न हुन्छन् । आकास तथा पृथ्वी उत्पन्न हुनुभन्दा पहिले एउटा निराकार सत् थियो । त्यो शब्दरहित, अद्रव्य, निरपेक्ष, अपरिवर्तित, सर्वव्यापी तथा सनातन तत्व थियो । यसलाई समस्त विश्वको जननी भन्न सकिन्छ । यसको वास्तविक नाम छैन । ‘ताओ’ अथवा ‘मार्ग’ को नामबाट यसलाई सम्बोधन गर्न सकिन्छ ।
‘ते’ शब्दको अर्थ हो– गुण अथवा शक्ति । यो कुनै वस्तुमा अन्तरनिहित गुण अथवा शक्ति हो । लाओत्सेका अनुसार ‘ते’ को प्रादुर्भाव ‘ताओ’ बाट हुन्छ । ‘किङ’ को चिनिया“ भाषामा अर्थ हुन्छ– महान ग्रन्थ । यसरी ‘ताओ ते किङ’ को अर्थ हो– ‘ताओ’ र ‘ते’ को महान ग्रन्थ ।

जीवन दर्शन

ताओ सिद्धान्तको आधारमा लाओत्सेले एउटा सुन्दर जीवन दर्शन निर्माण गरेका छन् । उनका अनुसार मनुष्य जीवनको परम उद्देश्य ताओको अनुभूति तथा प्राप्ति हुनु पर्दछ । पूर्णता प्राप्त गर्नका लागि त्यो अनिर्वचनीय परम तत्वसित एकरूपता प्राप्त गर्नु आवश्यक छ । जुन प्रकारले भारतीय दर्शनमा ब्रह्म अथवा निर्वाण प्राप्ति जीवनको अन्तिम उद्देश्य निर्धारित गरिएको छ । त्यसै प्रकार लाओत्सेका अनुसार जीवनको सार्थकता ‘ताओ’ सितको एकरूपता गर्नमा छ । ब्रह्मवाद र ताओवादबीच यस प्रकारको अत्यधिक समानता देखिन्छ ।
ताओवादका अनुसार मनुष्य सुख–दुःख, राग–द्वेष आदि द्वन्द्वबाट माथि उठ्ने प्रयत्न गर्नु पर्दछ । बाह्य घटना तथा मानसिक विकारबाट अप्रभावित रहने प्रयत्न गर्नु पर्दछ । सादा जीवन र मितव्ययी हुनु ताओ मार्गका अनुयायीका लागि आवश्यक छ । यो गुण मानिसको नैतिक उत्कर्षमा सहायक हुन्छ । मनुष्यले यस्तो स्थिति प्राप्त गर्नुछ कि उसको कार्य आफ्नै अन्तःप्रेरणाद्वारा सञ्चालन होस् । साधारण रूपमा व्यक्तिलाई उसको कार्यबाट मानसिक सङ्घर्षको अनुभूति हुन्छ । जब मानिसलाई दुई मार्ग अथवा वस्तुहरूमध्ये एउटा चयन गर्नु पर्ने हुन्छ, तब सङ्घर्षको अनुभूति हुन्छ । त्यसको फलस्वरूप मनमा स्थीरता रह“दैन । कहिले ऊ एउटा वस्तु अथवा एउटा मार्ग ग्रहण गर्न चाहान्छ, कहिले दोस्रो वस्तु अथवा दोस्रो मार्ग । यो स्थिति यो कुराको द्योतक हो कि व्यक्तिमा समुचित चेतनाको विकास भैसकेको छैन† उसको विवेक स्वतन्त्र रूपमा काम गर्न सकेको छैन तथा ऊ वासनाबाट सर्वथा मुक्त भैसकेको छैन । यसलाई नैतिक चेतनाको समुचित विकासको अवस्था भन्न सकिन्न । यस्तो अवस्थामा मनुष्यको कार्य स्वाभाविक तथा सहज रूपले हुनु तथा अन्तःप्रेरणाबाट सञ्चालित हुनु सम्भव छैन । यस अवस्थालाई प्राप्त गर्नका लागि नैतिक चेतनाको समुचित तथा उत्तरोत्तर विकास आवश्यक छ । नैतिक चेतनाको पूर्ण विकासबाट नै मनमा ‘समत्व’ को प्राप्ति हुन सक्छ । ‘समत्व’ को अर्थ हो– चेतनाको त्यो स्थिति प्राप्त गर्नु, जहा“ कुनै प्रकारको मानसिक द्वन्द्वको अनुभूति हु“दैन तथा जहा“ बाह्य घटनाको कुनै प्रभाव पर्दैन । गीतामा योगको अर्थ ‘समत्व’ को प्राप्ति मानिएको छ । लाओत्सेले पनि ‘समत्व’ माथि अत्यधिक जोड दिएका छन् । लाओत्सेको त यहा“सम्म भनाइ छ कि मनुष्यभित्र प्रतिरोधको अभाव हुनु पर्दछ । त्यसका लागि आवश्यक छ कि व्यक्ति दुर्गणका साथै गुणबाट पनि माथि उठ्नु पर्दछ । उसले गुण प्राप्त गर्ने प्रयत्न पनि छोडिदिनु पर्दछ । कारण यो हो कि गुण आर्जनको प्रयत्नले पनि प्रतिरोध उत्पन्न गर्दछ, जसबाट मनमा तनावको स्थिति उत्पन्न हुन्छ । यस अवस्थामा परस्पर विरोधी विचार एक–अर्कासित टक्राउ“छन् । त्यसमा सङ्घर्ष उत्पन्न हुन्छ । यी सबैको फलस्वरूप मानसिक शान्ति तथा स्थीरता समाप्त हुन्छ । लाओत्सेले यस प्रकारको मानसिक स्थितिको उल्लेख गरेका छन् । उनका अनुसार प्रत्येक गुण सापेक्ष हुन्छ । यसकारण ऊ आफ्नो विरोधी गुणदेखि सधै सीमित रहन्छ र ऊद्वारा त्यसको सधै प्रतिरोध हु“दै जान्छ । उनको भनाइ छ कि जबकि, प्रत्येक व्यक्तिले सुन्दर वस्तुलाई सुन्दर मान्दछ, त्यसबाट असुन्दरको विचार पनि स्वतः उत्पन्न हुन जान्छ† पुण्य भावना पाप भावना उत्पन्न गर्दछ । अतः राम्रो–नराम्रो, सत्–असत्, उचा–नीचा, लामो–छोटो, अगाडि–पछाडि आदिका विचार पनि सापेक्ष हुन् । त्यसैले लाओत्सेका अनुसार ताओमार्गी पुरूष गुण–अवगुण, पाप–पुण्यको द्वन्द्वबाट आफूलाई मुक्त राख्दछ ।
गुण आर्जन नगर्ने लाओत्सेको उपदेश बाह्य रूपमा केही असङ्गत र नैतिक चेतनाको विरूद्ध प्रतीत हुन्छ† तर सुक्ष्म दृष्टिले विचार गर्दा त्यसमा कुनै प्रकारको असङ्गति देखिन्न । लाओत्सेको यो तात्पर्य होइन कि मनुष्य राम्रो–नराम्रोको विचार नै नगरोस् अथवा नैतिक चेतनाका लागि प्रयत्न नै नगरोस्, उनको वास्तविक अभिप्राय यो हो कि नैतिक चेतना मनुष्यको विकासको अन्तिम भूमि होइन । यो चेतना जतिसुकै विकसित किन नहोस्, द्वन्द्व अथवा अन्तरविरोधबाट सर्वथा मुक्त छ भन्न सकिन्न । यस अन्तरविरोधका कारण यस अवस्थामा पनि मन पूर्ण रूपमा स्थीरता अथवा ‘समत्व’ प्राप्त गर्न सक्दैन । त्यसैले लाओत्से नैतिक चेतनाको भूमिबाट माथि उठेर गुणातीत अवस्था प्राप्त गर्नमा जोड दिन्छन् । यस अवस्थामा मनका सबै प्रकारका हलचल शान्त हुन्छन् र अन्तरविरोध मेटिन्छन् । अन्तमा मनुष्य ताओ अथवा परमार्थ तत्वसित साक्षात्कार गर्दछ तथा ऊसित एकरूपमा प्राप्त गर्दछ । यस अवस्थालाई प्राप्त गर्ने महात्मा सबै वस्तुहरूमा समभाव स्थापित गर्दछ । यसबाट उसलाई परम शुभ अथवा शिवत्वको दर्शन हुन्छ र ऊ शुद्ध सत्य र उपलब्धी प्राप्त गर्दछ । लाओत्सेको यो वर्णन सत्यम्, शिवम्, सुन्दरम्को साक्षात्कार गर्ने भारतका वैरागी महात्माको आर्दशबाट पूर्ण रूपमा मेल खान्छ । लाओत्से ‘ताओ’ को तुलना जलसित गर्दछन् । जल सबैको उपकार गर्दछ । कसैको विरोध गर्दैन । जलको स्वभाव यस्तो छ कि यसले निम्नभन्दा निम्न स्थान ग्रहण गर्दछ । तर यसमा सबै वस्तुहरू व्याप्त राख्ने क्षमता राख्दछ । त्यसैले यो ताओको नजिक छ ।

शिक्षा, राजनीति तथा सामाजिक व्यवहार

शिक्षा, सामाजिक व्यवहार तथा राजनीतिका सम्बन्धमा लाओत्सेको आफ्नो अलग मत छ । शिक्षाका सम्बन्धमा उनको भनाइ छ कि मनुष्य अधिक शिक्षित हुनुभन्दा बढी अधिक सरल हृदय सहितको हुनु पर्दछ । यसबाट ऊ बढी सुखी रहन सक्छ† किनकि यसबाट उसलाई धेरै सन्तोष मिल्न सक्दछ । गीताको पनि यही उपदेश छ कि अशान्त व्यक्ति सुखी हुनु सम्भव छैन । लाओत्सेको यो उपदेश छ कि मनुष्यसित जे जति छ, त्यसैबाट सन्तुष्ट र प्रसन्न रहनु पर्दछ ।
यसै प्रकारले लाओत्सेको आफ्नो अलग राजनीतिक दृष्टिकोण पनि छ । उनी राज्यसत्ताको केन्द्रीकरणको पक्षमा छैनन् । उनका अनुसार प्रत्येक गाउ“को आफ्नो स्वचालित शासन हुनु एउटा आदर्श व्यवस्था हो । शासनको भार जति कम हुन्छ, त्यति नै श्रेयष्कर हुन्छ । जनतालाई यो महसुस हुन दिनु हु“दैन कि कोही उनीहरूमाथि शासन गरिरहेको छ । सबैभन्दा उत्तम शासक त्यसैलाई भन्न सकिन्छ, जसको अस्तित्वको विषयमा कसैलाई केही ज्ञान नहोस् । लाओत्सेको मतमा जनतामाथि जति धेरै कानुन थोपरिन्छ, स्वतन्त्र रूपमा उद्योगधन्दा तथा व्यापारको बृद्धिमा जति बढी रोक लगाइन्छ, त्यति नै मानिसहरू निर्धन हु“दै जान्छन् र राज्यमा अव्यवस्था उत्पन्न हुन्छ । कानुनी झञ्झट बढ्नुका साथै चोरीडकैती पनि बढ्छ । यसैले शासक जति कम हस्तक्षेप गर्दछ, जति अधिक शान्तिप्रिय, सच्चरित्र र सादा जीवनयापन गर्ने खालको हुन्छ, त्यति नै जनता त्यसको अनुशरण गरेर ऐश्वर्य, सुख एवं शान्ति प्राप्त गर्न सक्दछ । सबैभन्दा आवश्यक छ, युद्धदेखि टाढा रहनु† किनभने युद्धको प्रतिफल अवश्यै नराम्रो हुन्छ । जहा“ सेना रहन्छन्, त्यहा“ अनेक प्रकारका उपद्रव हुन्छन् । युद्धद्वारा जनसंहार गरिनु अन्यन्त दुःखको कुरा हो । विजेतालाई आफ्नो स्वागतको रूपमा विजितको आतर्नाद र शोक उद्गार पनि प्राप्त हुन्छ । ताओ दर्शन शान्तिप्रिय छ । यो युद्धको नितान्त विरोधी छ । आजभोलि विश्वको सम्पूर्ण जनमत यस महान् सत्यको अनुभव गरिरहेको छ, जसको प्रतिपादन लाओत्से तथा विश्वको अन्य ऋषि, महात्माहरूले शताब्दियौ“ वर्ष पहिले गरेका थिए ।
लाओत्सेले मनुष्यको व्यक्तिगत जीवन, त्यसको आचारविचार तथा सामाजिक व्यवहारका सम्बन्धमा केही अत्यन्त महत्वपूर्ण तथ्य उल्लेख गरेका छन् । उनका अनुसार जीवनका तीन रत्न छन्, जसलाई सावधानीपूर्वक सुरक्षित राखिनु पर्दछ ः पहिलो करूणा, दोस्रो मितव्ययिता तथा तेस्रो सबैभन्दा अगाडि हुने आकाङ्क्षाको परित्याग । उनको मत छ कि जो भित्र करूणा छ, उही वीर पुरूष हुन्छ । जो मितव्ययी हुन्छ, उनी उदार हुन सक्छ । जो सबैभन्दा अगाडि पुग्ने इच्छाको परित्याग गर्दछ, उही आफूलाई सबैभन्दा अगाडि पाउ“छ । ऊ सहजै नेतृत्व पदमा आसिन हुन्छ । आफ्नो घरभन्दा बाहिर ननिस्केर नै उसले विश्वका सबै ज्ञान प्राप्त गर्दछ । ईश्वरका सबै विधानबारे उसलाई बोध हुन्छ । जति बढी मनुष्य यताउता भौतारिन्छ, उसलाई त्यति नै कम ज्ञान प्राप्त हुन्छ । ज्ञानी पुरूष नभौतारिएर नै गन्तव्य स्थानसम्म पुग्दछ । बिना दृष्टि लगाएर नै लक्ष्य सिद्धि प्राप्त गर्दछ । ऊ केही गर्दैन, तर सबै प्राप्त गर्दछ । यस रहस्यात्मक तथा विरोधात्मक प्रतीत हुने खालको कथनको तात्पर्य यही हो कि वास्तविक ज्ञान इन्द्रियद्वारा प्राप्त हुन सक्दैन । त्यो इन्द्रियभन्दा बाहिर गएर चेतनासित अन्तरमुख भएर प्राप्त गर्न सकिन्छ । यसरी जीवनको परम लक्ष्यको प्राप्ति मनुष्यको बाह्य चेष्टाहरूबाट अथवा दौडधुपबाट प्राप्त हु“दैन । त्यो त वासना तथा आशक्ति र त्यसद्वारा प्रेरित तथा नियन्त्रित कर्मको त्याग गर्नबाट नै हुन्छ । लाओत्सेको स्पष्ट मत छ कि मनुष्यको सबैभन्दा ठूलो आवश्यकता हो– आफ्नो पूर्ण रूपमा नैतिक तथा अध्यात्मिक विकास गर्नु । यस्तो हुन्छ भने सबै चीज प्राप्त हुन सक्छ । यस्तो नहु“दा ऊ बाह्य घटना तथा आन्तरिक भावमा सीमित तथा त्यसको वशीभूत अपूर्ण व्यक्ति मात्र रहन्छ ।
ज्ञानी पुरूष अथवा महात्माले समाजमा कुन प्रकारको व्यवहार गर्नु पर्दछ ? यस विषयमा पनि लाओत्सेका विचार अत्यन्त सुन्दर छन् । उनको मतमा सन्त अथवा महात्मा जनसाधारणभन्दा माथि हुनका लागि यस प्रकारको आचरण गर्नु पर्दछ, जस्तो कि, ऊ सबैभन्दा तलको हो । त्यसको पथप्रदर्शन गर्नका लागि आफूलाई सबैभन्दा पछाडि राख्नु पर्दछ । यस विधिबाट अगाडि बढेर महात्माहरू सर्वश्रेष्ठ स्थान प्राप्त गर्न सक्दछन् । जनतालाई उसले आफ्नो ठालुपनको भावबाट अभीभूत गर्नु हु“दैन । महात्माले मानिसहरूको भलाइ त्यतिखेर गर्न सक्दछ, जब आफूलाई जनसाधारणमा पूर्णतया लीन गर्दछ† उनीहरूबीच घुलमिल हुन्छ र आफूलाई श्रेष्ठ मानेर उनीहरूबाट अलग रहन्न ।
यसरी लाओत्सेको ताओ धर्म अथवा मार्ग दार्शनिक दृष्टिबाट अत्यन्त गम्भीर, नैतिक दृष्टिबाट अत्यन्त उत्कृष्ट तथा समाज कल्याणको भावनाबाट परिपूर्ण छ । जीवन र जगतप्रति उनको विशिष्ट तथा विशाल दृष्टिकोण छ । मृत्युलाई उनी जीवनको सीमा मान्न अस्वीकार गर्दछन् । सांसारिक जीवनको अन्धकारपूर्ण तथा सा“घुरो गल्लीलाई छोडेर उनी ताओको प्रकाशमय, अनन्त तथा प्रशस्तपथमा अगाडि बढ्नका लागि मनुष्यलाई प्रेरित गर्दछन् । यो धर्म मार्ग खालि व्यक्तिको जीवनमा नै सुख–शान्ति प्रदान गर्न सक्ने होइन, यसको अनुशरणबाट युद्ध र विनासको भयबाट त्रस्त आधुनिक विश्वमा पनि शान्ति स्थापना गर्नमा समर्थ हुन सक्छ ।
लाओत्सेको सन्दर्भमा एउटा सर्वश्रेष्ठ र प्रधान शिष्यको उल्लेख गर्नु आवश्यक छ । उनी हुन्– च्वाङ्त्सू । यिनको काल ईशाको चौथो र तेस्रो शताब्दीपूर्व मानिएको छ । ताओ धर्मको इतिहासमा उनको अत्यन्त प्रमुख स्थान छ । उनी उच्च कोटीका दार्शनिक, महान् तार्किक र अत्यन्त प्रभावशाली लेखक थिए ।
कन्फ्युसियसले लाओत्सेका मतको खण्डन गरे र च्वाङ्त्सूले कन्फ्युसियसको मतको विस्तार तथा गम्भीरतापूर्वक खण्डन गरेका छन् । उनले लाओत्सेको दुरूह (कठिन) ग्रन्थको युक्तियुक्त प्रतिपादन पनि गरेका छन् । लाओत्सेको मत प्रसार तथा त्यसलाई अगाडि दिनमा च्वाङत्सूको ठूलो देन छ ।

लाओत्सेका शिक्षा

  • वासनामा वशीभूत हुनुभन्दा ठूलो कुनै पाप छैन । आफ्नो परिस्थितिबाट असन्तुष्ट रहनुभन्दा ठूलो बिपत्ति अरू कुनै छैन । परिग्रह (अरूको वस्तु लिनु) भन्दा ठूलो कुनै पाप छैन । यसरी सन्तोषको अन्तिम रूपमा सार्थकता प्रमाणित हुन्छ ।
  • अनिर्वचनीयता ताओको निर्विकारिताले वासनाबाट मुक्ति प्रदान गर्दछ । वासनाको अभावमा मानिस शान्तिप्रिय हुन्छ ।
  • सज्जनप्रति हामी राम्रो व्यवहार गर्नेछौ“ । दुर्जनप्रति पनि हामी राम्रै व्यवहार गर्नेछौ“, जसले गर्दा उनीहरू सज्जन बन्न सकुन् ।
  • यदि सरकार सहिष्णु हुन्छ भने जनता नराम्रो मार्गबाट टाढै रहन्छ । यदि सरकारको तर्फबाट अनावश्यक हस्तक्षेप हुन्छ भने मानिसहरू शासनमा नियम उल्लङ्घन गर्न थाल्दछन् ।
  • जो विनम्र छ, उसले आफूलाई पूर्ण रूपमा सुरक्षित राख्न सक्दछ । जो निहुरिन जान्दछ, उही छाती फैलाएर उभिन सक्छ । जो सबै चीज त्याग गर्न सक्छ, उही पूर्ण हुन्छ । जो जर्जर हुन्छ, उही नया“ जीवन प्राप्त गर्न सक्छ । जो थोरैमा सन्तुष्ट हुन्छ, उही सफल हुन्छ । जो धेरै सञ्चय गर्ने प्रयत्न गर्दछ, उही पथभ्रष्ट हुन्छ ।
  • आफ्नो अज्ञानतालाई जान्नु सर्वोत्तम हो । अज्ञानी भएर पनि आफूलाई बुद्धिमान सम्झिनु ठूलो रोग हो । जो यस रोगलाई रोगको रूपमा बुझ्दछ, यसबाट मुक्ति प्राप्त गर्न सक्छ ।
  • जसले अर्कोलाई बुझ्दछ, उही विवेकी हो । जसले आफूलाई बुझ्दछ, ऊ ज्ञानी हो । जसले अरूलाई वशीभूत गर्न सक्छ, उही बलवान हो । जसले आफैलाई वशीभूत गर्न सक्छ, त्यो अत्यन्त शक्तिसम्पन्न हुन्छ । जो परिस्थितिबाट सन्तुष्ट छ, उही धनी हो ।
  • जब यश प्राप्त हुन्छ, त्यसप्रति अहङ्कार नगर । यदि अहङ्कारमुक्त रहन सकिन्छ भने यश सधै सुरक्षित रहन सकिन्छ ।
  • सन्त आफ्ना लागि सञ्चय गर्दैन । जति अधिक अरूका लागि खर्च गरिन्छ, त्यति नै सम्पन्नता प्राप्त हुन्छ ।
  • नराम्रोप्रति भलाइको व्यवहार गर ।
  • सन्त आफ्नो प्रशंसा गर्दैन, यसबाट उसको सर्वत्र प्रशंसा हुन्छ । आफ्नो कार्यप्रति ऊ अहङ्कार गर्दैन, यसबाट ऊ स्थायी हुन्छ । ऊ कसैको विरोध गर्दैन, यसैबाट कोही पनि उसको विरोध गर्दैन ।
  • जो खुट्टाको पञ्जाको वलमा उभिन चाहान्छ, ऊ ठीकस“ग उभिन सक्दैन । जसले आफ्ना दुई वटै खुट्टा पसार्छ, ऊ हि“ड्न सक्दैन । जसले आत्मप्रशंसा गर्दछ, उसले यश प्राप्त गर्न सक्दैन । अहङ्कारी मनुष्यमा गुण टिक्न सक्दैन । जसले आफूलाई सबैभन्दा माथि ठान्दछ, ऊ कहिल्यै माथि उठ्न सक्दैन ।
  • जो बलवान भएर पनि दुर्वलतामा सन्तोष गर्दछ, ऊ मानिसहरूको प्रशंसा पात्र र आकर्षण केन्द्र बन्दछ ।
  • कुन व्यक्ति यस्तो छ ?, जसले आफ्नो महान् महिमा विश्वलाई प्रदान गर्न सक्छ ? उही, जसले ताओ मार्गलाई प्राप्त गरिसकेको छ ।
  • ताओ निक्रिय रहेर पनि कार्य गर्दछ । यसले सानोलाई ठूलो तथा थोरैलाई धेरै बनाउन सक्छ ।
  • प्रकृतिलाई बदल्न सकिन्न । भाग्यको परिवर्तन सम्भव छैन । काल रोकि“दैन । “ताओ” को प्रतिरोध हुन सक्दैन । ताओ प्राप्त गरेपछि यस्तो कुनै वस्तु बा“की रहन्न, जसलाई प्राप्त गर्न नसकियोस् । यसलाई प्राप्त गर्न नसक्दा केही पनि प्राप्त हुन सक्दैन ।
  • ताओ सबैको शरणालय हो । राम्रा मान्छेका अमूल्य कोष हो । जो राम्रा छैनन्, उनका पनि पथप्रदर्शक तथा रक्षक हो ।
  • धर्म मार्ग अत्यन्त प्रशस्त तथा सरल छ । फेरि पनि मानिसहरू अन्य मार्गमा हि“ड्न चाहान्छन् ।
(चीनका महान् दार्शनिक लाओत्सेको जीवनी र दर्शनबारेको प्रस्तुत लेख हामीले “विश्व के सन्त–महापुरूष” पुस्तकबाट लिइएको हो । डा. देवराजद्वारा सम्पादित पुस्तकभित्रको यो लेख डा. रमाशङ्कर मिश्रद्वारा लेखिएको हो । उक्त पुस्तक सन् १९६४ मा काशी हिन्दू विश्वविद्यालय, बनारसले प्रकाशित गरेको थियो । लेखक हिन्दू धर्मद्वारा दीक्षित भएकाले प्रस्तुत लेखमा हिन्दू धार्मिक ग्रन्थको आलोकमा लाओत्सेलाई हेरिएको छ । त्यस क्रममा पटक पटक हिन्दू धार्मिक ग्रन्थ तथा सन्तहरूको प्रसङ्ग दिइएको छ । त्यसका बावजुद लाओत्से महान् क्रान्तिकारी दार्शनिक थिए । उनका सम्पूर्ण दर्शनका लागि “ताओ ते किङ” ले अध्ययन गर्नु पर्नेछ । (अनुवाद : प्रकाश थापा मगर)

No comments:

Post a Comment