दसैँ : प्रगतिशीलहरूको दृष्टिकोण कस्तो हुने ?
~ प्रकाश थापामगर
दसैँ नजिकै छ । त्यससँगै प्रगतिशील चिन्तन राख्नेहरूले दसैँमा के गर्ने, के नगर्नेजस्तो बहस सधैँ झैँ यस पटक पनि गर्नु सान्दर्भिक नै हुने छ । हामी यहाँ दसैँमा प्रगतिशील चिन्तन राख्नेहरूले के गर्दा ठिक हुन्छ ? के नगर्दा ठिक हुँदैन भन्नेबारेमा सामान्य छलफल चलाउने छौँ । तर स्थानाभावका कारण हामी दसैँको उत्पत्तिको बारेमा समाजशास्त्रीय दृष्टिकोणबाट छलफल भने चलाउने छैनौँ ।
दुई गम्भीर प्रश्न
हाम्रासामु दुई वटा गम्भीर प्रश्न छन्; ती हुन्–
१. दसैँलाई उपयोग गर्ने कि बहिष्कार गर्ने ?
२. दसैँ सारतत्त्वको हिसाबले समर्थनयोग्य कि बहिष्कारयोग्य ?
दसैँको सन्दर्भमा यी प्रश्न वैचारिक हिसाबले महत्त्वपूर्ण छन् । यी प्रश्नको बारेमा प्रष्ट धारणा बनाउनुपर्ने आवश्यकता छ ।
प्रथम प्रश्नको जवाफमा दुई वटा धारणा हामीमाझ पाइन्छ ।
एकथरिले दसैँलाई उपयोग गर्नुपर्दछ भन्ने धारणा राख्दछन् । खासगरी दसैँले सामाजिक स्वरूप ग्रहण गरिसकेकाले यसलाई बहिष्कार गर्नु हुन्न । यसो गर्दा हामी सामाजिक रूपमा अलगथलग हुने छौँ—वामपन्थी वृत्तभित्र यस खालको धारणा राख्नेहरूको सङ्ख्या व्यापक छ । सम्भवतः यसलाई सन्तुलित धारणा मान्न सकिन्छ ।
अर्काथरिले दसैँ परम्परागत र रूढीवादी चाड भएकाले यसलाई बहिष्कार गर्नुपर्दछ भन्ने धारणा व्यक्त गर्दछन् । यस्तो धारणा एकातिर चिन्तनको छिपछिपेपनको कारण उत्पन्न हुन्छ भने अर्कातिर, हिन्दु धर्मप्रतिको वितृष्णाका कारणले । खासगरी इसाई धर्मावलम्बीहरू दसैँप्रति खरो प्रकारले विरोधमा उत्रिएको पाइन्छ । फलस्वरूप यस्ता मतालम्बीहरू दसैँलाई बहिष्कार गर्न पुग्दछन् ।
अर्को प्रश्नको उत्तरमा परिस्थिति अन्तरविरोधपूर्ण बन्न जान्छ । दसैँ प्रगतिशील वा वर्गसङ्घर्षयुक्त चाड नभएकाले सारतत्त्वका हिसाबले बहिष्कारयोग्य छ । तर विडम्बना यो छ : विचार वा सिद्धान्तको हिसाबले यो दृष्टिकोण अपनाए पनि व्यवहारमा भने दसैँलाई समर्थन गरेर जान्छन्; अझै कतिपय अवस्थामा निरपेक्ष समर्थनको प्रवृत्तिसमेत देखा पर्दछ ।
दसैँले सामाजिक स्वरूप ग्रहण गरिसकेको छ । एक अर्थमा यसले सामाजिक एकताको काम पनि गरेको छ । पहिले त दसैँमार्फत पारिवारिक एकता र सद्भाव, त्यसपछि यसले सामाजिक एकता हासिल गर्दछ । प्रष्टै छ, दसैँको यस्तो पक्षको विरोध कसैले पनि गर्ने छैन ।
दसैँको यो सकारात्मक पाटोसँगै धार्मिक, सांस्कृतिक पक्ष पनि जोडिएका छन् । प्रगतिशीलहरूको सर्वाधिक ध्यान जानुपर्ने विषय नै यही हो ।
सर्वप्रथम दसैँको सन्दर्भमा हामी यस निस्कर्षप्रति प्रष्ट हुनुपर्ने आवश्यकता छ : त्यो हो– दसैँ विशुद्ध हिन्दु धार्मिक चाडपर्व होइन; बरु त्यो काफी हदसम्म प्रकृतिपूजाको निरन्तरतासमेत हो ।
‘दसैँ’ र ‘दशैँ’ वा ‘विजयादशमी’
नेपालमा जसलाई हामी ‘दसैँ’ भन्दछौँ, हिन्दु धर्मावलम्बीले ‘दशैँ’ वा ‘विजयादशमी’ भन्दछन्, भारतमा त “दशहरा” भनिन्छ । ‘दसैँ’ र ‘दशैँ’ वा ‘विजयादशमी’ को माझमा अन्तर गर्न सकिन्छ । ‘दसैँ’ मा हिन्दु धर्मको प्रभावले कतिपय पक्षमा परिवर्तन भए पनि त्यो मूलतः प्रकृतिपूजाको निरन्तरता हो । ‘दसैँ’ मा प्रयोग गरिने जमरा र हतियारको पूजाले मात्र पनि यो चाड प्रकृतिपूजासित सम्बन्धित छ भन्ने प्रष्टै छ ।
अर्कातिर, ‘दशैैँ’ वा ‘विजयादशमी’ मूलतः हिन्दु धार्मिक चाडपर्व मान्न सकिन्छ । यो पर्व रामको रावणमाथिको विजयोत्सव हो । यसमा प्रकृतिपूजाका न्यून वा नाम मात्रका अवशेष छन् । नेपालको तराई प्रदेशतिर भारतीय हिन्दु धर्मावलम्बीले मनाउने “रामलीला’ यसको सबैभन्दा प्रभावशाली पक्ष हो ।
नेपालमा बहुसङ्ख्यक हिन्दु धर्मावलम्बी भएता पनि “रामशीला” ‘दसैँ’ को अनिवार्य वा प्रभावशाली पक्ष होइन । त्यसकारण ‘दसैँ’ र ‘दशैँ’ वा ‘विजयादशमी’ माझको प्रष्ट भेद कायम गर्न सकिन्छ ।
दसैँमा जुन प्रकृतिपूजाको अवशेषजन्य संस्कार, संस्कृति छन्, ती रूढीवादी परिघटना हुन् । यो तथ्य प्रष्ट छ, प्रगतिशीलहरूले यस्ता रूढीलाई मान्यता दिनु आवश्यक छैन । त्यसका बाबजुद ‘दसैँ’ को जमरा र हतियार पूजाजन्य संस्कृतिले ‘दशैँ’ वा ‘विजयादशमी’ सित रहेको भिन्नतालाई त बताउँछ नै, साथै त्यसले नेपालको समाजशास्त्रीय अध्ययनका लागि सांस्कृतिक सन्दर्भको काम दिन्छ । प्रगतिशील पक्षले दसैँको सन्दर्भमा यो भिन्नताप्रति अवश्य पनि ध्यान दिनुपर्दछ ।
फिजुलखर्ची र तडकभडकपन
दसैँसित थुपै्र प्रचलन जोडिएका छन् । तीमध्ये धेरैजस्तो पछिल्लो सामाजिक विकाससित जोडिएका छन्; जस्तै– फिजुलखर्ची र तडकभडकपन ।
दसैँको सन्दर्भमा फिजुलखर्चीमा प्रतिष्पर्धा गर्नु सामाजिक विकाससित जोडिएको त्यस्तै प्रचलन हो । यो बढ्दो सहरीकरण, बसाइँसराइ, आप्रवासन÷वैदेशिक रोजगारी र सांस्कृतिक साम्राज्यवादसित जोडिएको छ ।
प्रगतिशीलहरू सधैँ फिजुलखर्चीको विरोधमा जोड दिन्छन् । साङ्घाई टेक्स्टबुक अफ पोलिटिकल इनोनोमी नामक पुस्तकमा चिनियाँ कम्युनिस्ट पार्टीले फिजुलखर्चीको विरोध अथवा किफायतीपनमा जोड दिइएको सबैलाई थाहा छ । कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी सत्ता सञ्चालन भइरहेका बेलामा त किफायतीपनको त्यति महत्त्व हुन्छ भने सर्वहारा क्रान्तिपूर्व त्यसको महत्त्व कम त हुनै सक्दैन । त्यसकारण दसैँको सन्दर्भमा प्रगतिशील पक्षले फिजुलखर्चीको विरोध गर्नैपर्दछ । त्यस सन्दर्भमा उनीहरू उदाहरणीय बन्नैपर्दछ ।
त्यसैगरी तडकभडकपन वा उत्ताउलोपनको त कुनै पनि सभ्य समाजले समर्थन गर्न सक्दैन । दसँैको सन्दर्भमा पनि तडकभडकपन वा उत्ताउलोपन पटक्कै देखाइनु हुँदैन । यस्तो उत्ताउलो, उच्छृङ्खल प्रवृत्तिलाई नियन्त्रण गर्न सबै पक्ष एकजुट हुनुपर्दछ । प्रगतिशीलहरू यस अभियानको अग्रपङ्क्तिमा देखिनुपर्दछ ।
अर्को दार्शनिक प्रश्न
अब अर्को एउटा दार्शनिक पक्षबारे चर्चा गरौैँ ।
दसैँ सारतत्वको हिसाबले क्रान्तिकारी कि प्रतिक्रियावादी वा रूढीवादी ? यो सत्य हो– दसैँ सारतत्त्वको हिसाबले रूढीवादी वा प्रतिक्रियावादी नै हो । त्यस अर्थमा दसैँ सम्पूर्ण रूपले बहिष्कारयोग्य सामाजिक पर्व हो । यो विषयको एउटा पाटो हो ।
यस सन्दर्भमा एउटा पक्ष त यो हो, कुनै पनि वस्तु वा परिघटनालाई सम्पूर्ण रूपमा स्वीकार वा अस्वीकार गर्न सकिन्न । अझै खासगरी संस्कार, संस्कृति र परम्पराको सन्दर्भमा त यसरी सम्पूर्ण रूपमा स्वीकार र अस्वीकार गर्नु वस्तुसङ्गत दृष्टिकोण हुन सक्दैन । त्यसकारण सारतत्त्वको हिसाबले दसैँलाई रूढीवादी वा प्रतिक्रियावादी बताउँदा–बताउँदै पनि त्यसभित्रको सकारात्मक पक्षको उपयोग गर्ने प्रश्नको गम्भीर महत्त्व हुन्छ । यही दृष्टिकोण दसैँको सन्दर्भमा पनि सत्य हो । त्यसका विपरीत दसैँको सम्पूर्ण रूपमा समर्थन वा बहिष्कार दुवै दृष्टिकोण गलत भएको प्रष्टै छ ।
परम्परागत चाडपर्वको सवालमा पनि सम्पूर्ण रूपमा सहभागिता वा बहिष्कार दुवै गलत हुन्छ । यदि त्यसो हो भने त आवश्यकता चाडपर्वको सूक्ष्म वैचारिक–सैद्धान्तिक विन्न्यासको हो । चाडपर्वको विश्लेषण गरेर, अर्थात् चाडपर्वसित जोडिएका परम्परा, संस्कार र संस्कृतिको गहन अध्ययन गरेर सकारात्मक तत्त्व ग्रहण गर्ने र नकारात्मक तत्त्वलाई अस्वीकार गर्ने तरिका अपनाउनुपर्दछ ।
प्रगतिशीलहरूले गर्न हुने र गर्न नहुने काम
यी सैद्धान्तिक–वैचारिक आलोकमा प्रगतिशीलहरूले दसैँको सन्दर्भमा गर्न हुने र गर्न नहुने विषयलाई यसरी बुँदाकृत गर्न सकिन्छ :
१. पारिवारिक जमघटमा सहर्ष सामेल हुने ।
२. दसैँको समाजशास्त्रीय उत्पत्तिबारे बहस, छलफल चलाउने ।
३. दसैँसित सम्बन्धित संस्कार, प्रचलन र रीतिरिवाजको उत्पत्ति र निरन्तरताबारे छलफल चलाउने । त्यस क्रममा उत्पत्तिकालको र पछि जोडिएका संस्कार, प्रचलन र रीतिरिवाज कुन कुन हुन् ? छुट्याउने ।
४. पारिवारिक सरसल्लाहमा टिकाटालो गर्न सकिने; तर त्यसो गर्दा रूढीवादी वा धार्मिक क्रियाकलापलाई अस्वीकार गर्ने । त्यसका विपरीत प्रतीकात्मक स्वरूपमा टिका लगाउने ।
५. चाडवाडसित सम्बन्धित फिजुलखर्ची र भड्किलोपनलाई नियन्त्रण गर्ने ।
६. चाडवाडलाई खुसीयाली वितरणको अवसरको रूपमा प्रयोग गर्ने; तर त्यसो गर्दा धार्मिक वा रूढीवादी प्रचलनलाई होइन, आफ्ना निजी जीवनका खुसीलाई आधार बनाउने ।
७. चाडवाडसित सम्बन्धित जुवातास, धुम्रपान, मध्यपानजस्ता विकृतिबाट टाढा रहने ।
समग्रमा पारिवारिक जमघटको आधारमा रूढीवादी र धार्मिक क्रियाकलाप बिना पनि क्षणिक खुसीयाली वितरण सम्भव छ भन्ने सन्देश दिने गरी चाडवाड मनाउन सकिन्छ ।
प्रगतिशीलहरूसित सून्य विकल्प ?
परम्परागत चाडवाडको सन्दर्भमा स्वयम् प्रगतिशील पक्षबाट उठ्ने प्रश्न यो हो– पुराना चाडवाडको प्रगतिशील विकल्प छैन । त्यसकारण परम्परागत र धार्मिक चाडपर्व मनाउनुको विकल्प छैन ।
यस सन्दर्भमा यी प्रश्नको आधारमा विचार गरौँ :
१. के पुराना चाडपर्वको विकल्पमा एकाएक नयाँ प्रगतिशील विकल्पको उत्पत्ति सम्भव छ ?
२. के पुराना चाडपर्वको विकल्प पुरानै चिन्तन भएकाहरूले दिने हुन् ?
३. के प्रगतिशील पक्षसित विकल्प नै नभएको अथवा सून्य विकल्पको अवस्था हो ?
यी तीन प्रश्नको उत्तरमा पुराना चाडपर्वप्रतिको प्रगतिशील दृष्टिकोण पाउन सकिन्छ ।
पुराना चाडपर्व, संस्कार, संस्कृति र परम्परा एकाएक सम्पूर्ण रूपमा एकै चोटि न त उत्पत्ति हुन्छन्, न समाप्त नै; बरु ती सबै क्रमशः उत्पत्ति र रूपान्तरणको प्रक्रियामा अघि बढिरहन्छन् ।
यस सन्दर्भमा दुई वटा उदाहरण प्रस्तुत गरौँ ।
१. भनिन्छ, मुस्लिभ धर्ममा पहिले बकरिदमा मानवबलीको प्रचलन थियो । पछि समयक्रममा मानवबलीको स्थान बाख्राबलीले लियो । मानिसको स्थानमा बाख्रालाई विकल्पको रूप दिँदा मुस्लिम धर्मावलम्बीमा कति दूरगामी संस्कारजन्य रूपान्तरण भयो ? जोकसैले सहजै अनुमान गर्न सक्छ ।
२. माओत्सेतुङको समयमा चीनको एउटा समुदायमा मानवबलीको प्रचलन थियो । यस खालको प्रचलन हटाउन माओले मानवबलीको स्थानमा बाँदरबलीको विकल्प सुझाएका थिए । यसबाट माओत्सेतुङको संस्कृतिको क्रमिक रूपान्तरणसम्बन्धी प्रष्ट दृष्टिकोणको झलक मिल्दछ ।
यसरी संस्कार, संस्कृति र परम्पराको रूपान्तरण क्रमिक रूपमा हुन्छ भन्ने प्रष्ट हुन्छ ।
अर्कोतर्फ, पुराना चाडपर्व तथा संस्कार, संस्कृति र परम्पराको विकल्प नयाँ अथवा प्रगतिशील चिन्तन भएकाले दिने हो, परम्परागत चिन्तन भएकाबाट प्रगतिशील विकल्पको सम्भावना हुन्न । त्यसकारण प्रगतिशील तत्त्वहरू स्वतःस्फूर्तताको पूजा गरेर अर्थात् चुपचाप बसेर पुराना चाडपर्व, संस्कार, संस्कृति र परम्परामा रूपान्तरण हुन्न ।
त्यस्तै, के प्रगतिशीलहरूसित रूढीवादी तथा धार्मिक चाडपर्व, संस्कार, संस्कृति र परम्पराको विकल्प नभएकै हो ? अथवा प्रगतिशील पक्षहरू सून्य विकल्पको अवस्थामा छन् त ? त्यस्तो पनि होइन ।
वर्गसङ्घर्ष र सामाजिक सुधारसित सम्बन्धित अवसर नै नयाँ विकल्प
प्रगतिशीलहरूको संस्कार, संस्कृति र परम्परा वर्गसङ्घर्ष तथा सामाजिक सुधार आन्दोलनमाथि आधारित हुन्छन् भन्ने प्रष्टै छ । विश्वभरिका लागि अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस (मार्च ८), अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १), त्यसैगरी माक्र्स दिवस (मे ५), एङ्गेल्स दिवस (सेप्टेम्बर २८), लेनिन दिवस (अप्रैल २२), स्टालिन दिवस (डिसेम्बर २१), माओ दिवस (डिसेम्बर २६) जस्ता वर्गसङ्घर्ष र समाज रूपान्तरणसम्बन्धी स्मरणीय अवसर छन् ।
त्यसैगरी नेपाली समाजकै अग्रगामी रूपान्तरणसित सम्बन्धित योगमायाको बलिदानदेखि लिएर लखन थापा, २००७ सालदेखि अहिलेसम्मका जनआन्दोलन दिवस, जातीय छुवाछूत विरुद्ध भगत सर्वजीतको योगदान, सहिद भीमदत्त पन्त, फागुन २४ को प्युठान जनता शिविर—यस खालका थुप्रै वर्गसङ्घर्ष, लोकतान्त्रिक आन्दोलन र सामाजिक सुधारसित सम्बन्धित स्मरणीय अवसर छन् । प्रगतिशील चिन्तन राख्नेका लागि यी अवसर एक अर्थमा पर्व नै हुन् । यी असर दसैँतिहारभन्दा कुनै पनि अर्थमा कम छैनन्, बरू बढी नै छन् ।
मे १ र दसैँ तथा मार्च ८ र तिज
नेपालको सन्दर्भमा यहाँ दुई वटा उदाहरण प्रस्तुत गर्नु सान्दर्भिक हुने छ ।
क. हामी कम्युनिस्ट (जसभित्र प्रगतिशीलहरू पनि आउँछन्) मजदुर दिवस (मे १) वर्षमा एक दिन केही घण्टा मनाउने गर्दछौँ; त्यो पनि अनिवार्य रूपमा होइन, ऐच्छिक रूपमा ।
ख. हामी कम्युनिस्ट पार्टीका महिला कमरेडहरू अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) वर्षमा केही घण्टा मनाउँछौँ; त्यो पनि अनिवार्य रूपमा होइन, ऐच्छिक रूपमा ।
त्यसका विपरीत हामी कम्युनिस्टहरू दसैँ मनाउनका लागि वर्षदिन पहिलेबाट तयारी गरिरहेका हुन्छौँ । त्यसैअनुसार खर्चको जोहो गरिरहेका हुन्छौँ । अन्य सबै काम स्थगित गरेर भए पनि दसैँका लागि अनिवार्य रूपमा समय व्यवस्थापन गर्दछौँ ।
त्यसैगरी, हाम्रा थुप्रै महिला कमरेडहरू तिजका लागि कति सक्रिय र समर्पित हुन्छौँ ? त्यो आम रूपमा थाहा भएको विषय हो । दर खाने दिनदेखि लिएर ऋषिपञ्चमी ब्रतसम्मको क्रियाकलापमा ठुलो सङ्ख्यामा महिला कमरेडहरूको सक्रियता, सहभागिता र समर्पण देख्न सकिन्छ ।
यी दुई उदाहरणले बताउँछन्, हामी कम्युनिस्ट पार्टीमा सामेल भएकाहरूसमेत वर्गसङ्घर्ष र सामाजिक सुधार आन्दोलनसित सम्बन्धित स्मरणीय अवसरलाई प्रभावशाली प्रकारले सामाजिक रूपमा नै स्थापित गर्न मानसिक रूपमा तयार छैनौँ । यदि त्यसो हो भने प्रगतिशील नयाँ संस्कार, संस्कृति र परम्परा कसरी निर्माण हुने छ ? कसले निर्माण गरिदिने छ ? विषयवस्तु आफैमा प्रष्ट हुने छ ।
उपर्युक्त सङ्क्षिप्त चर्चाबाट स्पष्ट हुन्छ, हाम्रै नेपाली समाजमा प्रगतिशील सारतत्त्वका चाडपर्व, संस्कार, संस्कृति र परम्परा निर्माणयोग्य प्रशस्त आधार विद्यमान छन् । अन्तर्राष्ट्रिय र राष्ट्रिय वर्गसङ्घर्ष र सामाजिक सुधार आन्दोलनका महत्त्वपूर्ण अवसरलाई हामीले नयाँ प्रगतिशील संस्कार, संस्कृतिको क्षेत्रमा विकल्पको रूप दिन सक्दछौँ । तर हामी स्वतःस्फूर्तताको यतिसम्म पुजारी छौँ, हामी आफै केही नयाँ गर्न चाहदैनौँ; बरू अरू कसैले गरिदिने अपेक्षा राख्दछौँ । हामी चाहन्छौँ– अरू कसैले प्रगतिशील चाडपर्व, संस्कार, संस्कृति र परम्परा एकाएक वा अकस्मात स्थापित गरिदेओस्, जसले गर्दा हामीले जसरी अहिलेका दसैँतिहारजस्ता रूढीवादी तथा धार्मिक चाडपर्व मान्दै आइरहेका छौँ, त्यसरी नै कसैले निर्माण गरिदिने प्रगतिशील चाडपर्वलाई पनि अपनाउन सकौँ । स्पष्ट छ, यो दृष्टिकोण ऐतिहासिक भौतिकवादसम्मत छैन । यस्तो दृष्टिकोणले जनताको ऐतिहासिक र निर्णायक भूमिकालाई अवमूल्यन गर्दछ ।
चाडपर्व, संस्कार, संस्कृति र परम्पराको गतिशील चरित्र
अन्तिममा एउटा तथ्य स्पष्ट गरौँ ।
अहिलेका रूढीवादी तथा धार्मिक चाडपर्व, संस्कार, संस्कृति र परम्पराको विकल्पमा प्रगतिशील चाडपर्व, संस्कार, संस्कृति र परम्पराको स्थापना गरिए पनि त्यसको स्वरूप शास्वत र जड प्रकृतिको हुने छैन; अर्थात् अपरिवर्तनीय हुने छैन । समयक्रममा तिनीहरू पनि रूढीवादी स्वरूपमा रूपान्तरण हुने छन् । त्यसकारण चाडपर्व, संस्कार, संस्कृति र परम्परालाई जड चरित्रमा बुझ्नु सही हुने छैन । जसरी दासविद्रोहको सन्दर्भ हाम्रा लागि पुरानो भइसकेको छ, त्यसैगरी जब नेपालमा पुँजीवाद वा समाजवाद स्थापना हुने छ, त्यतिबेला सामन्तवाद विरोधी वर्गसङ्घर्षयुक्त चाडपर्व, संस्कार, संस्कृति र परम्परा पनि पुराना महसुस हुने छन् ।
रूढीवादी तथा धार्मिक चाडपर्व, संस्कार, संस्कृति र परम्पराभन्दा प्रगतिशील चाडपर्व, संस्कार, संस्कृति र परम्परा यस अर्थमा भिन्न हुने छन्, ती नयाँ वर्गसङ्घर्ष र सामाजिक रूपान्तरणको इतिहाससित सम्बन्धित हुने छन् र तिनीहरूले शोषणविहीन समाज निर्माण अभियानलाई सांस्कृतिक आधार प्रदान गर्ने छन्, जसरी अहिलेका चाडपर्व, संस्कार, संस्कृति र परम्पराले वर्तमान शोषणमूलक व्यवस्थालाई दीर्घायु प्रदान गरिरहेका छन् ।
ती पर्व मनाउनुको अर्थ रूढीवाद र अन्धविश्वासलाई प्रश्रय दिनु हुने छैन, बरु वर्गसङ्घर्ष र सामाजिक रूपान्तरणको इतिहासलाई स्मरण गरेर त्यो वर्गसङ्घर्षलाई नयाँ रूपमा अगाडि बढाउने तथा वर्गसङ्घर्षको माध्यम हुँदै अघि बढेर अन्ततः वर्गविहीन, शोषणविहीन उच्चस्तरको मानव समाजको निर्माण गर्नु त्यसको उद्देश्य हुने छ । त्यसकारण प्रगतिशीलहरूले निर्माण गर्ने नयाँ प्रकारको चाडपर्व, संस्कार, संस्कृति र परम्परा निर्माणको गम्भीर, न्यायपूर्ण र दूरगामी महत्त्व भएको प्रष्ट हुन्छ ।
.............................................................................................................................................
प्रगतिशील सांस्कृतिक आन्दोलनको कार्यनैतिक प्रश्न :
धर्मशास्त्रीय मान्यताका विरुद्ध प्रकृति पूजा ?
विषय प्रवेश
प्रगतिशील तथा वामपन्थी शक्तिहरुले आफ्नो राज्यसत्ता स्थापनाका लागि सङ्घर्ष गर्दै गर्दा प्रतिक्रियावादी संस्कार, संस्कृतिका विरुद्ध सङ्घर्ष गर्नु पर्ने हुन्छ । त्यसका लागि सर्वप्रथम त आफ्नो देशको संस्कृतिको चरित्रका बारेमा गहन छानबिन गर्नु पर्ने हुन्छ । त्यस अनुरूप संस्कृतिको क्षेत्रमा सङ्घर्षको दिशा निर्धारण सकिने छ ।
यो लेखमा नेपालका संस्कार, संस्कृतिको साङ्गोपाङ्गो छानबिन गर्नु सम्भव नहोला । त्यसका लागि बेग्लै प्रयासको आवश्यकता पर्ने छ । यहाँ संस्कार, संस्कृतिमध्ये पनि चाडपर्वको प्लट उठाएको छ । चाडपर्वमध्ये पनि नेपालमा धुमधामसित र स्वयं राज्यपक्षको समेत संलग्नता रहने दशैँ र तिहारलाई प्रतिनिधि चाडपर्वको रूपमा लिइएको छ ।
उपरी रूपमा हेर्दा दशैँ–तिहार मनाइने प्रचलनको चर्चा अनावश्यक लाग्न सक्ला । तर यी चाडपर्वको समाज शास्त्रीय छानबिन गर्दै जाने हो भने स्वयं हिन्दू धार्मिक परम्पराभित्र पनि युगगत भिन्नता देखा पर्नेछन् । खास गरी ऐतिहासिक भौतिकवादी युग अनुसार दासयुग र सामन्ती युगका संस्कृतिको प्रतिबिम्ब पत्ता लगाउन सकिने छ । त्यस्तै, स्वयं हिन्दू धार्मिक ग्रन्थ अनुसार पनि द्वापर र त्रेतायुगका बेग्ला बेग्लैै प्रतिबिम्ब भेट्न सकिने छ । दक्षिणबाट हिन्दू धर्मको आक्रमण पूर्व नेपालको आफ्नै मौलिक संस्कार, संस्कृति विद्यमान रहेको समाज शास्त्रीय मान्यता छ । त्यस अनुसार हिन्दू धार्मिक आक्रमण पूर्व यहाँ प्रकृति पूजाजन्य संस्कार, संस्कृति हावी रहेको मान्न सकिन्छ । प्रकृति पूजाजन्य संस्कार, संस्कृतिको निरन्तरता अझैसम्म पनि विद्यमान रहेको छ ।
हिन्दू धर्मले सांस्कृतिक रूपमा भारतीय विस्तारवादी अस्त्रको काम गरी रहेको वास्तविकताबीच यस लेखमा प्रगतिशील सांस्कृतिक आन्दोलनको एउटा कार्यनीतिक सवालबारे विवेचना गर्नु आवश्यक कर्म नै मानिने छ ।
दृष्टिकोणको प्रश्न
चाडपर्वका पछाडि लामो परम्परा हुन्छ । तिनीहरु विभिन्न समयका विभिन्न गति तथा परिघटनालाई प्र्रतिबिम्बित गर्दै हालसम्म चली आएका छन् । त्यस क्रममा चाडपर्वमा कतिपय प्रतिबिम्ब समाप्त भएका छन्; कतिपय धमिलो भएका छन् भने कतिपय नयाँ प्रतिबिम्ब सामेल भएका छन् । चाडपर्वमा भएका यस खालका परिवर्तनलाई कसरी हेर्ने, बुझ्ने ? यो दृष्टिकोणको प्रश्न हो ।
चाडपर्वको आवरणमा ईश्वरजन्य रूप प्रशस्त देखिन्छन् । तर त्यो मात्र त्यसको सार पक्ष होइन भन्ने प्रष्ट छ । चाडपर्वको विश्लेषण गर्दै जाने हो भने त्यसका दुई वटा पक्ष प्रष्ट रूपमा अगाडि आउँछन् । ती हुन्– एक, उत्पादन सम्बन्धजन्य विशेषता (इतिहासमा त्यसमा युद्धजन्य विशेषता पनि जोडिएको पाइन्छ), अर्काे, ईश्वरजन्य विशेषता । यसै आधारमा दुई वटा दृष्टिकोण पनि प्रकट हुन्छन् । जसले चाडपर्वमा उत्पादन सम्बन्धजन्य विशेषताको खोजी गर्दछ, त्यो कार्य भौतिकवादी दृष्टिकोणको आधारमा गरिएको हुन्छ भने अर्कातिर, जसले चाडपर्वहरुलाई शास्त्रसम्मत ढङ्गले विवेचना गर्दछन्, उनीहरु आदर्शवादी हुन् । उनीहरुले आदर्शवादी दृष्टिकोणको आधारमा नै चाडपर्वलाई विश्लेषण गरेका हुन्छन् ।
प्रगतिशील वा प्रगतिवादी अनुसन्धानकर्ताहरुले चाडपर्वको विश्लेषण गर्दा भौतिकवादी दृष्टिकोणको आधारमा गर्दछन् । त्यसको अर्थ हो– चाडपर्व कुन उत्पादन सम्बन्धको समयमा जन्मिए ? प्रारम्भिक रूपमा ती चाडपर्वले ठोस रूपमा कुन समयको प्रतिनिधित्व गर्दछन् र हालसम्म आउँदा ती चाडपर्वमा उत्पादन सम्बन्धजन्य विशेषता बाँकी छन् कि छैनन् ? यदि छन् भने चाडपर्वका कुन संस्कार, संस्कृति र क्रियाकलाप त्यसमा अभिव्यक्त भएका छन् ? यी प्रश्नहरुको उत्तर खोज्नु । जब यी प्रश्नहरुको उत्तर भौतिकवादी दृष्टिकोणबाट खोजिन्छ, तब चाडपर्वको तङ्खवविन्यास कार्य सम्पन्न हुन जान्छ । त्यतिखेर चाडपर्वका कुन संस्कार, संस्कृति उत्पादन सम्बन्धजन्य छन् र कुन ईश्वरजन्य भन्ने प्रश्नको उत्तर मिल्ने छ । त्यसपछि अहिले जसरी चाडपर्वलाई ईश्वरीय आवरणमा चुर्लुम्म डुबाइएको छ, त्यसको चिरफार हुने छ । त्यसका साथै संस्कार, संस्कृतिको प्रगतिशील रूपान्तरणको दिशामा कार्यनैतिक चरणको महङ्खवपूर्ण आधार पनि तयार हुने छ । त्यस कारण चाडपर्वका बारेमा खोज–अनुसन्धान वा छानबिन गर्दै गर्दा भौतिकवादी दृष्टिकोणका साथ प्रारम्भिक रूपमा, प्राकृतिक रूपमा र तत्कालको स्वाभाविक रूपमा चाडपर्वको सारतङ्खव उट्घाटन गर्न पनि सफलता मिल्ने छ ।
चाडपर्व मनाउने प्रचलित तरिका
विषयवस्तुको छानबिन सुरु गरौँ ‘सामान्य’ बाट अर्थात् हामी पहिले चाडपर्व कहाँ, कसरी मनाइन्छन् ? ती ‘सामान्य’ तथ्यबाट सुरुवात गरौँ । त्यस क्रममा हामीलाई महत्वपूर्ण तथ्यहरु हात लाग्नेछन् ।
दशैँ, बडादशैँ, विजयादशमी
दशैँ, बडादशैँ, विजयादशमी शब्दावली जे प्रयोग गरिए पनि यो पूर्वी भूगोलमा मनाइने हिन्दू धर्मावलम्बीको चाडपर्व हो । मूलतः यो चाडपर्व पूर्वी भूगोलका भारत, नेपाल, पाकिस्तान, बङ्गलादेश, म्यान्मार, श्रीलङ्का, भुटानमा धुमधामसित मनाइन्छ भने विश्वभरिका हिन्दू धर्मावलम्बीहरुले यसलाई मनाउने गर्दछन् । त्यसमध्ये भारत वास्तवमै हिन्दूस्थान हो भने नेपाल भारतको हिन्दू धार्मिक प्रभाव क्षेत्र हो । नेपालको तात्कालिक वास्तविकता यही हो । यी क्षेत्रलाई हिन्दूस्थान भनिए पनि यस क्षेत्रमा दशैँ भारतकै तरिकाले मनाइदैन । स्थान विशेष अनुसार दशैँ मनाउने बेग्ला बेग्लै प्रचलन विश्वभरि प्रचलित छन् । त्यही स्थिति नेपालको पनि छ ।
नेपालमा दशैँ मनाउने परम्परा मूलतः दुई प्रकारका छन् । एकथरिले हिन्दू धर्मशास्त्रसम्मत ढङ्गले दशैँ मनाउँछन् । जस्तै– यस मतका मुख्यतः पक्षधरले दशैँलाई रामको रावणमाथिको विजयसित जोड्छन्, यद्यपि यो पनि हिन्दू धार्मिक प्रचलन नै हो । रावणको बुख्याँचा दहन गरी सम्पन्न गरिने यस्तो परम्परा दक्षिणी भूभागमा बढी प्रचलित छ । पहाडतर्फ यस्तो प्रचलन अझैसम्म पनि त्यति व्यापक बनी सकेको छैन । अर्काथरिले दशैँलाई दुर्गा भगवतिले महिषासुर राक्षसको वध गरेको किंवदन्तीसित जोड्छन् । खास गरी यस्तो मान्यताका साथ पहाडतिर दशैँ मनाइछ । पहिलो मान्यतामा रामकालीन प्रतिबिम्ब भेट्याउन सकिन्छ । पछिल्लो समयमा यस मतका पक्षधरमाझ वली प्रथामाथि रोक लगाउन थालिएको अवस्था छ । दोस्रो प्रचलनमा पनि सुर–असुर युद्धको किंवदन्तीले प्रवेश पाएको छ । तर यहाँ वली प्रथाले प्रवेश पाएको छ । दशैँको सामान्य विश्लेषण गर्दा नेपालमा वली प्रथाले व्यापकता पाएको देख्न सकिन्छ । भारतमा भने वली प्रथालाई नियन्त्रण र अन्ततः त्यसलाई समाप्त पार्न खोजिएको छ । यथार्थमा दशैँ सम्बन्धी यी दुई प्रचलन हिन्दू धार्मिक युगको अन्तरको नै प्रतिबिम्ब हो ।
तिहारको प्रसङ्ग
तिहारको इतिहासका बारेमा पनि यस्तै खालका मतभिन्नता पाउन सकिन्छ । एकथरिले रामको रावणमाथि विजय गरेपछि हर्षाेल्लासस्वरूप दिपावली मनाइएको र त्यही रूपमा तिहारको प्रचलन सुरु भएको भन्ने मत प्रकट गरेको पाइन्छ । अर्काथरिले भने तिहारलाई नेपालका भुरेटाकुरे राजाहरुको विजय वा उनीहरुको जिउधनको रक्षाको प्रसङ्गसित समेत जोडिएको पाइन्छ । तर यी दुवै पक्षका बीचमा भाइटिका सम्बन्धी संस्कारबारे भने त्यति विरोधी धारणा पाउन सकिन्न । तर भाइटीका कसरी सुरु भयो भन्नेबारेमा भने नेपालमा आफ्नै प्रकारका किंवदन्तीहरु प्रचलित छन् । त्यसै गरी तिहारको सन्दर्भमा खेलिने भैलो र देउसिरेका बारेमा पनि नेपालमा बेग्लै किंवदन्ती प्रचलित छन् ।
तिहार अन्तर्गतका पाँच दिनको सम्बन्ध यमराजले आफ्नी बहिनी यमुनाकहाँ बसेकोसित जोडिएको छ । भैलोका बारेमा नेपालको जनजातिहरुमा आफ्ना गणराजाको आयु लम्बिएको किंवदन्तीसित जोड्ने गरेको पाइन्छ । कालले मृत्युको भविष्यवाणी गरेको, तर मृत्यु नभएपछि ‘थाइलो’ शब्द प्रयोग गरी खुशी मनाएको, कालान्तरमा ‘थाइलो’ शब्द अप्रभंश भएर ‘भैलो’ भएको उनीहरुमाझ किंवदन्ती छ । त्यस्तै, अयोध्यामा तत्कालीन राजा श्रीरामको विजयपछिको आगमनबाट खुशी भएर जनताले दिपावलीको रातमा ‘देव श्री राम’ (राम हाम्रा देउता हन्) भन्दै हिडेको किंवदन्ती प्रचलित छ । कालान्तरमा ‘देव श्री राम’ बाट ‘देउसिरी राम’ हुँदै अन्ततः ‘‘देउसिरे’ वा ‘देउसी’ भएको बताइन्छ ।
भारतमा दशैँका विभिन्न रूपमूलतः हिन्दू धर्मावलम्बीभित्र पनि दशैँ–तिहार मनाउने प्रचलनमा प्रशस्त विभिन्नता पाइन्छ । केही प्रतिनिधि उदाहरणहरु यहाँ प्रस्तुत गरौँ :
- भारतको पंजाबमा दशैँको नौ दिनसम्म उपवास राखिन्छ ।
- बस्तरमा दशैँको पछाडि रामको रावणमाथिको विजयलाई श्रोत–सन्दर्भ मानिदैन । त्यहाँ दन्त्यश्वरी माताप्रतिको समर्थनका रूपमा दशैँलाई लिइन्छ । दन्त्येश्वरी मातालाई बस्तर अञ्चलको आराध्य देव मान्दै दशैँलाई दुर्गा माताको पर्वको रूपमा मनाइन्छ । त्यहाँ यो पर्व लगातार ७५ दिनसम्म मनाइन्छ ।
- पश्चिम बङ्गालमा दशैँ पाँच दिनसम्म मनाइन्छ । दशमीका दिन विशेष पूजा गरी प्रसाद वितरण गरिन्छ । त्यति बेला पुरुषहरु आपसमा आलिङ्गन गर्दछन् । त्यसलाई कोलाकुली भनिन्छ । महिलाहरुले पनि देवीलाई सिन्दुर चढाउँदै आँशुु झार्दै बिदाइ दिन्छन् । उनीहरु आपसमा पनि सिन्दुर लगाउँछन् र सिन्दुर जात्रा गर्छन् । त्यति बेला नीलकण्ठ पङ्क्षीको दर्शन गर्नुलाई शुभ मानिन्छ ।
- तमिलनाडु, आन्ध्र प्रदश एवं कर्नाटकमा नौ दिनसम्म दशैँ मनाइन्छ । त्यस क्रममा त्यहाँ लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ । मैसुरमा मैसुर महललाई झिलिमिली बत्तीहरुले सजाइन्छ । त्यहाँ मानिसहरु टर्चलाइट बाल्दै रातभरि नाचगान गर्दछन् । तर यी प्रदेशहरुमा रावण दहन गरिदैन । ती प्रदेशहरु द्रविड मूलको भएकाले रावण दहन नगरेको मान्न सकिन्छ ।
- गुजरातमा दशैँको अवसरमा गरबा नृत्य प्रशिद्ध छ । त्यसले गर्दा यो पर्व त्यहाँ सङ्गीतमय बन्न पुग्दछ ।
- महाराष्ट्रमा दशैँको अवसरमा सिलंगण नामक महोत्सवको आयोजना गरिन्छ । उक्त पर्वमा साँझतिर सबै मानिसहरु नयाँ कपडा लगाएर गाउँको सिमाना पार गर्दै शमीको पात लिएर आफ्नो गाउँ फर्किन्छन् । ती पातलाई सुन मानेर गाउँलेहरु आपसमा ती पातहरु आदानप्रदान गर्दछन् ।
- कश्मीरमा नौ दिनसम्म उपवास गरिन्छ । त्यस क्रममा उनीहरु माता खिर भवानीको पूजा गर्दछन् । त्यो मन्दिर तालको बीच भागमा बनेको छ । भनिन्छ, देवीले भक्तहरुसित भनेकी थिइन्– जब कुनै अनर्थको सम्भावना हुन्छ, तालको पानी कालो हुने छ । विश्वास गरिन्छ– इन्दिरा गान्धीको हत्याको ठिक एक दिन अघि र भारत–पाकिस्तान युद्ध अघि तालको पानी कालो भएको थियो ।
तिहार मनाउने विभिन्न रूपदशैँ जस्तै तिहार मनाउने सवालमा पनि विविधता पाउन सकिन्छ । तिहार शब्द हिन्दी शब्द ‘त्यौहार’ को अप्रभंशबाट बनेको मानिन्छ । तिहारको एउटा अङ्गको रूपमा रहेको दिपावलीलाई हिन्दू धर्मावलम्बीले विजयोल्लासको रूपमा लिएको पाइन्छ । तिहारका बारेमा एकातिर, रामको अयोध्या प्रवेशको अवसरमा विजयोल्लास र अर्कातिर, सूर्यका छोरा भनिएका यमराजी बहिनी यमुनाको निमन्त्रणामा उनको घरमा पाँच दिन बिताइएको प्रसङ्गबारे माथि नै उल्लेख गरी सकिएको छ । तर पूर्वी भूगोलमा यो पर्वले उत्पादन सम्बन्धजन्य प्रतिबिम्बलाई पृष्ठभूमिमा त पार्दछ नै, त्यसका साथै यसले हिन्दू धर्मको सीमा समेत पार गर्दछ । त्यसका साथै स्वयं हिन्दू धर्मसम्मत समयका बारेमा पनि तिहारले अतिक्रमण गर्दछ अर्थात् दिपावली भिन्न भिन्न समयको बेग्ला बेग्लै प्रतिबिम्बका रूपमा हाम्रा अगाडि देखा पर्दछ । यी केही उदाहरणहरुमाथि विचार गरौँ ।
- हिरण्यकश्यपुको वध यसै दिन विष्णु भगवानद्वारा गरिएको मानिन्छ ।
- यसै दिन समुद्र मन्थनपछि लक्ष्मी र धनवन्तरि प्रकट भएको विश्वास गरिन्छ ।
- जैन धर्मावलम्बी मत अनुसार यस्तै दिन चौबिसौँ महावीर तीर्थकरको मृत्यु भएको थियो ।
- यसै दिन नेपालमा नेपाल सम्वत् सुरु हुन्छ ।
- मुगल वंशका अन्तिम सम्राट बहादुर शाह जफर दिपावली मनाउँथे । दिपावलीका कार्यक्रममा उनी नियमित भाग लिन्थे ।
- शाह आलम द्वितीयको समयमा शाही महललाई तिहारको अवसरमा सजाइन्थ्यो । लालकिल्लामा आयोजित तिहारको कार्यक्रममा हिन्दू–मुसलमान दूवै धर्मावलम्बी भाग लिन्थे ।
- पंजाबमा जन्मिएका स्वामी रामातीर्थको जन्म र मृत्यु यसै दिन भएको थियो ।
- महर्षि दयानन्दको यसै दिन राजस्थान (भारत) को अजमेरमा निधन भएको थियो ।
- दीन–ए–इलाहीका प्रवर्तक मानिएका सम्राट अकवरको शासन कालमा राजकोष भन्डार अगाडि ४० गज अग्लो बाँसको एउटा आकासद्वीप तिहारकै दिन लगाइन्थ्यो । (यहाँनेर स्मरणीय छ, यस्तै खालको आकाशद्वीपको प्रचलन नेपालका नेवारहरुमा पनि छ)
- वादशाह जहाङ्गिर पनि धुमधामका साथ तिहार मनाउथे ।
त्यसो त दिपावलीकै दिन अन्य महङ्खवपूर्ण दिवस पर्नु नयाँ विषय होइन । तर तिहारको दिन हिन्दू धर्मभन्दा बाहिरबाट पनि महङ्खवपूर्ण दिवस पर्दा यो चाड बेग्लै प्रकारको अथवा सम्मिलित चरित्रयुक्त बन्न जान्छ । यसरी यो चाड हिन्दूका साथै अन्य धर्म र सम्प्रदायको पनि पर्व बन्न पुग्दछ । नेपालमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन पर्नु, नेवारहरुको आकाशेबत्ति यसै पर्वमा राखिनु, साना साना राजाहरुका कैयौँ महत्वपूर्ण दिवसहरु यही दिन पर्नुले तिहारलाई नेपालमा पनि समावेशी बनाएकै छन् ।
नेपालमा दशैँ–तिहार
एक पटक फेरि नेपालमा मनाइने दशैँ–तिहारका केही विशेषताबारे चर्चा गरौँ ।
तराई–मधेश र पहाडमा बेग्ला बेग्लै प्रकारका दशैँ मनाउने प्रचलनहरु प्रचलित छन् । एक छिनका लागि तराई–मधेशको प्रसङ्गलाई स्थगित गरौँ ।
पहाडमा जुन मङ्गोल मूलका जातिहरुको बसोबास थियो, दक्षिणबाट हिन्दू धर्मको प्रभावपूर्व कुन खालको संस्कार, संस्कृति थियो ? त्यसबारे हामीसँग त्यति धेरै तथ्यहरु छैनन् । त्यसै गरी, पश्चिमबाट नेपाल प्रवेश गरेका खस–आर्यहरुमा दक्षिणको हिन्दू धार्मिक प्रभाव पूर्व कस्ता संस्कार, संस्कृति थिए ? त्यसबारे पनि हामीलाई त्यति धेरै जानकारी छैन । तर एउटा तथ्य सत्य हो– दक्षिणबाट हिन्दू धर्मको प्रभाव पर्नु अघि नेपालमा शास्त्रसम्मत संस्कार, संस्कृतिको प्रभाव अत्यन्त कमजोर थियो । त्यसको स्थानमा नेपालमा कविला प्रकृतिको, प्राकृतिक, प्रकृति पूजाजन्य संस्कार, संस्कृति विद्यमान थियो । जब दक्षिणबाट हिन्दू धार्मिक शास्त्रसम्मत संस्कार, संस्कृति नेपालतर्फ फैलियो, त्यति बेला यहाँ सामन्ती सामाजिक अवस्था थियो । शासक वर्गले दक्षिणका हिन्दू र मुश्लिम राजाहरुसित सम्बन्ध बढाएका थिए । सोही क्रममा शासकहरुले हिन्दू संस्कार, संस्कृति अपनाएर त्यसलाई जनस्तरमा लागु गर्न थालेका थिए । तर जनताले परम्परागत रूपमा मान्दै आएका कविलाजन्य संस्कार, संस्कृतिलाई पनि छोड्न सकेका थिएनन् । फलस्वरूप नेपालका दशैँ–तिहार लगायत चाडपर्वमा प्रकृति पूजाजन्य अवशेषहरु कायमै रहे र त्यसको अवशेष अहिलेसम्म पनि कायमै छन् ।
दशैँ–तिहारमा शस्त्रपूजा, पशु सम्मान र स्वयं मनुष्यप्रतिको सम्मान (नेवारहरुको म्यहःपूजा) सित सम्बन्धित जुन संस्कार, संस्कृति हालसम्म विद्यमान छन्, ती कविलाजन्य संस्कार, संस्कृतिकै अवशेष हुन् । वली प्रथालाई प्रकृति पूजाको अभिन्न अङ्ग मान्न सकिन्छ (यद्यपि ऋग्वेद कालसम्म हिन्दू धर्ममा पनि प्रकृति पूजाको प्रशस्त प्रभाव भएको देख्न सकिन्छ), जसलाई पछि हिन्दू धर्मशास्त्रले शास्त्रसम्मत रूप दिदै हटाएको देखिन्छ । दशैँको सन्दर्भमा आठौँ दिनमा गरिने वली, पहाडमा त्यसका लागि कोतघरको अस्तित्वलाई शस्त्रपूजा वा प्रकृति पूजाकै अङ्ग मान्न सकिन्छ । दैनिक जीवनमा आई पर्ने विभिन्न समस्याप्रति समाधानको अपेक्षा राखेर कसैको पूजा गर्नु प्रकृति पूजा हो । यहाँ जसको पूजा गरिन्छ, त्यसलाई देवताको रूप दिइन्छ । यहाँ उल्लेखनीय तथ्य यो छ– कविलाहरुले जसलाई देवता मान्छन्, तिनीहरु कुनै अलौकिक वा शास्त्रसम्मत वस्तु नभएर भौतिक वस्तु नै हुन्छन् । यहाँसम्म कि स्वयं मनुष्यको शरीरलाई पनि देवता मानी पूजा गरिन्छ, जस्तै– म्यहःपूजा । पिछडिएको उत्पादन सम्बन्ध भएका स्थानमा अहिलेसम्म ठुला ठुला ढुङ्गा, रुख, पहाड, झरना आदिलाई पनि देवताको रूपमा पुज्ने प्रचलन कायमै छ । दशैँको सन्दर्भमा पहाडमा कोतघरमा दिइने वलीलाई त्यही रूपमा लिन सकिन्छ । त्यस्तै, दशैँका बेला जमराको प्रयोगलाई अन्नप्रतिको लगावलाई र हतियारको पूजालाई शस्त्रपूजा तथा प्रकृति पूजा मान्न सकिन्छ । तिहारमा काग, कुकुर, गाई÷गोरु जस्ता पशुपङ्क्षीहरुको पूजालाई पनि प्रकृति पूजा नै मान्न सकिन्छ । त्यसै गरी नेपाल (र, भारतका पनि) का विभिन्न जातिहरुमा पशुपङ्क्षी पूजाको रूपमा प्रकृति पूजाका विभिन्न रूपहरु देख्न सकिन्छ ।
चाडपर्वको भौतिकवादी सन्दर्भ
माथि उदाहरणका रूपमा दशैँ–तिहारको र त्यसलाई मनाइने विविधताका बारेमा जुन चर्चा गरियो, त्यसका आधारमा यी चाडपर्वका पछाडि यी निम्न लिखित सन्दर्भहरुलाई जोड्न सकिन्छ । ती हुन्– १. कृषि या पशुपालन युगको अवशेष, २. युद्ध तयारीको प्रतिबिम्ब, ३. हिन्दू धार्मिक विविध मिथक, ४. प्रकृति पूजाको अवशेष ।
१. कृषि या पशुपालन युगको अवशेषपहिले दशैँ चैत्रमा मनाइन्थ्यो, पछि त्यसलाई वर्षा ऋतुपछि सारियो । चैत्र महिना गहुँ र चैतेधान स्याहार्ने, तर हरियाली कम हुने महिना थियो । पूर्वी विश्व भूगोलमा, खासगरी सिन्धु नदी वरिपरि अझैसम्म पनि गहुँ र धान महत्वपूर्ण बाली मानिन्छ । मकै युरोपबाट अझै यस भूगोलमा भित्री सकेको थिएन । वर्षा ऋतु समाप्त भएको र खेतैभरि धानका बाला झुलेको र कतैकतै धान पाकी सकेको अवस्थामा यो पर्व राखियो । यस बेला किसानहरुका लागि खुशीको समय थियो ।
त्यसै गरी प्राचीन कालमा खेतीपातीको काम सामूहिक रूपमा गरिन्थ्यो । एउटा निश्चित भूगोलका मानिसहरु बेग्ला बेग्लै स्वामित्व भए पनि सबैका बालीनाली सँगै स्याहार्थे । त्यस क्रममा उनीहरु सँगै काम गर्दथे, सँगै खर्च र मनोरञ्जन पनि गर्दथे । सामूहिक कृषि क्रियाकलापको यो खुशीयाली परिघटना अन्ततः दशैँ वा तिहारको रूपमा विस्तार वा निरन्तरता पाएको मान्नका लागि पर्याप्त आधारहरु छन् ।
२. युद्ध तयारीको प्रतिबिम्बतत्कालीन समाज कबिला प्रकृतिको थियो । त्यति बेला प्रत्येक कबिलाको अर्को कुनै न कुनै कबिलासित युद्ध भई रहन्थ्यो । युद्धका लागि वर्षा ऋतुपछि या खेतीपाती स्याहारेपछि नै तयारी गर्न सकिन्थ्यो । त्यसरी मूलतः त्यति बेला युद्ध हिउँद याममा नै हुने गर्दथ्यो ।
दशैँ र तिहारका बेलामा जुन शस्त्र र पशुको पूजा गरिन्छ, त्यसको सम्बन्ध युद्धको तयारीसित भएको मान्नमा कठिनाइ छैन । पहाडका कोतघर युद्धका हतियार राख्ने स्थल हुन् । त्यहाँ दशैँमा हुने वली तिनै हतियारहरुको पूजा हो । दशैँका बेला ती हतियारहरु सफा गरिन्छ, धार लगाइन्छ । यही बेला निराजन र लोहाभिसार जस्ता युद्धका लागि घोडालाई तयार पार्ने संस्कार पनि जोडिएका छन् । त्यति बेला पशुपङ्क्षीको प्रयोग कृषि र युद्धका लागि गरिन्थ्यो । त्यसैले दशैँ–तिहारमा शस्त्रका साथै पशुपङ्क्षीको पनि पूजा गर्ने चलन सुरु भएको हुनु पर्दछ । यही कारणले गर्दा घोडा, गोरु/गाई, काग, कुकुर जस्ता पशुपङ्क्षीको पूजा सुरु गरिएको हुनु पर्दछ । समय बित्दै जाँदा अर्थात् सामन्तवादको पतनसँगै घोडाको प्रचलन कम भएर गयो । सामन्ती युगमा जिम्मेवाल, मुखिया जस्ता सम्भ्रान्त तप्कासम्म घोडाको सवारी सामान्य आवश्यकता मानिन्थ्यो । पछि एकातिर, घोडा आर्थिक रूपमा खर्चिलो भएपछि र अर्कातिर, मोटरबाटो खुलेपछि घोडाको उपयोगिता कम भएर गयो । त्यसका साथै दशैँको अवसरमा निराजन र लोहाभिसार जस्ता कर्महरु दुर्लभ मानिन थालेका छन् ।
दशैँ–तिहार जस्ता पर्वमा शस्त्र र पशुपङ्क्षीको पूजा गरिएपछि र दशैँ र तिहारबीचको एक महिना हर्षोल्लासका साथ व्यतित गरेपछि समाजका युवा तप्का युद्धका लागि तम्तयार रहेको मानिन्थ्यो । आवश्यकता अनुसार युद्धको आह्वान भएपछि युद्ध सरदारको निर्देशनमा पुरै कबिला युद्धमा होमिन्थ्यो । यी सबैको अवशेष वा प्रतिबिम्ब अझैसम्म पनि कायम छ । दशैँ–तिहारमा त्यसको प्रतिबिम्ब पाउन सकिन्छ ।
३. हिन्दू धार्मिक विविध मिथकसामन्ती कालमा धर्मको विस्तार तीव्र थियो । तर त्यस क्रममा धर्मको शास्त्रसम्मत रूप पनि धमिलो हुँदै गयो । उदाहरणका लागि हिन्दू धर्मकै प्रसङ्ग लिऊँ । यस धर्मको विस्तारको क्रममा विभिन्न पन्थ वा सम्प्रदायहरुको विकास भयो । कुनै एक खास ऋषिमुनिको पहलमा धर्मको एक हाँगा समातेर वा कुनै एकाध मतप्रति विमति राखेर यस खालका पन्थ, सम्प्रदाय बने । यिनै सम्प्रदाय वा पन्थले पनि दशैँ–तिहारको परम्परामा केही फेरबदल गरे । फलस्वरूपमा एउटै चाडपर्वको सन्दर्भमा पनि भिन्न भिन्न मिथकहरु जोडिएको हामी पाउन सक्छौँ । जस्तै– दशैँका बारेमा हिन्दू धर्मावलम्बीमाझ मूलतः दुई भिन्न मिथक पाइन्छन् ।
एकथरिले भगवान रामको लङ्का विजयको रूपमा दशैँलाई लिन्छन् । जसले यस मतलाई स्वीकार गर्दछन्, उनीहरुले रावणको बुख्याँचा दहन गर्दछन् । दशैँको अवसरमा रामलीला आयोजन गर्दछन् । उनीहरुले रामले घटस्थापनादेखि दशमीसम्मको नवौँ दिनसम्म उपवास बसेर दशौँ दिनमा रावणमाथि विजय गरेको विश्वास गर्दछन् । त्यस कारण यो दश दिनको अवधिमा उनीहरु वली दिदैनन् । तर यस मतमा कति सत्यता छ ? त्यो छलफलको विषय हो । यदि रावणको लङ्का वर्तमान श्रीलङ्का नै हो भने अयोध्याबाट उपवासको अवधिमा नौ दिनको यात्रा गरी, त्यस क्रममा समुद्री सीमा पार गरी श्रीलङ्कासम्म पुग्न कति सम्भव छ ? यसबारेमा छलफल गर्न सकिन्छ । जे होस्, रामको नौ दिनसम्मको उपवास र दशौँ दिन रावणमाथि विजयको मान्यता राख्दै नेपालको दक्षिण भागमा, भारतको उत्तर, पश्चिम तथा मध्य–पश्चिम भारतमा दशैँलाई “दशहरा” को रूपमा मनाइन्छ । यस मान्यतायुक्त दशैँको मुख्य विशेषता वलीको अस्वीकृति, रावण दहन तथा रामलीला हो ।
अर्को मत भगवति र महिषासुर राक्षसको युद्धसित सम्बन्धित छ । हिन्दू मिथक अनुसार स्वर्गका राजा ईन्द्र र राक्षस वीर महिषासुरको बीचमा चलेको युद्धमा ईन्द्र र देवताहरुको हार भयो । महिषासुरले पुरुषको हातबाट नमर्ने वरदान पाएका थिए । त्यसैले उनीहरुले सर्वशक्तिमान माता भगवतिको सृजना गरे । तिनै भगवतिको हातबाट महिषासुर राक्षसको वध गरियो । यसै खुशीमा नौ दिनसम्म पूजा गर्ने, त्यस क्रममा भवगति मातालाई खुशी पार्न वली दिने र भगवतिको प्रसादको रूपमा टीका लगाउने गरियो ।
त्यसै गरी, तिहारको प्रसङ्गमा अन्य विभिन्न किंवदन्तीहरु पनि पाइन्छन् । भगवान श्रीरामले अयोध्या आउँदा विजयोत्सवस्वरूप द्वीप प्रज्ज्वलनको कथा खास गरी भारतमा प्रचलित छ । उनीहरुले पशुपङ्क्षी सम्मानका कर्मप्रति त्यति रुचि देखाउँदैनन् । उता, तिहारको सवालमा सूर्यपुत्र यमराजको प्रसङ्ग छ । यमराजले बहिनी यमुनाको निमन्त्रण स्वीकार गरी पाँच दिनसम्म बसेको र यमुनाकै आग्रहमा प्रत्येक वर्ष सोही दिन बहिनीको हातबाट टीका लगाउने वाचा गरेको किंवदन्ती पनि छ ।
त्यस्तै, नेपाल र भारतका पहाडी क्षेत्रमा वली राजाको प्रसङ्ग छ । वली राजा पृथ्वीको सबैभन्दा दानी राजा मानिन्थे । वलीको दानबाट स्वर्गलोक हल्लिन थाल्यो । त्यसपछि भगवान विष्णु होचोपुड्को मानिसको रूप लिएर वली राजाकहाँ पुगे । त्यहाँ पुगेर वली राजासित उनले तीन पाइला जमिन मागे । वली राजाले जमिन दिने स्वीकृतिका साथै उक्त होचोपुड्को मानिसको रूप विराट भयो । उसको पहिलो पाइलाले सम्पूर्ण पुरै पृथ्वी ढाकियो भने दोस्रो पाइलाले आकाश । तेस्रो पाइलाको स्थानमा वली राजाले आफ्नै थाप्लो (निधार) अगाडि सारी दिए । होचोपुड्को मानिसरूपी विष्णुको तेस्रो पाइलाले वली राजा भासिएर पातालमा पुगे । त्यति बेला वली राजाले विष्णुसित अनुरोध गरे– उनलाई वर्षमा एक पटक पृथ्वीमा घुम्ने अवसर दिइयोस् । विष्णुले वली राजाको अनुरोध स्वीकार गरे । त्यसपछि प्रत्येक वर्षको तिहारमा वली राजा पृथ्वी घुम्न आउँछन् भनेर उनको स्वागतमा बत्ति बाल्न थालियो । यस मौकामा एउटा टोली वली राजा आफू आउन नभ्याएकाले आफूलाई पठाएको भन्दै ‘वली गीत’ गाउन थाले । पछि त्यही ‘वली गीत’ ‘बली गीत’ हुँदै भैलो बन्न पुग्यो । आज पनि भैलो खेल्नेहरु भट्याउँदा वली राजाको प्रसङ्ग उठाउँछन् नै ।
यस्तै खालको किंवदन्ती गोबद्र्धन पूजासित पनि जोडिएको छ । किंवदन्ती अनुसार गोकुल नजिकैका गोपालहरुले भगवान ईन्द्रको पूजा गर्दथे । एक दिन श्रीकृष्णले बिनासित्ति ईन्द्रको पूजा गर्नुभन्दा खनिज, घास–दाउरा, पानी आदि दिने गोबद्र्धन पर्वतको पूजा गर्न उचित हुने बताउँछन् । त्यसपछि गोपालहरुले गोबद्र्धन पर्वतको पूजा गर्न थाल्दछन् । यो घटनाबाट रिसाएका ईन्द्रले तत्कालै घनघोर वर्षा गराई दिन्छन् । यसरी घनघोर पानी र असिना परेर अत्तालिएका गोपालहरुलाई श्रीकृष्णले त्यही गोबद्र्धन पर्वतलाई उठाएर सुरक्षा दिन्छन् । त्यसपछि आफ्नो गल्तीका लागि श्रीकृष्ण समक्ष ईन्द्रले माफी माग्दछन् । त्यसपछि गोबद्र्धन पूजा गर्न सुरु गरियो ।
तर ‘गोबद्र्धन’ शब्दले पशु (गोरु) तर्फ पनि इङ्गित गर्दछ । त्यस कारण यो विशुद्ध पर्वतको भन्दा पनि पशुको पूजा पनि हो कि भनी तर्क गर्ने ठाउँ भने छँदै छ ।
४. प्रकृति पूजाको अवशेषदशैँ–तिहारको उद्भवका पछाडि जुन खालका किंवदन्तीहरु यतिखेरसम्म पनि चलाइएका छन्, त्यसलाई आधार मान्दा यी चाडपर्वको सुरुवात प्रकृति पूजाकै कारण भएको मान्न सकिन्छ । ईन्द्र कृषि युगका देवता मानिन्छन् भने श्रीकृष्ण पशुपालन युगका । यी चाडपर्वमा ईन्द्र र श्रीकृष्णको प्रसङ्ग आएको छ । राम सामन्ती युगका लोकप्रिय राजा मानिन्छन् । उनको युग पनि कृषि या पशुपालनभन्दा पछिको मान्न सकिन्छ । तर राम उनी कबिलाकै प्रमुख थिए । यस आधारमा दशैँ–तिहारमा कृषि र पशुपालन युगका प्रशस्त प्रतिबिम्बहरु फैलिएका छन् । जुन वस्तु वा परिघटनाले तत्कालीन मानव जातिको भलाइ गर्दथ्यो, त्यसप्रति नतमस्तक हुने वा त्यसलाई देवता मानी पूजा गर्नु मानवको सामान्य स्वभाव नै हो । यो प्रवृत्ति एक वा अर्को प्रकारले अहिलेसम्म पनि चली आएको छ ।
कृषिका लागि सघाउने पशु, जमिन जोत्न प्रयोग हुने हलोलाई त्यतिखेर पूजा गरिन्थ्यो । गाईगोरु, घोडा, काग, कुकुर कृषिका लागि मात्र होइन, युद्धका लागि पनि त्यत्तिकै काम लाग्दथे । त्यस क्रममा हतियार पूजा गर्ने प्रचलन पनि सँगसँगै चलेको थियो । त्यसैले दशैँ–तिहारमा कृषि र युद्धजन्य सामग्रीको पूजामा प्रशस्त ध्यान दिएको पाइन्छ । आजभोलि युद्ध कहिलेकाहीँ, कुनै खास ठाउँमा, कुनै खास स्वार्थमा र कुनै खास निकायद्वारा मात्र लडिने भएकाले युद्ध सम्बन्धी प्रकृति पूजामा धेरै नै कमी आएको छ । जुन ठाउँमा कृषिको पुँजीवादी विकास भएको छ, ती ठाउँमा पनि कृषि सम्बन्धी प्रकृति पूजा कमै हुन्छन् । तर जुन ठाउँमा अझै पनि कृषि तथा पशुपालन पेसा पिछडिएको छ, त्यहाँ अझै पनि प्रकृति पूजाको अस्तित्व छ नै । नेपाल जस्तो कृषि तथा पशुपालन क्षेत्र पिछडिएको अवस्थाान रहेको देशमा त प्रकृति पूजामा जाति, कुल, निश्चित भौगोलिक क्षेत्रैपिच्छे व्यापक विभिन्नताहरु पाइने नै भयो ।
ती विभिन्नतामध्ये हिन्दू धार्मिक संस्कारबाट रङ्गिन बनेको चाडपर्व दशैँ–तिहार हो । नेपालमा अन्य चाडपर्वभन्दा दशैँ–तिहारमा धुमधाम गरिनुका पछाडि यिनै पृष्ठभूमिले काम गरेका छन् । यी चाडपर्वलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय रूप दिन नेपाल–भारतका हिन्दू मनोवृत्तियुक्त शासकको महत्वपूर्ण भूमिका त छ नै ।
५. विजयोत्सव, शक्ति र सौर्यको प्रदर्शन
दशैँ–तिहार लगायतका चाडपर्वहरु कुनै एक युगका पर्व होइनन् । त्यसमा विभिन्न युगका प्रतिबिम्बहरु छन् । मूलतः त्यसमा कृषि, पशुपालन र युद्धजन्य प्रतिबिम्ब भरिपूर्ण छ । सामन्ती युगभन्दा पूर्व युद्ध नियमित कर्म थियो । युद्धकै माझबाट मानव समाज अगाडि बढेको थियो । युद्धका लागि कृषि र पशुपालन अनिवार्य थियो । युद्धका बेला योद्धा बाहेक अरू सदस्य कृषि तथा पशुपालनमा लाग्दथे । बाँकी समयमा सम्पूर्ण परिवार कृषि तथा पशुपालनमा लाग्दथे । हिन्दू धर्मशास्त्रीय मान्यता अनुसार द्वापर र त्रेत्रा युगका युद्ध र कृषिजन्य प्रतिबिम्ब दशैँ–तिहारमा पाउन सकिन्छ । वास्तविक हिन्दू सभ्यताको उद्गम स्थल सिन्धु उपत्यकाबाट हिन्दू धर्मको प्रचार बाहिरिदै गर्दा क्षेत्र र जाति विशेषका संस्कार, संस्कृतिका कतिपय प्रचलन यी चाडपर्वमा समावेश हुँदै गए । त्यस क्रममा एउटै पर्वसित बेग्ला बेग्लै प्रचलनहरु जोडिदै गए । त्यही कारणले हुन सक्छ– एउटै पर्वका लागि पनि स्वयं हिन्दू समाजमा बेग्ला बेग्लै किंवदन्ती वा मिथकहरु प्रचलनमा छन् ।
कृषि र पशुपालनका साथै दशैँ युद्धसित सम्बन्धित पर्व बन्न पुग्दछ । दशैँका बेला लोहाभिसार र निराजन जस्ता पर्वको प्रतिबिम्ब, कोतघरमा हतियार पूजा, नेपालमा सेनाद्वारा दशैँको अवसरमा विशेष उत्सव, दशैँमा टीका लगाउने प्रचलन, तिहारमा दिपावली, दशैँमा वली प्रथा र मासुको भोजन—यी सबै युद्धमा विजयोल्लासकै अभिव्यक्ति हुन् । चाहे त्यो रामको रावण विजय होस् वा भगवतिको महिषासुर विजय, यी दुवै मिथकमा स्वयं हिन्दू धर्म अनुसारका दुई भिन्नाभिन्नै युगको युद्धमा विजयको प्रसङ्ग नै छ । त्यसरी युद्धमा विजयपछि विजयोल्लासको प्रतिबिम्ब दशैँ–तिहारमा व्यक्त भएका छन् । एउटा युद्धबाट विजय र अर्को सम्भावित युद्धको तयारीस्वरूप हतियार, युद्धमा प्रयोग हुने पशु र योद्धाहरुको तर्फबाट शक्ति र सौर्यको प्रदर्शन गर्ने पर्व हो– दशैँ–तिहार ।
नयाँ सन्दर्भमा उपयोगिता कति ?
दशैँ–तिहार जस्ता पर्व मूलतः कृषि तथा पशुपालन युगको परिणाम भएकाले अब प्रश्न उठ्छ– अहिलेको नयाँ परिवेशमा यी चाडपर्वको उपयोगिता कति हुन्छ ? त्यसको उत्तर एक शब्दमा दिन सकिन्छ– छैन । जस्तो कि माथि नै चर्चा गरियो, कृषि, पशुपालन र युद्धको तत्कालीन परिस्थितिमा अहिले आमूल परिवर्तन भई सकेको छ । कृषिमा सामूहिकता अब धेरै कमजोर परिघटना बनी सकेको छ । उत्पादनका साधनहरुमाथि पनि निजी स्वामित्व प्रचूर हुँदा कबिला युगमा जस्तो एउटा भूक्षेत्रका परिवारहरुले पालैपालो सामूहिक रूपले खेती लगाउने र स्याहार्ने प्रचलन दुर्लभ बन्दै गएको छ । त्यसको स्थान पर्म र ज्यालादारी श्रमले लिएको छ । पशुपालनमा पनि पशुपङ्क्षीहरुलाई सामूहिक रूपमा चरनका लागि लैजाने प्रचलन मूलतः समाप्त भएको छ । त्यसको स्थानमा साना साना समूहमा पशुपङ्क्षीहरु एउटा परिवार वा ज्यालादारी श्रमका आधारमा पाल्ने प्रचलन व्याप्त छ । युद्धजन्य संस्कार, संस्कृति पनि अब अप्रासङ्गिक बनी सकेका छन् । न निराजन÷लोहाभिसार, न कोतघरका हतियारको पूजा नै प्रासङ्गिक नै बनेको छ । युद्ध अब राज्यको जिम्माको विजय बनेपछि निजी, सामूहिक वा सामुदायिक स्तरबाट युद्धको तयारी वा युद्धपछि विजयोल्लास अप्रासङ्गिक र इतिहासको विषय बनी सकेको छ ।
हिन्दू धर्मावलम्बीले ईन्द्र, कृष्ण, राम जस्ता भगवानसित सम्बन्धित संस्कार वा शास्त्रसम्मत संस्कार, संस्कृतिको निरन्तरता चाहनु अन्यथा होइन । यो धर्मप्रतिको आस्थाको सवाल हो । धर्म कट्टरता र रुढिवादमा टिकेको हुन्छ । एक पटक, एउटा परिवेशमा प्रारम्भ भएका संस्कार, संस्कृति अर्को परिवेशमा अप्रासङ्गिक हुन्छन् । त्यसमा रूपान्तरण वा संशोधनको आवश्यकता हुन्छ । तर धर्मको स्वभाव त्यस्तो हुँदैन । एक पटक कुनै विधि–विधान वा संस्कार, संस्कृति प्रारम्भ गरिएपछि त्यससित सम्बन्धित मान्यता वा प्रचलनलाई अनुलङ्घनीय, असंशोधनीय, अपरिवर्तनीय मान्नु धर्मको सामान्य स्वभाव हो । त्यस कारण जसले कुनै धर्मप्रति आस्था राख्दछन् र त्यस आधारमा उक्त धर्मसित सम्बन्धित संस्कार, संस्कृतिलाई निरन्तरता दिन चाहन्छन्, उनीहरुको धर्मप्रतिको आस्थामा परिवर्तन नभइकन रुढिवादी संस्कार, संस्कृतिमा परिवर्तनको आशा गर्न सकिन्न ।
अर्कातिर, नेपालको विद्यमान पिछडिएको उत्पादन सम्बन्धको चरित्रलाई हेर्दा कृषि र पशुपालनसित सम्बन्धित संस्कार, संस्कृति अथवा रुढिवाद अझै केही समय समाप्त हुने छैन भन्न सकिन्छ । कारण : अझै पनि हाम्रो देशको कृषि तथा पशुपालन पिछडिएको अवस्थामा छ । जबसम्म कृषि तथा पशुपालन क्षेत्रको यस्तो अवस्था रहन्छ, तबसम्म यस्ता संस्कार, संस्कृति कायमै रहने छन् । उदाहरणका लागि जुन स्थानमा सिँचाइको व्यवस्था छैन, जहाँ खेती मौसमी वर्षाको आधारमा गरिन्छ, त्यहाँका किसानले कबिला समाजमा जस्तै वर्षाका लागि ईन्द्र देवताको पूजा गरी रहने छन् । जबसम्म उन्नत बिउबिजन, उन्नत मल र उपयुक्त किटनासक औषधि या विषादि र उपयुक्त कृषि प्रविधिद्वारा कृषिबाट अपेक्षित लाभ प्राप्त हुन्न, तबसम्म कृषिसित सम्बन्धित प्रकृति पूजाजन्य संस्कार, संस्कृति कायमै रहने छन् । त्यसको अर्थ हो– उत्पादन सम्बन्धमा आमूल परिवर्तन नभइकन पुरानो रुढिवादी संस्कार, संस्कृतिमा परिवर्तन आउने छैन । त्यस कारण अहिलेको आवश्यकता हो– विद्यमान उत्पादन सम्बन्धमा परिवर्तन । त्यसका लागि उत्पादन सम्बन्धको निरन्तर गति सम्बन्धी ऐतिहासिक चेत वा शिक्षाको प्रशिक्षण चलाउँदै समाजमा आमूल परिवर्तनको पक्षमा योजनाबद्ध ढङ्गले काम गर्नु आवश्यक हुने छ ।
हिन्दू संस्कारका विरुद्ध प्रकृति पूजा ?
नेपालको इतिहासमा बाहौँ शताब्दीतिर हिन्दू धार्मिक प्रभाव तीव्र गतिमा नेपाल प्रवेश गरेको मानिन्छ । हुन त त्यसभन्दा अगाडि पनि नेपालका राजाहरुको भारतका राजासित सम्बन्ध थिए । खस राजाहरुले भारतका राजालाई उपहार दिन्थे र भारतका राजाबाट पद्वी ग्रहण गर्दथे । त्यसै गरी मङ्गोल मूलका राजाहरुको सम्बन्ध तिब्बतका राजासित थियो । तिब्बतका राजाहरुसित हिन्दू जस्तो प्रभावशाली धर्म थिएन । उनीहरु पनि काफी हदसम्म प्रकृति पूजाजन्य संस्कार, संस्कृतिमा थिए । तिब्बतमा त धेरै पछिसम्म दास समाज थियो । त्यस कारण दक्षिण–पश्चिमबाट हिन्दू धर्मको प्रभाव तीव्र नहुञ्जेल नेपालमा अलि अलि बौद्ध, शैव जस्ता धर्मको प्रभाव थियो, त्यसभन्दा बढी जनस्तरमा प्रकृति पूजाको प्रभाव थियो । पछि राज्यले नै हिन्दू धर्म स्वीकार गरेपछि हिन्दू शास्त्रसम्मत संस्कार, संस्कृतिको प्रबद्र्धन गर्न थालियो । त्यस क्रममा भारतबाट ब्राह्मण पण्डितहरु झिकाएर राजा जयस्थिति मल्लले नेपाली समाजको वर्ण विभाजन नै गराए । त्यसको सबैभन्दा बढी प्रभाव भारतीय हिन्दू आर्य र त्यसपछि खस–आर्यमाथि पर्न गयो । खस–आर्यको नै राज्यसत्तामा हालीमुहाली रहेको अवस्थामा हिन्दू धर्मले राजकीय सम्मान प्राप्त ग-यो । अहिले देश धर्म निरपेक्षतामा प्रवेश गरी सकेपछि पनि हिन्दू धर्मको दबदबा कायमै छ । यही कारणले गर्दा धर्म निरपेक्ष नेपालमा अझै पनि राजकीय सम्मानका दशैँ–तिहार जस्ता पर्वहरु मनाइन्छ ।
जस्तो कि माथि नै उल्लेख गरी सकिएको छ, नेपालका चाडपर्वहरु विशुद्ध हिन्दू धर्मशास्त्रसम्मत छैनन् । स्वयं हिन्दू धर्मशास्त्रमा पनि विभिन्न युगको प्रतिबिम्ब सामेल भएको पाइन्छ । चाडपर्वमा पनि बेग्ला बेग्लै युगको प्रतिबिम्ब पाउन सकिन्छ । त्यसरी स्वयं हिन्दू धर्मशास्त्रसम्मत चाडपर्वमा पनि थोरै भए पनि प्रकृति पूजाको प्रतिबिम्ब छ । तर हिन्दू धर्म र त्यसलााई प्रोत्साहन गर्ने राज्यसत्ताले यी चाडपर्वमा बाँकी रहेका प्रकृति पूजाका अवशेषहरुलाई बेवास्ता गर्ने र अन्ततः समाप्त पार्ने अभियानमा छ ।
भारतले नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहेको छ र त्यसलाई काङ्ग्रेसले सघाउने सङ्केत देखा परी सकेको छ । छद्म रूपले एमाले र मोदनाथ प्रश्रित जस्ता व्यक्तित्व समेत धर्म सापेक्षताको पक्षमा उभिएपछि धर्म निरपेक्षतालाई जोगाउन गम्भीर सजगता आवश्यक पर्ने देखिन्छ । त्यसका साथै नेपालका चाडपर्वमा जुन मौलिकताका अवशेष छन्, त्यसलाई समाप्त गर्ने र त्यसको स्थानमा हिन्दू शास्त्रसम्मत संस्कार, संस्कृतिको सम्बद्र्धनमा अभियान चलाइने देखिन्छ । राष्ट्रिय स्वयंसेवक सङ्घ, विश्व हिन्दू परिषद जस्ता धार्मिक सङ्गठनहरु अहिले पनि विश्वभरि हिन्दू धर्मको पुनरुत्थानको पक्षमा छन् । उनीहरु “भारत वर्ष” मा मुस्लिम र इसाई धर्मको प्रभाव बढ्दै गएकोमा चिन्तित छन् । नेपालले २०६३ सालको अन्तरिम संविधान मार्फत् धर्म निरपेक्षता स्वीकार गरेपछि उनीहरु झन् बढी चिन्तित छन् । खास गरी नेपालको सन्दर्भमा इसाई धर्मको प्रसारले चिन्तित बनेका ती सङ्गठन र तिनैको राजनीतिक मोर्चा भारतीय जनता पार्टी सत्तामा रहेको अवस्थामा नेपालमा हिन्दू धर्मको पुनरुत्थानका लागि अभियान चलाइएको छ । पूर्व वामपन्थी नेता मोहन चन्द्र अधिकारी, पूर्व प्रधान न्यायाधीश तथा मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी त्यस्तो अभियानमा प्रत्यक्ष रूपमा नै संलग्न छन् । त्यस अभियानलाई राप्रपा, काङ्ग्रेस र अन्य पार्टीका व्यक्तित्वहरुले सघाई रहेका छन् । यो स्थितिमा नेपाली चाडपर्वको मौलिकता आगामी समयमा झनै अतिक्रमणमा पर्ने निश्चित छ ।
हुन त प्रगतिशील र क्रान्तिकारी दृष्टिकोणबाट हेर्दा प्रकृति पूजाजन्य संस्कार र हिन्दू धर्मशास्त्रसम्मत संस्कार, संस्कृतिको सारतङ्खव अन्ततः एउटै हुन्छ । तर यहाँनेर हामीले सुक्ष्म ढङ्गले विचार ग-यौँ भने हिन्दू धर्मशास्त्रसम्मत संस्कार, संस्कृतिको पछाडि भारतीय विस्तारवादको सांस्कृतिक हस्तक्षेपलाई पहिचान गर्न कुनै कठिनाइ छैन । त्यस अर्थमा हिन्दू धर्मशास्त्रसम्मत संस्कार, संस्कृतिको विरुद्धमा प्रकृति पूजाको पक्ष लिनु महङ्खवको विषय हुन जान्छ । यदि नेपालको संस्कार, संस्कृतिमा हिन्दू शास्त्रसम्मत विधि–विधान र प्रचलनको प्रभाव कम हुन्छ भने त्यसका साथै भारतीय विस्तारवादको सांस्कृतिक हस्तक्षेपको विरुद्ध पनि जान सकिने छ । किनकि भारतीय विस्तारवादको नेपाल नीतिको राजनीतिक पाटो उसको कथित सुरक्षा नीति हो भने सांस्कृतिक पाटो हिन्दू धर्म नै हो । हिन्दू सभ्यता मूलतः भारतकै हो । यस अर्थमा असली हिन्दूस्थान भारत नै हो, यद्यपि हिन्दू धर्मशास्त्रमा “जम्बुद्विप”, “हिमवतखण्ड”, “नेपालदेशे” जस्ता शब्दावली प्रयोग भएका छन् । यही तथ्यमाथि टेकेर सम्पूर्ण “भारतवर्ष” को अभिन्न अङ्ग “जम्बुद्विप” वा “हिमवतखण्ड” हो भन्दै नेपाल पनि भारतीय उपमहाद्वीपकै अङ्ग हो भन्ने सांस्कृतिक प्रचार गरिएको छ । त्यस क्रममा महादेव भगवानको उपत्तिस्थल कैलाश पर्वत “हिमवतखण्ड” मा भएको, हिन्दू धर्मावलम्बीका चार धाममध्ये एक धाम नेपालमा भएको, हिन्दू ऋषिमुनिहरुको तपोभूमि नेपाल भएको जस्ता तर्क अगाडि सारिएको छ । यस क्रममा नेपालका प्रकृति पूजाजन्य चाडहरुलाई पनि हिन्दूकरण गरेर, नेपालका मङ्गोल र खस–आर्यका संस्कारलाई पृष्ठभूमिमा पारेर भारतीय विस्तारवादको सांस्कृतिक हतियारलाई अझ धारिलो बनाइदै छ । त्यसका लागि प्रगतिशील, प्रगतिवादी वा क्रान्तिकारी शक्तिहरुको विरुद्धमा रुढिवादी, यथास्थितिवादीहरुलाई सघाइएको स्थिति छ । उनीहरुको यो अभियानलाई राजनीतिक क्षेत्रबाट पनि सहयोग मिलेको छ ।
प्रकृति पूजा पनि अन्धविश्वास वा रुढिवाद नै हो । त्यसका विरुद्ध प्रगतिशील, प्रगतिवादी वा क्रान्तिकारी शक्तिहरु सक्रिय हुनु पर्दछ । तर नेपालमा भारतीय विस्तारवादको सांस्कृतिक हस्तक्षेप सशक्त ढङ्गले अगाडि बढी रहेको अवस्थामा प्रकृति पूजाजन्य संस्कार, संस्कृति हिन्दू धर्मशास्त्रसम्मत गतिविधिको तुलनामा कम खतरनाक बन्न जान्छ । जस्तो कि माथि नै उल्लेख गरी सकिएको छ, कृषि तथा पशुपालन क्षेत्रसित जोडिएका प्रकृति पूजाजन्य संस्कार, संस्कृति देशमा पुँजीवादको विकासका साथै कमजोर बनेर जानेछन् । तर पुँजीवादको विकासका बाबजुद धर्मशास्त्रीय मान्यताहरु सजिलैसँग हटेर जाने छैनन् । भारतमा नेपालको तुलनामा पुँजीवादको बढी विकास भएको छ । त्यसका बाबजुद नेपालमा भन्दा भारतमा धर्मशास्त्रीय संस्कार, संस्कृति झन् चर्को छ । त्यहाँ साम्प्रदायिकता राष्ट्रिय समस्या नै बनेको छ । त्यहाँ शिशु पुँजीवाद र पराजित सामन्तवादका बीचमा गठबन्धन बनेको स्थिति छ । त्यस कारण उद्योग–व्यवसायको विकासका साथै धर्मशास्त्रीय मान्यता स्वतः समाप्त भएर जाने छैनन्, बरु पुँजीवादलाई समाप्त गर्न क्रान्तिकारी शक्तिहरुको उपस्थिति र हस्तक्षेपले मात्र यस्तो मान्यता समाप्त हुने छ ।
चाहे हिन्दू होस् या अन्य, जुनसुकै धर्मशास्त्रीय मान्यतालाई चुनौती खालि क्रान्तिकारी शक्तिहरुले मात्र दिन सक्नेछन् । त्यस्ता क्रान्तिकारी शक्तिहरु, जसले आफ्नो दृष्टिकोण द्वन्द्वात्मक भौतिकवादी दर्शनका आधारमा निश्चित गर्दछन्, उनीहरुले मात्र आदर्शवादी दर्शनको एउटा महत्वपूर्ण अङ्ग धर्मशास्त्रीय मान्यताका विरुद्ध सङ्घर्ष गर्न सक्दछन् । यहाँ धर्मशास्त्रीय मान्यताका विरुद्धको सङ्घर्षमा नेतृत्व यस्तै क्रान्तिकारी शक्तिहरुको हुने छ अथवा यस्तो भन्न सकिन्छ– पुँजीवाद पूर्वका अन्धविश्वास वा रुढिवादका विरुद्ध (यहाँ यसको मूल रूप धर्मशास्त्रीय मान्यता हुनेछन्) का विरुद्ध सङ्घर्षको नेतृत्व प्रगतिवादी वा क्रान्तिकारी शक्तिहरुले गर्नेछन् ।
उपर्युक्त सङ्क्षिप्त चर्चाबाट प्रष्ट हुन्छ– प्राक् पुँजीवादी चरणमा रहेको नेपालमा रुढिवादी तथा अन्धविश्वासयुक्त संस्कार, संस्कृति विरुद्धको सङ्घर्षमा प्रकृति पूजाजन्य संस्कार, संस्कृति र हिन्दू धर्मशास्त्रीय संस्कार, संस्कृतिलाई एउटै डालोमा राखेर सङ्घर्ष गर्नु गलत हुने छ । यसो गर्नु सामन्तवादलाई झन् बलियो बनाउनु नै हुने छ ।
अन्य धर्मशास्त्रीय रुढिवाद
जहाँसम्म नेपालमा अन्य धर्मशास्त्रीय रुढिवाद वा अन्तविश्वासका विरुद्ध सङ्घर्षको सवाल छ, हिन्दू धर्मशास्त्रीय रुढिवाद वा अन्धविश्वासको तुलनामा यो विषय अवश्य पनि गौण हो । परिस्थिति र आवश्यकता अनुसार यस खालका रुढिवाद वा अन्धविश्वासयुक्त संस्कार, संस्कृतिका विरुद्ध सङ्घर्ष गर्नु पर्ने छ । तर देशको राष्ट्रिय आवश्यकता अनुसार यस्तो आवश्यकता द्वितीय हो । अर्कातिर, अन्य धर्म नेपालको हिन्दू संस्कार, संस्कृतिको प्रत्युत्पादक स्वरूपमा फैलिने अवसर पाएका छन् । जस्तै– हिन्दू धर्मभित्रको वर्णाश्रमका कारणले इसाई धर्मलाई फैलिने अनुकूल आधार मिलेको छ । त्यस कारण मूलतः हिन्दू धर्मशास्त्रीय संस्कार, संस्कृतिका विरुद्धको सङ्घर्षका साथै अन्य धर्मसित सम्बन्धित रुढिवाद वा अन्धविश्वासका विरुद्ध पनि सङ्घर्ष गर्नु पर्ने आवश्यकता देखिन्छ ।
नेपालका शहरी क्षेत्रमा पाश्चात्य, पुँजीवादी, साम्राज्यवादी संस्कृति पनि फैलिदै गएका छन् । उपभोक्तावाद, उपयोगितावाद, अश्लीलता, छाडावादका रूपमा नेपालमा साम्राज्यवादी संस्कृति भित्रिदै गइरहेका छन् । त्यसका विरुद्ध पनि, खास गरी शहरी इलाकामा सचेतना अभियान चलाइनु पर्दछ । खास गरी यस्तो संस्कृतिले युवा तप्कालाई बढी प्रभावित पारी रहेको यथार्थतामाझ उनीहरुकै माझमा यस्तो अभियान सञ्चालन गरिनु पर्ने आवश्यकता देखा परेको छ ।
अन्त्यमा एउटा सवाल
अन्तमा, एउटा तथ्यबारे प्रष्ट पारौँ । समाजको पिछडिएको चरणमा प्रकृति पूजा र केही विकसित वा सामन्ती समाजमा धर्मशास्त्रीय मान्यता बलियो बनेका हुन्छन् । समाज विकासको नियम अनुसार कबिला संस्कार, संस्कृतिभन्दा धर्मशास्त्रीय संस्कार संस्कृति उन्नत मानिन्छ । यसरी हेर्दा कविलाजन्य संस्कार, संस्कृतिको रूपमा प्रकृति पूजाको पक्ष लिनु प्रतिगामी कदम मानिने छ । त्यस अर्थमा कार्यनैतिक रूपमा समेत प्रकृति पूजाको समर्थन गर्नु पनि पश्चगामी कदम लाग्न सक्दछ । तर नेपालको सन्दर्भमा हिन्दू धर्मशास्त्रीय मान्यतामाथि प्रहार गर्दैै भारतीय विस्तारवादको सांस्कृतिक हस्तक्षेपलाई चकनाचुर पार्न कार्यनैतिक रूपमा वा अस्थायी रूपमा प्रकृति पूजाको पक्ष लिनु वस्तुगत आवश्यकता हुने छ । त्यसका साथै यहाँ यो तथ्यप्रति हामी प्रारम्भमा नै स्पष्ट हुनु पर्दछ– क्रान्तिकारी वा प्रगतिवादी चेतना स्तर कायम भएको अवस्थामा प्रकृति पूजामा अल्मलिनु आवश्यक र उचित दुवै देखिन्न । तर नेपालको सांस्कृतिक परिवेशमा प्रकृति पूजा र हिन्दू धर्मशास्त्रीय मान्यतामध्ये पहिलो निशाना हिन्दू धर्मशास्त्रीय मान्यता र दोस्रो निशाना प्रकृति पूजाजन्य मान्यतालाई बनाइनु पर्ने आवश्यकता देखा पर्दछ । नेपाल अझै पनि अर्ध सामन्ती र अर्ध औपनिवेशिक स्थितिमा रहेको सन्दर्भमा राष्ट्रिय स्वाधीनता प्राप्त गर्न भारतीय विस्तारवादका विरुद्ध सङ्घर्ष गर्नु पर्ने छ । नेपालमा हावी रहेको हिन्दू धर्मशास्त्रीय मान्यताका विरुद्ध सङ्घर्ष गर्नु भनेको भारतीय विस्तारवादको सांस्कृतिक अस्त्रकै विरुद्ध सङ्घर्ष गर्नु हो । नेपालको प्रतिक्रियावादी संस्कृतिमा भारतीय विस्तारवादपरस्त संस्कृति पनि सामेल भएको अवस्थामा त्यसका विरुद्धको सङ्घर्षमा दुई वटा चरण देखा पर्दछन् । पहिलो चरणमा हिन्दू धर्मशास्त्रीय मान्यताका विरुद्ध प्रकृति पूजाजन्य संस्कार, संस्कृतिलाई उपयोग गर्ने नीति प्रगतिशील सांस्कृतिक आन्दोलनले लिनु पर्दछ । त्यसका साथै देशमा पुँजीको विकास गरेर प्रकृति पूजाजन्य अन्धविश्वासलाई पनि समाप्त पार्ने अर्को लक्ष्यतर्फ अगाडि बढ्न सकिन्छ । निश्चित रूपमा यस क्रममा कसैको धार्मिक भावनामाथि आक्रमण गरिने छैन, बरु क्रमशः प्रगतिशील चेतनाको प्रसारद्वारा नै यो अभियान अगाडि बढाइनु पर्दछ ।
सन्दर्भ सूची
- डा. ऋषिराज बराल, दशैँ र हाम्रा क्रान्तिकारी कमरेडहरु, ..........
- डा. महेश राज पन्त, नेपालमा दशैँ परम्परा, गोरखापत्र दैनिक, २०७० असोज १९ गते
- आहुति, दशैँ : एक पर्व र प्रकोप, इमूल्याङ्कन डट कम, अक्टोबर १६, २०१५
- निनु चापागाईँ, धर्म निरपेक्ष नेपालमा दशैँ, इमूल्याङ्कन डट कम, अक्टोबर १९, २०१५
- विजयराज आचार्य, संस्कार (जन्मदेखि मृत्युसम्मका संस्कारहरुबारे वैज्ञानिक अवधारणा), विवेक सृजनशील प्रकाशन, काठमाडौँ : २०७१ ।
- तिहार : विकिपेडिया डट ओआरजी
- दशैँ : विकिपेडिया डट ओआरजी
बैकल्पिक संस्कृति निर्माणको सन्दर्भ
गत अङ्कमा हामीले पुराना चाडपर्व, संस्कार, संस्कृतिप्रति विद्यमान स्थितिका बारेमा छलफल गरेका थियौ“ । यस अङ्कमा त्यसको विकल्पमा वैकल्पिक संस्कृतिको बारेमा छलफल गरिने छ । यद्यपि वैकल्पिक संस्कृतिको विषय आफै सर्वसम्मत विषय होइन । यसको आकार यति व्यापक छ कि यो सानो लेखमा त्यसका सबै आयामहरूको चर्चा गर्नु सम्भव छैन । तैपनि सर्वहारा वर्गको उत्थान तथा मुक्तिलाई केन्द्रमा राखेर संस्कृतिमाथि गरिने सीमित प्रकारको छलफलको पनि आफ्नै प्रकारको महत्व भएको स्वतः स्पष्ट छ ।
पुराना वा परम्परागत चाडपर्व, संस्कार, संस्कृतिको सवालमा चर्चा गर्दा त्यसभित्रका निम्न तीन पक्षहरूबारे चर्चा गर्नु पर्ने देखिन्छ । ती हुन् ः
१. ईश्वर वा धर्मकेन्द्रित भक्तिभाव वा स्तुति ।
२. प्रकृति पूजामाथि आधारित अन्धविश्वास ।
३. सामाजिक एकता र बन्धुत्व ।
उपर्युक्त ३ बु“दाहरूमध्ये तेस्रो बु“दा प्रथम र तेस्रो बु“दाको परिणाम हो । तर सामन्तवादको पतनका साथै यस प्रकारको सामाजिक एकता बन्धुत्व खलबलिन थालेको छ । हाम्रो देश र संसारभरिका परम्परागत चाडपर्व, संस्कार, संस्कृति मूलतः प्रथम र दोस्रो विषयमाथि आधारित छन् । पश्चिममा इसाई धर्मकेन्द्रित चाडपर्व, संस्कार र संस्कृतिको बोलवाला छ भने पूर्वी विश्वमा हिन्दू धर्मकेन्द्रित । मध्य–पूर्वमा मुश्लिम धर्मकेन्द्रित चाडपर्व, संस्कार र संस्कृतिको बोलवाला छ । त्यसैगरी संसारभरि विद्यमान रहेका विश्व धर्म (हिन्दू, मुस्लिम, इसाई, बौद्ध) सित सम्बन्धित र धार्मिक ग्रन्थहरूका प्रभाव विद्यमान छन् । यी धार्मिक ग्रन्थहरूको नजिक रहेर चाडपर्व, संस्कार, संस्कृति निर्माण भएका छन् । आखिर जुनसुकै धर्म वा पन्थहरूको चर्चा गरिए पनि धर्म वा ईश्वरकेन्द्रित यी उपरी संरचना सामन्तवादी घेराभित्रका नै हुन् ।
दोस्रो प्रकारका चाडपर्व, संस्कार, संस्कृति प्रकृति पूजामाथि आधारित हुन्छन् । जहा“ यी विश्व धर्म वा पन्थहरूको प्रभाव कमजोर छ अथवा अझै पनि प्रकृतिसित मैत्रीपूर्ण अवस्थामा रहेका आदिवासी समुदायमा यस प्रकारका चाडपर्र्व, संस्कार र संस्कृतिको बोलवाला छ । यस खालका चाडपर्व, संस्कार संस्कृतिको आधार कुनै अलौकिक ईश्वर वा धर्मग्रन्थ हु“दैनन् । उनीहरूका कर्मकाण्ड अत्यन्तै सरल हुन्छन् । उनीहरूको सम्पूर्ण कर्मकाण्ड प्रकृतिको पूजासित सम्बन्धित रहेको पाइन्छ ।
उपर्युक्त बु“दामध्ये तेस्रो बु“दा, जस्तो कि माथि नै उल्लेख गरिएको छ, अघिल्ला दुई बु“दाका परिणाम हुन् । लामो समयसम्म धर्म वा ईश्वरकेन्द्रित तथा प्रकृति पूजासित सम्बन्धित चाडपर्व, संस्कार र संस्कृतिको परिणामस्वरूप एक प्रकारको धार्मिक, जातीय वा क्षेत्रीय एकता कायम हुन्छ । यता प्रत्येक धर्मको अर्काे धर्मप्रति जगतको विषयमा मतभेद हुन्छ, परिणामस्वरूप यस प्रकारको एकता वा बन्धुत्व वास्तविक स्वरूपको वा सांसारिक ह“ुदैन† बरु एउटा धार्मिक, जातीय र क्षेत्रीय एकताबद्ध सम्प्रदायको अर्काे सम्प्रदायसित विरोध हुन्छ । यो विरोधले बारम्वार साम्प्रदायिक स्वरूप धारण गरेको हामीले देखिरहेका हुन्छौ“ । त्यसैगरी एकको अर्काे सम्प्रदायसित विरोध मात्र होइन, स्वयं निश्चित धार्मिक, जातीय वा क्षेत्रीय सम्प्रदायभित्र सुधारको रूपमा उठ्ने प्रयासलाई पनि सहज रूपमा लिइन्न । भारतमा हिन्दू धार्मिक कट्टरताका विरुद्ध कविरको धार्मिक सुधारवादलाई सजिलै पचाउन सकेको देखि“दैन । त्यसबाट सिद्ध हुन्छ कि उपर उल्लेखित दुबै प्रकारका चाडपर्व, संस्कार, संस्कृति संरचनागत हिसावले रुढिवाद नै हुन् ।
विश्वका थुप्रै क्षेत्रहरू यस्ता पनि छन्, जहा“ कुनै एक विश्व धर्मको दबदवा छैन । त्यस्ता ठाउ“मा थुप्रै धर्म, संस्कृति र परम्पराको मिश्रण रहेको स्थिति देखा पर्दछ । जस्तो कि नेपालकै प्रसङ्ग लिउ“ । यहा“ पूर्व र उत्तरबाट मङ्गोल नश्लीय जातिहरू प्र्रवेश गरे भने पश्चिमबाट आर्य नश्लीय खस जाति प्रवेश गरे । बाह«ौै“ शताब्दीतिर हिन्दू आर्य (वैदिक आर्य) हरू प्रवेश गरे । यसैबीच उत्तरबाट नै नेवार र दक्षिणबाट नै थारू सम्प्रदाय नेपाल प्रवेश गरेको पाइन्छ । उत्तर–पूर्वबाट प्रवेश गरेको मङ्गोेल नश्लीय जातिहरूसित कुनै खास विश्व धर्मको प्रभाव थिएन । यस्तै प्रकारको स्थिति पश्चिमबाट आएका खस आर्यहरूको पनि थियो । खालि बाह्रौ“ शताब्दीपछि नेपाल प्रवेश गरेका हिन्दू आर्य (वैदिक आर्य) स“ग मात्र हिन्दू धार्मिक संस्कार, संस्कृति थियो । उनीहरू नेपालमा शासनको क्षेत्रमै कब्जा जमाउन सफल भए । त्यसका बावजुद उनीहरूले बाह«ा“ै शताब्दीपूर्वका मङ्गोल र खस आर्यका संस्कार, संस्कृतिलाई समाप्त पार्न सकेनन् । त्यसको परिणामस्वरूप यहा“ भिन्नभिन्न संस्कृतिको मिश्रण हुन पुग्यो । नेपालमा मनाइने चाडपर्व लगायतका संस्कारका रूपमा यस्तो प्रतिविम्व प्रशस्त देख्न सकिन्छ । उदाहरणका रूपमा दशै“ वा विजयादशमीलाई लिन सकिन्छ ।
‘दशै“’ वा ‘विजयादशमी’—यी दुवै शब्द एक–अर्काका पर्यायवाची भए पनि ‘दशै“’ ले नेपालीपनको भाव दिए जस्तो महसुस गरिन्छ भने ‘विजयादशमी’ ले शुद्ध हिन्दू धार्मिक भाव । यद्यपि ‘दशै“’ वा ‘विजयादशमी’ जे भने पनि यो हिन्दू धर्मभित्रकै चाडपर्व हो । फेरि पनि ‘विजयादशमी’ शब्दले रामायणमा वर्णन गरिए झ“ै रामको लङ्काका राजा रावणमाथिको विजयको भाव दिन्छ । ‘दशै“’ पनि हिन्दू धर्मग्रन्थकै आधारमा स्थापित भए पनि त्यसले नेपाली परिवेशमा हिन्दू धर्मको बैग्लै प्रयोगलाई बताउ“छ, जस्तो कि डा. महेशराज पन्तले लेख्छन्– “पहिले विजय यात्राको अङ्गका रूपमा रहेका नीराजन (विजय यात्रामा गएको जस्तो अभिनय गरी शत्रुुको माटोको मूर्ति बनाई त्यस मूर्तिको छातीमा शूल रोप्ने पशुकर्म) र लोहाभिसार (निराजनपछि गरिने हतियारको पूजा) जस्ता विधि पछि दुर्गा पूजा व्यापक रूपमा मानि“दै जा“दा कालान्तरमा दुर्गा पूजाकै अन्तर्भूत देखिएकाले विभिन्न समयमा चलेका थरिथरिका विधि–विधानको समष्टिले नै हामीले मान्ने गरेको दशै“को रूप लिएको देखिन्छ” (गोरखापत्र, २०७० असौज १९) । त्यसका साथै यस चाडमा फलाम, घोडा (वा पशु) को पूजाले प्रकृति पूजातर्फ पनि इङ्गित गर्दछ ।
नेपाललाई शासक वर्गले हिन्दू राज्य घोषणा गरे तापनि वास्तविकता यो हो कि यहा“ हिन्दू धर्मको पालना बेग्लै प्रकारले गरिएको छ । यहा“का चाडपर्व, संस्कार, संस्कृतिमा प्रकृति पूजाको प्रशस्त प्रभाव देख्न सकिन्छ । यसरी यहा“को हिन्दू धार्मिक संस्कार शुद्ध रूपमा शास्त्रीय देखिन्नन् अथवा यहा“ हिन्दू धार्मिक कट्टरता भारतको तुलनामा धेरै नै कमजोर छ । यहा“को सामाजिक सहिष्णुताको आधार यही हो ।
नेपालमा सर्वाधिक मनाइने तीज, दशै“, तिहार (दिपावली) पर्व पनि शुद्ध रूपमा हिन्दू धार्मिक प्रकृतिका छैनन् । तीज “महादेव” र “पार्वती” को विवाहसित सम्बन्धित हिन्दू धार्मिक पर्व हो । हाम्रो देशमा यसलाई मनाउने क्रममा छोरी–बुहारीका पीडा प्रतिविम्वित भएको गीत÷सङ्गीतको परम्परा छ । तिहार वा दिपावलीमा भाइबहिनीबीचको आपसी सम्बन्धका साथै काग, गाई–गोरु, कुकुरको पूजा गरिन्छ । यद्यपि ‘दिपावली’ शब्द प्रकाशसित सम्बन्धित छ । त्यसलाई रामको विजयप्रति खुशियालीस्वरूप प्रकाशोत्सवको रूपमा पनि लिइन्छ । त्यसो नेपालमा मनाइने हरेक चाडपर्वमा प्रकृति पूजासित सम्बन्धित यस्तै सार्थक पक्षहरू छन् ।
चाडपर्वका सम्बन्धमा आम रूपमा खुशीको प्रसङ्ग अगाडि सारिन्छ । परम्परागत मान्यता राख्नेहरूको तर्क हुुन्छ– ‘चाडपर्वले केही समयका लागि भए पनि खुशी ल्याइदिन्छ ।’ तर आर्थिक हैसियत असमान भएको वर्तमान समाजमा खुशीको विषय निरपेक्ष हुन सक्दैन । यहीनेर यी चाडपर्वको खुशीका सम्बन्धमा वर्गीय स्वभाव देखा पर्दछ । वास्तविक खुशी यो हुन सक्छ, जसको दायरामा वहुसङ्ख्यक आम जनता पर्दछन् । त्यस्तै अर्काे खुशी वैचारिक स्वरूपको पनि हुन सक्छ अथवा जसले जुन प्रकारको विचार, सिद्धान्त अपनाउ“छन्, त्यसलाई मद्दत पुग्ने खालको चाडपर्वहरू यस खेमाका मानिसहरूका लागि खुशीका परिघटना हुन पुग्छन् । नेपालका “हरितालिका” तीज, “विजयादशमी” दशै“, “दिपावली” तिहार जस्ता चाडपर्वले हिन्दू धर्मावलम्वीहरूलाई खुशी दिनु स्वभाविकै हो ।
हिन्दू धर्म बहुईश्वरीय संरचनाको धर्म हो । यसकारण यस धर्मावलम्वीहरूका लागि वर्षभरि कुनै न कुनै चाडपर्व परेकै हुन्छ । त्यसको तुलनामा एकेश्वरीय संरचना रहेको मुस्लिम र इसाई धर्मावलम्वीका कम चाडपर्व छन् । यद्यपि मुश्लिम धर्ममा रमजान जस्तो कठोर ब्रतको व्यवस्था छ । यी चाडपर्वहरूको वाहुल्यताले व्यय भार बढ्नु स्वाभाविकै छ । यसबाट बच्नका लागि आर्थिक मितव्ययिता, शालीनतमा जोड दिनु उपयुक्त हुनेछ । हाम्रो देशमा पनि चाडपर्वको सन्दर्भमा आर्थिक मितव्ययिता वा शालीनता अपनाउनु अत्यावश्यक भैसकेको छ ।
वैचारिक र आर्थिक रूपमा चाडपर्वभन्दा पनि बढी प्रभाव पार्ने संस्कार व्यक्तिगत क्षेत्रमा छन् । खासगरी मङ्गोेल नश्लको तुलनामा खस आर्यहरूमा र खस आर्यहरूको तुलनामा हिन्दू (वैदिक) आर्यहरूमा व्यक्तिगत संस्कार बढी जटिल, खर्चिलो र कर्मकाण्डी छन्, जसलाई पालना गर्नु आजको पीढीका लागि असम्भव जस्तै भैसकेको छ । उदाहरणका लागि ब्रतवन्ध संस्कारलाई लिन सकिन्छ । यो क्रियाकर्म यति जटिल छ कि स्वयं हिन्दूहरूकै माझबाट यो संस्कार हराउ“दै गइरहेको छ ।
जन्म र विवाहका सम्बन्धमा पनि यस्तै प्रकारका संस्कारहरू छन् । विवाहको तुलनामा जन्म संस्कार केही सरल देखिन्छ । तर विवाहको सवालमा लगन हेराउनेदेखि लिएर दाइजोसम्मका जटिल र खर्चिला प्रथाहरू छन् । सामन्ती राजाका संस्कारको निरन्तरताकै रूपमा दाइजो प्रथालाई अगाडि बढाउन खोजेको देखिन्छ भने लगन विशुद्ध रूपमा हिन्दू धर्मग्रन्थसित सम्बन्धित छ । समाजमा यी संस्कारहरूले यतिसम्म विकराल रूपधारण गरिसकेका छन् कि दिन–प्रतिदिन दाइजोसित सम्बन्धित हिंसाहरू बढ्दै गैरहेका छन् । छोरी हुने परिवारमाथि पहिलेदेखि नै आर्थिक जोहो गर्नु पर्ने मानसिक उत्पीडन व्याप्त छ । यही कारण छोरीहरूको भ्रुण हत्याको शृङ्खला पनि बढ्दै गइरहेको छ ।
संस्कारको क्षेत्रमा सबैभन्दा भयावह स्थिति मृत्यु संस्कारमा छ । परिवारमा हुने मृत्युलाई स्वाभाविक प्राकृतिक परिघटना मानेर त्यसलाई सहज बनाउने वा छिटोभन्दा छिनो बिर्सने गरी सामाजिक सान्त्वना दिनु पर्नेमा त्यसका विपरीत यही अवधिमा “गरुड पुराण” लगाइन्छ, जसमा मृत्युपछि नर्ककुण्डको भय देखाएर धेरैभन्दा धेरै दान दिन बाध्य बनाइन्छ । यो अत्यन्तै निन्दनीय संस्कार हो । अप्राकृतिक, अस्वाभाविक कर्मकाण्ड हो । कैयौ“ वामपन्थी वा गैरवामपन्थीहरूले समेत पनि “गरुड पुराण” लाई ‘जलाउनयोग्य’ पुराण बताउ“दै आएका छन् । यसको व्यापक भण्डाफोर गर्नु पर्ने आवश्यकता छ ।
एवं प्रकारले महिला र शुद्र जातिका बारेमा पनि थुप्रै रुढिवादी संस्कारहरू छन् । छाउपडी, कमलरी, छुवाछूत जस्ता संस्कारहरू यति निन्दनीय छन् कि जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनहरूमा “मनुस्मृति” ग्रन्थको बारम्बार उदाहरण दिइन्छ । यसका विरुद्ध विश्वव्यापी रूपमा आवाज उठाइन्छ । यो आवाजलाई खासगरी हिन्दू सम्प्रदायका बीचमा व्यापक बनाउनु पर्ने आवश्यकता छ ।
संस्कृति, संस्कार न त शाश्वत प्रकृतिका छन्, न दीर्घकालीन नै । यसमा परिवर्तन अपरिहार्य छ । जुन प्रकारको आर्थिक संरचना (उत्पादन सम्वन्ध) हुन्छ, त्यही प्रकारको उपरी संरचना (राजनीति, धर्म, संस्कार, संस्कृति, न्याय, कानुन आदि) हुन्छन् । यो माक्र्सवादको प्रशिद्ध मान्यता हो । त्यसकारण अहिले विद्यमान रुढिवादी संस्कृतिको स्थानमा कुनै प्रगतिशील संस्कार, संस्कृति कायम गरिन्छ भने पनि त्यो दीर्घकालसम्म त्यही स्वरूपमा रहने छैन । त्यसको कारण यो हो कि प्रत्येक पदार्थमा गति विद्यमान छ । मानिसका चिन्तन, संस्कार र संस्कृति पनि यो गतिबाट अप्रभावित छैनन् । उदाहरणका लागि ११ दिनमा जन्म संस्कार, १३ दिनमा मृत्यु संस्कार गर्ने प्रचलन पनि आजको सन्दर्भमा सान्दर्भिक देखिन्न । कुनै समयमा, जब यातायात, सञ्चारको सुविधा अहिले जस्तो थिएन, आफन्तको जमघटका लागि ११ वा १३ दिन पर्खनु पर्ने भए पनि अब त्यो दिन घटाउनु पर्ने वा जन्म वा मृत्युका दिवसलाई छिट्टै सम्पन्न गर्नु पर्ने स्थिति देखिन आएको छ । यसरी परिस्थितिको ठोस विश्लेषण गरेर हेर्ने हो भने आजका चाडपर्व कति असान्दर्भिक,रुढिवादी र सङ्कीर्ण छन् ? आफैमा स्पष्ट छ ।
हाम्रो देशको वर्तमान उत्पादन सम्बन्ध अझै पनि सामन्ती भएकाले संस्कार संस्कृतिको क्षेत्रमा सोही प्रकारको स्वरूप कायम भए पनि उत्पादन सम्बन्धमा परिवर्तन आउनासाथ त्यसमा पनि परिवर्तन आउनु निश्चित छ । जहा“सम्म रुढिवादको सवाल छ, त्यो “शीतको आयु घाम नझुल्किदासम्म” भने जस्तै हो । प्रगतिशील संस्कारको उदयका साथै रुढिवादले ठाउ“ खाली गरिदिनु पर्नेछ । यद्यपि रुढिवाद र प्रगतिशीलताका बीचमा विपरीतका साथै एक–अर्काका रूपान्तरणको प्रवृति पनि हुन्छ । कुनै समयको प्रगतिशीलता अर्काे परिस्थितिमा रुढिवादमा बदलिन्छ । फेरि रुढिवादको गर्भबाट प्रगतिशीलता जन्मन्छ । यसरी यी दुई प्रवर्गका बीचमा ‘निषेधको निषेध’ नियम लागु हुन्छ । विपरीत स्वभाव भएका कारण यी दुईका बीचमा द्वन्द्ववादको आधारभूत नियम अन्तरविरोधको नियम नै पनि लागु हुन्छ ।
अन्तमा, रुढिवादका विकल्पमा प्रगतिशील संस्कार, संस्कृतिका रूपमा निम्न बु“दाहरू प्रस्तुत गर्न सकिन्छ ः
- वर्गसङ्घर्षमा सर्वहारा वर्गको विजय वा महत्वपूर्ण ऐतिहासिक दिवसहरूलाई व्यापक रूपमा मनाउने, जसले गर्दा दुनिया“भरिका सर्वहारा वर्गलाई आ–आफ्नै देशका प्रतिक्रियावादी व्यवस्थाका विरुद्ध सशक्त सङ्घर्ष गर्ने तथा सर्वहारा अन्तर्राष्ट्रियतावादको पे्ररणा मिलोस् । मजदुर दिवस (१ मई), अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च), अक्टोबर क्रान्ति दिवस आदिलाई व्यापक रूपमा मनाउने तथा चिनिया“ महान् सर्वहारा सांस्कृतिक क्रान्ति र पेरिस कम्युन जस्ता परिघटनालाई पनि दिवसको रूपमा मनाउने ।
- सम्बन्धित देशको वर्गसङ्घर्षका ऐतिहासिक दिनहरूलाई व्यापक रूपमा मनाउने । हाम्रो देशको सन्दर्भमा राणा शासन र राजतन्त्रको अन्त जस्ता महत्वपूृर्ण राजनीतिक परिघटनालाई दिवसको रूपमा मनाउने । फागुन २४ गतेको प्यूठानको किसान आन्दोलन, भीमदत्त पन्तको किसान आन्दोलन लगायत देशभरिका वर्गसङ्घर्षका महत्वपूर्ण दिवस, जातीय भेदभाव तथा छुवाछूत प्रथाविरुद्धको सङ्घर्ष, महिला आन्दोलनका महत्वपूर्ण दिवसहरूलाई व्यापक रूपमा मनाउने ।
- विश्व सर्वहारा वर्गका महान् तथा वर्गसङ्घर्षमा उल्लेखनीय भूमिका निर्वाह गरेका व्यक्तित्व तथा सहिदका जन्म वा स्मृति दिवस मनाउने । माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओदेखि सम्बन्धित देशका महत्वपूर्ण व्यक्ति वा सहिदहरूका दिवसलाई यसमा सामेल गर्ने । यी दिवसहरू मनाउ“दा उनीहरूको व्यक्तिगत स्तुतिगान होइन, तत्कालीन परिवेशमा कसरी ती व्यक्तित्वहरूको जन्म भयो ? वा, कुन अन्यायपूर्ण सामाजिक व्यवस्थाका विरुद्ध सहादत भयो ? भन्ने सवालमा छलफल, परिचर्चा केन्द्रित गर्ने ।
- परम्परागत चाडपर्वको धार्मिक, ईश्वरीय तथा अन्य रुढिवादी पक्षको भण्डाफोर, चिरफार गर्ने । ती चाडपर्वको उद्भव, विकास र त्यसको सकारात्मक पक्षबारे छलफल कार्यक्रम आयोजना गर्ने । ती चाडपर्वका सामाजिक स्वरूपमा रहेका सकारात्मक पक्षलाई संरक्षण गर्ने ।
- धार्मिक, ईश्वरकेन्दित वा रुढिवादी चाडपर्वका विकल्पमा यथार्थवादी दिवसहरू, उदाहरणका लागि धान दिवस, आदिवासी, जनजातिका प्रकृतिसम्बन्धी दिवस तथा स्वास्थ्य जागरण सम्बन्धी दिवसहरू मनाउने ।
- कार्यनैतिक रूपमा धर्म वा ईश्वरकेन्द्रित चाडपर्वको विकल्पमा प्रकृति पूजालाई आवधिक रूपमा उपयोग गर्ने ।
- जन्म, मृत्यु, विवाहसम्बन्धी धार्मिक, ईश्वरीय, रुढिवादी, अवैज्ञानिक, संस्कारको भण्डाफोर, चिरफार गर्ने । “गरुड पुराण” जस्तो रुढिवादी ग्रन्थलाई जलाउने । त्यस सिलसिलामा छलफल वा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने । ती संस्कारका सन्दर्भमा प्राकृतिक वा वैज्ञानिक तथ्य प्रस्तुत गर्ने ।
- जातीय विभेद, लिङ्गभेदको विरुद्धमा अभियान सञ्चालन गर्ने । सहभोज, मन्दिर प्रवेश, विधवा विवाहको प्रोत्साहन तथा छाउपडी, कमलरी, बाल विवाह जस्ता प्रथाको विरोध गर्ने ।
- जाति, सम्प्रदाय, क्षेत्रको स्थानमा वर्गलाई राख्ने र वर्गको स्थानमा वर्गविहीन समाज व्यवस्था (साम्यवाद) को विकल्पबारे व्यापक प्रचार प्रसार गर्ने ।
No comments:
Post a Comment