“स्मृति” भित्रको प्रेम बहस : एक समीक्षा
प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले २०७१ को अन्ततिर एउटा खण्डकाव्य प्रकाशित गरेका थिए ः “स्मृति” । २०७२ सालको वैशाखमा शक्तिशाली भूकम्प आएकाले र २०७२ असौज ६ गतेदेखि भारतले नाकाबन्दी लगाएपछि नेपाली जनताले इतिहासमा कहिलेकाहीँ व्यहोर्नु पर्ने अकल्पनीय पीडा व्यहोर्नु परेको छ । यस्तो प्रतिकूल परिस्थितिका वावजुद तैपनि छिटपुट साहित्य प्रकाशन भइरहेकै छन् । त्यसमाथि विमर्श भइरहेकै छन् । यो नेपाली जनताको जीवन सौन्दर्य नै हो– अकल्पनीय पीडाका बीच पनि मुस्कुराउने । आखिर, हामी पानी मात्र खाएर देश बचाउन लड्ने वीर गोर्खालीका सन्तान न हौँ ।
खण्डकाव्यका प्रकृतिले पुरीको यो दोस्रो कृति हो । यसभन्दा पहिले उनका “ग्रहण नलागोस्” शीर्षकको खण्डकाव्य प्रकाशित भइसकेको छ । उनका “विचरण”, “अक्षुण्ण” र “सङ्कल्प” जस्ता महाकाव्य र “नानीकी आमा”, “सच्चाइको गीत” र “बनमाराका बुटाहरु” जस्ता उपन्यास पनि प्रकाशित छन् । पुरी विशुद्ध साहित्यकार मात्र होइनन्, उनी पेसेवर क्रान्तिकारी पनि हुन् । उनका पत्रपत्रिकामा प्रशस्त सैद्धान्तिक, वैचारिक प्रकृतिका लेख प्रकाशित भएका छन् । यसरी पुरी अनुभवी र पाका लेखक ठहरिन्छन् ।
पुरीका लेखनको मुख्य विधा काव्य हो । तत्सम शब्दहरुको प्रयोग गर्दै बिम्ब, प्रतीक र अलङ्कारको सुन्दर संयोजन गर्नु, त्यसो गर्दा वैचारिक रूपमा पटक्कै बाटो नबिराउनु उनको विशेषता हो, नत्र हामीकहाँ साहित्य र राजनीतिलाई आपसमा प्रतिद्वन्दी नै ठान्ने प्रवृत्ति छ । साहित्यले राजनीतिको खिल्ली उडाउनुमै मुख्य ध्यान केन्द्रित गर्ने वा राजनीतिले साहित्यलाई खालि मन बहलाउने साधन ठान्ने अवस्था पनि छ । पुरीले साहित्य र राजनीतिबीच सुमधुर मित्रताको सम्बन्ध बनाइदिएका छन् । राजनीतिप्रति आगो ओकल्नुलाई मुख्य पेसा बनाएका साहित्यकारलाई यो “नारावाद” पनि लाग्ला, तर प्रस्तुत पुस्तकको भूमिकामा गोविन्दप्रसाद आचार्यले लेखे जस्तै पुरीले यो तथ्यको राम्ररी खण्डन गरेका छन्– प्रगतिवाद साहित्यका नाममा नारावाद लेख्छ । उनले वैचारिक लिकलाई अलिकति पनि नछोडिकन यति सुन्दर काव्य सृजना गरेका छन्– अझै पढ्न पाए हुन्थ्यो भन्दा भन्दै पुस्तक सिद्धिन्छ, आखिर यो खण्डकाव्य न हो । मैले उनका महाकाव्य पनि पढेको छु । त्यस आधारमा भन्न सक्छु– एक पटक पढ्न सुरु गरेपछि उनका महाकाव्यले पनि पाठकलाई बेग्लै संसारमा विचरण गराउँछन् । पुस्तक नसिध्याई उठ्नै मन लाग्दैन । “स्मृति” खण्डकाव्य पनि यस्तै कलात्मक छ ।
साहित्यकारले आफ्ना रचनाको कथावस्तु आफू उभिएको समाज वरिपरिबाट नै उठाउँछ । फरक यत्ति छ– कल्पनावादी साहित्यकारले त्यही यथार्थमा बिम्ब, प्रतीक र अलङ्कारको सहायताले रचनालाई काल्पनिक बनाइदिन्छन् । उनीहरुले राजा÷महाराजा जस्ता सामन्त वा सम्भ्रान्त वर्गको गुणगान गाउ“छन् । यता यथार्थवादीहरु भने आफ्ना साहित्यमा बिम्ब, प्रतीक र अलङ्कार जस्ता सौन्दर्यको भरपूर संयोजन गर्दछन्, तर त्यसो गर्दा कल्पनावादको सहारा लिँदैनन् । आफ्नो सृजनाका पात्र, संवाद वा सिङ्गो कथावस्तुले यथार्थ समाजकै प्रतिबिम्ब उतार्छन् । उनीहरु सामन्त वा सम्भ्रान्तको होइन, शोषित, पीडित विपन्न वर्गको पक्ष लिन्छन् । पुरीका साहित्यले निर्भिकतापूर्वक विपन्न वर्गको पक्षधरतालाई स्वीकार गर्दछ । विपन्न वर्गको मुक्ति सिद्धान्तलाई गर्वपूर्वक आत्मसात गर्दछ र उक्त सिद्धान्तको औचित्यता पुष्टि गर्ने गरी यसरी सौन्दर्य सिर्जना गर्दछ कि विपन्न वर्गले पुरीका साहित्यबाट शक्ति प्राप्त गर्दछ । उनका साहित्यमा यस खालको सन्तुलित संयोजन देखिन्छ ।
आधारभूत रूपमा “स्मृति” प्रेम बहसका लागि लेखिएको काव्य हो । लेखकले लेखकीयमा नै यो स्थिति सार्वजनिक गरेका छन् । प्रेम पनि यस्तो प्रेम, दुई विवाहितबीचको—खालि यत्ति स्थितिमाथि विचार गर्ने मानिसहरु एक सेकेण्डमै भन्न सक्छन्– यो प्रेम होइन, व्यभिचार हो । तर पुरीले यति हल्का र उपरी प्रकारले कृति रचना गरेका छैनन् । उनले यस्ता दुई पात्रका बीच प्रेमको जुन परिकल्पना गरेका छन्, त्यसको आधार यौन बिनाको प्रेम हो । प्रस्तुत काव्यभित्र यस्तो प्रेमलाई समान वैचारिक दृष्टि भएकाबीचको आपसी सहयोगको नाम पनि दिइएको छ । आफ्नो यस्तो आपसी सहयोग, शुभेच्छामा अभिव्यक्त भएको पे्रमले यौनसम्म विस्तार नपाओस् भन्ने सतर्कता काव्यमा देखिन्छ । प्रेमका दुवै पात्रहरु भरिपूर्ण परिवारका जिम्मेवार सदस्य हुन् । एउटा कसैको श्रीमती र नानीहरुको पिता हो भने अर्काे कसैकी श्रीमती र सन्तानकी मातृत्व पनि हो । खालि समान वैचारिक समझदारी भएकाले उनीहरु एक निश्चित समयसम्म एक–अर्काको नजिक आउँछन् । एक–अर्काको अनुकूल र प्रतिकूल समयका साथी बन्छन् । तर उनीहरुलाई थाहा छ– विद्यमान समाजका लागि यस्तो सम्बन्ध व्यभिचार मानिने छ । त्यसकारण उनीहरु आफ्नो सम्बन्धलाई दीर्घ कालसम्म लम्ब्याउन चाहन्नन् । अन्ततः उनीहरुको सम्बन्धमा “विदाइ–विसर्जन” हुन्छ ।
प्रस्तुत खण्डकाव्यमा “स्मृति” विवाहित नारीको प्रतीक हो । बादलको प्रतीक उभ्याएर काव्यमा पारिवारिक, सांसारिक सम्बन्धतर्फ इङ्गित गरिएको छ । बादलभित्र छ नायक जस्ता शब्दावली प्रयोग भएबाट पारिवारिक, सांसारिक सम्बन्ध नभएको भए प्रेमले दाम्पत्य जीवनसम्म विस्तार पाउन खोजेको हो कि भन्ने लाग्दछ । समान विचार भएकाले काव्यका दुवै नायक–नायिकाको कार्यक्षेत्र एउटै हुन्छ । विपरीत लिङ्गीय आकर्षणले गर्दा उनीहरुबीच प्रेममय हाउभाउ पनि प्रस्तुत हुन्छ । तर त्यो हाउभाउको यौनसम्म विकास नहोस् भन्नेतर्फ उनीहरु सतर्क छन् । यस अर्थमा लेखकले जोखिमपूर्ण विषयवस्तु चयन गरेका छन्, काव्यका लागि
काव्य अध्ययन गरिसकेपछि पाठकका माझमा एउटा प्रश्न उभिन्छ ः दुई विवाहित पुरुष–स्त्रीबीच यौन बिनाको प्रेम सम्बन्ध कायम रहनु सम्भव छ ? लेखकले यस विषयमा बहस होस् भन्ने चाहेका छन् । स्वयं माक्र्सवादले जहाँ प्रेम हुन्छ, त्यहाँ यौन सम्बन्ध स्वाभाविक हुन्छ भने प्रेम बिनाको यौन सम्बन्ध व्यभिचार हुन्छ भन्ने मत राखेको हुन्छ । यस्तो अवस्थामा प्रेम भएर पनि यौन सम्बन्धदेखि निरपेक्ष हुनु सम्भव हुन्छ ? यो बहसको गम्भीर विषय हो । जहाँ प्रेम हुन्छ र त्यस आधारमा यौन सम्बन्ध हुन्छ, त्यो अवस्था भनेको दाम्पत्य जीवनको हो । त्यसका विपरीत प्रेम सम्बन्ध हुने तर यौन सम्बन्ध नहुने अवस्थालाई के भन्ने ? यस्तो स्थिति समाजमा विरलै पाइन्छ, तर असम्भव भने होइन । यस प्रसङ्गमा हिन्दी फिल्म अमर प्रेम को कथावस्तुको प्रसङ्ग उल्लेख गर्नु अन्यथा हुने छैन ।
अमर पे्रममा नायकको श्रीमतीसित प्रेम छैन, तर खालि यौन सम्बन्ध मात्र हुन्छ । नायिका पातर हुन् । उनको पति छैन । उनको घरपरिवार भत्किसकेको हुन्छ । त्यसपछि उनी कोठामा पुगेकी हुन्छिन् । उनले नायकलाई प्रेम गर्दछिन्, तर यौन सम्बन्ध हुन्न । नायिकाले नायकलाई यो सर्तमा प्रेम गर्दछिन्– नायकको घरपरिवार नबिग्रयोस् । यसरी यहाँ यौन सम्बन्ध बिनाको प्रेम देखा पर्दछ । नायकले आजीवन नायिकासित उनको पुरानो व्यवस्थित गृहस्थ जीवनको अपेक्षा गर्दछन् । नायिकाले पनि आजीवन नायकको घरपरिवार नभत्कियोस् भन्ने चाहन्छिन् ।
ठीक यस्तै प्रकृतिको कथावस्तु छ, “स्मृति” खण्डकाव्यमा । फरक यत्ति छ– प्रस्तुत खण्डकाव्यमा नायक–नायिकाको प्रेम सम्बन्धको आधार समान विचार पक्ष छ । उनीहरु दुवै समाजमा आमूल परिवर्तन हुनु पर्ने र उक्त विचारका लागि आजीवन काम गर्ने वाचा गर्दछन् । उनीहरुले आफ्नो यो अवस्थालाई दीर्घ कालसम्म कायम राख्न नचाहेकाले आफ्नो सम्बन्धमा विराम दिएको देखिन्छ ।
जे भए पनि यो
जिन्दगीको यात्रा हो
कहिलेकाहीँ जिन्दगीले
आफ्नै जन्ती भएर
हर्षबढाइँ गर्नु पर्छ
कहिलेकाहीँ जिन्दगीले
आफ्नै मलामी भएर
शोकमग्न यात्रा हिड्नु पर्छ (पृ. ३८)
यो पङ्क्तिले यही बताउँछ ।

कला पक्ष
सोध्छे– मसक्क मस्किएर‘ए हजुर खाना खानु भयो ?
कति शक्तिशाली छ प्रेमको आँखा (पृ. १३)
यस्तो प्रसङ्ग काव्यमा धेरै पटक दोहो¥याइएको छ । यसको अर्थ हो– कविले यस्ता सामान्य संवाद मार्फत् कथावस्तु अगाडि सारेका छन् । यस्तो संवादभित्र उनले प्रेमालापको प्रतीक आरोपित गरेका छन् । खण्डकाव्यमा कला पक्ष उत्कृष्ट छ । केही उदाहरण हेरौँ ः
एउटा सयपत्री फूलको देशमा
भमराको सङ्गीतमा
नाचिरहेका नयाँ सपनाहरु (पृ. १४)
जीवनप्रतिको दृष्टिकोण कलाको रसमा,
सम्झेपछि फूल हो जीवन
हिलोमा पनि फुल्ने
बिर्सेपछि भूल हो जीवन
बहारमा पनि आगो लाग्ने (पृ. ६२)
प्रकृति र प्रेमको सुन्दर सम्बन्ध,
अनि कोइलीको गुञ्जनले
बोलिरहेछन् बसन्तको गीत
त्यही गीतमा मेरी स्मृति
भाका बनेर गुञ्जिदिँदा (पृ. २७)
प्रेममा सुन्दर सपनाको संयोजन,
स्मृति
म तिम्रो स्वर व्यञ्जन टिपेर
प्रेमको माला बनाउँछु
तिम्रा आँशुका थोपाहरुको
एउटा विशाल सागर बनाउँछु
त्यसमा तिम्रो प्रेम उचाइको
एउटा हिमाल उभिने छ,
र, भावनाको पृष्ठभूमिमा
एउटा अमर प्रमकथा (पृ. ११)
प्रेममा उन्मुक्तताको माग
खण्डकाव्यका नायक–नायिका दुवै विवाहित भएकाले जब उनीहरुका बीचमा प्रेम भाव उत्पन्न हुन्छ, त्यतिखेर पनि उनीहरुलाई आफ्नो वास्तविक अवस्थाले स्वतन्त्र छोडिदिन्न । सामान्य रूपमा गुजारा चलिरहेको जीवन, श्रीमान÷श्रीमती, सन्तानले गर्दा उनीहरु पखेटा फिँजाएर उड्न सक्दैनन् । यस्तो वास्तविकता माझ उनीहरु प्रेममा उन्मुक्तताको माग गर्दछन् ।स्मृति
विवश छु म आफ्ना बाध्यताको
तिम्रो जीवनको फूलबारीमा
भमरा भएर घुम्ने इच्छा मलाई थियो
माली भएर पानी हाल्ने सपना थियो
जीवन बादलभित्र छ (पृ. १८)
त्यस्तै अर्काे स्थानमा,
स्वतन्त्रताको कुनै उउटा भूगोलमा
प्रेम गर्दै हिड्ने खुला कानुनको
कुनै देश होला कि नहोला ? (पृ. २८)
अझै अर्काे स्थानमा,
लाग्छ,
अनुत्तरित छु प्रेमको चोकमा
नैतिकवानहरु यसलाई छाडा भन्लान्
विचारवानहरु यसलाई नाजायज भन्लान् (पृ. ३२)
यस प्रकार प्रारम्भमा काव्यका नायक–नायिकाको रवैया स्वच्छन्दताको रहेको पाइन्छ ।
वास्तविकताको स्वीकारोक्ति
तर उनीहरु अन्ततः पछि हट्छन् । उनीहरुलाई आफ्नो कमजोरी महसुस हुन्छ । उनीहरुलाई समाजको संस्कार र सीमा पुनस्र्मरण हुन्छ । यस प्रकारको दुखान्त भाव काव्यभित्र छरप्रस्टै छरिएको पाइन्छ ।प्रिय स्मृति
तिम्रो आलिङ्गनमा
तिम्रो स्वीकृति भए पनि
मेरो इच्छा भए पनि
पानी लहराले जेलिएको जीवन
संस्कारका साङ्लाहरुले बाँधिएका छन् खुट्टाहरु
म कैदी हुँ समाजको
म श्रीमान हुँ कसैको
शायद तिमी पनि
कसैकी श्रीमती हौ
कसैकी आमा हौ (पृ. २२–२३)
नायक–नायिकामा आफ्नो यस प्रकारको वास्तविकताको आत्मस्वीकृति छ । प्रेमको यो प्रयासले उनीहरु तल खसेको महसुस गर्दछन् ः
एउटा राम्रो जिन्दगीलाई दाउमा राखेर
जोडी मिलेको जीवन साथीमाथि घात गर्दै
गौँथली जस्ता मायालाग्दा सन्तानहरु
माक्र्सवादले सिकाएको जीवन दर्शन
कुन्नि कताको दोबाटोमा बिर्सदै
सङ्घर्षले उठाएको कदको छतबाट खसेँ (पृ. २९)
काव्यमा नायिकाको तर्फबाट एउटा संवाद छ । उक्त संवादमा नायिकाले आफ्नो नारी मनमा चोट नलागोस् भन्ने कामना गर्दछिन् । त्यसपछि उनीहरू सतर्क हुन्छन् ः
एउटा प्रश्न लिएर
जब स्मृति प्रेमको मञ्चमा उक्ली,
अनि मेरो मन–मथिङ्गल हल्लायो मेरो
ए मेरो माया
ए मेरो हृदय
मेरो नारी मनमा कहिल्यै चोट नलागोस् है (पृ. ३५)
त्यसपछि उनीहरुको प्रेमबाट पछिहटाइ सुरु हुन्छ ः
हेर मात्रै
स्पर्श गर्न हात नबढाउ
वैँशका फूलहरु हेर्न अधिकार छ तिमीलाई
तर टिप्न मिल्दैन भन्ने हेक्का राख (पृ. ३७)
त्यसपछि उनीहरु इतिहास, सभ्यताको शिक्षा स्मरण गर्न थाल्दछन् ः
नियमको उल्लङ्घन गरी
उठ्दैन होला सभ्यताको पर्खाल
संस्कारलाई कुल्चिएर
बन्दैन होला नैतिकता
विचारलाई बिर्सिएर
फेरिदैन होला धर्ती (पृ. ४१)
अब उनीहरुको प्रेममा दिशा बदलिन थाल्छ । अब त्यागले इतिहास बनाउने तर्क गर्न थालिन्छ ः
अँगालेर नै बाँचेका छैनन्
सबै प्रेमका इतिहासहरु
त्याग गरेर पनि
रचिनु पर्दछ प्रेमको इतिहास (पृ. ४५)
नायिकाले नायकलाई होश नगुमाउन आग्रह गर्दछिन् ः
अटल हिमालहरु
ध्यानमग्न भए जस्तै
स्थिर रहनु पर्छ मनको भूमि
धैर्यताको दाम्लोले
नियन्त्रण गर
छरिएको मनलाई
मेरो नायक
होश नगुमाउ (पृ. ४७)
उनीहरु अब पश्चातापको यात्रामा निष्कर्ष निकाल्छन् ः
व्यभिचारको देशमा
वेश्यावृत्ति फष्टाउँछ
अराजकताको मुलुकमा
आतङ्कको हुण्डरी मच्याउँछ
नीँदहराम गर्ने
किन चाहियो स्वतन्त्रता ?
आफैलाई पोलिदिने
किन चाहियो प्रेम ? (पृ. ५४)
अझै अगाडि उनीहरु भन्दछन् ः
नीति–नियमको कसीमा
हिँडाउनु पर्छ दृष्टिकोण
यथार्थको आलिङ्गनबाट फुत्केर
वास्तविकताको पाइला पछ्याउनु पर्छ (पृ. ६१)
त्यस्तै अर्को स्थानमा लेखिएको पाइन्छ,
जे जे लागे पनि
जे जे फलाके पनि
कुँडिएको मन बोकी
स्वीकार्नु छ चेतनाको आविष्कार
नैतिकताको गर्भबाट आएको
नाङ्गै नाच्नु हुन्न भन्ने नियम (पृ. ६४)
अर्को एक स्थानमा भनिएको छ ः
नाङ्गो पार्नु हुन्न सभ्यतालाई
ढाक्नै पर्छ विवेकको वस्त्रले
ताक्नु हुन्न वासनाको शरीर (पृ. ७०)
यस प्रकार प्रारम्भका उनीहरु पे्रम भावनामा बग्न खोजे पनि अन्तमा उनीहरु आफ्नो दृष्टिकोण अनुसार सम्हालिन्छन् र नैतिक बाटोमा कायम हुन पुग्दछन् ।
अश्लीलता/अराजकता ?
काव्यका केही स्थानमा अश्लील प्रकृतिका शब्दावली प्रयोगमा आएका छन्, यद्यपि यो काव्यको मूल प्रवृत्ति भने होइन । सम्पूर्ण काव्यमा संयमता, शिष्टता छ । यी केही पङ्क्ति हेरौँ ःतर पनि समर्पित आफ्नो नायकप्रति
दारिमको रुखमा हेर्दै
दारिमका फलहरु
कुत्कुत्याउँछन् छातीभित्र
दुई स्तन भएर झुल्किएका (पृ. २१–२२)
त्यस्तै अर्को स्थानमा
छोराछोरीको आमा बनेकी
तिम्री जीवन सङ्गिनीको
टम्म परेको हिजोको छाती
आज झोलिएको होला (पृ. ३६)
त्यसै गरी खण्डकाव्यमा केही स्थानमा अराजकता पनि देखा परेको मान्न सकिएला, यी पङ्क्तिलाई हेर्दा,
कुमार इच्छाहरुलाई
भड्किनबाट रोकेपछि मात्रै
पतनको खाडल
गन्तव्य बन्दैन हाम्रो यात्रा (पृ. ६२)
आत्मस्वीकृतिपछिको निष्कर्ष
आफ्ना कमजोरी स्वीकारेपछि काव्यमा नायक–नायिका आगामी भविष्यका लागि बाटो निश्चित गर्दछन् । सरल शब्दमा तलका पढौँ :मनको मझेरीमा
जिम्मेवारीलाई बिर्सिएर
प्रेमको बत्ति बाल्नु हुन्न
जिन्दगीका मूल्यहरुलाई
त्यसै खेर फाल्नु हुन्न
पर्ख ए साथी
धैर्यताले बाँध है मन
विचारले सोच है जीवन
आचारले खोज है संस्कार
आधारमा रोप है प्रेम
भोलि रुने नहोस् र्है खुसी
विगतलाई सम्झिएर (पृ. ४१)
त्यस्तै, अर्को स्थानमा उनीहरुले भविष्यको सुन्दर समाज निर्माणका लागि प्रतिबद्ध हुने निष्कर्ष निकाल्छन् :
आउनु होस् नाता जोडौँ वर्गीयताको
यात्रा हिँडौँ न्याय र समानताको
दाम्लाहरु चुडाल्दै
भेद र विभेदका नियमहरुमाथि धावा बोल्दै
एउटा न्यायपूर्ण युद्ध लडौँ
अनि एक दिन
हजुरको प्रेम बगैँचामा
मुस्कुराउने छ सभ्यताको बिहान (पृ. ७५)
प्रसङ्गको क्रम
काव्य सर्सर्ती बगेको छ । फेरि पनि शीर्षक अनुसार आख्यानका प्रसङ्ग तल–माथि परेका छन् । “उद्गम–उद्बोधन”, “सङ्गम–सम्बोधन” र “विदाइ–विसर्जन” गरी खण्डकाव्यलाई तिन भागमा विभक्त गरिएको छ । यस विभाजन अनुसार “सङ्गम–सम्बोधन” भित्र प्रेमालाप चरम रूपमा हुनु पर्ने थियो । “उद्गम–उद्बोधन” मा प्रेम पूर्वको परिस्थितिको अलिकति बयान भएको भए राम्रो हुन्थ्यो । तर प्रेमालाप यी दुवै खण्डभित्र छरप्रष्टै छन् । “विदाइ–विसर्जन” तुलनात्मक रूपमा प्रसङ्ग मिलेको छ । फेरि पनि नायक–नायिकाले आफ्नो प्रेमप्रतिको आत्मस्वीकृति भाव “विदाइ–विसर्जन” भित्रै पारेको भए उचित हुन्थ्यो कि तर आत्मस्वीकृतिका भाव दोस्रो खण्डमा पनि देखिएका छन् ।निष्कर्ष
रोजा लक्जमबर्गसित छलफल गर्दै लेनिनले प्रेमका लागि आन्दोलन नै चलाउने मागलाई असामयिक बताएका थिए । उनले प्रेममा उत्ताउलोपना पुँजीवाद भएको बताए । त्यसका साथै प्रेम बिनाको यौन व्यभिचार हुन्छ भन्ने उनको धारणा थियो । कम्युनिस्ट आन्दोलनभित्र पनि खास गरी युवा जनवर्ग माझ “पेटिकोटका पछि दगुर्ने” प्रवृत्ति रहेको उल्लेख गर्दै लेनिनले यस्तो प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई नोक्सान पु¥याएको बताएका थिए । पुरीको प्रस्तुत खण्डकाव्यले मूलतः प्रेम सम्बन्धी लेनिनको निष्कर्षलाई आत्मसात गरेको छ । अन्ततः प्रेमलाई वर्ग सङ्घर्ष र सुन्दर, शोषणविहीन समाज निर्माणको लक्ष्यसित जोड्ने गरी खण्डकाव्य सृजना गरिएको छ ।यहाँनेर एउटा बहस आवश्यक देखिन्छ । प्रेमका लागि आन्दोलन नै चलाउने कार्य असामयिक त हो, तर प्रेम भने सधै सामयिक हुन्छ । यो दृष्टिबाट हेर्दा पुरीले यस्तो खण्डकाव्य लेख्नु पनि एकथरिका लागि असामयिक हुन सक्ला, तर न प्रेम सम्बन्धी बहस असामयिक हो, न वर्ग सङ्घर्षको माझमा गरिने प्रेम । पुरीले यो खण्डकाव्य मार्फत कठिन परिस्थितिका बीचमा पनि प्रेमको आवश्यकतामा जोड दिएका छन् । प्रेम बिना जीवन सम्भव छैन । यो मानव समाजको अहिलेसम्मको विकासबाट प्राप्त निष्कर्ष हो । त्यसका अतिरिक्त माक्र्सवादीहरु भन्दछन्– निस्वार्थ र उन्मुक्त प्रेम वर्गविहीन समाजको स्थापनापछि मात्र सम्भव हुन्छ । पुरीले प्रस्तुत खण्डकाव्य यही उद्देश्यमा मद्दत पुगोस् भन्ने मनसायका साथ लेखेका छन् ।
........................................................................................................................
गजल मार्फत् विपन्न वर्गको वाणी
विदेशिएका नेपालीहरुमा साहित्यप्रतिको अनुराग बढ्दै गएको छ । पहिले पहिले विदेशस्थित नेपालीहरुले नेपाली भाषाका साहित्यको रसपान गर्न या त बनारसबाट पुस्तक मगाउनु पर्दथ्यो, या नेपालबाट आफैले वा आफन्तजनबाट । तर अहिले परिस्थिति फेरिएको छ । सूचना प्रविधिको तीव्र विकासका साथै अब साहित्य पनि संसारभरिका नेपालीहरुका लागि सहज प्राप्य हुन थालेको छ, यद्यपि विकसित सूचना प्रविधिको उत्तर आधुनिक बाई प्रोडक्ट पनि हामीकहाँ नभएको होइन । साहित्यलाई खालि अक्षर (टेक्स्ट) ठान्ने वा साहित्यको रूप पक्षमा मात्र ध्यान दिने, तर भाव पक्षमा ध्यान नदिने प्रवृत्ति अग्रभागमा नै विद्यमान छ । फेरि पनि यी कमजोरीमा सुधार गर्दै जाने हो भने अहिलेको विकसित सूचना प्रविधिको स्थितिले साहित्यको वैश्विक प्रसारमा महत्वपूर्ण योगदान पु¥याउनेमा एक रत्ति शङ्का छैन ।
यतिखेर रोजगारीका सिलसिलामा विश्वभरि पुगेका नेपालीहरुले साहित्यप्रतिको योगदान बढाउँदै लगेका छन् । यस क्रममा विभिन्न विधाका संस्थाहरु स्थापना भएर परिचालन पनि भैरहेका छन् । नेपाली भाषामा विभिन्न विधाका कृतिहरु प्रकाशित हुन थालेका छन् । साहित्यका विधागत सामयिक प्रकाशन र संयुक्त रचना सङ्ग्रह पनि प्रकाशन हुन थालेका छन् । साहित्य यथार्थको प्रतिबिम्ब भएकाले प्रवासी नेपालीको साहित्यमा आफ्ना भोगाइ आउने नै भयो, त्यसमाथि जुन व्यक्तिहरु संस्थागत रूपमा सङ्गठित छन्, उनीहरुमा वैचारिक चेत मुखर हुनु स्वाभाविक हो । यस्ता साहित्यकारहरुले आफ्ना भोगाइलाई मुक्ति, उत्थानको राजनीतिसित जोड्न थालेका छन् । हुन त यस प्रकृतिका साहित्य हामीकहाँ अझै पनि आवश्यकताका तुलनामा थोरै छन् । त्यसका पछाडिको कारण हो– अझै पनि साहित्यलाई राजनीतिको सौता ठान्ने प्रवृत्ति हामीकहाँ बाँकी नै छ । त्यसैको सेरोफेरो यस्ता साहित्यकार पनि छन्, जसले हिम्मतका साथ साहित्य र राजनीतिको सहज सम्बन्धलाई स्वीकार गर्दछन् । यस्तै, निर्भिक साहित्यकारमध्ये एक हुन्– राम प्रसाद गैरे पाल्पाली ।
यही वर्ष सन् २०१५ मा उनले एउटा गजल सङ्ग्रह प्रकाशनमा ल्याएका छन्– “परिवर्तनका आँकुराहरु” । जस्तो कि पुस्तकको प्री पृष्ठमा भूमिका÷शुभकामना दिएका विद्वानहरुले लेखेका छन्, गजलमा देशभक्ति भाव छताछुल्ल छ, त्यो भन्दा बढी यस रचनामा समाज परिवर्तनको प्रष्ट दृष्टिकोण छ । यसको अर्थ हो– उनले समाज परिवर्तनमा योगदान पुगोस् भन्ने उद्देश्यका साथ यस पुस्तक लेखेका छन् । पुस्तकको सबैभन्दा सशक्त र सराहनीय पक्ष यही हो ।
सङ्ग्रहमा ९३ वटा गजलहरु सामेल छन् । यसभित्र देशको तात्कालिक राजनीतिक अवस्थाप्रतिको असन्तोष, सङ्घीयताको विरोधदेखि लिएर नेपाली समाजमा व्याप्त असमानता, भेदभाव, शोषण, दमनको विरोध छ । सबैभन्दा बढी र सशक्त रूपमा अन्यायपूर्ण प्रवासी जीवनप्रतिको अस्वीकृतिलाई स्थान दिइएको छ । त्यसका साथै नेपालको ग्रामीण परिवेश, पारिवारिक संस्कार, महिलाहरुको विभेदमूलक अवस्था, चाडपर्वप्रतिको सौन्दर्य, वातावरणप्रतिको प्रेम जस्ता क्षेत्रहरु पनि समेटिएका छन् । सामान्यतः गजलमा पाइने प्रेम भाव भने यहाँ सर्वथा अभाव छ । तर त्यसको अर्थ उनी पुरै प्रेमकै विपक्षमा छन् भन्ने होइन । रचनाका विभिन्न प्रसङ्गमा प्रेम भाव शिष्ट शब्दावलीमा पोखिएका छन् । खासगरी श्रीमती र परिवारका सन्दर्भमा यस्ता प्रेम भाव पोखिएका छन् । प्रस्तुत सङ्ग्रह मूलतः समाज परिवर्तनको उद्देश्यमा मद्दत पुगोस् भन्ने मनसायका साथ लेखिएकाले सङ्ग्रहमा देखाइएको प्रेम भावप्रतिको पृष्ठभागयुक्त रवैया अन्यथा होइन ।
गजलको उत्पत्ति प्रेमी–प्रेमिकाका बीचमा हुने प्रेम रसपूर्ण लययुक्त मनोभावका साथ भएको थियो । गीतमा जस्तै गेयता गजलमा पनि हुनु पर्दछ । फरक यत्ति छ ः गीत सङ्गीत बिना अधुरो हुन्छ भने गजल कविता जस्तै वाचनीय पनि हुन्छ । गजल वाचन गर्दा बाद्ययन्त्रको उपयोग अनिवार्य हुन्न । त्यसकारण गजलका प्र्रत्येक शेरमा समध्वनि (स्वराघात) आवश्यक ठानिन्छ । त्यसका लागि शेरका दुवै लाइनमा केही शब्द वा अक्षरको मात्र अन्तर हुनु पर्दछ, सकेसम्म यस्तो अन्तर नभएको नै राम्रो । गीत जस्तै गजल पनि लयमा बग्नु पर्दछ वा गाउन योग्य हुनु पर्दछ । यस कोणबाट हेर्दा गैरेको तर्फबाट अधिकतम प्रयास भएको पाइन्छ ।
सङ्ग्रहको मुख्य गजल नै पहिलो क्रमाङ्कमा नै राखिएको छ ।
गतिशील हुन्छन् परिवर्तनका आँकुराहरु
हो, शिखर छुन्छन् परिवर्तनका आँकुराहरू ।१।१।
सङ्ग्रहको मुख्य सारतत्व यही देखिन्छ । उनले बताउन खोजेका छन्– परिवर्तनका आँकुराहरु गतिशील हुन्छन् र त्यसले शिखर छुन्छन् पनि । त्यति मात्र होइन, उनले यही गजलमा दार्शनिक पक्षलाई पनि स्थान दिएर आफ्नो प्रष्ट दार्शनिक समझदारीको परिचय दिएका छन् । उनी लेख्छन् :
वस्तुभित्र अन्तरविरोध चल्दै जाने गर्छ
प्रगतिले तुन्छन् परिवर्तनका आँकुराहरु ।१।२।
गैरेका गजल आशामुखी छन् । यी केही शेर पढौँ–
झरेर पुरानो नयाँ पात पलाउँछ साथी
आउँछ बिहानी बिरुवा लगाउँछ साथी ।४।१।
अँध्यारो हँदैमा केही बेर निरास नहुनु
झर्दछन् तारा र सूर्य उदाउँछ साथी ।४।२।
यस्तै प्रकारका विभिन्न भाव गजलमा व्यक्त भएका छन् । सङ्क्षिप्तमा ती बेग्ला बेग्लै भाव गजलका निम्न शेरमा अभिव्यक्त भएका छन्–
क. पत्नीप्रतिको प्रेम भाव :
यो आधुनिक युगमा पनि पतिको याद गर्दै
सम्झी विलाप गर्ने उनी मेरी रीता देखेँ ।६।५।
ख. राष्ट्रिय स्वाधीनताका पक्षमा ः
टिष्टादेखि काँगडासम्म एक इतिहास ज्युँदै छ
भीरपाखा बस्ने गाउँको यो लाटोले चुनौती दिनेछ ।३२।४।
ग. बिम्बमा क्रान्तिकारी भाव ः
बहाना गरे पनि हुने रहेछ आत्मा मरेपछि
आफ्नै फूलबारीमा रातो रङको गुराँस भएन ।४५।३।
घ. रचनाप्रतिको स्पष्टीकरण ः
नसोध ती शब्द कस्का र यी शेर कस्का हुन् ?
मेरा रचनाको भाव काफी छ परिचयका लागि ।५१।२।
ङ. जीवनप्रतिको असन्तुष्टि ः
कस्तो मेरो दोष हजुर जीवन अन्तै सार्नु पर्ने
थोत्रिएँ म नोकरीले परिवार पाल्नु पर्दा ।६४।४।
आमाको त्यो चोली फाट्यो लाउने के होला ?
ममा कुनै छैनन् रहर भनी ढाट्दै छु ।८१।४।
यस प्रकारका धेरै शेरहरु गजल सङ्ग्रहभरि छन् । उनले उदात्त ढङ्गले आफ्ना धारणा व्यक्त गरेका छन् । यथासम्भव कला पक्षमा ध्यान दिएका पनि छन् । त्यसका वावजुद गलजमा कला पक्षमा ध्यान दिँदै गर्दा केही कमजोरी व्यक्त भएकै छन् । यी शेर पढौँ–
खोई बेरोजगारको उत्थान गफैगफ मात्र किन हुन्छ ?
परिवर्तन उनको जीवनशैलीमा अपरम्पार भयो ।७३।२।
यहाँ “बेरोजगारको उत्थान” शब्दावली प्रयोग भएको छ । यहाँ “उत्थान” शब्द उचित नभएको स्पष्ट छ । त्यसको सट्टा अन्त वा समाप्ति जस्ता शब्दावली उपयोग गरेको भए हुन्थ्यो । त्यस्तै “जीवनशैलीमा अपरम्पार” जस्ता शब्दावली प्रयोग पनि गरिएको छ । यहाँ “अपरम्पार” को भाव के हो ? स्पष्ट हुन्न ।
त्यस्तै अर्को शेर,
खुसी हुँदै चेलीले बनाएका पकवान
अजम्बरीको अमृत खायो तिहारमा ।८९।४।
प्रस्तुत शेरमा “अजम्बरीको अमृत” जस्ता जुन शब्दावली प्रयोगमा ल्याइएको छ, समग्र गजलभरि उनले व्यक्त गरेको विचार पक्षसित मेल खान्न । “अजम्बरीको अमृत” जस्ता शब्दावली उनले अपनाएको दर्शनको ठीक विपरीत दर्शनको अनुकुल देखिन्छ ।
गैरेका गजलको गम्भीर कमजोरी भाषा, व्याकरणप्रतिको उदासिनता हो । भाषा, व्याकरणप्रतिको उदासिनताका कारण उनको रचनाका कतिपय स्थानमा अर्थको अनर्थ भएको छ । गजल जस्तो विधामा भावको सटिकताका लागि भाषिक शुद्धता आधारभूत अपरिहार्यता मानिन्छ । तर गैरेले यस विषयप्रति आवश्यकताको अनुपातमा ध्यान दिएका छैनन् ।
राम लाई वनवाश हुँदा, को पीडाले होला
त्यो जङ्गलमा रुँदै चिच्याएकि सीता देखें ।६।३।
उक्त शेर यस्तो हुनु पर्ने थियो :
रामलाई बनवास हुँदाको पीडाले होला.....
त्यस्तै अर्को अशुद्धि :
आफ्नै मूलुक सुधारे, र मर्नु पर्छ हामी
त्यसैले जन चेतना जगाउने मन थियो ।४४।२।
यहाँ हुनु पर्ने यस्तो थियो :
आफ्नै मुलुक सुधारेर मर्नु पर्छ हामी.....
अझै अर्को स्थान झन् बढी यस्तै अशुद्धि देखिएको छ ।
कोहि यस्ता कोहित तेस्ता मानसिको बानि हुन्छ
भोग्दै जाँदा इमानी र बेइमानीको जमात हुन्छ ।५०।४।
यहाँ प्रथम लाइनमा के भन्न खोजिएको हो ? यसको भाव के हो ? प्रष्ट छैन । यस प्रकारका कमजोरी पुस्तकभरि व्याप्त छन् ।
गैरेको गजल सङ्ग्रहलाई दुई कोणबाट मूल्याङ्कन÷समीक्षा गर्न सकिन्छ ः वैचारिक दृष्टिबाट, खास गरी समाज परिवर्तनको दृष्टिबाट, द्वितीय, कला पक्षको दृष्टिले । कला पक्षको कोणबाट हेर्दा उनको रचनामा कैयौँ कमजोरी देखिन्छन् । खास गरी अहिले साहित्यको जुन मूल धार छ, त्यसले यस्ता साहित्यप्रति उपेक्षा भाव राख्दछन् । उनीहरूको यस प्रकारको रवैया अन्यथा होइन । उनीहरू जुन वर्गको साहित्यिक प्रतिनिधि हुन्, त्यसको प्रतिनिधिको हैसियतले गैरे जस्ताको साहित्यिक प्रयासको आलोचना हुने नै भयो । अर्कातिर, विचार पक्षको हिसाबले मूल्याङ्कन गर्दा गैरेको प्रस्तुत रचनामा खोट लगाउने ठाउँ छैन । यस कोणबाट विचार गर्दा उनी बहुसङ्ख्यक विपन्न जनताका प्रतिनिधि देखिन्छन् । उनले समाजमा विद्यमान असमानता, भेदभाव, शोषण, दमनका विरुद्ध गजल मार्फत् जुन विद्रोहको झण्डा उठाएका छन्, त्यो स्वागतयोग्य काम हो ।
अन्तमा, आशा र अपेक्षा गरौँ, विपन्न तप्काका पक्षबाट उनीहरूको वाणी प्रदान गर्ने गैरेको यो प्रयास कायम रहोस् । उनका रचनामा जुन कला पक्ष र भाषिक कमजोरी छ, त्यसलाई उनले क्रमशः सुधार गर्दै जानेछन् । यो अभाव पूर्ति गर्नका लागि उनले कठोर साहित्यिक साधना गर्नेछन् । कला तथा भाषिक पक्षमा सुधार, तर वैचारिक पक्षको निरन्तरता सहित उनको आगामी साहित्यिक यात्रा अरू उचाइ छुने छ । हामी उनको ताजा साहित्यिक कृतिका आधारमा यही आशा गर्न सक्छौँ ।
........................................................................................................................
जनसाधारणमा समर्पित पुस्तक
केही वर्ष अगाडि सङ्गठगनको कामको सिलसिलामा छिमेकी देशको अलिगढमा पुग्दा त्यहा“ मेरो एक जना दर्शनशास्त्रका विद्यार्थीसित भेट भएको थियो । उनी अलिगढ मुस्लिम युनिभर्सिटीको दर्शनशास्त्र सङ्कायमा अध्ययन गर्दथे । उत्तर प्रदेशमा व्याप्त साम्प्रदायिकताका बारेमा कुराकानी गर्दा गर्दै हामी दर्शनशास्त्रका विषयमा छलफल गर्न थाल्यौ“ । करिब एक घण्टासम्मको छलफलपछि उनले भनेका थिए– ‘आफ्नो कक्षाकोठाभन्दा बाहिर दर्शनशास्त्रबारे रूचि राख्ने तपाई पहिलो व्यक्ति भेटिनु भयो, अन्यथा मलाई लागेको थियो कि दर्शनशास्त्र एक प्रकारले मृतः विषय हो । उनले दर्शनशास्त्र विषय छनौट गरेकोमा परिवारबाट पनि विरोध भएको बताएका थिए । उनको परिवारको जोड, मेडिकल, इञ्जिनियरिङ, एकाउण्टिङ जस्ता विषयको अध्ययनमो थियो ।
हाम्रो पूर्वीय क्षेत्रमा दर्शनशास्त्रप्रति कति अरूचि छ ? भन्ने एउटा उदाहरण थियो, उक्त परिघटना । हाम्रो देशमा त झन् दर्शनशास्त्रको अध्ययन झन् बढी उपेक्षामा परेको छ । आम जनताले त्यसको अध्ययन गर्ने विषय त धेरै टाढाको भयो, हामीकहा“ न त विश्वविद्यालयहरूमा दर्शनशास्त्रको व्यवस्थित अध्यापनको व्यवस्था छ, न राजनीतिक दलका शीर्षस्थ नेताहरूमा नै दर्शनप्रति पर्याप्त रूचि छ । यदि राजनीतिक दलको नेतृत्व पङ्क्तिमा दर्शनशास्त्रप्रतिको ज्ञान केही बढी हुन्थ्यो भने हाम्रो देशको राजनीतिक व्यवस्था अहिले भन्दा केही उन्नत हुन्थ्यो† सामन्तवादको दबदबा कमजोर हुन्थ्यो र देश न्यूनतम रूपमा पु“जीवादसम्म पुगेको हुन्थ्यो । त्यसका विपरीत यदि देशमा भ्रष्टाचार, अव्यवस्था, अनियमिता, सुस्तता, अराजकता जस्तो विसङ्गति, कुरीति विद्यमान छ भने त्यसका पछाडिको एउटा कारण दर्शनशास्त्रप्रतिको उपेक्षा पनि हो । महान दार्शनिक प्लेटोले दार्शनिक शासक भएको देशमा मात्र जनता ‘सुखी’ हुन सक्ने बताएका थिए । हामीकहा“ स्थिति त्यसको प्रतिकुल छ ।
हामीकहा“ दर्शनशास्त्रको अध्ययन, अध्यापन व्यवस्थित रूपमा अगाडि बढ्न नसकेको स्थितिमा दर्शनशास्त्रको अध्ययन व्यक्तिगत र स्वतः स्फूर्त प्रकारले अगाडि बढिरहेको छ । यस विधामा कर्म विमर्श हुन्छन् । असाध्यै कम पुस्तकहरू लेखिन्छन् र पढिन्छन् । जनताको ठूलो तप्का दर्शनशास्त्रको अध्ययनबाट वञ्चित छ । यस्तै प्रतिकुलताका बीचमा विद्वान समिरसिंहले दर्शनसम्बन्धी पुस्तक प्रकाशित गर्नु भएको छ । यो आफैमा एउटा साहसिक काम हो । उहा“को यो प्रयास ‘अनपढहरूको बस्तीमा पुस्तक पसल खोलेर बस्नु’ जस्तै हो ।
“पूर्वीय दर्शनमा भौतिकवादको खोजी” शीर्षकको प्रस्तुत पुस्तक माक्र्सले भने झै“ दुनिया“को व्याख्या होइन, बदल्नु पर्ने उद्देश्यको पक्षमा लेखिएको छ । प्रत्येक व्यक्ति आफैमा दार्शनिक भएको तर्क लेखकले उल्लेख गरेबाट नै बुझ्न सकिन्छ कि प्रस्तुत पुस्तकको उद्देश्य आम जनतालाई दर्शनशास्त्रको अध्ययनतिर आकर्षित गर्दै विद्यमान समाज व्यवस्थामा परिवर्तन ल्याउनु हो । पुस्तकमा द्वन्दात्मक भौतिकवादका शास्त्रीय नियमहरूको व्याख्या होइन, त्यसका नियमहरूको आलोकमा पूर्वीय दर्शनमा भौतिकवादको विवेचना गरिएको छ । विश्व इतिहासमा द्वन्दात्मक भौतिकवादको उद्भव भूमि ग्रीसदेखि जर्मनसम्मलाई मानिन्छ । पूर्वीय दर्शनलाई खालि ‘धर्म दर्शन’ को रूपमा लिइन्छ । विश्वका कमै विद्वानहरूलाई थाहा छ कि पूर्वीय दर्शनमा पनि भौतिकवादको उल्लेखनीय उपस्थिति छ । लेखकले प्रस्तुत पुस्तक मार्फत् यही तथ्यलाई पुस्टि गर्ने प्रयास गरेका छन् र भन्न सकिन्छ, यति सानो पुस्तकमा लेखक आफूले उठाएको विषयप्रति न्याय गर्न सफल रहेका छन् ।
लेखकले पूर्वीय दर्शनका ५ वटा दर्शनभित्र भौतिकवादका बारेमा विवेचना गरेका छन् । ती दर्शनहरू हुन् ः लोकायत, साङ्ख्य, बौद्ध, वैशेषिक र न्याय ।
लोकायत दर्शनलाई लेखकले पूर्वीय दर्शनमा भौतिकवादको प्रारम्भ मानेका छन् । “लोकायत दर्शन यस्तो प्रणाली थियो, जसले लोक (जगत) माथि नै विश्वास गर्दथ्यो । यसले स्वर्ग, नर्क, मोक्षको अवधारणा आदिको विरोध गर्दथ्यो” लेखकले प्रस्तुत पुस्तकको पृष्ठ ७१ मा लेखेका छन् ः “यो प्रणालीका प्रणेता आङ्गिरस बृहस्पति नामक ऋषि थिए, जसले ऋग्वेद कालमा यो विचार प्रस्तुत गरे कि पदार्थ नै प्रमुख हो र त्यसबाट नै चेतनाको विकास भएको हुन्छ । यो दर्शनलाई बार्हस्पत्य दर्शन पनि भन्ने गरिन्छ ।” लेखकले पुस्तकको पृ. ७२–७३ मा ७ ब“ुदामा लोकायत दर्शनले सार खि“चेका छन् ।
पुस्तकमा साङ्ख्य दर्शनबारे विवेचना गर्दै लेखिएको छ ः “दुःखबाट मुक्ति कसरी सम्भव छ ? मूलभूत रूपमा साङ्ख्य दर्शनको विषयवस्तु पनि यही थियो । यो प्रश्नप्रति केन्द्रित हु“दै यसले आफ्नो दार्शनिक प्रणालीलाई अगाडि बढायो” (पृ. ७८) । पुस्तकमा अगाडि भनिएको छ ः विभिन्न दार्शनिक प्रणालीहरू जस्तै यसले पनि तŒवमिमांसाबाट आफ्नो अध्ययनलाई अगाडि बढायो अर्थात् अन्य दर्शनहरू जस्तै यसले पनि पदार्थ प्रमुख कि चेतना ? यो प्रश्नलाई विश्लेषण गर्नेतर्फ नै आफूलाई केन्द्रित ग¥यो । यस सन्दर्भमा यो दर्शनको स्पस्ट मत थियो कि सृष्टिको उत्पत्ति पदार्थबाट नै भएको हो” (पृ. ७८) । साङ्ख्य दर्शनको भौतिकवादी चरित्र निर्माणमा उल्लेखनीय योगदान छ । यसले मानिसको यथार्थवादी चरित्र निर्माणमा अत्यधिक जोड दिएको थियो । यस दर्शनमा पर्याप्त मात्रामा भौतिकवादी अवयव भएको लेखकले सङ्क्षिप्तमा उल्लेख गरेका छन् ।
बौद्ध दर्शनमा भौतिकवादको पर्याप्त अंश रहेको तथ्यबारे त्यति चर्चा गर्नु नपर्ला । गौतम बुद्धको सारा जीवन नै भौतिकवादी दृष्टिकोणद्वारा निर्देशित थियो । उनका ऋचामा यस्ता तमाम यथार्थवादी, भौतिकवादी तथ्यहरू प्रस्तुत गरिएका छन् । ‘आत्माको निरन्तरता’ को एउटा पक्ष वाहेकका अन्य पक्षहरू बौद्ध दर्शनमा भौतिकवादी छन् । लेखकले आफ्नो बौद्ध दर्शनसम्बन्धी लेखको प्रारम्भमा नै एङ्गेल्सलाई उद्धृत गरेका छन्, जहा“ एङ्गेल्सले बौद्ध धर्मलाई “विश्व धर्म” बताएको उल्लेख छ (पृ. ८५) ।
“वैशेषिकको अर्थ हो– विशिष्ट कुनै पनि चीजमा घटनाहरूको विशिष्ट पक्षहरूको अध्ययन गर्दै निष्कर्षमा पुग्नु नै वैशेषिक दर्शनको मूलभूत मान्यता हो । यस प्रकारको मान्यताहरूलाई अङ्गिकार गर्दै यो दर्शन अन्तिम अविभाज्य कण परमाणुसम्म पुग्दछ र त्यसलाई नै केन्द्रविन्दु बनाउ“दै समग्र दर्शनको व्याख्या गर्दै जान्छ” वैशेषिक दर्शनबारे पुस्तकमा लेखिएको छ (पृ. १०१) । कणाद ऋषिद्वारा रचित यो दर्शनबारे नेपालमा कमै चर्चा गरिएको पाइन्छ । लेखकले पुस्तकमा यो दर्शनलाई स्थान दिएर आफू स्वयं भौतिकवादी दर्शनको कट्टर समर्थक भएको घोषणा गरेका छन् ।
गौतम बुद्धले बुद्वत्व प्राप्त गर्नु अघि जुन विरक्तताको भाव उनका समर्थकहरूमा देखिएको थियो, त्यसको प्रतिवाद गर्दै जीवनबाट नभागिकन अथवा वास्तविकतासित सामना गर्दै सत्य र न्यायको खोजी गर्न न्याय दर्शनको उत्पत्ति भएको लेखकले उल्लेख गरेका छन् (पृ. ११०) । गौतम अक्षपाद प्रवर्तक मानिने यस दर्शनको महŒव अहिले पनि त्यत्तिकै छ । जसले सत्य र न्यायसम्बन्धी ज्ञान प्राप्त गर्नका लागि सांसारिक जीवन परित्याग गर्नु पर्ने धारणा राख्दछन्, त्यसको प्रतिवादमा न्याय दर्शनको महŒव आफैमा प्रष्ट रूपमा यथार्थवादी छ । यो दर्शन सत्य ज्ञान प्राप्तिको दिशामा केन्द्रित रहेको बारेमा लेखकले पुस्तकमा सविस्तार चर्चा गरेका छन् ।
प्रस्तुत पुस्तकमा लेखकले आधा जति भाग दर्शनको व्यावहारिक प्रयोगका बारेमा चर्चा गर्नमा उपयोग गरेका छन् । दर्शनशास्त्रलाई खालि प्राज्ञिक व्यक्तित्वहरूको विमर्शको विभाग ठान्ने एकथरि विद्वानहरूका विपरीत लेखकले हरेक व्यक्ति आफैमा दार्शनिक हुने, हरेक व्यक्तिको दार्शनिक भिजन हुने धारणा व्यक्त गरेका छन् । यसरी दर्शन शिक्षित, विद्वान वर्गको मात्र विषय नभएर त्यो आम जनतासित सम्बन्धित विषय हो भन्ने दावीमा लेखक निर्धक्क देखिन्छन् । यस पुस्तकको “नेपाली समाजमा दर्शनको प्रयोग”, “मानव जीवनका दार्शनिक पक्ष”, “परम्परागत मान्यताहरू र दार्शनिक चुनौती”, “दर्शनशास्त्रको तŒवमिमांसीय अध्ययन” र “इतिहासको पानामा दर्शनको खोजी” जस्ता आलेखहरूमा लेखकले मानव जीवनका, खासगरी नेपाली जनजीवनका चिन्तन, मान्यता, आचरण जस्ता व्यवहारमा दर्शनको उपस्थितिबारे विवेचना गरेका छन् । यी आलेखहरू मार्फत लेखकले मानव जीवनसित दर्शन अभिन्न, अविच्क्षिन्न रूपले जोडिएको बताएका छन् । दर्शन र जीवन एक–अर्कासित अभिन्न रूपमा जोडिएका हुनाले समाजलाई शिक्षित, संस्कृत र समानतायुक्त बनाउनका लागि दर्शनको अध्ययन अनिवार्य र अपरिहार्य रहेको पुष्टि गर्नुतिर लेखकको अत्यधिक ध्यान छ । उनले आफ्नो पुस्तक मार्फत् विपन्न वर्गका जनतालाई भौतिकवादी दर्शनद्वारा लैस गराउने उद्देश्य राखेको प्रष्ट देखिन्छ । यसका पछाडि सामाजिक परिवर्तनको अपेक्षा गरिएको बुझ्न गाह«ो छैन । यो आफैमा गम्भीर प्रकारको क्रान्तिकारी काम हो ।
लेखकहरूको स्थिति नेपालमा सन्तोषजनक छैन । हामीकहा“ लेखेर जिविकोपार्जन गर्न धेरै नै गाह्रो छ । खासगरी आख्यान विधाका लेखकहरूको स्थिति अरूका तुलनामा केही राम्रो भए पनि दर्शन विधाका लेखकहरूको स्थिति त्यति राम्रो छैन । कुनै एन.जी.ओ. को सौजन्य स्वीकार गरेर वा सत्ताइतर निकायसित सम्बन्ध कायम राखेर दर्शनशास्त्रीय कृतिहरू प्रकाशित गर्नु पर्ने अप्ठेरो स्थिति हामीकहा“ छ । तर दर्शनशास्त्र जस्तो “मृत” विधामा कलम चलाए पनि लेखक आफ्नो कर्ममा सफल रहेको देखिन्छन् । प्रकाशित भएको दुई महिनाभित्रै १,००० प्रति पुस्तकहरू बिक्री भैसक्नु, त्यो पनि कुनै नाम चलेका प्रकाशकहरूको सहयोग बिना नै—यसले नै बताउ“छ कि समिरसिंह र उनको प्रस्तुत पुस्तकले प्रारम्भमा नै “हुने विरूवाको चिल्लो पात” को उखानसित सामिप्यता गा“सेको लाग्न थालेको छ । लेखक छिट्टै दोस्रो संस्करण प्रकाशनको तयारीमा लागेको थाहा लागेको छ । आशा गरौ“, यो संस्करणले पनि यस्तै प्रकारको सफलता प्राप्त गर्ने छ ।
अन्तमा, युवा दार्शनिक विद्वान समिरसिंहको दर्शनप्रतिको यो रूचिले आगामी दिनमा निरन्तरता पाउनेछ । त्यो रूचिको फलस्वरूप दर्शन विधामा अध्ययन, अनुसन्धानमा लेखकले पर्याप्त ध्यान दिनेछन् । दर्शनले आफ्नो समयसम्मको सामाजिक विकास, विज्ञानको विकास र ज्ञानको विकासलाई आधार बनाएर विवेचना गर्दछ । माओको निधनपछि भौतिकवादी दर्शनको फा“टमा मानव ज्ञानको ऐतिहासक संश्लेषण र विश्लेषण गर्दै त्यसलाई विकास गर्ने कार्यमा एक प्रकारको सुस्तता देखा परेको छ । यो सुस्ततालाई चिर्नु पर्ने आवश्यकता छ । त्यसका लागि अहिले देखा परेको ज्ञानको उच्च चरण तथा विज्ञानको नया“ खोज, आविष्कारलाई आधार बनाउनु पर्ने छ । यसरी दर्शनलाई पुनः नया“ उचाइमा उठाउनु आवश्यक भएको छ । यस दिशामा लेखकले अलिकति पनि योगदान गर्न सके भने त्यो हाम्रो देशको लागि मात्र होइन, सम्पूर्ण मानव जातिकै लागि, अभैm खास गरी सर्वहारा वर्गका लागि स्वागतयोग्य कदम हुनेछ ।

“सङ्कल्प” महाकाव्यः सङ्क्षिप्त विवेचना
प्रारम्भ
प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीको तेस्रो महाकाव्य “सङ्कल्प” हालै प्रकाशित भएको छ । उहा“का यसभन्दा अगाडि पुस्तकाकार रूपमा तीन वटा उपन्यास, दुई वटा महाकाव्य र एउटा खण्डकाव्य प्रकाशित भैसकेका छन् । पत्रपत्रिकामा प्रकाशित भएका साहित्यिक सामाग्रीहरू अलग्गै छन् । यसरी उहा“ लगातार साहित्यिक आन्दोलनमा हुनु हुन्छ ।
आजको समयमा वैचारिक आत्मिक सक्रियताका साथ साहित्य सृजना गर्ने कमै साहित्यकार छन्† नत्र भने हामीकहा“ पनि कसैका स्वार्थमा, तर आफ्ना लागि अर्थ–लाभ प्राप्त गर्न दिमाग खर्चिनेहरूकै भरमार छ, जसले सामान्य मानिसका लागि देख्दै रिङटा लाग्ने ठेलीहरू चाटेर “कार्यपत्र”, “अवधारणा पत्र”, “रिपोर्ट” जस्ता सामाग्री तयार गरेका हुन्छन् । त्यस वाहेक यथार्थवादी साहित्यकारहरू पनि हामीस“ग छन् । विचार पक्षमा देखिएका कमजोरीलाई एकातिर राखिदिने हो भने पनि उनीहरूले कुनै खास समयको समाज र जगतको यथार्थ प्रतिबिम्व उतार्ने साहित्यिक स्वभावका रूपमा न्याय नै गरेका छन् । तर उनीहरूले विद्यमान राज्यसत्ता र सामाजिक संरचनामा परिवर्तनको विषयलाई छौएका छैनन् । वैचारिक चिन्तनका आधारमा उनीहरूको यस प्रकारको अवस्थिति अन्यथा पनि होइन ।
यता यी सबैका बीचमा हामीकहा“ प्रगतिवादी (प्रगतिशील होइन) साहित्यकारहरू पनि छन्† जसले विद्यमान देशको राज्य सत्ता र सामाजिक संरचनामा परिवर्तनको मान्यता राख्दछन् । यही“नेर वाम खेमाभित्रबाट पनि एउटा श्रेणी अलग बाटो लाग्छ । अमेरिकी साम्राज्यवादले पेरूमा साइनिङ पाथका केन्द्रीय सदस्यहरूलाई बैठक स्थलबाट नै सी.आई.ए. को सुराकीमा पक्राएको† तानाशाही स्वभावका बावजुद महान् देशभक्त सद्दाम हुसैनलाई इराककै भूमिमा पक्रेर फा“सी दिइएको† अफगानिस्तानमा कठपुतली सरकार कायम गरिएको† बिन लादेनलाई पाकिस्तानी भूमिबाट नै पक्राउ गरिएको र सबै देशका प्रतिक्रियावादीहरूले आ–आफ्ना देशका क्रान्तिकारीहरूमाथि क्रुर दमन गरेको स्थिति धेरै पुरानो भैसकेको छैन । यी घटनाहरूबाट पु“जीवाद–साम्राज्यवाद अहिले पनि सशस्त्र नै रहेको प्रष्ट हुन्छ । लेनिनको निष्कर्ष थियो– ‘जबसम्म प्रक्रियायावादीहरू सशस्त्र हुनेछन्, तबसम्म सर्वहारा क्रान्ति पनि सशस्त्र हुनेछ ।’ प्रतिक्रियावादीहरूको उपर्युक्त सशस्त्र स्थिति र लेनिनको निष्कर्षका विपरीत दक्षिणपन्थी संशोधनवादीहरू सशस्त्र सङ्घर्षको नीतिलाई परित्याग गरेका छन् । उनका पक्षधर साहित्यकारहरू पनि सशस्त्र सङ्घर्षलाई पिछडिएको चिन्तन बताउ“छन् । उनीहरू माओ र स्टालिनको नामसम्म लिन चाह“दैनन् । उनीहरूको यस्तो मध्यम वर्गीय चरित्रका बीचमा साहित्यको क्षेत्रमा पनि सशस्त्र सङ्घर्षप्रतिको प्रतिवद्धता चानचुने विषय होइन । साहित्यकार पुरीले यस प्रकारको लेखनमा दह«ो गरी पाइलो टेक्नु भएको छ । अर्कोतिर, एकथरि साहित्यकारहरूले सशस्त्र सङ्घर्षप्रति अन्ध–समर्थन जनाइरहेको सन्दर्भमा साहित्यकार पुरीको क्रान्तिकारी दृष्टिकोण यसमा अभिव्यक्त भएको छ कि उहा“ले “जनताका विरूद्ध अघोषित युद्ध” जस्तो स्थितिमा रहेको माओवादी सशस्त्र आन्दोलनमा अन्तरनिहित कमजोरी औल्याउनु भएको छ र सच्चा क्रान्तिकारीहरूको नेतृत्वमा सञ्चालन हुने सशस्त्र सङ्घर्षको पक्ष लिनु भएको छ ।
हामीकहा“ पनि साहित्यकारभित्र वर्ग र वर्गसङ्घर्षको आधारमा विश्लेषण गरिरह“दा एकथरि साहित्यकारहरूले साहित्यभित्र राजनीति घुसाएको भन्दै नाक चेप्राउनु सम्भव छ । रूस र चिन जस्ता देशका जनताले एकपटक समाजवादी व्यवस्थाको समेत स्वाद चाखिसकेका छन् । अन्य प्रतिक्रियावादी देशहरूमा पनि पु“जीवादी व्यवस्था छ । हामी नेपालीहरू अझै पनि सामन्तवादी संरचनाभित्रै रहनु परेको विवशताका बीच त्यसका विरूद्ध राजनीति गर्नु स्वाभाविक ठानिनु पर्दथ्यो । तर साहित्यकारहरूमाझ पनि त्यस्तो हुन सकिरहेको छैन । अर्कातिर, साहित्यका नाममा अलौकिक वा व्यक्तिविशेषका व्यक्तिचित्र, यौनकथा, उत्तर–आधुनिकतावाद, जादुमन्त्र लेखेर लाखौ“ रूपैयासम्म अग्रिम लिनेहरूस“ग हामीलाई अनावश्यक टाउको दुखाउनु पनि छैन । साहित्यकार पुरी जस्ताको एउटा श्रेणी विद्यमान अर्धसामन्ती, अर्धऔपनिवेशिक संरचनाका विरूद्ध सशस्त्र सङ्घर्षमार्फत् परिवर्तन ल्याउने मतमा प्रतिवद्ध रहेको छ भने त्यो हाम्रा लागि गौरवको विषय हो ।
संरचनागत परिचय
साहित्यकार पुरीको प्रस्तुत महाकाव्यभित्र तीन अध्याय छन् । त्यसभित्र प्रत्येकमा ७५÷७५ वटा श्लोक छन् । प्रत्येक अध्यायमा नौ÷नौ वटा सर्ग छन् । प्रत्येक अध्यायको पृथक शीर्षक छ । त्यसैगरी प्रत्येक सर्गका पनि बेग्ला–बेग्लै शीर्षक छन् । छन्दको सवाललाई लेखकले खालि अभिव्यक्तिको माध्यम मात्र बनाएका छन् । उहा“को यस कृतिमा पहिलो प्रारम्भिक अध्याय छन्दमुक्त छ । बा“की दुई अध्यायमा छन्द प्रयोग गरिए पनि अन्तमा अभिव्यक्तिको सारांश दिनका लागि कम शब्द भएको छन्द प्रयोग गरिएको छ । यसबाट उहा“का अभिव्यक्ति अरू प्रष्ट र ओजिलो भएका छन् । यस महाकाव्यभित्र तुलनात्मक रूपमा अत्यधिक पृष्ठमा शार्दूलविक्रीडित छन्द प्रयोग गरिएको छ । त्यसका साथै तूणक (चामर), दमनक, समानिका, प्रमाणिका, रूपामाली, मणिमध्ये, त्वरित गति, असारे झ्याउरे, मदलेखा, सवाई भुजगशिशुभृता, सेलो, मारूनी, माणवक, घा“से, हलमुखी, मन्दाक्रान्ता, अनुकुला, मृदुमाला, पादाकुलक, रथोद्धता र कल्पित गरी २१ वटा छन्दहरू प्रयोग गरिएको छ । यसरी प्रस्तुत महाकाव्य एउटा मात्रै छन्दमा बा“धिएको छैन । आज–भोलि एकथरि तप्काद्वारा छन्दलाई पुरानो, शास्त्रीय शैली मान्न थालिएको र छन्दमुक्त विधामा अभिव्यक्तिको सहजता देखिरहेको स्थितिमा प्रस्तुत महाकाव्यले घोषणा गरेको छ कि छन्दबाट अझै पनि सुन्दर, वैचारिक र क्रान्तिकारी अभिव्यक्ति दिनु सम्भव छ† यो पुरानो भैसकेको छैन र शास्त्रीय भैसकेको छैन ।
विवेचना
प्रस्तुत महाकाव्यको विषयवस्तुबारे लेखककै प्राक्कथनद्वारा पर्याप्त जानकारी दिइएको छ । त्यहा“ भनिएको छ ः “प्रस्तुत महाकाव्यले माओवादीको सशस्त्र गतिविधि काललाई आधार बनाएर आफनो यात्रा सुरू गरेको छ । मेरा आ“खा अगाडि त्यो काल प्रारम्भ भएको थियो र मेरै आ“खा अगाडि त्यसको पटाक्षेप भयो । मलाई लाग्दैनथ्यो कि युगले आफ्नो शालीनता तोड्छ र नया“ बाटो अ“गाल्ने छ† तर म गलत थिए“ । मेरो बुझाइभन्दा फरक ढङ्गले घटनाक्रमहरू विकसित भए । युग एक जल्दोबल्दो माओवादी पार्टीभित्रको योद्धा थियो । देशभरि चलिरहेको माओवादी सशस्त्र सङ्घर्षको कैयौ“ मोर्चाहरूमा उसले हिस्सा लिएको थियो । ऊ एउटा इमान्दार, कर्मनिष्ठ, आशावादी र क्रान्तिको विश्वासले भरिएको नव युवा थियो । उसले आफ्नो वरिपरि उज्यालो भविष्यको घाम मात्र देख्दथ्यो । त्यसैले क्रान्ति वेगमा उसको निष्ठा निकै नै उच्च थियो† तर आफ्नो उच्च निष्ठाका कारणले मात्र उसले लक्ष्यबिन्दु पहिल्याउन निकै नै कठिन कुरा थियो† किनकि विचारधारात्मक अस्पष्टताका बीचमा निष्ठाको उर्जाले बलिदानी गर्नका लागि प्रेरित त गथ्र्यो† तर सही लक्ष्यबिन्दुको पहिचान गर्ने विषयमा ध्यान पु¥याउन सक्दैनथ्यो । युगमा त्यही समस्या थियो । त्यो कालमा यो समस्याले युग मात्र होइन, क्रान्तिको जीवनमा लामवद्ध लागेका कैयौ“ बरिष्ठ पुरूषहरूलाई पनि प्रभावित पारेको थियो ।”
त्यस्तै, प्रस्तुत महाकाव्यको शीर्षक कसरी ‘सङ्कल्प’ राखियो ? त्यसबारे पनि प्राक्कथनमा नै लेखिएको छ– “भयानक थिए, हिजोका दिनहरू । आत्मग्लानीले युगलाई थिच्यो । दार्शनिक मान्यता र भविष्यका सपनाहरूले ठीक बोलेका थिए । पहिलो अध्यायमा उसले सर्सती ती कुराहरू पढेको र सुनेको थियो† तर बुझेको थिएन । त्यसैले दोस्रो अध्यायमा उसले कार्यक्षेत्रलाई सही ढङ्गले पहिचान गर्न सकेन । युद्धमा मारिएका आफ्ना सहपाठी र फरक आस्थाका कारण मृत्युको चरू बनाइएका आत्माहरूले पछिल्लो कालखण्डमा आएर उसलाई बेसरी उपहास गरे । उसको लोकनिन्दा भएको उसले बुझ्यो† अनि मात्र उसले आफू कहा“ छु भन्ने कुरा याद ग¥यो र सा“चो भावना र निष्ठावान चरित्रले उसलाई जनताका सामु हजार पटक याचना गर्नका लागि अग्रसर तुल्यायो । त्यसैले काव्यभरि नै उसको नैतिकतारूपी याचना छताछुल्ल पोखिएको छ । अनि, ऊ फेरि क्रान्तिको बाटोमा नया“ सङ्कल्प लिएर हि“ड्न थाल्यो । अन्तिममा उसले जीवनको सही बाटोमा हि“ड्नका लागि सङ्कल्प ग¥यो र उसको सङ्कल्पमा मानव जातिको मुक्ति र न्यायका लागि अविराम सङ्घर्षको खा“चो भएकाले नै काव्य नामाकरणमा “सङ्कल्प” ले प्राथमिकता पायो ।” “सङ्कल्प” महाकाव्यको सारांश उपर्युक्त नै हो ।
महाकाव्यको प्रथम अध्यायमा माओवादी सशस्त्र सङ्घर्ष सुरू हुनुभन्दा पहिलेको अवस्थाबारे चर्चा गरिएको छ । त्यस बेला सीमित प्रकारको बहुदलीय व्यवस्थाका बावजुद देश उकुसमुकुसपूर्ण “बादलभित्र” रहेको र त्यो अवस्थामा “पानीभित्र आगो” बलिरहेको उल्लेख छ । क्रान्तिप्रतिको अगाढ आस्था त्यो बेला पनि रहेको भाव अध्यायभरि छताछुल्ल छ । त्यहा“ ईश्वरको निन्दा तथा सामाजिक जागरणको भाव पनि छ ।
दोस्रो अध्यायमा लेखकले भने झै“ “युग” शादूर्लविक्रीडित छन्दमा “हा“क” सहित उपस्थित हुन्छ । अब “युग” पात्र विरोध र बलिदानमा उत्रन्छ । तर चीनबहादुर रोका जस्ताको बलिदानबाट त्यतिखेरको युद्धमा “अराजकता” फैलिएको र यहीबीचमा “जनविरोध” देखा पर्दछ । त्यस क्रममा “युग” लाई “लज्जा” बोध हुन्छ । “आ“शु” र ‘आश्चर्य’ बीच उसले आफ्नो यात्राप्रति चिन्ता व्यक्त गर्न थाल्दछ । यस अध्यायमा माओवादी युद्धभित्रको नकारात्मक पक्षको चर्चा गरिएको छ । यसै अध्यायमा एउटा छोराको युद्धमा निधनप्रति आमाको शोकलाई कारूणिक ढङ्गबाट प्रस्तुत गरिएको छ ।
तेस्रो अध्यायको प्रारम्भ “युग” को निराशाबाट सुरू हुन्छ† तर दोस्रो सर्गमा “रवि” पात्र अगाडि आउ“छ र उसले “युग” लाई “ढाडस” दिन थाल्दछ । “रवि” पात्रले माओवादी सशस्त्र सङ्घर्षप्रतिको “लोकनिन्दा” र “जनतालाई आरोप” “युग” समक्ष पोख्दछ । यस अध्यायमा युद्ध कालमा तामाङ्नी दिदीद्वारा व्यक्त गरिएको आत्मीय सहयोगको मर्मस्पर्शी स्मरण पनि प्रस्तुत गरिएको छ । त्यसमा “चञ्चलता” का साथै वैचारिक अस्पष्टताको जगमा उभिएको युद्धप्रतिको “चेतावनी” र “जमर्को” छ । अन्तिम सर्ग छ, “शालीनता तोड्दै सङ्कल्पित मनहरू” । यसमा “युग” ले आफ्ना गल्तीहरूप्रति याचना गर्नुका साथै अबका दिनमा गत कालका गल्तीहरू नहोहो¥याउने र पुनः क्रान्ति मार्गमा अगाडि बढ्ने “सङ्कल्प” लिन्छ । यसरी महाकाव्यको अन्ततः पुनः अर्को क्रान्तितर्फ संयमित भएर, सही र क्रान्तिकारी विचारका साथ अगाडि बढ्ने सङ्कल्पका साथ समापन हुन्छ ।
कमजोरी
महाकाव्यमा मुख्यतः वैचारिक पक्षका तुलनामा कमजोरीहरू कम महत्वका छन् । त्यसका बावजुद केही सामान्य कमजोरी महाकाव्यमा छन् नै । महाकाव्य एउटा अविक्षिन्न धुनमा बग्दछ । सुरूदेखि अन्तसम्म केही स्मरणले विषयान्तर गर्न खोजेता पनि कही“ कतै धुनमा ब्रेक छैन । त्यसका बावजुद शीर्षकको क्रम निर्धारण केही स्थानमा नमिले जस्तो देखिन्छ । यस्तो लाग्दछ कि लेखकले पहिले काव्य लेखिसकेपछि शीर्षक पछि निश्चित गर्नु भएको थियो । तीन वटै अध्यायमा शीर्षक तल–माथि परेको जस्तो देखिन्छ । शीर्षकलाई क्रम अनुसार मिलाएर राखेको भए अझै सुनमा सुगन्ध हुन्थ्यो कि ¤
महाकाव्यको अर्को आधारभूत कमजोरी व्याकरणसित सम्बन्धित छ । महाकाव्यमा कतिपय स्थानमा एउटै शब्द दुई प्रकारले प्रस्तुत गरिएका छन् । भाषा व्याकरणसम्बन्धी अहिले देशमा देखा परेको विवादको प्रतिबिम्व हल्का रूपमा यहा“ पनि देखा परेको छ । यद्यपि लेखकले मूलतः आफूलाई विद्यमान विवादमा “ललितपुर घोषणा पत्र” र “नया“ नेपाली कसरी शुद्ध लेख्ने ?” (नया“नेकशुले) को पक्षमा उभ्याएको देखिन्छ । त्यसका बावजुद उहा“ले आफ्नो तर्फबाट आफ्ना भावना, भाव र विचार प्रष्टस“ग राख्न चुक्नु भएको छैन ।
अन्तमा
नेपालको प्रगतिवादी साहित्य अझै पनि अपर्याप्त छ । साहित्यकार पुरीद्वारा छोटो समयमा प्रस्तुत गरिएका साहित्यिक कृतिहरूले नेपाली प्रगतिवादी साहित्यलाई केही भरिलो अवश्यै बनाएका छन् । यस क्षेत्रमा अझ थुप्रै साहित्यकारहरूले कलम चलाउन पर्ने आवश्यकता छ । हाम्रो देशमा प्रगतिशील साहित्यको स्थितिलाई राम्रै मान्नु पर्दछ । हामीकहा“ लक्ष्मीप्रसाद देवकोटाबाट पारिजात हु“दै कृष्ण सेन जस्ता उत्कृष्ट साहित्यकारहरूको विरासत छ । त्यसका बावजुद प्रगतिवाद र प्रगतिशील दुई छुट्टाछुट्टै प्रवर्गहरू हुन् । प्रगतिवादको साइनो सिधै क्रान्तिकारी सिद्धान्त र आन्दोलनसित जाेिडिएको हुन्छ । यसले नया“ जनवादी, समाजवादी, साम्यवादी विचारधारासित आफ्नो पक्षधरता प्रष्ट किटान गर्दछ । यता प्रगतिशील प्रवर्गले भने आफूलाई वर्गनिरपेक्ष, राजनीति निरपेक्ष रूपमा प्रस्तुत गर्ने प्रयास गर्दछ । यता प्रगतिशील साहित्यको सम्बन्ध रूढिवाद, धार्मिक कट्टरता, सामन्तवाद, ईश्वरभक्तिको विरोधसित हुन्छ । यसरी प्रगतिशील साहित्यको प्रशस्त सामाजिक महत्व रहेको आफैमा प्रष्ट छ ।
क्रान्तिकारी आन्दोलनको कोणबाट हेर्दा प्रगतिशील र प्रगतिवादी दुवै पक्ष एक–अर्काका पुरक हुन् । प्रगतिशील धाराले प्रगतिवादसम्म आफूलाई रूपान्तरण गर्न सक्यो भने क्रान्तिकारी आन्दोलनलाई थप मद्दत पुग्न सक्छ । जस्तो कि रूसमा लियो टल्सटाय जस्ता महान् साहित्यकारको रचनाका तुलनामा म्याम्सिम गोर्कीको “आमा” उपन्यासले क्रान्तिकारी आन्दोलनमा प्रभावी भूमिका खेलेको थियो । भारतमा प्रेमचन्दको साहित्यको तुलनामा राहुल सांकृत्यानका रचनाले क्रान्तिकारी उर्जा थपेको महसुस अझै पनि गर्न सकिन्छ । नेपालमा भने प्रगतिवादी साहित्य अत्यन्तै कम प्रकाशित भएका छन् । साहित्यकार पुरीका साहित्य, त्यसमध्ये पछिल्लो कृति “सङ्कल्प” महाकाव्यले पनि यस क्षेत्रको केही कमी पूरा गरेको छ नै ।
वर्ग, वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष, सर्वहारा अधिनायकत्व र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको शृङ्खलालाई स्वीकार नगर्नेहरू आजको समयमा क्रान्तिकारी कम्युनिस्ट हुनै सक्दैनन् । हामीमाझ प्रश्न छ ः यो शृङ्खलालाई अस्वीकार गर्नेहरूलाई सच्चा प्रगतिवादी मान्न सकिएला ? वास्तविकता यो हो कि सच्चा क्रान्तिकारीहरू नै सच्चा प्रगतिवादी हुन् । करिब एक दशकसम्म चलेको माओवादी सशस्त्र सङ्घर्षमा कमजोरी औल्याएर र अब पुनः ती गल्ती नदोहो¥याउ“दै क्रान्तिको मार्गमा अगाडि बढ्ने “सङ्कल्प” व्यक्त गरेर साहित्कार पुरीले उपर्युक्त वैचारिक शृङ्खलाप्रति आफ्नो प्रतिवद्धतालाई प्रष्ट्याउनु भएको छ र आफूलाई सच्चा प्रगतिवादी भएको पुष्टि गर्नु भएको छ ।
आशा, अपेक्षा र शुभकामना व्यक्त गरौ“ कि आगामी दिनमा उहा“का रचनाहरूले क्रान्तिकारी सिद्धान्तप्रतिको कलात्मक प्रतिवद्धतालाई निरन्तरता दि“दै जानेछन् । निरन्तर प्रगतिवादको यात्रामा अगाडि बढ्नका लागि हार्दिक कमरेड्ली शुभकामना ।
No comments:
Post a Comment