का. लीलानाथ कुशुमको सम्झनामा
"अब सुकुन है तो भुलने में है
लेकिन उस सख्स को भुलाए कौन ?"(अब सन्तोष छ भने बिस्रनुमा नै छ
तर त्यस मान्छेलाई कसले बिस्रन सक्छ र ?) : -जावेद अख्तर प्रसिद्ध भारतीय गीतकार
का. लीलानाथ कुशुम हामीबीच रहँनुभएन । स्वाथ्य क्षेत्रमा मौन हत्यारा (Silent Killer) नामले चिनिने रक्तचापका कारण हृदयघात (Heart Attack) हुँदा उहाँको जीवन-लीला समाप्त हुन गयो । यही भाद्र ८ गतेका दिन ने.क.पा. (मसाल) र त्यस निकटका शुभचिन्तकहरु परिवारजन र उहाँप्रति सहानुभुति राख्ने अन्य पार्टीका व्यक्तिहरु पनि आर्यघाटको अन्त्यष्टीमा सामेल भए । ६१ वर्षको उमेरमा उहाँको असामयिक निधन भएपछि देशव्यापीरुपमा सम्पन्न शोकसभामा सहभागी प्रत्येक व्यक्तिका आँखामा आँशु छचल्कियो । फरक यत्ति थियो कि कसैले आँशुलाई आँखामा नै नियन्त्रण गर्न सके भने कसैले सकेनन् । सबैको हृदय त्यति कसिलो कहाँ हुन्छ र का। कुशुमको निधनले नेपाली कम्युनिस्ट आन्दोलनको एउटा पङ्क्ति शोकमग्न भयो ।
पेशा रोज्ने सम्बन्धमा कार्ल माक्स्रले भन्नुभएको थियो- 'हामी यस्तो पेशा रोज्नेछौँ जो जनताका सामान्य हितको पक्षमा हुँनेछ । र जब हाम्रो निधन हुँनेछ तब दुनियाँका सबैभन्दा इमान्दार व्यक्तिका आँखामा तातो आँशु हुँनेछ ।' आज का. कुशुमको निधनले माक्स्रले भन्नुभएझैँ दुनियाँका सबैभन्दा इमान्दार व्यक्तिका आँखामा 'तातो आँशु' भरिएको छ । यो विरलै पाइँने स्थिति हो ।
नेपाल संसारभरिमै अनुपातिकरुपमा सबैभन्दा बढी जनशक्ति निर्यात गर्ने देश हो । त्यसमध्ये पनि सबैभन्दा बढी जनशक्ति भारतमा निर्यात हुँने गरेको छ । तिनै विदॆशिएका जनशक्तिले भित्राएका रेमिटेन्सबाट नेपालको वैदेशिक मुद्रा भण्डार समृद्ध हुन्छ । का. कुशुम आधारभुतरुपमा तिनै विदेशिएका जनशक्तिमध्ये एक हुँनु हुन्थ्यो ।
भारतमा औद्योगिक राज्यको रुपमा प्रतिष्ठित हरियाणा र त्यसैमा पनि सबैभन्दा कलकारखाना भएको सहर फरीदावादमा का. कुशुम श्रमशक्ति बेच्न पुग्नुभएको थियो । आफू हुर्कँदा पढ्दा र आÇना परिवारको पालन-पोषणको क्रममा लागेका ऋणले कुँडिएको व्यथा मनभरि बोकेर विदेशिनु मनग्ये नेपालीहरुका लागि तीतो यथार्थ हो । का. कुशुमका पनि आÇना वेदना थिए । उहाँ पनि फरीदावाद पुगेर Amative machines tools प्रा।लि। मा भर्ना हुँनुभयो । मनभरि घरका दुःख-वेदना भएपनि जब उहाँले माक्स्रवाद-लेनिनवादभित्र आफूमाथिका शोषण-दमन अन्याय-अत्याचारका विरुद्ध वैचारिक अस्त्र फेला पार्नुभयो तब आÇना व्यक्तिगत दुःखपूर्ण स्थितिलाई 'होल्ड'’ गरेर सङ्गठनात्मक शक्ति निर्माणतिर लाग्नुभयो । त्यसपछि त उहाँका लागि कम्पनीले उपलब्ध गराइदिएको ूसर्भेन्ट क्वाटरू नगर समितिको कार्यालय बन्न पुग्यो । ड्युटी सकिएपछि खाली समयमा फिल्म हेर्ने जुवातास खेल्ने रक्सी पिउँनेजस्ता असङ्गठित मानिसका स्वभावका विपरित उहाँले ड्यूटीबाहेकको समयलाई पूरै सङ्गठनमा लगाउँनुभयो । यसरी अगाडि बढ्यो उहाँको सङ्गठनात्मक यात्रा ।
का. कुशुम भारतमा प्रवासी आन्दोलनको एउटा हस्ती हुँनुहुन्थ्यो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापना कालदेखि नै उहाँको सकि्रय भुमिका रहेको थियो । सन् १९९५ मा सम्पन्न एकता समाजको चौथो अखिल भारत सम्मेलनद्वारा उहाँ केन्द्रीय सभापति अहिले अध्यक्ष निर्वाचिन हुँनुभएको थियो । १२ मई १९८६ को आन्दोलनमा उहाँको उल्लेखनीय भुमिका रहेको थियो । पछिका दिनहरुमा पनि उहाँ एकता समाजमा अभिभावकको रुपमा रहँनुभएको थियो ।
का। कुशुमलाई नजिकबाट चिन्नेहरुलाई थाहा छ उहाँलाई नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासबारे केस्रा-केस्रा ज्ञान थियो । का। मोहनविक्रम िसंह का। निर्मल लामा का। चित्रबहादुर के।सी। जस्ता पहिलो पुस्ताका देखि लिएर त्यसपछिका दोस्रो पुस्ताका नेताहरुसित उहाँको घनिष्ट सम्बन्ध थियो । जब उहाँले मन्तब्य दिनुहुन्थ्यो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासबारे उहाँको जानकारी सुनेर मानिसहरु मन्त्रमुग्ध हुन्थे ।
का। कुशुमको अर्को विशेषता धैर्यता र सहनशीलता थियो । आफूले अपनाएको विचारप्रति यति गहिरो आस्था थियो कि उहाँलाई अधैर्यता कहिल्यै भएन । मानिसहरु विरामी भएर अस्पतालमा भर्ना हुँदा पुलिस कष्टडीमा रहँदा जेलमा हुँदा विभिन्न कठिनाइँ पर्दा उहाँको सल्लाह यही हुन्थ्यो- "नआत्तिनुस् सबै ठीक भैहाल्छ " जब पीडित व्यक्तिहरुले आÇना अगाडि का. कुशुमलाई देख्दथे एकप्रकारको आत्मसन्तुष्टीले भरिन्थे ।
का. कुशुमका कमजोर पक्ष पनि अवश्य थिए तर तिनीहरु सकारात्मक पक्षका तुलनामा कमजोर थिए । तमाम कठिनाइँका वावजुद उहाँ निरन्तर कम्युनिस्ट आन्दोलनमा खटिनुभयो । वि.सं. २०६१ पछि स्वदेश फर्केर उहाँले सङ्गठनमा पेशेवर कार्यकर्ताको रुपमा काम सुरु गर्नुभयो । जुनप्रकारको भुमिका उहाँले भारतमा निभाउँनुभयो त्यसभन्दा बढी भुमिका नेपालमा पनि निभाउँनुभयो । बुटवलस्थित राष्ट्रिय जनमोर्चाको क्षेत्रीय कार्यालयमा उहाँको उपस्थिति अभिभावकको रुपमा पनि थियो । यही कारण हो कि का। कुशुमको निधनले बुटवल तुलनात्मकरुपमा बढी शोकमग्न भएको महसुस गरियो ।
मानिस जन्मन्छ मर्दछ । यो प्राकृतिक नियम हो । हामी कम्युनिस्टहरु पुनर्जन्ममा विश्वास गर्दैनौँ । हामी मानिसको जीवनलाई्र प्रथम र अन्तिम दुवै मान्दछौँ । त्यसकारण हामीले मानव जातिको पक्षमा जतिसक्दो बढी काम यही जीवनमा गर्नुपर्दछ । भौतिक शरिरको अन्त्य व्यक्तिको जीवनको पनि अन्त्य हो । जीवनको अन्त्यपछि केही गर्न सकिन्न । व्यक्तिको मृत्युपछि बाँकी दुनियाँले केही गर्न सक्छ भने त्यो उसका योगदानहरुको स्मरण गर्नु र त्यसलाई अगाडि बढाउँनु नै हो । आज का. कुशुमको भौतिक शरिरको स्थानमा हामीसित उहाँका योगदानका स्मरणहरुमात्रै छन् । उहाँको जीवनले हामीलाई कम्युनिस्ट आन्दोलनमा धैर्यवान र सहनशीलताका साथ अविरल आजीवन कि्रयाशील भैरहँने शिक्षा दिन्छन् ।
अन्तमा विद्यमान प्रतिकि्रयावादी व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद र साम्यवाद नै हो अर्को कुनै विकल्प छैन । त्यसकारण प्रण गर्नुपदछ कि हामी धैर्यवान र सहनशील भएर कम्युनिस्ट आन्दोलनमा निरन्तर कि्रयाशील रहँनेछौँ । यही नै का. कुशुमप्रति सच्चा श्रदााजली हुँनेछ ।
No comments:
Post a Comment