निबन्ध

संगठन र सिर्जनाकर्ममाझ उचित तालमेल : एक विमर्श

प्रगतिशील लेखक सङ्घको वृत्तभित्र बेलाबखत् टिप्पणी भइरहन्छ– ‘लेखकको सङ्गठन भएर पनि प्रलेस गैरलेखकको सङ्गठन बन्न थालेको छ । एउटा कवितासम्म लेख्न नजान्नेहरू प्रगतिशील लेखक सङ्घको नेतृत्वमा छन् ।’
यस अभिव्यक्तिभित्र तथ्य नभएका होइनन् । त्यसका बाबजुद प्रलेसभित्र पूरै गैरलेखक छन् भनी मान्न सकिन्न । यदि त्यसो हो भने त प्रलेस लेखकको सङ्गठन नै रहन सक्ने छैन । नलेख्नेहरूको सङ्गठन त यो संसारमा धेरैका छन्, धेरैतिर छन् अर्थात् व्यावसायिक प्रकारका सङ्गठन जति पनि छन् । सवाल रचनाको स्तर ९विचारतङ्खव र शिल्पकला०, सङ्ख्या र विधाको हो । लेखक–साहित्यकारले आधारभूत वा प्राथमिक रूपमा साहित्यको यात्रा कविताबाटै प्रारम्भ गर्नुपर्दछ मापदण्ड कहीँ पनि छैन । के यस्तो मापदण्ड बनाउन सकिन्छ स् कविता नलेख्नेहरू लेखक–साहित्यकार नै होइनन् रु पक्कै पनि त्यस्तो दावी न त गर्न सकिन्छ, न यस्तो मापदण्ड नै बनाउन सकिन्छ । के त्यसका साथै यति सङ्ख्या—उदाहरणका लागि एउटा कविता सङ्ग्रह ९जस्तै– एउटा सङ्ग्रहभित्र १२ वटा कविता०—प्रकाशित नगरेको व्यक्तिलाई या रचना प्रकाशन नगरेकालाई लेखक–साहित्यकार मान्न नसकिने मापदण्ड निश्चित गर्न सकिन्छ रु त्यसो पनि गर्न सकिन्न । एवं प्रकारले एउटा मापदण्ड निश्चित गरेर उक्त कलापक्ष या स्तरभन्दा तलकालाई लेखक–साहित्यकार नमान्ने घोषणा गर्न सकिन्छ र रु त्यो पनि गर्न सकिन्न । अझै एउटा विषय, लेखनमा पेशेवर नरहेकालाई लेखक–साहित्यकार नमान्ने हो भने के होला रु त्यसरी त दुई÷चारजनाभन्दा बढीलाई लेखक–साहित्यकार नै मान्न नसकिने स्थिति आउने छ । यो मापदण्डअनुसार समाजमा लेखकको खडेरी नै पर्ने छ ।
अलिकति तथ्यमा जाऊँ । प्रसङ्ग माथिकै राखौँ । कविता नै साहित्यको मुख्य विधा हो कि होइन रु प्रष्टै छ, साहित्यको मुख्य विधा भनेर कवितालाई मात्र घोषणा गर्न सकिन्न । कविता सर्वाधिक प्रचलित विधा अवश्य हो । विधागत हिसाबले कविहरू नै साहित्यकारमध्ये अत्यधिक बढी सङ्ख्यामा छन् । साहित्यिक कार्यक्रममध्ये धेरैजसो कविता वाचन हुने गर्दछन् । त्यसका पछाडिको एउटा कारण त कविताको सङ्क्षिप्त र सङ्गीतमय संरचना नै हो । निर्धारित समयमा जति कविता, गीत, गजल, हाइकु, मुक्तकजस्ता विधाका रचना वाचन गर्न सकिन्छ, त्यति समयमा लघुकथासम्म वाचन गर्न सकिएला । तर महाकाव्य, कथा, उपन्यास, नाटक, समालोचना, निबन्ध, जीवनी, नियात्रा, संस्मरणलगायतका लागि त्यो सुविधा उपलब्ध छैन । त्यसका लागि त घण्टौँ समय आवश्यक पर्ने छ । त्यही कारणले गर्दा पनि कविता अहिले मुख्य प्रचलित विधा बन्न पुगेको छ । अर्कातिर, पाठक–श्रोता सङ्ख्याको हिसाबले सर्वाधिक प्रचलित स्थान गीत–सङ्गीत र व्यङ्ग्यको छ । सम्प्रेषणीयताका हिसाबले गीत, नाटक, गजलजस्ता विधाहरू बढी लोकप्रिय र सशक्त छन् । नाटकको अवस्था पनि त्यत्तिकै सशक्त छ । बजारको हिसाबले विचार गर्ने भने परिस्थिति बेग्लै छ । अहिलेको बजारमा आख्यान ९खासगरी उपन्यास० को प्रथम स्थानमा छ । तर आत्मसंस्मरण, जीवनी, नियात्राको बजार पनि कम छैन । त्यसैगरी, खोजमूलक ९नन–फिक्सन० कृतिको बेग्लै बजार छ । यसरी बजारको हिसाबले भन्ने हो भने त कविता अत्यन्त कम अर्थोपार्जन गर्ने विधाअन्तर्गत पर्दछ । बौद्धिकताका हिसाबले निबन्ध, समालोचना उत्कृष्ट छन् । चरित्र निर्माणमा योगदानको हिसाबले जीवनी, आत्मसंस्मरणको महङ्खव त्यत्तिकै छ । यसरी साहित्यक क्षेत्रमा कविताजत्तिकै सशक्त विधा अरू पनि छन् भन्ने निष्कर्षमा हामी पुग्नैपर्ने हुन्छ ।
कविताको हकमा समस्या यो छ– सर्वाधिक प्रचलित विधा भएर पनि आर्थिक रूपमा कविताको बजार छैन । त्यसका पछाडिको एउटा कारण स्वयं कविताको संरचना पनि हो । जसरी गीत, गजल, ब्यङ्ग्य, नाटकबाट पाठक–श्रोताले सहजै भाव ग्रहण गर्न सक्दछन्, त्यही स्थिति कविताको केही जटिल हुन्न । कविता विचारतŒव र शिल्पकला घनीभूत भएको मूलतः बौद्धिक विधा हो । त्यसकारण स्वयं कविले नअथ्र्याउँदासम्म कविताको भावका बारेमा पाठक–श्रोताले ठिक ठिक अनुमान लगाउन सक्दैन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको थुप्रै कविता यही प्रकारको भएको सबैलाई थाहा भएको विषय हो । हालका कैयौँ कविका कविताकृतिको अवस्थासमेत त्यही प्रकारको छ । केही महिनाअघि विमोचन भएको कवि मातृका पोख्रेलको कविताकृति “मित्रताको आकाश” को बारेमा यस्तै टिप्पणी भएको थियो । स्वयं भूमिका लेखक डी।आर। पोख्रेलले त्यही लेख्नुभएको थियो । विमोचन कार्यक्रममा मन्तव्य राख्नुभएका साहित्यकार वासुदेव अधिकारीले पनि त्यस्तै अभिव्यक्ति दिनुभएको थियो । जब वासुदेव अधिकारी, डी।आर। पोख्रेलजस्ता साहित्यकारले कविताको भाव ठम्याउन सकेनन् भने आम पाठकले कवि पोख्रेलको कविताका भाव कसरी बुझ्लान् रु अनि, कविताको बजार कसरी व्यापक हुन्छ रु
अर्को प्रसङ्ग सङ्ख्याको छ । सर्जकले लेखेर मात्रै भएन । त्यसलाई सार्वजनिक गर्नुप¥यो अर्थात् प्रकाशित गर्नुप¥यो अर्थात् पुस्तकाकारमा प्रकाशित गर्नुप¥यो । पुस्तकाकारमा प्रकाशित नगरिकन रचनाकृति न त आम जनताको हातमा पुग्न सक्छ, न त पाठकले कृतिको रसास्वादन गर्न सक्छ, न त उक्त कृति समाजमा सुरक्षित नै रहन सक्छ । त्यसका लागि आर्थिक व्यवस्थापन गर्नुपर्ने हुन्छ । सकेसम्म प्रकाशक चाहियो, नभए लेखक स्वयंले भए पनि आर्थिक प्रबन्ध गर्नुप¥यो । यसरी सृजना प्रकाशन स्वतः सामाजिक सम्बन्ध र अर्थोपार्जनसित जोडिन्छ । के त्यसको अर्थ व्यापक सामाजिक सम्बन्ध र आर्थिक व्यवस्थापन नभएर पुस्तक प्रकाशन गर्न नसक्नेजति सबैलाई लेखक–साहित्यकार नै नमान्ने रु त्यस्तो पनि हुन सक्दैन ।
यसै प्रसङ्गमा रचनाकृति प्रकाशन वा सार्वजनिकीकरणको सन्दर्भमा अहिले परिस्थिति केही फेरिएको उल्लेखनीय छ । खासगरी प्रविधिमा आएको विकास र रूपान्तरणले परिस्थितिमा फरक पारेको हो । दिन–प्रतिदिन व्यापक रूपमा फैलिँदै गएको सूचना प्रविधिले रचना सार्वजनिक गर्ने सुविधा प्रदान गरेको छ । इन्टरनेट प्रविधिको आविष्कारका साथै केही वर्षपहिलेसम्म टेलिभिजन, एफएम, वेबसाइट, ब्लगजस्ता सार्वजनिक माध्यम थिए, अहिले फेसबुक, युट्युब, ट्विटर, इन्स्टाग्राम, लिङ्क्देन, इमो, ह्वाट्सप, भाइबरलगायतका सामाजिक सञ्जाल व्यापक छन् । कम्प्युटरमा मात्र होइन, मोबाइलमा समेत यी सामाजिक सञ्जालको पहुँच भएपछि रचना, सार्वजनिक गर्नमा अनुकूलता थपिएको छ । खासगरी सर्वाधिक व्यक्तिसम्म फेसबुकजस्ता सामाजिक सञ्जालको पहुँच भएपछि रचनाकृति फेसबुकमार्फत् नै सार्वजनिक हुन थालेका छन् । पहिला फेसबुकमा रचना सार्वजनिक गरेर, त्यसबाट प्राप्त सुझावको आधार रचनालाई थप परिष्कृत गर्ने सुविधा पनि यतिखेर लेखक–साहित्यकारलाई उपलब्ध छ ।
अर्कातिर, सामाजिक सञ्जालको व्यापकताका साथै कृतिसङ्ग्रह प्रकाशनको काम प्रभावित भएको पनि छ । एक अर्थमा त फेसबुकले बजारको विरुद्ध पनि काम गरेको छ । फेसबुकमा पढिसकेपछि पाठक–श्रोताले त्यही रचनाकृति खरिद् गर्न रुचि देखाउँदैनन् । तर यो अवस्था सामान्य रूपमा सत्य हो । यदि रचनाकृति स्तरीय छ वा त्यसले मन छोएको छ भने पाठक–श्रोताले ती रचनाकृति अनिवार्य रूपमा खरिद गर्ने छन् । कारण– सामाजिक सञ्जालमा प्रकाशित ती रचनाकृति त्यहीँ सुरक्षित गर्ने दिगो व्यवस्था हुँदैन । यसरी सामाजिक सञ्जालको कारणले रचनाकृतिको बजार घट्यो भनेर सूचना प्रविधिमाथि नै नकारात्मक धारणा बनाउनु सही हुने छैन । रचनाकृति उत्कृष्ट छ भने पाठकले खरिद गरेरै सुरक्षित राख्ने गरेका पनि छन् । त्यसक्रममा पाठकहरू युट्युब, इलाइब्रेरी हुँदै अन्ततः पुस्तक, सिडी÷भिसिडीसम्म पुग्ने गरेकै छन् । यहाँसम्म कि यस सन्दर्भमा इलाइब्रेरी पनि अपर्याप्त सावित भएका छन् । जसरी पुस्तकलाई बौद्धिक÷प्राज्ञिककर्मका लागि सन्दर्भश्रोत बनाउन सकिन्छ, त्यस्तै प्रकारको सुविधा सामाजिक सञ्जालको त कुरै छौडौँ, युट्युब, इलाइब्रेरीबाट पनि सम्भव हुन्न । यस सन्दर्भमा वेबसाइटको उदाहरण लिन सकिन्छ । वेबसाइटलाई सन्दर्भश्रोत मान्न त सकिन्छ । तर पटकपटक वेबसाइटको पुनर्संरचना हुने गर्दछ । त्यसैकारणले गर्दा वेबसाइटलाई सन्दर्भश्रोतको रूपमा उल्लेख गर्दा सो वेबसाइट हेरेको मिति उल्लेख गर्नुपर्ने भएको छ । यसरी विद्युतीय सामग्री पुस्तकजस्तो ठोस वा दिगो सन्दर्भश्रोत बन्न नसकेको प्रष्टै देखिन्छ ।
यी सङ्क्षिप्त विवरणबाट प्रष्ट हुन्छ, अबको समयमा पुस्तकको रूपमा निश्चित कृति प्रकाशन गरेका व्यक्तिलाई मात्र लेखक–साहित्यकार मान्ने अवधारणाप्रति हामीले पुनर्विचार गर्नुपर्ने भएको छ । अबको परिस्थितिमा फेसबुकजस्ता सामाजिक सञ्जालमा प्रकाशित रचनाको अध्ययनप्रति हाम्रो ध्यान जानुपर्दछ अन्यथा हामी सूचना प्रविधिको वर्तमान युगबाट धेरै पछि परिसकेका हुने छौँ । यस्तो हुनु भनेको हामीले लेखक–साहित्यकारको घेरा साँघुरो बनाउनु हो ।
कलापक्ष अर्थात् रचनाकृतिको स्तर त्यस्तै एउटा महङ्खवपूर्ण पक्ष हो । कतिपयको तर्क हुन्छ, निश्चित स्तर प्राप्त नगर्दासम्म कोही पनि लेखक–साहित्यकार बन्न सक्दैन । यस मतका पक्षधरको आसय हुन्छ, साहित्यमा उच्चस्तर कायम नगरिकन जोकसैलाई लेखक–साहित्यकार मान्न सकिन्न । यस मतानुसार त उच्चस्तर वा कलापक्ष नै लेखक–साहित्यकारको मुख्य मापदण्ड हुन जान्छ । तर सबैलाई थाहा छ, रचनाकृतिको उच्चस्तर वा कलापक्षको सवालमा निरपेक्ष मापदण्ड कायम गर्न सकिन्न ।
रचनाकृतिको मूल्याङ्कन दुई प्रकारले हुन सक्दछ स् विचारतङ्खवको हिसाबले र कलापक्षको हिसाबले । विचारतङ्खव प्रगतिशील वा क्रान्तिकारी हुनु, त्यसका साथै कलापक्ष वा शिल्पकला पनि उत्कृष्ट हुनु कुनै रचनाकृति उच्चस्तरीय भएको प्रमाण हो । माओत्सेतुङले येनान गोष्ठीको कला–साहित्यसम्बन्धी प्रवचनमा भनेका थिए– “राजनैतिक दृष्टिले जतिसुकै प्रगतिशील भए पनि कलात्मक गुण नभएका कलाकृतिमा कुनै ज्यान हँुदैन ।” तर हामी सबैलाई थाहा छ, यी दुवै पक्षमा संयोजन असाध्यै अप्ठ्यारो काम हो । जसका रचनाकृति विचारतङ्खवको हिसाबले प्रगतिशील र क्रान्तिकारी हुन्छ, त्यसका लागि यो अपरिहार्य छैन, त्यसको कलापक्ष वा शिल्पकला पनि त्यत्तिकै उत्कृष्ट होस् । त्यसका विपरीत जसको रचनाकृति कलापक्ष वा शिल्पकलाको हिसाबले उत्कृष्ट छ, त्यसका लागि पनि यो अपरिहार्य छैन, उक्त कृति विचारतङ्खवको हिसाबले पनि प्रगतिशील र क्रान्तिकारी होस् । यसखालको संयोजन सिद्धान्ततः स्वीकार गरिए पनि सबैका कृति यही प्रकारको नरहने गरेको प्रष्ट छ ।
दुईवटा उदाहरण यस सन्दर्भमा प्रस्तुत गरौँ । एउटा उदाहरणका प्रशिद्ध प्रगतिशील साहित्यकार पारिजातको छ । उनको कृति ‘शिरिषको फूल’ कलापक्ष वा शिल्पकलाको हिसाबले उत्कृष्ट छ । अहिले पनि त्यसबारेमा विवाद छैन । विश्वको कतिपय देशमा त ‘शिरिषको फूल’ लाई पाठ्यक्रममा नै समावेश गरिएको छ । तर स्वयं पारिजातले स्वीकार गरेकी छिन्, यो कृति विचारतङ्खवको हिसाबले प्रतिगामी छ । उनले आफ्नो आत्मसंस्मरणमा भनेकी पनि छिन्– ‘जति मिहिनेतका साथ मैले “शिरिषको फूल” लेखेकी थिएँ, त्यत्ति नै आनन्दको साथ मैले त्यसलाई डढाएर आगो तापेकी छु ।’ जब पारिजातमा पछिल्लो समयमा प्रगतिशील चेत विकास हुँदै गयो, उनले विचारतङ्खवको हिसाबले आफ्नै कृतिको मूल्याङ्कन गर्न थालिन् । त्यसक्रममा उनको प्रशिद्ध कृति ‘शिरिषको फूल’ पनि बाँकी रहन सकेन, निर्मम आलोचनाका लागि ।
अर्को उदाहरण वी।पी। कोइरालाको छ । उनको ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ जस्ता थुप्रै प्रशिद्ध कृतिहरू छन् । कलापक्ष वा शिल्पकलाको हिसाबले उनको कृतिलाई कसैले पनि कमजोर आँक्न सक्दैन । तर विचारपक्षको हिसाबले उनको कृतिमा कथित यौन स्वतन्त्रताको केही बढी पक्षपोषण गरिएको पाइन्छ । भनिरहनुनपर्ला, कथित यौन स्वतन्त्रताको माग पुँजीवादी, अन्ततः उपभोक्तावादी अवधारणा हो । यौन स्वतन्त्रताको कोणबाट हेर्दा उनका ‘सुम्निमा’ जस्ता कृति बेजोड मान्न सकिएला । उनले कर्मकाण्डीय ब्राह्मणवादी विकृतिका विरुद्ध अवश्य आवाज उठाएका छन् । खासगरी सामन्ती रूढीवादका विरुद्ध उनले उठाएको हतियारको महङ्खव आफैमा प्रष्ट छ । त्यसका बाबजुद उनको साहित्यको केन्द्रमा विपन्न वर्ग छैन । शोषणविहीन समाजको परिकल्पना छैन । सर्वहारा वर्गको मुक्ति–उत्थानको विषय छैन । उनले सुधारवादी÷वर्गसमन्वयवादी चेत व्यक्त गरेका छन् । राजतन्त्र पनि रहनुपर्छ, साथमा गरिबको झुपडी पनि सँगै रहनुपर्दछ भन्ने खालको वर्गसमन्वयवादी चिन्तन उनमा देखिन्छ । यही कारण हो– उनले आफ्नो साहित्यिक यात्रातर्फ पुनर्मूल्याङ्कन गर्न आवश्यक ठानेको पाइँदैन । उनी जीवनकालभरि बढीमा सुधारवादी वा वर्गसमन्वयवादी दृष्टिकोणमै कायम रहे । त्यसकारण पारिजातले जस्तो आफ्ना कृतिप्रतिको आलोचनामा निर्ममता देखाएको पाइँदैन ।
अर्को त्यस्तै गम्भीर प्रसङ्ग छ, लेखनमा पेशेवर चरित्रको । हाम्रोजस्तो पिछडिएको आर्थिक–सामाजिक परिस्थिति रहेको देशमा पेशेवर लेखनको अवस्था कमजोर हुने प्रष्टै छ । लेखक–साहित्यकारप्रति सर्सरी नजर लगाउने हो भने पनि हामीलाई यो मान्नमा कुनै कठिनाइँ हुने छैन स् लेखेबापत् पाउने पारिश्रमिकप्रति निर्भर रहेर जीविका चलाउने व्यक्ति औँलामा गन्न सकिने मात्र होलान् । पक्कै पनि हाम्रो समाजमा पठन संस्कृति गतकालको तुलनामा व्यापक हुँदै गएको प्रष्टै छ । त्यसका बाबजुद लेखक–साहित्यकार साहित्यको बजारमाथि उभिन सक्नेगरी आत्मनिर्भर अवस्था उत्पन्न भइसकेको छैन । त्यसको अर्थ यही हो– हामीकहाँ लेखक–साहित्यकारले जीविकोपार्जनको रूपमा लेखनमाथि भर पर्ने अवस्था छैन ।
त्यही बाध्यात्मक परिस्थितिमाझ हामीकहाँ लेखेर जीविकोपार्जन गर्ने एउटा तप्का पत्रकारको हो । तर स्वयं पत्रकारको अवस्था पनि त्यति राम्रो छैन । धेरै भएको छैन, पत्रकारका लागि न्यूनतम पारिश्रमिक तोकिएको छ । एक त न्यूनतम पारिश्रमिकको त्यो मापदण्ड सामान्यभन्दा कम छ, अर्कातिर, त्यही न्यूनतम स्केल पनि पूरापूर लागु हुन सकिरहेको छैन । दैनिक पत्रिका वा टेलिभिजनसम्मले थोरै पत्रकारलाई नियमित पारिश्रमिक दिन सकेका छन् । त्यस आधारमा पत्रकारले खालि पत्रकारिता कर्ममै भर परेर जेनतेन जीवन निर्वाह गर्नुपर्ने अवस्था छ । लेखनकर्म निरन्तर कायम राख्दै अगाडि सृजनाकर्ममा अगाडि बढ्न खालि ठुला मिडियासित सम्बद्ध सम्पादक, प्रधान सम्पादकजस्ता उच्च तप्का मात्र सक्षम छन् ।
लेखनबाट प्राप्त रोयल्टी वा पारिश्रमिकको आधारमा जीविकोपार्जन असम्भव भएकै कारणले हामीकहाँ जागिरे लेखनको बाध्यात्मक स्थिति विद्यमान छ । जागिरे लेखन भनेको पहिले जीविकोपार्जनको व्यवस्था गरेर त्यसपछि मात्र लेखनयात्रालाई निरन्तरता दिने प्रवृत्ति हो । यो हाम्रो देशका लागि नकारात्मक प्रवृत्ति होइन, बरु बाध्यात्मक प्रवृत्ति हो । लेखनमै समर्पित हुने मनसाय धेरै लेखक–साहित्यकारको हुन्छ । तर एकातिर, निजी पारिवारिक व्यय अत्यधिक भएको अवस्था, अर्कातिर, परिवारका लागि कमाउनुपर्ने बाध्यात्मक अवस्थाले गर्दा लेखक–साहित्यकारका सामु लेखनमा पेशेवर हुनु सम्भव देखिन्न । महिला लेखकका सामु त झनै बढी कठिनाइँ छ । उनीहरूका सामु जागिर र घरायसी जिम्मेवारी दुवै बहन गर्दागर्दै साहित्य रचनाका लागि समय निकाल्नुपर्ने बाध्यता छ । यही कारण हो, लेखक–साहित्यकार सर्वप्रथम जागिरे हुनुपर्ने बाध्यता छ । किनकि निश्चित घण्टाको जागिर पूरा गरेपछि बचेको समय साहित्यकर्ममा लगाउन सहज हुन्छ । यस्तो लाग्दछ, पेशेवर लेखनमा आत्मनिर्भर हुन सकिने अवस्था खालि दुईवटा मात्र छ स् एउटा– प्रचलित लेखक, जसका कृति बेस्ट सेलर छन्, त्यसको पारिश्रमिकले नै लेखक बाँच्न सक्दछ । अर्को– जागिरबाट सेवानिवृत्त भएका लेखक, जसले पेन्सनबाट प्राप्त आयलाई मुख्य आयको रूपमा परिचालन गरेर अथवा त्यसैमा सन्तुष्ट भएर पूरै समय लेखनमा लगाउन सक्दछन् । त्यसबाहेक तेस्रो विकल्प हामीसित छैन ।
यहाँ लेखनकर्मको बारेमा जे जति चर्चा गरियो, त्यसमा निरपेक्ष प्रक्रिया अवलम्बन गरिएको छ अर्थात् विषयवस्तुलाई सामान्य रूपमा प्रस्तुत गरिएको छ । जहाँसम्म प्रगतिशील लेखनको सवाल छ, त्यो एक प्रकारको मिसन लेखन हो । यस क्षेत्रमा कुनै खास वैचारिक आलोकमा प्रगतिशील लेखनले निरन्तरता पाउँछ । द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई दृष्टिबिन्दु मानेर सर्वहारा वर्गको मुक्तिका खातिर प्रगतिशील लेखन अगाडि बढ्छ । प्रगतिशील लेखन सर्वहारा वर्गलाई मुख्य मात्र बनाएर चल्दछ । कारण यो हो– प्रगतिशील लेखक–साहित्यकार सर्वहारा वर्गको पक्षमा हुन्छन् । आफै सर्वहारा वर्गीय पक्षधर रहेका कारण समाजवादी यथार्थवादी साहित्यिक धारा नै उनीहरूको लेखन परम्परा हो । समाजवाद र साम्यवाद प्रगतिशील लेखकका अधिकतम आदर्श व्यवस्था हुन् । तत्कालका लागि सामन्तवाद, साम्राज्यवाद, पुँजीवाद, उपभोक्तावाद, उपयोगितावाद, उत्तर आधुनिकतावाद र रूढीवादका विरुद्ध कलम चलाउनु नै प्रगतिशील लेखक–कलाकारको दायित्व हो ।
अन्तमा, एउटा अर्को विषयमा सङ्क्षिप्तमा चर्चा गरौँ । एउटा अप्ठ्यारो परिस्थिति हामीमाझ छ । लेखनरसृजनाकर्म र सङ्गठन कतिपय बेलामा एक–अर्काको बाधक बन्न पुग्दछन् । कुनै सङ्गठनको नेतृत्वमा भएपछि त्यसको गतिविधिमा व्यस्त रहनैपर्ने हुन्छ । सङ्गठनको काममा व्यस्त भएपछि लेखनको कार्य स्वाभाविक रूपमा पछाडि पर्दछ । ठिक यहीँनेर आरोप–प्रत्यारोप सुन्न सकिन्छ स् साहित्यिक सङ्गठनको नेतृत्व गरिरहेकाहरू सृजनाकर्म गर्दैनन्स सृजनाकर्ममा व्यस्त भएकाहरू साहित्यिक सङ्गठनको सङ्गठनात्मक काममा ध्यान दिँदैनन् । अनि, एकपक्षद्वारा अर्को पक्षप्रति आलोचनाको सिलसिला अगाडि बढ्न थाल्दछ ।
यथार्थ यो हो– सङ्गठनको नेतृत्वमा रहँदारहँदै फुटकर रचना सृजना गर्न त्यति अप्ठ्यारो नहोला । जस्तै– कविता, गीत, गजल, लघुकथाजस्ता सानो आकारको रचना तयार पार्न अप्ठ्यारो हुन सक्दैन । तर उपन्यास, महाकाव्य, समालोचनाजस्ता ठुलो आकारको रचना तयार पार्नमा कठिनाइँ हुन्छ नै । उपन्यास, महाकाव्यजस्ता रचना कठिन साधनाको प्रतिफलस्वरूप तयार हुन्छन् । त्यसकारण यसखालको रचनाका लागि पर्याप्त समय र कठिन साधनाको व्यवस्थापन गर्नुपर्ने हुन्छ । सङ्गठनको नेतृत्वमा रहँदै गर्दा तीव्र गतिमा साहित्य रचना गर्नमा कठिनाइँ हुन्छन् ।
एकातिर, साहित्य साधनाले माग गर्ने समय व्यवस्थापन र अर्कातिर, सङ्गठनले माग गर्ने सक्रियता, तदारुकता—यी दुवै पक्षको उचित संयोजनबाट सङ्गठनको नेतृत्वमा रहने लेखक–साहित्यकारहरूले लेखन कार्य अगाडि बढाउनुपर्ने हुन्छ । हामीसित स्तरीय साहित्यिक रचना हुनैपर्दछ । स्तरीय रचना बिना सर्वहारा वर्गको साहित्यिक आन्दोलन व्यवस्थित रूपमा अगाडि बढ्न सक्दैन । त्यसैगरी, लेखक–साहित्यकारको समेत सङ्गठन भएन भने प्रगतिशील साहित्यिक आन्दोलनलाई स्वतःस्फूर्त अवस्थामा छोडिदिनुपर्ने हुन्छ । यस सन्दर्भमा नेपालमा प्रलेसजस्तो साहित्यिक संस्था छ, जसले प्रगतिशील साहित्यिक क्षेत्रलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको छ । यस्तो साहित्यिक सङ्गठन सम्पूर्ण प्रगतिशील लेखक–साहित्यकार र समग्र आन्दोलनका लागि खुशीको विषय हो ।
साहित्यिक सङ्गठनको नेतृत्व वैकल्पिक स्वरूपमा अगाडि बढ्छ अर्थात् एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा रहँदैन । यो एक अर्थमा राम्रो पनि भएको छ । पहिला लेखक–साहित्यकारहरू सृजनामा व्यस्त हुन्छन् । पछि तिनै लेखक–साहित्यकारहरू प्रलेसमार्फत् साहित्यिक प्रकृतिको सङ्गठनात्मक क्रियाकलापमा संलग्न हुन्छन् । त्यस क्रममा उनीहरू व्यापक सङ्ख्यामा लेखक–साहित्यकारसित अन्तरक्रिया गर्ने मौकाको उपयोग गर्दछन् । एउटा निश्चित अवधिपछि प्रलेसको सङ्गठनात्मक र अन्तरक्रियात्मक अनुभवबाट समृद्ध भएर तिनै लेखक–साहित्यकार पुनः लेखनकर्ममा फर्कन्छन् । यस प्रकार सृजनाकर्ममा लागेका र प्रलेसको सङ्गठनात्मक काममा लागेका लेखक–साहित्यकारको माझमा समुचित अन्तरसम्बन्धमूलक परिस्थिति कायम हुन जान्छ । यस्तो तालमेलले प्रगतिशील साहित्यिक आन्दोलन व्यवस्थित प्रकारले अगाडि बढाउन नै मद्दत पुग्ने आशा गर्न सकिन्छ ।

...................................................................................................................

पूर्वीय विश्वको भौतिकवादप्रतिको दृष्टिकोण

मानव समाजको इतिहासअनुसार पृथ्वीको एक ठाउँबाट अर्को ठाउँमा विचरण गर्नु मानिसको प्राचीन प्रवृत्ति नै थियो । प्राचीन मानवको उत्पत्ति मध्य–एसिया वा अफ्रकामध्ये जहाँ भएको भए पनि त्यहाँबाट विश्वभरि नै फैलिने क्रम सुचारु रहेको थियो । त्यस क्रममा प्राचीन मानव नेपाली भूगोलसम्म आइपुगेका थिए । हालको बुटवलमा प्राचीन मानवको बङ्गरा भेटिनुबाट यो तथ्य पुष्टि हुन्छ । यसरी मानव समाजको इतिहासमा नेपाल पनि प्राचीन भूमि हो भन्ने प्रष्टै छ ।
विश्वमा मानवको मूलतः तीन प्रजाति (नश्ल) पाइन्छन्– आर्य, मङ्गोल र निग्रो । त्यसमध्ये निग्रोको उद्गमभूमि अफ्रिका नै हो भन्ने प्रष्टै छ । मानवशास्त्रीहरूका अनुसार आर्य र मङ्गोलको उत्पत्ति भने युरोप र एसियाको मध्यभागमा पर्ने ककेसस पर्वत शृङ्खलाको दुईपट्टिबाट भएको मानिन्छ । ककेसस पर्वत शृङ्खलाको एक भागबाट आर्य र अर्को भागबाट मङ्गोल प्रजातिको उत्पत्ति भएर विश्वभरि फैलिएको मानिन्छ ।
विश्वका यी तीन प्रजाति संसारभरि फैलिने क्रममा मानव सभ्यताको निर्माणको क्रम पनि साथसाथै चल्दै गएको थियो । आर्य प्रजाति बेबिलोन (हालको इरानसेरोफेरो) हुँदै विश्वभरि फैलिएको मानिन्छ । उनीहरू वर्तमान इरान, अफगानिस्तानसेरोफेरो हुँदै भारतीय उपमहाद्वीपमा प्रवेश गरेका थिए । पश्चिमबाट कस्मिरसम्म आइपुगेपछि आर्यहरूको एउटा हाँगो कुमाऊँ–गढवाल हुँदै नेपाली “हिमवत्खण्ड” तर्फ प्रवेश ग¥यो । त्यसको अर्को हाँगोले भने सिन्धु नदीसेरोफेरोमा रहेर सिन्धु सभ्यता निर्माण ग¥यो । कालान्तरमा त्यही सिन्धु सभ्यताले हिन्दु धर्म स्थापना ग¥यो, त्यसका साथै हिन्दु सभ्यता पनि ।
कुमाऊँ–गढवाल हुँदै नेपाली भूगोलमा प्रवेश गरेका आर्यहरू खस कहलिए । उनीहरू गैरहिन्दु जातिसमूहका थिए । उनीहरू वर्तमान जुम्लाको सिञ्जा उपत्यकाको सेरोफेरोमा आइपुगेपछि त्यहीँ सामन्ती राज्य स्थापना गर्न पुगे । त्यही सेरोफेरोमा उनीहरूले खस सभ्यता निर्माण पनि गरे । तर खसहरू त्यहीँ सीमित रहेनन् । उनीहरू पश्चिमबाट पूर्वतिर तीव्र गतिमा फैलिएका थिए । त्यस क्रममा उनीहरू काठमाडौँ उपत्यकामाथि पनि पटक पटक आक्रमण गर्न आइपुगेका थिए । ठिक त्यही समयमा नेपालमा आर्य प्रजातिको मात्रै बसोबास थिएन, उत्तरतिरबाट आएका मङ्गोल प्रजाति पनि उनीहरूभन्दा पहिलेदेखि नै आएर बसोबास गरिरहेको थियो । उत्तरबाट आएका किराँत सभ्यता, त्यसका साथै मगर, गुरुङ, नेवारहरू र दक्षिणतिरबाट आएको मानिएका लिच्छवी सभ्यता, त्यसका साथै थारूजस्ता बेग्लाबेग्लै सभ्यता र जातिसमूह नेपालमा सहवरण गरिरहेकै थिए ।
नेपालमा मात्र होइन, संसारभरि मानव समाज यसरी नै फैलिने क्रम चलेको थियो । त्यसै क्रममा सभ्यता, उपसभ्यता निर्माण हुँदै गएका पनि थिए । त्यही क्रममा दर्शन, धर्म, नैतिकता, संस्कार, संस्कृति, मनोविज्ञान, कानुन, आचारविचारजस्ता मानव निर्मित प्रवर्गको पनि स्थापना हुँदै गएको थियो । जुन भूगोलमा जुन शासक वर्गको वर्चस्व कायम हुँदै गयो, उनीहरूले आफूले मान्दै आएको सनातन धर्म र दर्शनको पनि व्यापक प्रचार गर्दै गए । अर्को अर्थमा जनतामा लाद्दै गए । कतिपय राजा÷महाराजाहरू परम्परागत धर्म वा दर्शन परित्याग गरेर भिन्न धर्म वा दर्शनसम्म अपनाउन पुगे । यस सिलसिलामा दक्षिण एसियामा पनि कैयौँ हिन्दु राजाहरूले बौद्ध दर्शन अपनाएका उदाहरण पनि छन् । धर्म परिवर्तनको यो प्रचलन अहिलेसम्म पनि यथावत नै छ ।
पछिल्लो केही समययता विश्वमा वर्गसङ्घर्षले राज्यक्रान्तिको स्तरसम्म सफलता पाउन सकेको छैन । सर्वहारा वर्गको आधिकारिक राजनीतिक पार्टी कम्युनिस्ट पार्टीको सङ्गठन र सङ्घर्षको अवस्था विश्वभरि नै कमजोर छ । त्यसैको फाइदा उठाएर साम्राज्यवादले पुँजीवाद र बचेखुचेको सामन्ती प्रवृत्तिलाई समेत आफूअनुकूल संरक्षण गरिरहेको छ । सर्वहारा वर्ग र अन्य उत्पीडित सामाजिक प्रवर्ग आफूमाथिको उत्पीडनका विरुद्ध साम्राज्यवादसित सङ्घर्ष गरिरहेका छन् । कतिपय मामिलामा सफलता पनि प्राप्त गर्न सकेका छन् । फेरि पनि साम्राज्यवाद वर्तमान विश्वको शासक व्यवस्थाको रूपमा कायमै छ । उसलाई विश्वव्यापी रूपमा टक्कर दिने वैकल्पिक व्यवस्था वैज्ञानिक समाजवाद नै हो । त्यसको कमजोर अवस्थाको परिणामस्वरूप साम्राज्यवादले आफूलाई वर्तमान विश्वको तात्कालिक विकल्पसमेत भएको दावी गरिरहेको छ । नेपालमा प्रा. चैतन्य मिश्रले जसरी पुँजीवादको विकल्प पुँजीवाद नै हो भन्ने धारणा व्यक्त गरिरहेका छन्, त्यो त्यही वर्तमान विश्व सन्तुलनको स्वाभाविक अभिव्यक्तिभन्दा बढी केही होइन ।
जहाँ पुँजीवादी व्यवस्था थियो, पछि ती देशहरूमा साम्राज्यवादी व्यवस्था अस्तित्वमा आएको छ । जहाँ सामन्ती व्यवस्था थियो, त्यहाँ पुँजीवादी व्यवस्था अस्तित्वमा आएको छ । यस क्रममा पुँजीवादले सामन्तवादका अवशेषलाई आफूअनुकूल उपयोग गर्न थालेको छ । युरोपमा साम्राज्यवादले चर्चलाई संरक्षण गर्नु, भारतमा साम्राज्यवादले हिन्दू धर्मलाई संरक्षण गर्नु, त्यस क्रममा धर्म निरपेक्षतामाथि समेत हमला गर्नु यही प्रवृत्तिका द्योतक हुन् । विरोधी व्यवस्थाको रूपमा सर्वहारा वर्ग प्रभावशाली स्थितिमा मैदानमा नभएपछि पुँजीवादले केही बेग्लै ढङ्गले आफूलाई सुदृढ गर्न थालेको लक्षण यसबाट पाउन सकिन्छ । त्यस क्रममा इतिहासको आफ्नै विरोधी व्यवस्था सामन्तवादको अवशेषलाई समेत उपयोग गर्न थालेको पाइएको छ ।
इतिहासमा युरोपमा चर्च नेतृत्वको सामन्तवादका विरुद्ध पुँजीवाद मैदानमा ओर्लिएको थियो । अन्ततः सामन्तवादलाई पराजित गर्दै धर्म निरपेक्षतालाई संस्थागत गर्नमा पुँजीवादले सफलता प्राप्त गरेको थियो । त्यही धर्म निरपेक्षता आज विश्वव्यापी रूपमा धेरै देशहरूले अपनाएका पनि छन् । आज त्यही युरोपको पुँजीवादले साम्राज्यवादमा परिणत भएपछि चर्चको गतिविधिलाई सहयोग गर्ने नीति अपनाएको छ । आज युरोपका चर्चहरूले इसाई धर्म प्रचारको नाममा विश्वभरि जातीय, क्षेत्रीय सद्भाव भड्काउन डलरको खोलो बगाइरहेका छन् । यो अभियान चर्चको मात्र होइन, साम्राज्यवादको पनि हो । यतिखेर युरोपीय साम्राज्यवादले चर्चलाई माध्यम बनाएको प्रष्टै छ । चीनका विरुद्ध नेपाल, भारत र पाकिस्तानजस्ता देशलाई उपयोग गर्ने नीति अमेरिकी साम्राज्यवादकै हो भन्नेबारे थप चर्चा गरिरहनु पर्दैन । तर यस अभियानमा पनि चर्च नै इसाई धर्मको माध्यमबाट प्रस्तुत भएको छ । इसाई मिसनरीहरूले तीव्र गतिमा इसाई धर्मको प्रचारको साथसाथै अमेरिकी र युरोपीय साम्राज्यवादको पक्षमा काम गरिरहेका छन् । यही कारण हो– एकातिर चर्चले विश्वभरिका साम्राज्यवादी इन्टे«स्ट रहेको भूगोलमा निर्धक्कसाथ काम गरिरहेको छ भने अर्कातिर, साम्राज्यवाद आफ्नो राजनीतिक अभीष्ट चर्चमार्फत् समेत सहयोग पुग्नेमा ढुक्क छ । यही कारण हो– साम्राज्यवाद र चर्च यतिखेर विश्वभरि सुक्ष्म, शान्त र निर्भयतापूर्वक आफ्नो उद्देश्यअनुरूप विचरण गरिरहेका छन् । अहिले सर्वहारा राज्यसत्तामा नभएका बेला उनीहरू विश्वको दोहन गर्न तीव्र गतिमा डौडिरहेका छन् । अन्ततः त्यसको निशानामा विश्वका सर्वहारा वर्ग छन् ।
पुँजीवादी–साम्राज्यवादी देशहरूको सन्दर्भ प्रष्टै छ । तर पूर्व समाजवादी देशहरूको अवस्था पनि त्यही प्रकारको हुन गएको छ । त्यहाँ आधारभूत रूपमा पुँजीवादको पुनस्र्थापना भइसकेको छ । तर पनि तुलनात्मक रूपले रुस र चीनजस्ता नयाँ साम्राज्यवादी मुलुकहरू आवरणमै भए पनि फरक ढङ्गले हिँड्न चाहान्छन् । त्यसरी फरक ढङ्गले अघि बढ्ने क्रममा उनीहरूका सामु न्यूनतम रूपमा अथवा आन्तरिक क्षेत्रबाट कुनै अवरोध छैन अर्थात् यी देशको वर्गसङ्घर्षमा सर्वहारा वर्ग आक्रामक र प्रखर अवस्थामा छैन । त्यही कारणले गर्दा उनीहरू निर्धक्कसाथ दीर्घकालीन योजना बनाएर अगाडि बढिरहेका छन् । अमेरिकी तथा युरोपियन साम्राज्यवादका सामु चीनको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अवधारणा यसैको प्रकट रूप हो । विभिन्न अन्तर्राष्ट्रिय मामिलामा रुसको भूमिकाले पनि त्यही तथ्यतर्फ इङ्गित गर्दछ ।
अमेरिकी तथा युरोपीय साम्राज्यवादको डलर कूटनीतिका साथै त्यत्तिकै प्रभावशाली अर्को मध्यम चर्च बनेकै छ । चर्चले धर्मको नाममा विश्वभरि साम्राज्यवादको हितसाधन गरिरहेको छ । पहिले बेलायती साम्राज्यवादको संरक्षकत्वमा रहेर चर्च तत्कालीन उपनिवेशमा प्रवेश गरेको थियो । त्यस क्रममा स्वयं हाम्रो छिमेकी देश भारतमा इसाई धर्मको व्यापक घुसपैठ भएको थियो । बेलायती साम्राज्यवादको दबदबाकै समयमा भारतको पूर्वोत्तर क्षेत्र, दक्षिण क्षेत्र र वर्णाश्रम प्रभावित क्षेत्रमा इसाई धर्मको प्रभाव बढेर सामाजिक र सांस्कृतिक सत्ता कायम भएको थियो । अहिले पनि पूर्वोत्तर भारत मूलतः इसाई धर्मावलम्बी राज्यको रूपमा कायम छ । त्यही स्थिति केरलजस्ता राज्यहरूको छ । अहिले पनि भारत, नेपाल र भुटानमा गरिबी र वर्णाश्रमको अनुकूलतामाथि टेकेर इसाई धर्मको प्रचार बढ्दै गएको छ । त्यही प्रकारको अवस्था कुनै समय चीनमा पनि उत्पन्न भएको थियो ।
अमेरिकी र युरोपियन साम्राज्यवादले चर्च राजनीति गरिरहेको विषयप्रति चीन, भारतजस्ता देशका शासक वर्ग अनभिज्ञ छैनन् । पछिल्लो समयमा चीनले चर्चका विरुद्ध अथवा इसाई धर्मको आक्रामक प्रचारका विरुद्ध प्रतिरक्षात्मक कदम उठाउन थालेको छ । उनीहरूले ताओ, कन्फ्युसियसका दर्शनहरूको प्रचार गर्न थालेका छन् । त्यस क्रममा उनीहरूले इसाई धर्म प्रसारका विरुद्ध दीर्घकालीन कार्ययोजनामा काम पनि गरिरहेका छन् । एक वा अर्को प्रकारले भारतको अवस्था पनि त्यस्तै छ । भारतमा काङ्ग्रेस आईको सरकार इसाईकरणप्रति त्यति कठोर थिएन । तर बहालवाला भाजपा नेतृत्वको सरकारले भने यसप्रति कठोर नीति अपनाउन थालेको छ । त्यसै पनि राष्ट्रिय स्वयंसेवक सङ्घको राजनीतिक मोर्चा भएका कारण भाजपाले हिन्दु धर्मको पक्षमा लामो समयदेखि काम गरिरहेको थियो । यसरी उसले अन्य धर्मको विपक्षमा काम गर्नु अन्यथा भएन पनि । तर दुःखको विषय यो छ– जबसम्म भारत, नेपाल, भुटानजस्ता देशमा गरिबी र वर्णाश्रमको अवस्था यथावतै रहने छ, तबसम्म भाजपाजस्ता पार्टीहरूको भरमग्दुर प्रयत्नका बाबजुद यस क्षेत्रमा इसाईकरणको विस्तारका लागि मलिलो भूमि भने उपलब्ध भइरहने छ । हिन्दू धर्मले मनुस्मृतीकृत वर्णाश्रमलाई स्वीकारिरहेको अवस्थामा परिस्थति त्यही प्रकारको रहने छ ।
पछिल्लो समयमा नेपालमा पनि उपमहाद्वीपीय जागरण आउन थालेको छ । भारतले सम्पूर्ण दक्षिण एसियालाई हिन्दुस्तान वा आर्यब्रत माने पनि नेपाल त्यो भन्दा अलग्गै उपमहाद्वीप हो भन्ने अवधारणा विस्तारै व्यापक हुन थालेको छ । त्यसैले “भारतखण्डे जम्बुद्वीपे” जस्ता शब्दावलीको स्थानमा “हिमवत्खण्ड” शब्दावली प्रयोग हुन थालेको छ । विद्वान गोपीरमण उपाध्यायका अनुसार “भारतखण्डे जम्बुद्वीपेको” को स्थानमा “हिमवत्खण्ड” शब्दावली प्रयोग गर्ने पहिलो विद्वान मदनमणि दिक्षित थिए । अब यो अभियान अझ अघि बढिसकेको छ । नेपालमा वामपन्थी शक्तिहरूको शक्तिमा वृद्धि हुनासाथै राष्ट्रियताको कोणबाट “हिमवत्खण्ड” को अवधारणाले महत्त्व पाउन थालेको छ । यस क्रममा २०७५ असार २९ देखि ३१ गतेसम्म “हिमवत्खण्ड कला साहित्य सम्मिलन” नै सम्पन्न भएको थियो । साहित्यकार भानुभक्त आचार्यको जन्मदिवसको अवसर पारेर सो “सम्मिलन” कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रम “हिमवत्खण्ड” मा रहेका नेपालीभाषीहरू साहित्यकार, कलाकारलाई एउटै मञ्चमा उभ्याउनका लागि आयोजना गरिएको थियो । उक्त “सम्मिलन” साहित्यिक कार्यक्रम भए पनि त्यसले गम्भीरताका साथ सामरिक र समाजशास्त्रीय महत्त्व राखेको प्रष्टै छ । यसले “हिमत्खण्ड” मा नेपालीभाषीहरूको बेग्लै प्रयासलाई नै बताउँछ ।
नेपालमा खसजातिलाई भारतबाट आएको विदेशी जातिसमूहको आरोप पनि लाग्दै आएको छ । विदेशी र कतिपय नेपाली विद्वानहरूले नै खसजातिलाई बाह«ौँ शताब्दीतिर नेपाल प्रवेश गरेका भारतीय आर्यसँगै मिसाएर यसखालको धारणा अगाडि ल्याएका छन् । तर पछिल्लो समय थुप्रै समाजशास्त्री वा अन्य विद्वानहरूले खसजातिलाई भारतीय आर्यबाट पृथक् जातिसमूहको रूपमा सप्रमाण तथ्य प्रस्तुत गरेका छन् । अब सःनियत तर्क गर्नेहरूको प्रसङ्गलाई एकातिर राखिदिने हो भने नेपालका खसआर्य बाह«ौँ शताब्दीभन्दा पहिले नै नेपाली भूगोलमा बसोबास गरिरहेको प्राचीन जातिसमूह भएकोमा द्विविधा नहुनुपर्ने हुन्छ । त्यससँगै खसआर्य समुदायमा अर्कोखालको जागरण आउन थालेको छ । त्यो हो– गैरहिन्दु खसआर्य सभ्यताको उत्खनन् । यतिखेर वर्णाश्रम र हिन्दु सभ्यताभन्दा पृथक् नेपाली भूगोलमा विकसित भएको खसआर्य सभ्यताको पुनरुत्थानका लागि एकखालको अभियान नै सञ्चालन भइरहेको छ । त्यो अभियानमा विचारधारात्मक भेद छैन । के वामपन्थी, के गैरवामपन्थी ? सबैखाले विद्वानहरू खसआर्य सभ्यताको पुनरुत्थानमा प्रयासरत देखिन्छन् ।
हिन्दु धर्मको सबैभन्दा कुख्यात विकृति हो– वर्णाश्रम प्रणाली । त्यसअन्तर्गत जातीय छुवाछूतजस्तो घृणित परम्परा हिन्दु धर्मावलम्बीहरूमा विद्यमान छ । यो परम्परा खसआर्यमामा पनि प्रचलित छ । नेपालको इतिहासमा राजा जयस्थिति मल्लले नै वर्णाश्रम प्रणाली लागु गराएका थिए । अहिलेको समाजमा वर्णाश्रमको विकृतिले केही न केही रूप अन्य जात÷जातिहरूलाई पनि छोएको देखिन्छ । तर केही समययता प्रगतिशील पक्षले यसको विरोध गर्न थालेको छ । प्रगतिशील विद्वानहरूले जातीय छुवाछूतजस्तो भेदभावको विरोध गर्नु त स्वाभाविक विषय भयो, उनीहरूले अर्को कोणबाट पनि यस यस विषयवस्तुलाई उठाइरहेका छन् । उनीहरूको तर्क छ– खसआर्य सभ्यतामा वर्णाश्रम प्रणाली थिएन, जातीय छुवाछूत भेदभाव थिएन । त्यसकारण पुरानो परम्परालाई मान्ने हो भने पनि वर्णाश्रम प्रणालीलाई खसआर्यहरूले स्वीकार गर्नु आवश्यक छैन । उनीहरूको तर्क सही छ, प्रगतिशील छ र समाजशास्त्रीय तथ्यअनुसार पनि छ । यसरी तथ्यहरूबाट खसआर्य जातिसमूहसित वर्णाश्रमको सम्बन्ध विच्छेद हुन पुग्दछ ।
कुनै पनि जातिसमूहले आफ्नो इतिहास खोतल्नु, त्यसमा रहेका प्रगतिशील तत्त्वहरूलाई अपनाउने प्रयास गर्नु असाध्यै राम्रो विषय हो । प्रगतिशील विचार राख्नेहरूले गर्नुपर्ने काममध्येको यो पनि एउटा हो । त्यसका साथै प्रगतिशील विचार समूहभित्र रहेका कम्युनिस्टहरूले के गर्ने ? के यत्तिमै सीमित हुने ? के उनीहरूले वर्ग र वर्गसङ्घर्षको सिद्धान्तलाई छोडिदिने ? जर्मनका माक्र्स–एङ्गेल्स र रुसका लेनिन–स्टालिनजस्ता आर्य प्रजातिका र माओजस्ता मङ्गोल प्रजातिकाले विकास गरेको भनेर माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा नै पृष्ठभूमिमा पारिदिने ? के माक्र्सवाद–लेनिनवादलाई पनि पश्चिमा विचार भनेर परित्याग गरिदिने ? युरोपबाट धर्म निरपेक्षता आएको भनेर त्यसलाई अस्वीकार गर्ने ? यी प्रश्नहरू हाम्रासामु छन् ।
पश्चिमाहरूले साम्राज्यवाद र चर्चको माध्यमबाट विश्वभरि प्रभुत्व फैलाएपछि त्यसका विरुद्धमा विश्वव्यापी रूपमा आवाज उठ्ने गरेको छ । पूर्वीय विश्वमा पनि उनीहरूका विरुद्ध पूर्वीय सभ्यताको उत्खनन् र पुनरुत्थानको अभियान नै चलिरहेको छ । यसरी अगाडि बढ्ने क्रममा जसले भौतिकवादी दृष्टिकोणलाई आधार बनाइराखे, उनीहरू सही दिशामा छन् । तर जसले भौतिकवादी दृष्टिकोणलाई बेवास्ता गरेर एकोहोरा पूर्वीय सभ्यताको पक्ष लिन पुगे, उनीहरूमध्ये कतिपय हिन्दू धर्मभिरु नै बन्न पुगे । त्यसका साथै कतिपयले भौतिकवादी दृष्टिकोणसमेत परित्याग गर्न पुगे । यस क्रममा हाम्रा अगाडि मोहनचन्द्र अधिकारीको उदाहरण छ । कुनै समयका झापा विद्रोही मोहनचन्द्र यतिखेर नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा सक्रिय छन् । यस प्रकारको भड्कावप्रति कम्युनिस्ट, वामपन्थी र प्रगतिशील पक्षहरू सचेत हुनु पर्ने आवश्यकता छ ।
प्रष्ट शब्दमा भन्ने हो भने खसआर्य सभ्यताको पुनरुत्थान प्रतिक्रियावादी अवधारणा हो । यतिखेर वर्तमान विश्व साम्राज्यवादी चरणमा विचरण गरिरहेका बेला त्यसको विकल्प वैज्ञानिक समाजवाद हो । प्रगतिशील पक्षले आफूलाई त्यतैतिर अग्रसर गराउनुपर्दछ । त्यसका बाबजुद एउटा लामो समयसम्म देशभक्तिको महत्त्व रहिरहने भएकाले खस सभ्यताको उत्खनन् गरी त्यसमा रहेका प्रगतिशील पक्ष आत्मसात गर्नु सर्वथा उचित कार्य हो । तर त्यसो गर्ने बेलामा कम्युनिस्टहरूले वर्ग र वर्गसङ्घर्षको सिद्धान्तप्रति बेवास्ता गर्न सक्दैनन् । कारण– कम्युनिस्टहरूको कार्यभार वर्ग र वर्गसङ्घर्षको सिद्धान्तअनुसार सर्वहारा अधिनायकत्वमार्फत् वैज्ञानिक समाजवाद हुँदै साम्यवाद स्थापना गर्नु हो ।
समाजशास्त्रीय, मानवशास्त्रीय क्षेत्रबाट समाज विकासको उत्खनन् गर्नु एउटा पक्ष हो । पश्चिमी सभ्यतालाई सर्वश्रेष्ठ दावी गर्दै पूर्वी सभ्यताको अवमूल्यन गर्ने प्रवृत्तिको प्रतिवाद गर्नु अर्को पक्ष हो । यी दुवै अभियानको महत्त्व छ नै । कम्युनिस्टहरूका लागि त्यो भन्दा प्राथमिक कार्यभार वर्ग र वर्गसङ्घर्षको सिद्धान्तअनुसार काम गर्नु हो । कम्युनिस्टहरूले कुनै पनि धर्म, जाति, लिङ्गको भेदभाव नगरिकन सर्वहारा वर्गलाई सङ्गठित गर्ने काम हातमा लिनुपर्दछ । नेपालको सन्दर्भमा एकथरिले नयाँ जनवादी क्रान्तिलाई न्यूनतम कार्यक्रम मान्दछन् भने अर्काथरिले नयाँ जनवादी क्रान्ति पूरा भइसकेको बताउँदै आएका छन् । यी दुईथरि विचारलाई एकछिन होल्ड गर्ने हो भने पनि वैज्ञानिक समाजवाद दुवैको साझा कार्यक्रम हो । वैज्ञानिक समाजवाद सर्वहारा अधिनायकत्वको आधारमा मात्र कायम हुन सक्दछ ।
नेपालको सन्दर्भमा सबै प्रगतिशील तत्त्वहरूको आधारभूत कार्यभार सामन्तवादी प्रभावको अन्त्य गर्नु हो । २०६२–६३ को आन्दोलनबाट राजतन्त्रको अन्त्य भए पनि त्यसबाट सामन्तवादको एउटा हाँगोमात्र समाप्त भएको छ । यद्यपि, त्यसले पुनरुत्थानको प्रयास गर्दै छ । उत्पादन सम्बन्धको क्षेत्रमा अहिले पनि सामन्तवाद प्रबल छ, प्रभावशाली छ । फलस्वरूप चिन्तनको क्षेत्रमा पनि सामन्तवाद नै हावी छ । कम्युनिस्टहरूले द्वन्द्वात्मक भौतिकवादी दर्शन अपनाएको दावी गरे पनि व्यवहारमा अत्यधिक सदस्यहरूले आदर्शवादी दर्शनअनुरूपको व्यवहार अपनाएको पाइन्छ । यस प्रकारको अवस्थामा पूर्वीय विश्वमा विद्यमान भौतिकवादको उत्खनन् गर्दै त्यसका सकारात्मक पक्षलाई द्वन्द्वात्मक भौतिकवादमा सामेल गर्नु अत्यन्तै महत्त्वको विषय हुन जान्छ । त्यसका विपरीत प्रगतिशील तत्त्वहरूले ऋग्वेदको एकोहोरो गुणगान गाउन थाल्यौँ भने यस्तो चिन्तनलाई द्वन्द्वात्मक भौतिकवादसम्मत मान्न सकिन्न । ऋग्वेदमा वर्णाश्रम छैन भने पनि त्यहाँ आदर्शवाद र अध्यात्मवाद त छ नै । ऋग्वेद मूलतः भौतिकवादी ग्रन्थ होइन । त्यसकारण पूर्वीय विश्वमा भौतिकवादको खोजी गर्ने क्रममा ऋग्वेद, बौद्ध, आर्यसमाज, जैन, बोन, शैवलगायतका धार्मिक मतको एकोहोरो गुणगानमा मस्त रहनु प्रकारान्तरले पूर्वीय विश्वको आदर्शवादी, अध्यात्मवादी र अन्ततः आदर्शवादी भुलभुलैमा हराउनु नै हुने छ । द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गको दर्शन हो भनी माक्र्स–एङ्गेल्सले घोषणा गरेका थिए भने हामीले पनि यो घोषणा गर्न सक्नुपर्दछ– पूर्वीय विश्वको भौतिकवादी दर्शन पनि न्यूनतम रूपमा यस क्षेत्रका सर्वहारा वर्गको दर्शन हो । यो तथ्यलाई पुष्टि गर्न मनग्ये काम हामी सबैले गर्न बाँकी छ ।

...................................................................................................................

“चम्किने धातुजति सुन हुँदैनन्”

भनिन्छ– चम्किने जति सबै धातुहरु सुन हुँदैनन् । तर जसलाई सुनको बारेमा पर्याप्त जानकारी हुँदैन र सुन पहेँलो हुन्छ मात्र भन्ने थाहा हुन्छ, उनीहरु पित्तलबाट पनि झुक्किन सक्छन् । आवरणमा पित्तल पनि सुन जस्तै हुन्छ । कतिपय अवस्थामा सुन जस्तै चम्किन पनि सक्छ । फेरि पनि सत्य यही हो– सबै चम्किने धातुहरु पहेँलै भए पनि सुन हुँदैनन् ।
यतिखेर देशमा वामपन्थीहरुको सरकार छ अथवा सरकारमा नेतृत्व वामपन्थीको छ । उसले आफूलाई वामपन्थीहरुको वा कम्युनिस्टको सरकार भनी दावी गरिरहेको छ । नवगठित नेकपामा पूर्व माओवादीहरु समेत सामेल भएपछि त्यो पार्टी केही रातो भएको बताइँदैछ, अन्यथा पूर्व एमाले तीव्र गतिमा पहेँलो बन्दै गइरहेको थियो । पार्टीएकतापछि सत्तारुढ नेकपा कति समयसम्म रातै रहला ? कि त्यो छिट्टै पहेँलो हुनेछ ? त्यसको जवाफ हामीलाई समयले दिनेछ । तर हालसम्मका उसका नीतिहरुले त्यो पार्टी रातो होइन, पहेँलो हुँदै गइरहेको छ भन्न त्यति गाह«ो मान्नु पर्ने स्थिति छैन । तर नेकपाको पहेँलोपन सुन जस्तो होइन, पित्तल जस्तो हो । त्यसै पनि वर्तमान अर्धसामन्ती र अर्ध औपनिवेशिक आर्थिक–सामाजिक संरचनामा सत्तासिन भएर रातो कायम रहिरहनु असम्भव जस्तै सम्भावना हो । रातो रहिरहनका लागि त राज्यक्रान्तिको नै आवश्यकता पर्दछ, खासगरी सर्वहारा राज्यक्रान्तिको ।
सशस्त्र राज्यक्रान्ति बिना नै शान्तिपूर्ण तरिकाबाट अर्धसामन्ती र अर्ध औपनिवेशिक संरचनाभित्र वामपन्थीहरुको सरकार गठन भएकाले देशको राजनीतिक परिस्थिति भ्रमपूर्ण बनेको छ । त्यसका बाबजुद वर्तमान सरकारले आफूलाई वामपन्थी वा कम्युनिस्ट मात्रै होइन, समाजवादी नै बताइरहेको छ । तर व्यवहारमा आधारभूत वा आमूल परिवर्तन नभएकाले वर्तमान वामपन्थी नेतृत्वको सरकारले क्रान्तिकारी ढङ्गले काम गर्न नसकेको प्रष्टै छ । त्यसको अर्थ ठोस रूपमा वर्तमान सरकारले शोषित–पीडित जनताको पक्षमा काम गर्न सक्दैन भन्ने नै हो । अर्काे अर्थमा वर्तमान सरकारबाट सर्वहारा पङ्क्तिले धेरै अपेक्षा गर्नु हुँदैन भन्ने हो, जसरी यस्तै सारतत्त्वको गतकालका सरकारहरुबाट अपेक्षा राख्ने गरिएको थिएन ।
वामपन्थी नेतृत्वको दुई–तिहाइ बहुमतको सरकार गठन भएपछि कला क्षेत्रको स्थिति के छ ? के कला क्षेत्रमा समेत आमूल परिवर्तन हुँदैछ वा त्यस्तो परिवर्तन हुने सङ्केत देखा परिरहेको छ ? कलाकर्मीहरुका लागि एउटा सरोकारको विषय यो पनि हो । विद्यमान संसदीय प्रणालीभित्र तथा विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेका बेला नेपालमा वामपन्थीहरु दुई–तिहाइ बहुमत सहितको सरकार सञ्चालन गर्दछन् भने त्यसबाट सर्वहारा पङ्क्तिले केही न केही अपेक्षा राख्नु अन्यथा होइन । झन् कुनै समय वर्तमान सत्तारुढ पार्टीको नेतृत्वमा जनपक्षीय कला क्षेत्रमा योगदान गरेका कलाकारहरुले त त्यस्तो अपेक्षा गर्नु स्वाभाविकै हो । तर सरकारले के गरिरहेको छ ?
के २०६२–६३ सालयता नेपालको कला क्षेत्रमा केही परिवर्तन आएको छ ? ठोस रूपमा त्यस्तो केही पनि देखिन्न । फिल्मी क्षेत्रमा कुनै परिवर्तन भएका छैनन्, बरु त्यसको प्राविधिक क्षेत्रमा क्रमशः विकास हुँदै गइरहेको सत्य हो । त्यसैगरी कलाका अन्य क्षेत्रमा पनि विकास हुँदै गइरहेको छ तर यस क्षेत्रको अन्तर्वस्तुमा कुनै उल्लेखनीय परिवर्तन आइरहेको छैन । पश्चिमी र भारतीय नक्कल जस्ताको जस्तै छ । अझै त्यो विकृति क्रमशः बढ्दै गइरहेको छ । फिल्मी क्षेत्र अर्थात् ठुलो पर्दालाई सम्बन्धित मुलकको ऐना मानिन्छ । फिल्मी क्षेत्रमा लोकतान्त्रिक गणतन्त्रका प्रतिबिम्ब देख्न सकिन्छ त ? अवश्य पनि देख्न सकिन्न ।
गैरफिल्मी कला क्षेत्रमा पनि स्थिति उस्तै छ । जनताको स्थितिमा आमूल परिवर्तन नभएकै कारणले अहिले गैरफिल्मी क्षेत्रले पनि परम्परागत गीत, सङ्गीत, नृत्य, अभिनय, दृष्याङ्कन (भिडियो) प्रस्तुत गरिरहेका छन् । लोकगीतमा उही परम्परागत प्रवृत्ति हावी छ । आधुनिक लोक सङ्गीत क्षेत्रमा समेत विरहलाग्दा गीतहरुको व्यापकता छ । मायाँप्रीतिका गीत अहिले पनि व्यापक छन्, त्यसमध्ये कतिपय त विकृत प्रकृतिका पनि छन् । अझै पनि बहुसङ्ख्यक जनता आत्मनिर्भर अवस्थामा नरहेको प्रतिबिम्ब नै कला क्षेत्रले उतारिहरेको छ । यता, शहरतिर पप, ¥याप जस्ता पश्चिमी गीत–सङ्गीतको प्रभाव बढ्दै गएको छ भने लोकगीत वा शास्त्रीय सङ्गीतलाई पिछडिएको ठान्ने मनोवृत्ति कम भएर गएको छैन । पश्चिमी नक्कलको फलस्वरूप देशका कथित नाम चलेका सङ्गीतकार, गीतकार र गायककारहरुले पश्चिमी मापदण्ड अनुसार नै गीत–सङ्गीतको मूल्याङ्कन गरिरहेको पाइन्छ । आफ्नै देशको मौलिक संस्कार, संस्कृतिमा प्रगतिशील रूपान्तरणको सट्टा आयातित कलालाई प्रोत्साहन दिने परम्परा यथावत नै छ । अन्नपूर्ण मिडिया ग्रुपले “नेपाल आइडल” पछि “को बन्छ करोपति” भित्राएको छ । नेपाली टेलिभिजनमा नै कलापक्ष मजबुत भएका सामग्री पस्किँदा विदेशी च्यानलप्रतिको आकर्षक अवश्य पनि कम हुनेछ । यो स्वागतयोग्य प्रयास हो । तर त्यसका साथै त्यस्ता सामग्री मौलिक र प्रगतिशील चरित्रको हुनु पर्दछ । सरकारले कला क्षेत्रमा यस खालको प्रवृत्तिलाई बढावा दिन आवश्यक ठानेको छैन । गैरफिल्मी क्षेत्रमा न त २०६२–६३ सालको परिवर्तनपछि देशको स्थितिमा बदलिँदो प्रतिबिम्ब देख्न सकिन्छ, न शोषित–पीडित जनताको आवाज मुखर गर्ने प्रवृत्ति नै प्रवल देखिन्छ । समग्रमा गैरफिल्मी क्षेत्रमा आमूल परिवर्तनको प्रतिबिम्ब भेट्याउन सकिन्न ।
वर्तमान सत्तारुढ पार्टी लोकतन्त्रका लागि लामो समयसम्म जनआन्दोलनमा सामेल भएको थियो । त्यसको एउटा घटक पूर्व माओवादी त दश वर्षे सशस्त्र युद्धबाट नै आएको थियो । यी दुवै घटक सामेल भएका आन्दोलन, सङ्घर्षमा जनपक्षीय कलाकारहरुको ठुलो पङ्क्ति सामेल थियो । तर सत्तारुढ नेकपाले तिनै कलाकारहरुलाई यतिखेर उपेक्षा गरिरहेको छ । जे.बी. टुहुरे, रामकृष्ण दुवाल जस्ता व्यक्तित्वहरु यतिखेर ओझेलमा परेका छन् । व्यक्तित्वको विषय छोडिदिने हो भने पनि आन्दोलनमा सँगै लडेका कलाकारहरुको सम्मान हुनु पर्दछ कि पर्दैन ? राज्यको कला सम्बन्धी दृष्टिकोण के हो ? आवधिक रूपमा सत्तामा आएको सत्तारुढ नेकपाले समेत सरकारको कला सम्बन्धी नीति लागु गर्दा सहयात्री कलाकारहरुको सहभागिता आवश्यक मात्र होइन, अनिवार्य नै ठान्नु पर्ने हुन्छ । किनभने प्रत्येक राजनीतिक परिवर्तनपछि आन्दोलनका एजेन्डा स्थापित गर्न आन्दोलनकारी पक्षलाई नै सहभागी गराउनु आवश्यक ठानिन्छ, नत्र अन्य पक्षले जनआन्दोलनको मर्मलाई पक्रिन सक्दैनन् । आन्दोलनकारी पक्षलाई उपेक्षा गरेर परम्परागत शक्तिहरुको सहयोगबाट परिवर्तनको एजेन्डा संस्थागत गर्छु भन्नु पत्याउन नसकिने विषय मात्र होइन, परिवर्तनप्रति नै इमान्दार नरहनु हो भनी हामीले सरकारलाई सम्झाउनु पर्ने विषय होइन । तर विडम्बना ! वर्तमान सरकारको क्रियाकलापलाई हेर्दा उसले यस्तै गरेको जस्तो देखिन थालेको छ ।
वर्गयुक्त समाजमा सत्ता र सरकारले कुनै निश्चित वर्गको हितसाधन गरेको हुन्छ । तर कुनै पनि सरकारले (क्रान्तिकारी कम्युनिस्टहरु वाहेक) आफ्नो यस प्रकारको चरित्र घोषित रूपमा स्वीकार गरेका हुँदैनन् । उनीहरुले आफू सबैको अथवा दुवै वर्ग (शोषक र शोषित) को प्रतिनिधित्व गर्ने सरकार भएको बताउने गर्दछन् । तर यथार्थमा वा निर्णायक रूपमा प्रत्येक सत्ता वा सरकारले कुनै खास वर्गको हितसाधनलाई प्राथमिकतामा राखेकै हुन्छ । नेपालमा वर्तमान वामपन्थी नेतृत्वको सरकारले कुन वर्गको हितसाधन गरिरहेको छ ? एउटा तथ्य प्रष्ट छ– सर्वहारा वर्गको पक्षमा सरकारले अहिलेसम्म ठोस काम गर्न सकिरहेको छैन । धेरै व्यापक क्षेत्रको प्रसङ्ग नउठाउने हो भने पनि सर्वहारा वर्गीय कलाको क्षेत्रमा सरकारको गतिविधिलाई हेर्दा चित्त बुझाउने स्थिति पटक्कै छैन । सरकारले आफूलाई सबैको सरकार बनाउने क्रममा कसैको पनि नबन्ने स्थिति देखिएको छ । संसारभरिका प्रतिक्रियावादीहरुले हँसिया–हथौँडा अङ्कित झण्डा बोक्दासम्म वामपन्थीहरुलाई कम्युनिस्टको रूपमा ब्ल्याकमेलिङ गर्दछन् । नेपालको हकमा समेत त्यो प्रवृत्ति चरितार्थ हुन्छ । तर वामपन्थी नेतृत्वको सरकार भने देशी–विदेशी प्रतिक्रियावादीहरुको आशिर्वाद प्राप्त गर्ने क्रममा आफैले घोषणा गरेका प्रतिबद्धताहरुबाट समेत पछि हट्दै गइरहेको देखिन्छ । सत्तालोलुपत्ताकै कारण अथवा आफू बहुमतमा रहे पनि प्रतिक्रियावादीहरुको आशिर्वाद प्राप्त नगर्दासम्म सत्ता र सरकारमा टिकिरहन असम्भव हुन्छ भन्ने मानसिकतामा कायम राखेकै कारणले गर्दा संसदीय समिरणमा बहुमत प्राप्त गरिसक्दा पनि यस खालको सत्तालोलुपता देखा परिरहेको छ । यसखालको सत्तालोलुपता अन्तर्गत प्रष्ट बहुमत हुँदाहुँदै पनि मधेशवादी र सी.के. राउत जस्ता शक्तिसँग सरकारले समर्थन पाइरहन मरिहत्ते गरिरहेको प्रष्टै छ । त्यस अन्तर्गत यतिखेर राष्ट्रघाती नागरिकता संशोधन विधेयक र संविधान संशोधन जस्ता विषय उठिरहेका छन् ।
२०७२ सालको संविधानले २०६२–६३ सालको जनआन्दोलनको उपलब्धि संस्थागत ग¥यो । यो महत्त्वपूर्ण राजनीतिक उपलब्धि हो । तर त्यसका बाबजुद आधारभूत उत्पादन पद्धति नै परिवर्तन हुने गरी राजनीतिक परिवर्तन अझै भएको छैन । ठोस शब्दमा भन्नु पर्दा अर्धसामन्ती उत्पादन सम्बन्ध समाप्त भएर पुँजीवादी उत्पादन सम्बन्ध प्रधान स्वरूपमा आइसकेको छैन । त्यसका लागि त सर्वप्रथम नेपाली सार्वभौमसत्ता र राष्ट्रियता स्वाधीन हुनु पर्दछ । तर त्यसभन्दा पहिला देशको आर्थिक–सामाजिक चरित्र अर्धसामन्ती र अर्ध औपनिवेशिक नै रहिरहनेछ । यसरी देशको चरित्र मूल रूपमा अहिलेसम्म पनि त्यही रहेका कारण प्रगतिशील तथा जनवादी कलाकारहरुको तात्कालिक कार्यभार पनि परिवर्तनउन्मुख रहन पुगेको छ, यद्यपि अब सामन्तवादको नाइके राजतन्त्रको नेतृत्व समाप्त भएको छ । तर पनि पिछडिएको उत्पादन सम्बन्ध कायमै रहेका कारण गरिब किसान, मजदुर, सुकम्बासी, हरुवा, चरुवा, कमलरी, कमैया जस्ता उत्पीडित तप्काको समस्या अझै पनि समूल अन्त भएका छैनन् । सीमान्तकृत जातिहरुको दुःख र पीडा अहिले पनि उस्तै छन् ।
सर्वहारा वर्गभित्र पर्ने उपर्युक्त तह र तप्काहरु यथास्थितिमा नै रहेका र उनीहरुको दुःख–पीडा अहिले पनि उस्तै रहेका कारण सर्वहारा वर्गीय प्रगतिशील तथा जनवादी कलाकारहरुको कार्यभार पनि परिवर्तन भएको छैन । अहिले पनि उनीहरुले प्रस्तुत गर्ने कला सत्ता विपरीत तर सर्वहारा वर्गको पक्षपोषण हो अथवा महिमामण्डल होइन । सरकारका गलत क्रियाकलापको भण्डाफोर नै जनपक्षीय कलाकारिताको मूल प्रवृत्ति हो । सरकार र कलाकारको पङ्क्तिभित्र रहेका कतिपय सत्तापक्षीयले दावी गरे जस्तो सामजवाद र समृद्धिको गीत गाइहाल्नु पर्ने स्थिति अझै सृजना भएको छैन । देशभित्र पुँजीवादको विकास नभएकाले रोजगारीका लागि नेपाली श्रमशक्तिको विदेश पलायन अझै पनि मूल प्रवृत्ति जस्तै बनेको र त्यसले समाजमा विभिन्न खालका प्रभाव, प्रतिक्रियाहरु जन्माइरहेका बेला समृद्धिको फोस्रा कुरामा कसैले विश्वास गर्ने छैन । त्यस्तो स्थिति आइहालेको पनि छैन ।
संसदीय व्यवस्थालाई लेनिनले धेरै पहिले “खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो” बताएका थिए । लेनिनको त्यो विश्लेषण अहिलेका संसदीय व्यवस्थाको हकमा पनि सत्य हो । हामीकहाँ अहिले पनि आगामी चुनावलाई केन्द्रमा राखेर घृणित राजनीति गर्ने गरिन्छ । बाहिर समाजवाद र समृद्धि गफ गरेर भित्रभित्रै दलाल पुँजीपति वर्गको हितसाधन गर्ने गरिन्छ । स्वाधीनताको ब्यानरभित्र राष्ट्रघाती नागरिकता विधेयक ल्याएर देशलाई फिजीकरणतर्फ उन्मुख गराइन्छ । यस प्रकार यी संसदीय सरकारहरुले आगामी चुनावमा समेत बहुमतमा आउने आधार तयार पार्न चर्चा, गुलिया–मिठा कुरा गरे पनि अन्तर्वस्तु वा सारतत्त्वमा कुनै नयाँ विषय उठाएको पाइन्न । त्यसकारण प्रगतिशील तथा जनवादी कलाकारहरुले कुनै पनि भ्रममा नपरी निरन्तर सर्वहारा पङ्क्तिको पक्षमा काम गरिरहनु पर्ने आवश्यकता अहिले पनि छँदैछ ।
वर्तमान राज्यसत्ता समेत परम्परागत छ । तर सरकारले कलात्मक ढङ्गले आफूले समाजवादी काम गरिरहेको, सबै वर्ग वा तह–तप्काका लागि काम गरेको दावी गरिरहेको छ । समाजवाद र समृद्धिको रटान लगाइरहेको छ । “समृद्ध नेपाल, सुखी नेपाली” त सरकारको नारा नै बनेको छ । तर व्यवहारमा भने सरकारको वास्तविकता अर्कै छ । सरकार राष्ट्रिय स्वाधीनताको पक्षमा छैन । कारण– उनीहरु देश पूर्ण स्वाधीन भइसकेको दावी गर्दछन् । देश असंलग्न परराष्ट्र नीतिको पक्षमा छैन । कारण– त्यसो गर्नु उनीहरुको सत्तालोलुपताको विरुद्ध हुनेछ । सरकार राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको पक्षमा छैन । कारण– त्यसो गर्नु दलाल पुँजीपति वर्गको हितको विरुद्ध हुनेछ । सरकार सामाजिक न्यायको पक्षमा छैन । कारण– सत्तारुढ दलका लागि देशमा कुनै शोषित–पीडित तप्काको अस्तित्व नै छैन । सरकार समानुपातिक वितरणको पक्षमा छैन । कारण– त्यस्तो समानुपातिक वितरण गर्नु पर्ने लक्षित वर्ग नै देशमा छैन । समग्रमा समाजमा सबैभन्दा बढी हेपिएका, दबिएका, कुल्चिएका र पछि परेका जनताको पक्षमा छैन । त्यसकारण सरकारले आफूलाई चम्किने पहेँलो धातु सुन नै हावी गरेता पनि त्यो वास्तविक सुन होइन, बढीमा पित्तल हो । पित्तलबाट सुनको अपेक्षा गर्नु हुँदैन ।
वर्तमान सरकार वास्तविक माक्र्सवादी–लेनिनवादी नभएकाले यो सरकारले सर्वहारा वर्गको पक्षमा काम गर्नेछ भनी विश्वास गर्नु आफूले आफैलाई भ्रममा पार्नु हो । रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले पनि आफूलाई सरकारद्वारा प्रस्तुत भ्रमको पछि लगाउनु हुँदैन । रक्तिमको सर्वहारा वर्गप्रति समर्पित जुन विरासत रहिआएको छ, त्यसलाई कायम राख्नु पर्दछ । सत्ताको गुणगान गाउने वा सम्पन्न वर्गको गीत गाउने, सत्तापक्षको हितसाधन नगरेर त्यसका विपरीत सर्वहारा वर्गीय कलाकारिताको पक्षपोषण गर्ने अभियानमा अगाडि बढ्नु पर्दछ । रक्तिमको वर्गीय पक्षधरता कायमै रहोस्, त्यो पहेँलो नहोस्—यस खालको सम्भावना विरुद्ध प्रगतिशील तथा जनवादी कलकारहरु सतर्क बन्नु पर्दछ ।

...................................................................................................................

वर्तमान सन्दर्भमा जनसाहित्यको चरित्र

वर्ग विभाजित समाजमा जनसाहित्यको परिभाषा गरिरहनु पर्ने हुन्छ । कारण– औपचारिक शब्दावलीमा जनता भन्नाले सरकारभन्दा बाहिरको पङ्क्ति भन्ने पनि बुझिन्छ । सरकारले न्यायपालिका, कार्यपालिका र न्यायपालिकाभन्दा बाहिरका जोकसैलाई जनता भनी उल्लेख गर्ने गरेकाले आम रूपमा यस्तो मान्यता निर्माण हुन गएको हुन्छ । खासगरी जसको दृष्टिकोणमा वर्ग वा वर्गसङ्घर्ष सम्बन्धी स्पष्ट धारणा हुँदैन, उसका लागि सरकारी परिभाषा नै उचित लाग्न सक्छ । त्यसका बाबजुद मार्क्स् वादी दृष्टिकोणबाट जनताको आफ्नै परिभाषा छ । मूलतः आफ्नै पसिनाबाट जिविकोपार्जन गर्ने अथवा अरूको शोषण नगर्ने जनसमुदाय नै जनता हुन् । यस परिभाषा अन्तर्गत शोषित–पीडित वहुसङ्ख्यक जनसमुदाय नै वास्तविक जनता हुन् । त्यस अर्थमा जनसाहित्य भन्नाले वास्तविक जनताको साहित्य अर्थात् शोषित–पीडित जनसमुदायको हितसाधन गर्ने साहित्य र कलालाई बुझिनु पर्दछ ।
हामीकहाँ वामपन्थी आवरणको सरकार छ, त्यो पनि दुई–तिहाइ बहुमतका साथ, यद्यपि दुई–तिहाइ बहुमत कायम राख्नका लागि सरकारले क्षेत्रीयतावादी मधेशवादीहरुसित समेत सम्झौता गर्दै आइरहेको छ । यो त्यही ओली सरकार हो, जसले २०७२ सालमा पहिलो संविधान संशोधन गरेको थियो । त्यही संशोधनकै कारण सङ्घ र प्रदेशका निर्वाचन क्षेत्रहरु कायम गरिदा ९० प्रतिशत जनसङ्ख्या र १० प्रतिशत भूगोललाई आधार बनाइयो । क्षेत्रीयतावादी मधेशवादीहरुको एउटा माग यही थियो । भारतको इशारामा मधेशवादीहरुले यस खालको माग राखिराखेका बेला उपर्युक्त एउटा माग पुरा गरेर तत्कालीन ओली सरकारले भारत र मधेशवादीहरुसित सुमधुर सम्बन्ध कायम राख्ने प्रयत्न गरेको थियो । तर सर्पलाई दूध खुवाएको अर्थ रहेन । तिनै मधेशवादीहरु अहिले पनि ओली सरकारलाई धम्क्याई रहेका छन् । उनीहरुको मागप्रति सन्तुलन कायम राख्न सरकारले २०७५ साउनमा नागरिकता ऐनमाथि पहिलो संशोधन संसदमा राखिसकेको छ । अर्कातिर, अहिले पनि ओली सरकारले संविधान संशोधन गर्ने आश्वासनका साथ मधेशवादीहरुलाई सरकारबाट अलग नहुन आग्रह गरिरहेको छ । हालै टिकापुर नरसंहारका मुख्य आरोपी रेशम चौधरीलाई सपथ ग्रहण गराएर ओली सरकारले मधेशवादीहरुलाई ग्रिन सिग्नल दिइसकेको छ । यस्तो चरित्र बोकेको ओली सरकार गतकालका सरकारहरुकै निरन्तरता हो भन्नेमा अब शायद शङ्का गरिरहनु नपर्ला । यस्तो सरकारले समेत आफू बाहिरको जनसमुदायलाई जनता त भन्ने नै भयो, गतकालका सरकारले जस्तै यसले पनि वास्तविक जनताप्रति परम्परागत रवैया नै अपनाई रहेको छ र भविष्यमा यस्तै परम्परा कायम रहनेछ । यस प्रकारको परिप्रेक्ष्यमा जनसाहित्यको परिभाषा पुनः स्मरण गर्नु पर्ने भएको छ ।
सरकार दावी गरिरहेको छ– दुई–तिहाइ बहुमतप्राप्त भएका कारण यो सम्पूर्ण जनताको सरकार हो । यो सरकारले जनताकै पक्षमा काम गरिरहेको छ । सरकारले नारा नै निश्चित गरेको छ– “समृद्ध नेपाल, सुखी नेपाली” । औपचारिक वा कानुनी शब्दावलीमा सरकारको दावी स्वाभाविकै हो । तर माक्र्सवादी परिभाषा अनुसार सरकारको यस्तो दावीलाई मान्यता दिन सकिन्छ ? साँच्चै ओली सरकारले जनताको पक्षमा, जनसाहित्यको पक्षमा काम गरिरहेको छ ? यसबारे छलफल चलाउँदा एकाध काम उसले गरेको मान्न सकिन्छ । जस्तै– महाकवि लक्ष्मी प्रसाद देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने सरकारको निर्णयको सन्दर्भमा जनसाहित्यको पक्षमा सरकारले काम गरिरहेको मान्न सकिन्छ । तर सरकारको समग्र कामकारवाहीलाई विचार गर्दा सरकारको यो काम अंश मात्र हो । समग्रमा ओली सरकारले वास्तविक जनताको पक्षमा काम गरिरहेको छैन । ठिक त्यसैगरी जनसाहित्यको पक्षमा पनि काम गरिरहेको छैन । अगाडिका तथ्यहरुले यो निष्कर्षलाई पुष्टि गर्नेछन् ।
यतिखेर प्रधानमन्त्री तथा अन्य मन्त्रीहरु पत्रकारलाई समृद्ध नेपालको पक्षमा समाचार लेख्न धम्काउँदै हिडिरहेका पाइन्छन् । पत्रकार महासङ्घको साना लगानीका मिडिया हक–हित संरक्षण समितिले नुवाकोटको ककनीमा २०७५ मङ्सिर १५ गते आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले शिष्ट शब्दमा धम्की दिएका थिए– ‘तपाईहरु आफ्नै व्यवहारका कारण मन्त्री परिषदको वैठक नसकिदै पाउने समाचार अब हप्ताको एकदिन बिहिवार मात्र पाउने हुनु भएको छ ।’ यो धम्की नभएर के थियो ? यस्तै प्रकृतिको बोली कुनै बेला प्रेस चौतारीका प्रमुख रही हाल सूचना तथा सञ्चार मन्त्री वा सरकारका प्रवक्ता रहेका गोकुल प्रसाद बास्कोटाले प्रयोग गरिरहेको पाइन्छ । प्रधानमन्त्री ओली बुद्धिजीवीहरुप्रति शिष्ट शब्दमा बारम्बार धम्कीपूर्ण बोली र हाउभाउ प्रकट गरिरहन्छन् । यो उनको पुरानै बानी हो । यी सबैको अर्थ के हो ? सरकारले लगातार शोषित–पीडित जनताको पक्षमा काम गरिरहेको तर पत्रकार, बुद्धिजीवी र साहित्यकारहरुले पूर्वाग्रही तरिकाले बदख्वाइँ गरिरहेको स्थिति हो वा सरकारले हल्ला र धम्की बढी तर जनपक्षीय काम कम गरिरहेकाले पत्रकार, बुद्धिजीवी र साहित्यकारले खवरदारी गरिरहेको स्थिति हो ? सरकारको अहिलेसम्मको कामकारवाहीको पर्यवेक्षकीय मूल्याङ्कन गर्दा स्थिति पहिलो प्रकारको हो भन्ने पुष्टि गर्न प्रमाणहरु यथेष्ट छैनन् । यस्तो अवस्थामा अहिलेको स्थिति दोस्रो प्रकारको नै हो । सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको सत्य हो । अझै शोषित–पीडित जनताको पक्षमा काम गर्न नसकेको त झनै बढी सत्य हो । यस्तो अवस्थामा सरकारभन्दा बाहिरबाट खबरदारी गर्नु अस्वाभाविक र अन्यथा होइन । लोकतान्त्रिक व्यवस्थामा खबरदारी गर्ने संवैधानिक व्यवस्था नै हुन्छ ।
सरकारले साहित्यकार र कलाकारलाई पनि समृद्धिको पक्षमा उभिन आग्रह गरिरहेको पाइन्छ । साहित्यकार, कलाकारमध्ये आफ्नो पार्टी नजिककालाई साहित्यक संस्था÷निकायमा नियुक्ति गरेको पनि छ । लामो समयसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी लोक गायिका कोमल ओली जस्ता पात्रलाई सांसद नै बनाइएको छ भने कतिपय साहित्यकारहरु साहित्यिक निकायको नियुक्तिमा परेका छन् । यता, सत्तारुढ दलकै पुराना, सङ्घर्षशील र स्थापित साहित्यकार, कलाकारहरु पृष्ठभूमिमा परेका छन् । तर सत्ता बाहिर रहेका अन्य वामपन्थी दल निकटका कलाकारहरुलाई सरकारले समृद्ध नेपालको पक्षमा गीत गाउन आग्रह गर्दै आएको छ । साहित्यकारलाई समृद्ध नेपालको पक्षमा साहित्यिक कर्म गर्न आग्रह गरिरहेको छ । तर सरकारको यस्तो आग्रहलाई अन्य वामपक्षीय साहित्यकारहरुले अस्वीकार गरिरहेका छन् । रक्तिम सांस्कृतिक अभियान सहित सरकार बाहिर रहेका विभिन्न जनसांस्कृतिक सङ्गठनहरुले अहिले पनि शोषित–पीडित जनताको आवाज बुलन्द गरिरहेका छन् । तर सरकारले समृद्धिको पक्षमा नउभिएकोमा यस्ता साहित्यिक तथा कला अभियानप्रति अरुचि प्रकट गरिरहेको पाइन्छ ।
यतिखेर साहित्य, कलाको क्षेत्रमा यस खालको बेग्लै स्थिति देखा परिरहेको छ । सरकारले आफू सम्पूर्ण जनताको पक्षमा काम गरिरहेको दावी गरिरहेको छ । उसले सरकार “समृद्ध नेपाल, सुखी नेपाली” अभियान सञ्चालन गरिरहेको बताई रहेको छ । तर सत्ता बाहिर रहेका सर्वहारा क्रान्तिका पक्षधर वामपन्थी साहित्यकार, कलाकारहरु भन्छन्– “उस्तै छ हामीलाई पिरलो” अर्थात् जनताको आधारभूत अवस्थामा अझै पनि आमूल परिवर्तन भएको छैन । त्यही कारण हो– पुरानो सत्ता ध्वस्त पार्दै नयाँ सत्ता स्थापनाको अभियान अहिले पनि जारी छ । वामपन्थी साहित्यकार, कलाकारहरु यस्तो अभियानमा अहिले पनि सक्रियताका साथ लागिरहेका छन् । यस्तो अभियानमा सत्ता बाहिर रहेका वामपन्थी मात्र होइन, स्वयं सत्तारुढ दल सम्बद्ध साहित्यकार, कलाकारहरु समेत सामेल छन् । यस्तो हुनुको कारण हो– स्वयं सत्तारुढ दल सम्बद्ध साहित्यकार, कलाकारलाई समेत शोषित–पीडित जनताको जीवनमा आधारभूत परिवर्तन भएको अनुभूति हुन सकेको छैन । त्यसैले सत्ताइतर कैयौँ साहित्यकार, कलाकारहरु अहिले आफ्नै मातृपार्टीप्रति असन्तुष्ट छन् । संस्थागत रूपमा विरोध गर्न नसके पनि उनीहरुले सार्वजनिक रूपमै व्यक्तिगत प्रकारले विरोध गरिरहेको पाइन्छ ।
जनसाहित्य के हो ? यसका दुई वटा परिभाषा छन् । सरकारी परिभाषामा देशका सबै साहित्य, कला जनसाहित्य हो । कला क्षेत्रको मात्र कुरा गर्दा पप, ¥याप, आधुनिक, लोक, शास्त्रीय सङ्गीत सबै जनपक्षीय कला हुन् । सरकारको यस्तो चरित्र निवर्गीय प्रकृतिको छ । उता, जनताको दृष्टिकोणबाट हेर्दा जनपक्षीय साहित्य भनेको दुखी–गरिबको हो । मिहिनेतकश कामदार, पिछडिएका तह–तप्काको दुःख, पिर, व्यथाको चित्र उतार्ने साहित्य, कला नै जनसाहित्य हो । पसिनाको महिमामण्डन गर्ने साहित्य, कला नै जनसाहित्य हो । जनसाहित्यमा सौन्दर्यको तत्व पसिना हो । पसिनालाई सुगन्धित ठान्नु जनपक्षीय सौन्दर्य चिन्तन हो भने त्यसलाई दुर्गन्धित ठान्नु प्रतिधु्रवीय वा प्रतिक्रियावादी सौन्दर्य चिन्तन हो ।
साहित्यबारेको यो सङ्क्षिप्त सङ्केतले मात्र समेत अहिले जनसाहित्यको औचित्य सकिएको छैन भन्ने बुझ्न सकिन्छ । वर्तमान सरकारले गतकालका सरकारहरुले जस्तै आफूलाई सम्पूर्ण जनताको प्रतिनिधि भएको दावी गर्दछ । मतदानद्वारा निर्वाचित भएको अवस्थामा सामान्यतः यस्तो दावीलाई सही मान्न सकिएला । तर आफूलाई कम्युनिस्ट ठानिएको, नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार दावी गरिएको, हँसिया–हथौँडा अङ्कित रातो झण्डा बोकिएको, दस्तावेजमा समाजवाद र साम्यवादलाई आदर्श व्यवस्था उल्लेख गरिएको अवस्थामा वर्तमान सरकारले आफूलाई सम्पूर्ण जनताको वा सबै तह–तप्काको प्रतिनिधि ठान्नु नमिल्दो कुरा हो । हामीले व्यवहारमा देखिरहेका छौँ– सरकारले सर्वहारा वर्गीय तप्कालाई भन्दा पुँजीपति तप्काको हितसाधन गरिरहेको छ । विपन्न तप्कालाई भन्दा दलाल तथा नोकरशाही पुँजीपति तप्काको हितसाधन गरिरहेको छ । सरकारको यस्तो भूमिका साहित्य र कलाको क्षेत्रमा पनि कायमै छ । हँसिया–हथौँडा अङ्कित रातो झण्डा बोकेको आफूलाई कम्युनिस्ट बताउने सरकारले सर्वहारा वर्गीय साहित्य र कलाको पक्षमा ठोस योगदान पुग्ने काम गरेको पाइँदैन । यहाँ समस्या दृष्टिकोणको छ ।
वर्तमान सरकारले सम्पूर्ण जनताको पक्षमा काम गरेको दावी गर्दै गर्दा सर्वहारा वर्गीय साहित्य र कलाप्रति भने उदासिन रवैया अपनाउने गरेको पाइएको छ । उदाहरणका लागि दर्शनकै कुरा गरौँ । सरकार सम्बद्ध पार्टीले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई आफ्नो दृष्टिकोणको आधार बताउँछ । तर रुढिवादको विरुद्धमा प्रगतिशील, प्रगतिवादी वा जनवादी प्रकृतिको काममा जोड दिइएको पाइँदैन । सरकारले कुनै भौतिक संरचनाको उद्घाटन वा शिलन्न्यास गर्दा परम्परागत प्रकारले गर्दै आइरहेको छ । धार्मिक अनुष्ठान सहित भौतिक संरचनाको उद्घाटन वा शिलन्न्यास गरिने परम्परा अहिले पनि यथावत छ । यस्तो अनुष्ठानमा प्रधानमन्त्री समेत सहभागी हुने गरेका छन् । कुनै एकाध घटनामा अपवादको रूपमा होइन, परम्परालाई निरन्तरता दिने गरी यस्ता क्रियाकलापमा सहभागी हुने गरिएको छ । प्रतिपक्षी पार्टीले वा सानो आकारको जनमत भएको पार्टीले यस्ता धार्मिक क्रियाकलापलाई रोक्न नसक्नु बुझ्न नसकिने विषय हो । तर दुई–तिहाइ बहुमतका साथ सत्तासिन पार्टी पनि विश्व दृष्टिकोणको मामिलामा यसरी निरीह वा असहाय किन हुन्छ ? किन उसले गतकालकै सरकारको रवैयालाई निरन्तरता दिन्छ ? के यस्तो स्थितिलाई स्वाभाविक मान्न सकिन्छ ?
नेपालको प्रगतिशील आन्दोलनमा हाल सत्तारुढ रहेको नेकपाको महत्वपूर्ण भूमिका रहिआएको छ । अझै पनि नेकपा नजिकका साहित्यकार, कलाकारहरुले लगातार रुढिवाद र यथास्थितिको विरुद्धमा तर प्रगतिशीलताको पक्षमा लेखिरहेका, बोलिरहेका र अभियान सञ्चालन गरिरहेका छन् । उनीहरुमध्ये कैयौँले अहिले पनि द्वन्द्वात्मक तथा भौतिकवादी दर्शनको प्रचार प्रसार गरिरहेका छन् । तर विडम्बना छ, तिनै पार्टीका नेताहरु सरकारमा पुगेपछि भने धार्मिक अनुष्ठान गरिरहेका छन् । बोका काटेर कार्यालय प्रवेश गर्ने जस्तो प्रकृति पूजामा उनीहरु सामेल हुने गरेका छन् । संस्कृतिको क्षेत्रमा त स्थिति झनै खराब छ । समग्रमा कला र संस्कृतिको क्षेत्रमा हालको सत्ता पक्षले फरक क्रियाशीलता कायम गर्न सकेको छैन । यस खालको अन्तरविरोधका माझ यतिखेर प्रगतिशील आन्दोलन गुज्रिरहेको छ ।
सबैलाई थाहा भएको विषय हो– साहित्य र कलाको क्षेत्रमा एकाएक फौजी तरिकाले निर्णय गरेर रूपान्तरण ल्याउनु सम्भव छैन । त्यसले लामो समय लिन्छ । त्यसका साथै अर्को सत्य हो– साहित्य र कलाको क्षेत्रमा गरिने सानो निर्णयले पनि दूरगामी प्रभाव पार्दछ । उदाहरणका लागि के.पी. शर्मा ओलीले प्रधानमन्त्रीको सपथ ग्रहण गर्दा “ईश्वरको नाममा” होइन, “जनताको नाममा” लिएका थिए । सपथ ग्रहण गर्दा माथिदेखि तलसम्म “जनताको नाममा” शब्दावली प्रयोग गर्ने हो भने त्यसले एउटा अभियान नै सृजना गर्दछ । तर ओलीले अगाडि सारेको एउटा प्रयासलाई स्वयं नेकपाले गम्भीरतापूर्वक लिएको पाइन्न । नेकपाको देशव्यापी प्रभाव भएको अवस्थामा यस्तो प्रभावलाई गम्भीरतापूर्वक लिनु पर्ने आवश्यकता हुन्छ ।
भौतिक संरचना निर्माण गर्दा धार्मिक अनुष्ठान गर्ने परिपार्टीलाई न्यूनीकरण गर्न सकिन्छ । प्रधानमन्त्रीले धार्मिक अनुष्ठानद्वारा उद्घाटन वा शिलन्न्यास गरिने कार्यक्रमप्रति असहमति जनाउने हो भने पनि एक प्रकारको अभियान नै र्सिजना हुनेछ । सरकारको तर्फबाट यतिसम्म हिम्मत गर्ने हो भने र त्यसप्रति प्रगतिशील वा क्रान्तिकारी शक्तिहरुको ऐक्यबद्धता हुने हो भने स्थिति बेग्लै हुनेछ । सम्भवतः यस्तो अभियान सञ्चालन गर्नका लागि अहिलेको समय इतिहासकै अनुकूल समय हो । तर यस्ता विषयप्रति सरकार र सरकारइतरका पक्षहरुको ध्यान नपुगेको हो कि भन्ने लाग्न थालेको छ । यदि सरकारले यस बेला अलिकति पनि प्रगतिशील साहित्य र कलाको पक्षमा धक्का दिने हो भने स्थिति बेग्लै हुनेछ । सरकार र सरकारइतर शक्तिहरुले वर्तमान समयमा केही बढी नै जिम्मेवारी वहन गर्न समयले माग गरिरहेको छ ।
देशमा वामपन्थीहरु सत्तासिन हुनुका बाबजुद देशको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा आमूल परिवर्तन भएको छैन । संसदीय राजनीतिमा कुनै दल लामो समयसम्म सत्तासिन नरहने गरेको इतिहास हेर्दा वर्तमान वामपक्षीय सरकार जति समयसम्म सरकारमा वहाल हुन्छ, त्यति समयसम्म जनसाहित्यको पक्षमा काम गर्नु उपयुक्त हुनेछ । सरकारमा बसेर सम्पूर्ण जनताको पक्षमा काम गर्ने निवर्गीय चिन्तनमा रमाउनुभन्दा सम्भव समयसम्म सर्वहारा वर्गीय हितको पक्षमा काम गर्नु उपयोगी हुनेछ । २०६२–६३ सालको जनआन्दोलनद्वारा राजतन्त्रको अन्त भए पनि सामन्तवादको समूल अन्त भइनसकेको अवस्थामा सामन्तवाद, रुढिवाद र यथास्थितिवादको विरुद्धमा अधिकतम पहलकदमी अहिलेको आवश्यकता हो । यस प्रकारको परिस्थितिमा पनि यदि सरकारले देशमा सामन्तवादी तथा साम्राज्यवादी शोषण समाप्त भएको ठान्दछ भने त्यसबाट आत्मसन्तुष्टि गल्ती हुन जानेछ । देशमा सामन्ती शोषण, उत्पीडन र भेदभावलाई अवशेषका रूपमा रहेको बुझ्ने गरियो भने पनि सरकार पक्षले प्रगतिशील साहित्य र कलाको क्षेत्रमा ठोस काम गर्न सक्ने छैन, बरु आफू सम्पूर्ण जनताको प्रतिनिधि भएको भ्रमका साथ मूलतः सामन्ती र साम्राज्यवादी स्वार्थकै पक्षमा काम गर्नेछ । काफी हदसम्म यस खालको कमजोरी वहालवाला सरकारमा पनि देखा परिरहेको छ ।
माथिको सङ्क्षिप्त चर्चाबाट सत्तामा वामपन्थीहरुको नेतृत्व भए पनि जनताको आधारभूत स्थितिमा आमूल परिवर्तन भइनसकेको तर सरकारले भने आफ्नो वर्ग पक्षधरतालाई बिर्सेर सम्पूर्ण जनताको पक्षमा काम गर्ने निवर्गीय दावी गरिरहेको बुझ्न सकिन्छ । वास्तवमा अहिलेको समस्या यही नै हो । २०६२–६३ सालको जनआन्दोलनबाट राजतन्त्रको अन्त हुँदा त्यसबाट हौसिएर सम्पूर्ण सामन्तवाद नै समाप्त भएको निष्कर्ष निकाल्दै अब पुँजीवाद÷समाजवादको बाटोमा हिडिरहेको बताउनु वर्तमान वामपन्थी सत्ताधारीहरुको स्वभाव हो । यही कारणले गर्दा सत्तामा पुगेका वामपन्थीहरु “न हाँसको चाल, न बकुल्लाको चाल” स्थितिमा पुगेका छन् । उनीहरु दावी गर्दछन् सम्पूर्ण जनताको काम गरिरहेको, तर व्यवहारमा सरकार विपन्न तप्काको पक्षमा काम गर्नबाट चुकिरहेको छ । त्यसका विपरीत सरकार दलाल तथा नोकरशाही पुँजीपतिको पक्षमा भने सहज ढङ्गले काम गरिरहेको छ ।
सरकार वा सरकार पक्षधरले जे जस्तो दावी गरिरहे पनि जनताको पक्षमा अथवा विपन्न तप्काको पक्षमा साहित्य सृजना गर्नु पर्ने आवश्यकता छँदैछ । विपन्न जनतामाथिका शोषण, दमन, भेदभाव अझै पनि समाप्त नभएकाले उनीहरुको पक्षमा काम गर्नु पर्ने आवश्यकता छ नै । जस्तो कि सरकार र सरकार सम्बद्ध पक्षले सार्वजनिक रूपमै आग्रह गरिरहेका हुन्छन्– समाजवाद, समृद्धिको पक्षमा काम गर, अबको समय “समृद्ध नेपाल, सुखी नेपाली” नारालाई व्यावहारिक रूप दिने समय हो—त्यसमा सत्यता छैन । देशमा शोषण, दमन, भेदभाव अझै पनि कायमै छ । आर्थिक क्षेत्रमा हुने शोषण, दमन र भेदभाव बिसको उन्नाइस भएका छैनन् । कारण– सरकारले मानिसले मानिसलाई गर्ने शोषण समाप्त गर्ने प्रकारले काम गर्ने सोचेको छैन । त्यसकारण माक्र्सवादी–लेनिनवादी अर्थमा वास्तविक जनताको हितसाधन गर्ने गरी साहित्य र कला सृजना गर्नु, त्यसको प्रचार प्रसार गर्नु र त्यसको पक्षमा लक्षित जनतालाई गोलबन्द गर्ने अभियानको औचित्य समाप्त भएकै छैन । सरकारमा हँसिया–हथौँडा अङ्कित झण्डा बोक्ने तिनै नेताहरु पुगे भनेर अब समृद्धिको गुणगान गाउने बेला अझै पनि कोशौँ टाढा छ । यस खालको दिवासपनाको भ्रमबाट प्रगतिशील तथा वामपन्थी साहित्यकार, कलाकारहरु ब्युझिनु पर्दछ ।
२०७२ सालमा पछिल्लो संविधान बनेर र २०७४ सालको तीनै तहको निर्वाचनबाट वामपन्थीहरु सत्तामा आउनुका बाबजुद विपन्न मजदुरका गीत, किसानका गीत गाउनै पर्ने भएको छ । साहित्य सृजना गर्नै पर्ने भएको छ । अहिले पनि लाखौँ युवायुवतीहरु एक छाक खान, एकसरो लगाउन र आफ्ना दैनिक न्यूनतम समस्या समाधान गर्न किशोर उमेर पार गर्दा बित्तिकै सात समुद्रपारि जाने प्रचलन कम भएको छैन । सुकुम्वासीहरुको सङ्ख्या दिनदिनै बढ्दै गइरहेको छ । घरवारविहीनहरुको सङ्ख्या बढ्दैछ । व्यक्तिगत समस्या समाधान गर्न नसक्दा मानसिक विरामी हुने र त्यसमध्यको एउटा तप्काले आत्महत्यासम्म गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको छ । जुन मानिसहरुसित थोरै भए पनि चल÷अचल सम्पत्ति छ, उनीहरुको वास्तविकता स्वाभाविक छैन । उनीहरु यथार्थमा ऋणात्मक स्थितिमा पुगेका हुन्छन् । एक छाक खान, एकसरो लाउन, एउटा सानो आफ्नै झुपडीमा बस्न, आफ्ना वालवालिकाहरुलाई आधारभूत शिक्षा दिन, बिरामी हुँदा उपचार गर्न जस्ता नितान्त व्यक्तिगत आवश्यकता पूर्ति गर्नका लागि मानिसहरु जीवनभरि काम गर्नु पर्ने मात्र होइन, त्यस क्रममा झन्पछि झन् खस्कँदो आर्थिक स्थितिमा पुग्ने प्रक्रिया यथावत नै छ । त्यसकारण यस खालको सामाजिक तप्काको अस्तित्व कायम रहँदासम्म उनीहरुको पक्षमा साहित्य, कला जन्मनु स्वाभाविकै हो ।
जनसाहित्य वा जनताको साहित्य सृजना गर्नु, त्यसको पक्षमा प्रचार अभियान सञ्चालन गर्नु अहिले पनि सान्दर्भिक र सामयिक अभिभारा हो । यहाँसम्म कि सत्ताइतर साहित्यकार, कलाकारहरुले पनि साहित्य र कला मार्फत् सत्तालाई खबरदारी गर्नु पर्दछ । जुन साहित्यकार, कलाकारहरु सत्ताको तावेदारी गर्दै आफ्नो दुनो सोझ्याउन चाहन्छन्, उनीहरुको विषय बेग्लै हो । तर जुन साहित्यकारहरु श्रमजीवी, मिहिनेतकश जनताको पक्षमा प्रगतिशील साहित्यिक अभियान सञ्चालन गर्न चाहन्छन्, उनीहरु सुस्ताउने बेला भइसकेको छैन । यथार्थ, अन्तिम र निर्णायक कुरा यही हो– जबसम्म समाजमा शोषित, पीडित र अपहेलित सामाजिक तप्काको अस्तित्व रहनेछ, तबसम्म जनताको आवाज मुखर गर्ने साहित्य र कलाको अस्तित्व पनि समाप्त हुने छैन । अहिलेको नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था त्यस्तो खालको छँदै छैन । त्यसकारण जनसाहित्यको औचित्य अहिले पनि छ र त्यसका साथै जनपक्षीय साहित्यिक र कलात्मक अभियानको औचित्य पनि त्यत्तिकै छ ।

...................................................................................................................

धर्मप्रति बदलिदो आधुनिक मानसिकता

कार्ल माक्र्सले धर्मलाई समाजको ‘प्रतिबिम्ब’ बताएका छन् । आफनो प्रशिद्ध कृति पुँजीको पहिलो खण्डको प्रथम भागमा माक्र्सले यस्तो अभिव्यक्ति दिएका हुन् । यहाँनेर स्मरणीय छ– माक्र्सले ‘प्रतिबिम्ब’ शब्दावली प्रयोग गरेका छन् (यहाँ हामी ‘पुँजी’ को प्रथम खण्डको अनुवादकमाथि पुरै विश्वास गरेका छौँ– उनले पुरै इमान्दारिताका साथ सही शब्द चयन गरेका छन्) । तर उनले ‘ऐना’ शब्दावली प्रयोग गरेका छैनन् । ऐनामा देखिने प्रतिरूप भनेको वस्तुको यथार्थ तर अस्थायी प्रतिबिम्ब हो । प्रतिबिम्ब भनेको प्रतिरूप वा छाया हो— वस्तुमा तरल रूपमा देखा पर्ने प्रतिरूप । प्रतिरूप वा छायाँ पुरै ठोस वस्तु होइन । छायाँको अस्तित्व तबसम्म मात्र हुन्छ, जबसम्म ठोस मूल वस्तुको अस्तित्व रहन्छ । जब मुख्य वा प्रथम ठोस वस्तुलाई हटाइन्छ वा परिवर्तन गरिन्छ, तब छायाँ पुरानो रूपमा रहँदैन ।
अहिले कुनै ठोस वस्तुको प्रतिबिम्ब उतार्ने धेरै प्रविधिहरुको विकास भएको छ । कम्प्युटरको आविष्कार भएपछि वस्तुको प्रतिबिम्ब उतारेर त्यसलाई रङ्गिन रूप दिनु सम्भव भएको छ । यस्ता प्रतिबिम्बलाई लामो समयसम्म सुरक्षित कायम राख्न पनि सम्भव भएको छ । यसरी वस्तुको प्रतिरूपलाई कागज, चित्र, भिडियो मार्फत् सुरक्षित गर्न सकिने भएको छ । त्यति मात्र होइन, ध्वनि र गतिशील दृष्यलाई पनि प्रतिरूप दिनु सम्भव भएको छ । प्रविधिको विकास नहुँदाको समयसम्म यस्ता धेरै विकल्पहरु थिएनन् । ऐनामा देखिने प्रतिरूप स्थायी हुँदैनन् । त्यो अवस्थामा वस्तुको प्रतिरूप दिन चित्रकला, मूर्तिकलाको तरिका अपनाइन्थ्यो । अहिले पनि कलाको यो रूपले निरन्तर काम गर्दै आएको छ । पछिल्लो समयमा यो कलामा पनि थप विकास हुँदै आएको छ । त्यसैगरी पहिले ध्वनिको नक्कल गरेर प्रतिरूप उतार्ने विकल्प मात्र विद्यमान थियो । अहिले स्थिति सहज भएको छ । रेकर्डिङ प्रविधिको विकास भएपछि ध्वनिको प्रतिरूप वा प्रतिबिम्ब उतार्न पनि सम्भव भएको छ ।
माक्र्सले धर्मलाई प्रतिबिम्ब बताई रहँदा त्यसलाई एउटा निश्चित कालखण्डसित सम्बन्धित गराएको प्रष्ट छ । त्यसको अर्थ हुन्छ– प्रत्येक धर्म कुनै खास समयको समाजको प्रतिबिम्ब हो । त्यसमा यो तथ्य पनि जोडिनु पर्दछ– धर्म कुनै खास समाजको प्रतिबिम्ब हो । कुनै खास समाज भन्नुको अर्थ यो सबै समाजको वा सम्पूर्ण विश्वको प्रतिबिम्ब होइन भन्ने ठोकुवा हो । यसरी माक्र्सको माथि उल्लेखित अभिव्यक्तिको सामान्य अर्थ हुन जान्छ– धर्म भनेको कुनै खास समाजको कुनै एक कालखण्डको प्रतिबिम्ब हो । यो प्रस्थापनाको प्रष्ट रूपमा दुई वटा स्पष्टीकरण हामीमाझ प्रकट हुन पुग्दछ ः प्रथम– धर्म सधैँका लागि समाजको प्रतिबिम्ब हुन सक्दैन; द्वितीय– धर्म संसारभरिका सबै मानव समाजको प्रतिबिम्ब हुन सक्दैन । यसरी धर्मलाई हामीले इतिहासको सापेक्ष परिघटना मान्नु पर्ने हुन्छ । कारण– समय गतिशील छ । त्यो परिवर्तन भई रहन्छ । जुन कालखण्डमा कुनै अमूक धर्मको उत्पत्ति भएको थियो, अर्को कालखण्डमा त्यो समाप्त भई सकेको हुन्छ । अर्कातिर, जुन समाजको तत्कालीन प्रतिबिम्ब धर्म बनेको थियो, त्यो समाज पनि परिवर्तन भई सकेको हुन्छ । त्यसका विपरीत धर्मका पक्षधरहरुले भने धर्मलाई सर्वकालिक र सम्पूर्ण मानव जातिका लागि बताउँदै आएका हुन्छन् । तर तथ्यहरुले धर्मका पक्षधरहरुको यस्तो दावीको पक्षमा ठोस र यथेष्ट प्रमाण उपलब्ध गराउन्न । त्यसका बाबजुद जब त्यसका पक्षधरले धर्मलाई शाश्वत रूप खोज्दछन्, त्यति बेला धर्मको जडरूप प्रकट हुन पुग्दछ । धर्मका पक्षधरहरुका अनुसार त्यतिखेर धर्मको वर्तमान परिभाषा यस्तो हुन पुग्दछ– धर्म जुनसुकै समयका लागि अथवा अहिले पनि सबै प्रकारको समाजका लागि अपरिहार्य छ ।
कुनै समयमा धर्मको प्रगतिशील रूप थियो अथवा धर्मले कुनै खास समयमा समाजलाई अग्रगामी दिशा दिन भूमिका खेलेको थियो । त्यो ऐतिहासिक कालखण्डतर्फ जाने हो भने धर्मको यस खालको भूमिकालाई ठम्याउन सकिन्छ । जब निजी सम्पत्तिविहीन कालखण्ड समाप्त भयो र निजी सम्पत्तिको युग सुरु भयो, ठिक त्यहीँनेर निजी सम्पत्तिका लागि बेलगाम प्रतिष्पर्धा चली रहेका बेला, त्यसका लागि अराजकता फैलिई रहेका बेला धर्मको भूमिका प्रगतिशील र अग्रगामी स्वरूपमा देखा परेको थियो । जस्तो– गोठाला बिना गाईवस्तुलाई अनुशासित तरिकाले जङ्गलमा डुलाउनु सम्भव हुँदैन, त्यस्तै समाजमा एक खालको नियामक निकायको अस्तित्व बिना तत्कालीन समाजको हविगत के हुन सक्दथ्यो ? हामी सहजै अनुमान गर्न सक्दछौँ– मानिसहरु आपसमै हिंसात्मक क्रियाकलाप मार्फत् नासिने थिए । यसरी तत्कालीन सामाजिक अराजकताबाट समाजलाई बचाउँदै पुँजीवादी युगसम्म समाजलाई हस्तान्तरण गर्न धर्मको सकारात्मक भूमिका थियो । यस्तो इतिहासको भूमिका वापत् मानव समाजले धर्मप्रति धन्यवाद टक्राउनै पर्दछ ।
यहाँनेर एउटा तथ्य स्मरणीय छ । जब मानव समाज निजी सम्पत्तिजन्य अराजकताको चरणमा थियो, त्यस्तो सार्वभौमिक अराजकता नियन्त्रण गर्न एउटै विश्वव्यापी आवश्यकतामाथि मात्र धर्म उभिएको थिएन । यदि त्यस्तो हुन्थ्यो भने विश्वभरि एउटै धर्मको अस्तित्व कायम हुनु पर्दथ्यो । न्यूनतम रूपमा जहाँ मानव समाजको विकासको प्रकृतिमा अधिकतम समानता थिए, त्यहाँ एउटै धर्म, त्यो पनि एकै समयमा स्थापना हुनु पर्दथ्यो । तर त्यस्तो भएन । युरोपमा यहुदी र क्रिश्चियन धर्मको सत्ता कायम हुन पुग्यो । एसियामा हिन्दू, बौद्ध र इस्लाम धर्मको सत्ता कायम हुन पुग्यो । यी त प्रभावशाली रूपमा अहिलेसम्म कायम रहेका धर्म भए । यिनीहरुका साथसाथै विश्वका बेग्लाबेग्लै स्थानमा बेग्लाबेग्लै धर्मको अस्तित्व अहिले पनि कायम छ । त्यस्ता धर्महरुको विस्तार स्थानीय आकारमा विद्यमान छ अथवा कुनै खास क्षेत्रमा ती धर्महरुको प्रभाव अहिले पनि छ । यसको अर्थ हो– यस्ता धर्म अहिले पनि कुनै खास जाति वा सम्प्रदायका माझमा प्रभावशाली छन् । यसले धर्मको स्थानीय वा जातीय (सङ्कीर्ण) स्वरूपलाई नै बताउँछ । त्यसका बाबजुद धर्म हाम्रा समयका जातिवादीहरुले दावी गरे जस्तो विशुद्ध जातीय घेरामा सीमित छैन । जतिसुकै सानो भूगोलमा प्रभावयुक्त भए पनि धर्मको प्रकृति जातीय हुन सक्दैन र हुने गरेको पनि छैन । धर्म सामाजिक प्रकृतिको हुन्छ । धर्म निश्चित सम्प्रदायको हुन्छ । तर यस्तो सम्प्रदाय कुनै निश्चित जातिको मात्र हुनु अपरिहार्य देखिन्न । त्यस कारण तथ्यहरुले बताउँछन्– धर्मलाई जातिको सङ्कीर्ण घेराभित्रको परिघटना मान्नु गलत हुने छ ।
समयक्रम बदलिदै जाँदा समाज पनि बदलिदै गएको छ । अब कुनै खास जातिको, यहाँसम्म कि कुनै खास जातिको सामाजिक प्रभाव कायम राख्नु पनि अनावश्यक भई सकेको छ । उत्पादनका साधनहरुको सामाजीकरणले मानिसहरु विश्वभरि जीविकाका लागि फैलिन पुगेका छन् । यस क्रममा उनीहरुले धेरै–थोरै आफ्नो जाति, धर्म, संस्कार, संस्कृतिबाट अलग हुनु पर्ने स्थिति पनि छ । यस क्रममा मानिसहरु अर्को धर्मबाट प्रभावित हुने मात्र होइन, भौतिक जगतको अनिवार्य गतिविधिको निरन्तर प्रभावमा रहँदा भौतिकवादी दृष्टिकोण अपनाउने स्थिति छ । यी सबै कारणले गर्दा अब मानिसहरुका लागि जीवन दर्शनको रूपमा धर्मद्वारा अनिवार्य र अपरिहार्य व्यावहारिक निर्देशन प्राप्त गर्नु सम्भव र आवश्यक देखिन्न । त्यसरी अब धर्म वर्तमान समयको अपरिहार्य नियामक निकायको रूपमा अस्तित्वमान छैन ।
माथि नै उल्लेख गरी सकिएको छ, धर्मको स्वभाव जड हुन्छ । परिवर्तनशीलता धर्मको मूल स्वभाव होइन । त्यसका बाबजुद विभिन्न दबाबका कारण सामान्य सुधारका लागि धर्मका पक्षधरहरु बाध्य हुने गरेका छन् । समयक्रमसँगै विभिन्न सुधार अभियान चल्दा या त धर्मशास्त्रमा सामान्य सुधार भएका छन् या धर्मभित्र विद्रोह पनि भएको छ । त्यसका अतिरिक्त धर्ममा यस्ता शाखाहरु पनि जन्मेका छन्, जसले कुनै खास धर्मको मूल प्रस्थापनालाई स्वीकार गरे पनि आफ्नो भिन्न प्रस्थापनाका साथ आफ्नो अस्तित्वलाई निरन्तरता दिएका हुन्छन् । आजभोलि धर्ममा जुन शाखाहरुको अस्तित्व छ, त्यो स्वयं धर्मको जड प्रकृतिप्रतिको विरोध हो, यद्यपि धर्मका पक्षधरहरुले ती शाखालाई नै आफ्नो अभिन्न अङ्ग बताउने गरेका छन् । त्यसका बाबजुद तिनीहरुको स्वतन्त्र अस्तित्वभित्र नै ती मूल धर्मप्रतिको विरोधलाई खुट्याउनु असजिलो छैन ।
धर्मको अध्ययनद्वारा, धर्मशास्त्रको अध्ययनद्वारा तत्कालीन समाजको अध्ययन गर्न सकिन्छ भने त्यसको अर्थ हो– वर्तमान समयका लागि धर्म अप्रासङ्गिक प्रमाणित भई सकेको छ । त्यसको स्पष्ट अर्थ वर्तमान समयका लागि धर्मले प्रतिबिम्बको रूप धारण गर्न सक्दैन भन्ने नै हो । त्यसो भए अब प्रश्न उठ्छ– वर्तमान समयको प्रतिबिम्बको रूपले धर्मले आफूलाई रूपान्तरण गर्न सक्ने सम्भावना छ त ? धर्मका पक्षधरहरुले यसको उत्तर सकारात्मक रूपमा र सम्भावनाको पक्षमा दिन्छन् । त्यसका विपरीत यथार्थ त्यस्तो छैन । धर्मको इतिहास त्यस्तो पनि छैन । धर्म प्राचीन युगको उत्पादन हो । त्यसपछिको समयमा मानव समाजले धेरै नै विकास गरी सकेको छ । दर्शन, नैतिकता, संस्कार, संस्कृतिका क्षेत्रमा उल्लेखनीय विकास भएको छ । विज्ञानले उच्च स्तरमा विकास गरेको छ । धेरै नै महत्वपूर्ण र युगिन आविष्कारहरु भएका छन् । खालि त्यस्ता आविष्कार भएका होइनन्, ती आविष्कारहरुले मानव जीवनलाई प्रत्यक्ष रूपमा नै प्रभावित पारेका छन् ।
उदाहरणका लागि चिकित्सा क्षेत्रलाई नै लिऊँ । सबै धर्ममा धर्मशास्त्रहरु मार्फत् चिकित्साको समस्यालाई धेरै–थोरै सम्बोधन गरिएको छ । हिन्दू धर्ममा उपचार वा चिकित्सासित सम्बन्धित छुट्टै वेद पनि छ । इस्लाम धर्ममा पनि उपचार पद्धतिको व्यवस्था छ । इसाई वा क्रिस्चियनहरुले पनि उपचार पद्धति प्रचलनमा ल्याएका छन् । बौद्ध धर्मले ध्यान, योग मार्फत् चिकित्सा सम्बन्धी कर्म अहिले पनि अगाडि बढाई रहेको छ । हिन्दू धर्म अन्तर्गत मानिने पतञ्जली चिकित्सा पद्धति एसियामा प्रख्यात छ । यी चिकित्सा पद्धतिहरुले बेग्लाबेग्लै स्थान विशेषमा महत्वपूर्ण भूमिका खेलेको (रोगको प्राथमिक चरणमा यस्ता धर्मशास्त्रीय चिकित्सा पद्धतिले काम गरेको दावी पनि गरिन्छ) मा दुई मत कायम गर्नु नपर्ला । तर विद्यमान समयको कुरा गर्ने हो भने एलोप्याथी चिकित्सा पद्धति अहिलेको प्रभावशाली पद्धति हो । एलोप्याथी अन्तर्गतका वैज्ञानिक डायग्नोसिस प्रविधि र औषधिहरुले विश्वको मुख्य हिस्सालाई चिकित्सा सेवा उपलब्ध गराई रहेका छन् । त्यसको तुलनामा धर्मसित सम्बन्धित चिकित्सा पद्धतिहरु पृष्ठभागमा पर्न गएका छन्, पिछडिएको सावित भएका छन् । उनीहरुको पद्धतिमा वैज्ञानिकता छैन, त्यस कारण ती पद्धति आधुनिक, व्यावहारिक र प्रभावशाली पनि छैनन् ।
यसरी चिकित्साको क्षेत्रमा पनि धर्मशास्त्रीय मूल प्रवृत्ति प्रष्ट देख्न सकिन्छ । उनीहरुले रोगको डायग्नोसिस (परीक्षण विधि) लाई चिकित्सा क्षेत्रको अभिन्न अङ्गको रूपमा समावेश गर्न सकेका छैनन् । परीक्षण वैज्ञानिक ढङ्गले नभइकन उपचार र उपचारमा प्रगतिलाई देख्न सकिन्न भन्ने तथ्यतर्फ धर्मसित सम्बन्धित चिकित्सा पद्धतिको ध्यान गएको पाइन्न । यो पनि धर्मशास्त्रीय जड मान्यता नै हो । यस्तै जड भावनाले गर्दा धर्मसित सम्बन्धित चिकित्सा पद्धतिले मानव समुदायको सफल उपचार गर्न सकेका छैनन् ।
यहाँ धर्मशास्त्रीय जड प्रवृत्तिको जुन चर्चा गरियो, त्यो मूल रूपमा नै सत्य हो । त्यसको अर्थ यो होइन– धर्मशास्त्रीय मान्यताका वस्तुगत आधारहरु पुरै नै भत्किई सकेका छन् । वास्तविकता त्यस्तो छैन । विश्वको मूल प्रवृत्ति भौतिकवाद हुनुको बाबजुद विज्ञान तथा प्रगतिशीलताको प्रभाव व्यापक नभएका थुप्रै समाजहरु अहिले पनि विद्यमान छन् । त्यहाँ दैनिक व्यवहारमा भौतिकवादसिद्ध क्रियाकलापमा संलग्न हुने गरिएता पनि सत्ता र चिन्तनमा धर्मको प्रभाव शक्तिशाली छ । अझै पनि मध्य–पूर्वमा धर्मलाई जोडेर गृहयुद्धहरु भई रहेका छन् । इस्लाम धर्मलाई राज्य धर्म घोषणा गरेका देशहरुले सोही अनुसार राज्य सञ्चालनमा धार्मिक मूल्य–मान्यतालाई निर्णायक रूपमा व्यावहारिक प्रयोग गरी राखेका छन् । एउटा हातमा तरवार र अर्को हातमा कुरान लिएर “कर्बला” शैलीमा इस्लाम धर्म अहिले पनि विश्वभरि आक्रामक छ । युरोपले अहिले पनि विश्वभरि इसाई धर्मको प्रचार गरी रहेको छ । एउटा हातमा डलर र अर्को हातमा बाइबल बोकेर युरोपियन चर्चहरु विश्वभरि क्रियाशील छन् । भारतबाट हिन्दू धर्म विश्वभरि प्रवाहित छ । मानिसहरुलाई एकै ठाउँमा जम्मा गरेर “अमृत वचन” तुल्य सत्सङ्गद्वारा हिन्दू धर्मले पूर्वी विश्वबाट बाँकी विश्वतर्फ पाइला सारी रहेको छ ।
यी त भए, धर्मशास्त्रीय क्षेत्रबाट भएका अध्यात्मवादको प्रचारको प्रसङ्ग । त्यसका अतिरिक्त जुन ठाउँमा विज्ञान, प्रविधि र प्रगतिशीलताको प्रभाव परेको छैन, त्यहाँ प्रकृति पूजाको रूपमा धार्मिक प्रवृत्ति विद्यमान छ । भारत र नेपालका भौगोलिक रूपमा विकट क्षेत्रमा प्रकृति पूजा वा पदार्थ पूजा अहिले पनि जोडदार रूपमा कायमै छ । एसियाका कतिपय देश र अफ्रिकाका कैयौँ देशमा, खासगरी ती देशका आदिवासी र जनजातिहरुमा प्रकृति पूजाको चर्को प्रभाव छ, यद्यपि ती स्थानमा पनि तुलनात्मक रूपमा पहिलेभन्दा मात्रात्मक रूपमा विज्ञान, प्रविधि र प्रगतिशीलताको बढी प्रचार भएको छ । त्यसका बाबजुद अझै पनि विश्वका थुप्रै समाजहरुमा पिछडिएको अवस्थामा छन् । खासगरी उद्योग–व्यवसायको व्यापक विकास नभएको स्थानविशेषमा, कृषिको पिछडिएको अवस्था रहेको स्थानमा स्थिति यही प्रकारको रहेको छ । विज्ञान, प्रविधि र प्रगतिशीलताको कमजोर प्रभाव—जुन पिछडिएको उत्पादन सम्बन्धको परिणाम हो—ले गर्दा त्यहाँका जनताको चेतना स्तर पनि पिछडिएको छ । भनी रहनु पर्दैन, पिछडिएको चेतना स्तरमाथि नै धर्मको फूल फक्रिन्छ ः कृषि युगमा रहेको समाजमा प्रकृति पूजा र उद्योग–व्यवसायको समेत विकास भएको स्थानमा धर्मशास्त्रीय मान्यता । जुन देशमा उद्योग–व्यवसायको उच्च विकास भएको छ, यदि त्यहाँ भौतिकवादी चिन्तन सहितको राज्यसत्ता हावी छैन भने पनि धर्मको वर्चस्व कायम हुन्छ । तर त्यहाँको स्थिति पुरै सामन्तवादी हुँदैन अथवा विषयवस्तुलाई यसरी राख्न सकिन्छ ः जहाँ मन्दिर, मस्जिद र चर्चको सत्ता चल्दछ, उद्योग–व्यवसायको विकास भए पनि त्यहाँको राज्यसत्तामा सामन्तवाद हावी भएको मानिनु पर्दछ; त्यसका विपरीत यदि कुनै देशमा मन्दिर, मस्जिद र चर्चको सत्ता चल्दैन भने त्यहाँ सामन्तवादको प्रभाव कमजोर भएको वा त्यहाँको सत्ता भौतिकवादतर्फ सङ्क्रमणशील रहेको मान्नु पर्ने हुन्छ ।
धर्मले प्रकृतिको सत्ता वा पदार्थको सत्तालाई अस्वीकार गर्दछ र त्यसको स्थानमा अलौकिक शक्तिलाई राख्दछ । अलौकिक शक्ति, जस्तै– भगवान वा ईश्वर, अल्लाह, यिसूले नै विश्वलाई परिचालन र नियन्त्रण गर्दछ भन्ने उनीहरुको अवधारणा हुन्छ । उनीहरुले विज्ञान र प्रविधिको जतिसुकै विकास भए पनि अलौकिक शक्तिको सत्ता कहिल्यै पनि कमजोर नहुने दावी गर्दछन् । यहाँसम्म कि स्वयं विज्ञान, प्रविधि समेत अलौकिक शक्तिका कारणले अस्तित्वमान रहेको उनीहरुको दावी हुन्छ । यस खालको मानसिक परनिर्भरता या “दिमागी गुलामी” ले गर्दा धर्मका पक्षधरहरु विज्ञान र प्रविधिमा भएको विकास तथा प्रगतिशीलताका कारण समाजको चेतनामा भएको विकासलाई बुझ्न सक्दैनन्, त्यसमा भएको विकासको गतिलाई ठम्याउन सक्दैनन् । सम्पूर्ण विश्व नै भ्रम हो, विश्वका सम्पूर्ण गति वा परिवर्तनहरु भ्रम हुन्, सत्य या यथार्थ त खालि अलौकिक शक्ति हो—यस खालको मान्यता धर्मका पक्षधरहरुले राख्दछन् । त्यसको फलस्वरूप उनीहरुले विज्ञान, प्रविधि र प्रगतिशीलताप्रति पनि पूर्वाग्रही दृष्टिकोण राख्दछन् ।
धर्म वा धर्मका पक्षधरहरुले अलौकिक शक्तिप्रति एकतर्फी अन्धश्रद्धा राखे पनि विश्वको आफ्नै गति छ । धर्मशास्त्रहरुमा जुन अलौकिक वा अद्भुत वस्तु वा परिघटनाको चर्चा गरिएका हुन्छन्, त्यस्तो अलौकिकता वा अद्भुतताको अस्तित्वको कारण ईश्वर, अल्लाह वा यिसूलाई मानिएको छ, तिनै वस्तु वा परिघटनालाई मानव समुदायद्वारा निर्माण गरिएपछि अलौकिकता सम्बन्धी भ्रमको स्वतः खण्डन भएको छ । अझै दैनिक जीवनमा विज्ञान, प्रविधि र प्रगतिशीलताको व्यावहारिकतास्वरूप पदार्थको सत्ता स्थापित भएपछि धार्मिक विश्वास निजी र अतिरिक्त मानसिक क्रियाकलापमा सीमित रहन पुगेको छ । पुँजीवादले उपभोक्तावादको चरम र विकृत अभ्यास गरी रहेको अवस्थामा धर्म वस्तुगत आवश्यकता, जीवन दर्शन वा व्यावहारिक मार्गदर्शन नरहेर मानसिक शान्ति प्राप्त गर्ने माध्यम बन्न पुगेको छ । उदाहरणका लागि योग, ध्यान अहिलेको कोलाहलपूर्ण दैनिकीबाट केही समयका लागि भए पनि मानसिक शान्ति प्राप्त गर्ने साधन बन्न पुगेका छन् । जसरी यस युगका मानिसहरु दैनिक कामबाट आराम पाउन मनोरञ्जनका विभिन्न साधन अपनाउँछन्, त्यसैगरी उपभोक्तावादको विकृति, विसङ्गतिको विकल्प खोज्दै गर्दा मानिसको एउटा समूह धर्मशास्त्रीय क्रियाकलापतिर मोडिन्छन् ।
यसरी सामन्तवादको अन्त्य भएर पुँजीवादको विकास चरम रूपमा पुगी सकेपछि पनि यदि धर्मका प्रभाव प्रबल छ भने त्यसका पछाडिको कारण धर्मले वर्तमान समाजको प्रतिबिम्ब उतार्ने गरेको नभएकाले प्रष्ट छ । धर्म अहिले पनि प्रभावशाली रूपमा कायम रहनुका पछाडि उपभोक्तावादको नकारात्मक भूमिकाले काम गरेको छ । यदि पुँजीवाद अलिकति पनि मानवीय, दयालु वा उदार हुने हो भने धर्मप्रतिको मानिसको आसक्ति कमजोर हुने थियो । तर मानवीयता, दयालुपन र उदारता पुँजीवादको स्वभाव हुनै सक्दैन । पुँजीवाद पुँजीको दर्शन हो । पुँजी आर्जन र सङ्कलनका लागि जुनसुकै सीमा पनि पार गर्नु पुँजीवादको सामान्य स्वभाव हो । त्यसका लागि उपभोक्तावादको ताण्डव नृत्य उसका लागि सहज र स्वभाविक नै मानिने गर्दछ । त्यस कारण पुँजीवादले स्वयं धर्मप्रति साँठगाँठ गर्दै उपभोक्तावादको स्वरूपलाई यथास्थितिमा काम राख्दछ ः उपभोक्तावादले मानसिक अशान्ति फैलाउँछ, धर्मले मानसिक शान्ति उपलब्ध गराउने आश्वासन दिन्छ । दुवै अवस्थामा पुँजीवादी सत्ता यथावत रहन्छ, न पुँजीवाद सामन्तवादको विरुद्ध, न सामन्तवाद पुँजीवादको विरुद्ध उभिने गर्दछन् । यसरी सामन्तवाद र पुँजीवादका माझमा साँठगाँठ कायम रहन्छ । यही सत्य वर्तमान युगको वास्तविकता हो ।
यस्तो अवस्थामा उपभोक्तावादी विकृतिबाट उन्मुक्ति पाउने र मानसिक शान्ति पनि प्राप्त गर्ने त्यस्तो कुनै बाटो छ ? प्रश्न उठ्दछ । त्यसको प्रष्ट उत्तर हो– शोषणविहीन समाज स्थापना गरेपछि मात्रै यी दुवै लक्ष्य प्राप्त गर्न सकिने छ । मानिसले मानिसलाई गर्ने सबै प्रकारका शोषण, उत्पीडन समाप्त भएपछि मात्र मानव–मानवका माझमा वास्तविक एकता कायम हुने छ । त्यसपछि मात्र आफ्ना समस्या समाधान गर्न प्रकृतिसितको सार्वजनिक तर मैत्रीपूर्ण प्रतिक्रिया सम्भव छ । त्यसपछि मात्र प्रकृतिलाई स्वाभाविक स्थितिमा कायम राख्न र त्यसको काखमा सुखी, समृद्ध र शान्त विश्व मानव समाजको अस्तित्वको ग्यारेन्टी गर्न सकिने छ ।

...................................................................................................................

                           नयाँ पिढीलाई विश्वस्त पार्नेबारेमा
कम्युनिस्ट पार्टीको नेतृत्वका सन्तानहरू सक्रिय राजनीतिमा सामेल नहुने सवालमा दुई खालको समस्या देखिएको छ : प्रथम, जुन अनुपातमा आमाबाबु राजनीतिमा सक्रिय छन्, त्यो अनुपातमा छोराछोरीहरू राजनीतिमा नै छैनन्, द्वितीय, जुन सीमित सङ्ख्यामा छोराछोरीहरू राजनीतिसँग जोडिएका छन्, त्यही अपेक्षा अनुसार उनीहरू सक्रिय राजनीतिमा टिक्न सकेका छैनन् ।
यीमध्ये मुख्य समस्या पहिलो नै हो । किन कम्युनिस्ट पार्टीको नेताका सन्तानहरू राजनीतिमा सक्रिय छैनन् ? सीमित रूपमा सक्रिय भए पनि तिनीहरू क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूमा क्रियाशील छैनन् ? यस सम्बन्धमा विचार गर्नु पर्ने आवश्यकता छँदै छ । तर यस सम्बन्धमा एउटा तथ्य उल्लेखनीय छ– गैर कम्युनिस्ट पार्टीको नेताका छोराछोरीहरू भने वामपन्थीको तुलनामा अपेक्षाकृत बढी क्रियाशील भएका पाइन्छन् । धेरै टाढा नजाऔँ, दक्षिण एसियामा मात्रै पनि विचार गर्दा गैर वामपन्थी क्षेत्रको राजनीतिक नेतृत्वमा वंशको निरन्तरता देख्न सकिन्छ । नेपालमा कोइराला र भारतमा गान्धी परिवारको राजनीतिक नेतृत्वमा निरन्तर क्रियाशीलता यससम्बन्धी उदाहरण हुन् ।
विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा भएकाले वामपन्थी क्षेत्रमा आकर्षण कमजोर भएको सत्य हो । अर्कातिर, गैर वामपन्थी क्षेत्रको राजनीतिमा वंशको निरन्तरता बुझ्न सकिने विषय हो । कारण ः वामपन्थीका तुलनामा गैर वामपन्थी क्षेत्रको राजनीतिमा प्रशस्त अनुकूलताहरू छन्– दार्शनिक, सैद्धान्तिक–वैचारिक, सङ्गठनात्मक र कार्यशैलीका हिसाबले वामपन्थी पार्टीका तुलनामा गैर वामपन्थी पार्टीको राजनीतिमा अनुकूलताहरू छन् । अझ गैर वामपन्थी क्षेत्रमा कतिपय यस्ता राजनीतिक पार्टीहरू छन्, जो धर्म, जाति, क्षेत्र र वंशका आधारमा सञ्चालित छन् । यी मध्ये केही पार्टीहरू एनजिओद्वारा परिचालित छन् भने कोही विदेशी शक्तिहरूको फन्डिङमा । यस्ता पार्टीहरूको दार्शनिक, सैद्धान्तिक–वैचारिक सङ्गठनात्मक र कार्यशैली ठोस सैद्धान्तिक आदर्शका आधारमा उभिएको हुँदैन । यो विशिष्टतासित कम्युनिस्ट पार्टीको राजनीतिलाई तुलना गर्ने भने धेरै कुरा प्रष्ट हुने छ : कम्युनिस्ट पार्टीको नेतृत्वका सन्तानहरू स्वाभाविक र सन्तोषजनक रूपले गैर वामपन्थी वा गैर कम्युनिस्ट पार्टीको राजनीतिमा जस्तो क्रियाशील नहुनुको पछाडिका कारण बुझ्न सकिन्छ ।
माथिको सङ्क्षिप्त सङ्केतबाट मात्र पनि कम्युनिस्ट राजनीति अन्य राजनीतिभन्दा पृथक, जटिल र कठिनाइपूर्ण भएको अनुमान लगाउन गाह«ो छैन । त्यस्ता पृथकता, जटिलता र कठिनाइहरू के हुन् त ?

दर्शन : द्वन्द्वात्मक भौतिकवाद

अन्य पार्टीभन्दा कम्युनिस्ट राजनीतिको मुख्य पृथकता दर्शनको हो । अन्य पार्टीहरूका लागि राजनीति गर्न कुनै खास दर्शनको अध्ययन गर्नु पर्ने आवश्यकता हुन्न, व्यक्तिगत रूपमा कसैले दर्शनको अध्ययनमा रुचि राख्दछ भने त्यो बेग्लै विषय हो र नराम्रो विषय पनि भएन । तर कम्युनिस्ट पार्टीका सदस्यहरूका लागि भने दर्शनको अध्ययन, खास गरी द्वन्द्वात्मक भौतिकवादको अध्ययन प्राथमिक कार्यभार हो । कम्युनिस्ट पार्टीमा नेतृत्व गर्ने व्यक्तिहरूका लागि मात्र होइन, त्यसमा काम गर्ने अन्य नेता/कार्यकर्ताहरूका लागि पनि दर्शनको अध्ययन अति आवश्यक हुन्छ । कारण : कम्युनिस्ट पार्टीका निर्णयहरू द्वन्द्वात्मक भौतिकवादी दर्शनको आलोकमा लिइन्छन्, समाजसम्बन्धी निर्णयहरू ऐतिहासिक भौतिकवादको आलोकमा लिइन्छन् । कम्युनिस्ट पार्टीका तार्किक र सामाजिक निर्णयहरूलाई सही ढङ्गले बुझ्नका लागि पनि यी दर्शनहरूको अध्ययन, चिन्तन र मनन् अनिवार्य छ ।
अन्य दर्शनको तुलनामा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन नयाँ पिढीका लागि जटिल वा कठिन छ । त्यसका पछाडिको एउटा कारण हो– यो दर्शन अहिले सत्तासिन पक्षको होइन, बरु प्रतिपक्षको हो । अर्काे पक्ष विषयवस्तुको छ । माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ सबैले विपरीत वस्तुहरूका बीचको एकता र सङ्घर्षलाई द्वन्द्वात्मक भौतिकवादको मुख्य तत्व बताएका छन् । यसमध्ये विपरीत तत्वहरूका बीचको सङ्घर्ष स्थायी पक्ष हो भने एकता अस्थायी । द्वन्द्वात्मक भौतिकवादको समाज वा इतिहासमा प्रयोग नै ऐतिहासिक भौतिकवाद हो ।
यहाँ उल्लेखनीय पक्ष यो छ– द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादबारे एक स्तरको समझदारी कायम नभइकन न कम्युनिस्ट पार्टीको नेतृत्वले कुनै फैसला गर्न सक्छ, न कार्यकर्ताहरूले ती निर्णयहरूलाई सही रूपमा बुझ्न सक्छन् । उदाहरणका लागि पूँजीवादी व्यवस्थाको प्रसङ्गलाई लिऊँ । जुन देशमा उद्योगधन्दाको विकास भएको छ वा पूँजीको विकास भएको छ, त्यहाँ कम्युनिस्टहरूका लागि पूँजीवाद प्रतिक्रियावादी व्यवस्था हो । तर जहाँको सामाजिक व्यवस्था सामन्तवादी छ वा जहाँ पूँजीको विकास भएको छैन, त्यहाँका लागि पूँजीवादी व्यवस्था प्रगतिशील वा अग्रगामी व्यवस्था हो । यस प्रकार कम्युनिस्ट पार्टीका लागि एउटै व्यवस्था (उदाहरणका लागि पूँजीवादी व्यवस्था) दुई बेग्ला–बेग्लै परिस्थितिमा बेग्ला–बेग्लै स्थितिमा रहन्छन् । एउटा परिस्थितिमा पूँजीवादी व्यवस्था प्रगतिशील वा अग्रगामी हुन्छ भने अर्काे परिस्थितिमा प्रतिक्रियावादी । यसरी पूँजीवादी व्यवस्थाको सवालमा कम्युनिस्टहरू समर्थन र विरोध दुवै गर्दछन् । तर समर्थन वा विरोधमध्ये कुन प्रकारको नीति अपनाउने ? त्यससम्बन्धी निर्णय परिस्थिति अनुसार निर्धारित हुन्छ । त्यस कारण लेनिनले ठोस परिस्थितिको ठोस विश्लेषणलाई माक्र्सवादको आत्मा बताएका थिए ।
जुन व्यक्तिमा विषयवस्तुबारे यस खालको दार्शनिक, सैद्धान्तिक समझदारी कायम हुन्न, उनीहरूले न कम्युनिस्ट पार्टीले जसरी निर्णय गर्न सक्दछन्, न त कम्युनिस्ट पार्टीको यस खालको निर्णयलाई सही परिप्रेक्ष्यमा बुझ्न सक्दछन् ।

सैद्धान्तिक–वैचारिक पक्ष : समाजवाद–साम्यवाद

कम्युनिस्टहरूको अधिकतम राजनीति समाजवाद–साम्यवाद हो । यो उनीहरूको अन्तिम लक्ष्य पनि हो । समाजवादी र साम्यवादी व्यवस्था स्थापनाका लागि परिस्थिति अनुसारको रणनीति र कार्यनीतिको समग्रता नै सर्वहारा राजनीति हो ।
समाजवाद र साम्यवादको स्थापना दीर्घकालीन र कठिनाइपूर्ण वर्गसङ्घर्षबाट मात्र सम्भव छ । त्यसका लागि सम्बन्धित देशको परिस्थिति अनुसारको राजनीति तय गर्नु पर्ने हुन्छ । जहाँ पूँजीको विकास भएको छ, त्यहाँ सिधै समाजवादी क्रान्ति मार्फत् समाजवादी राज्यव्यवस्था स्थापना गर्न सकिन्छ । जहाँ पूँजीको विकास भएको छैन, त्यहाँ पूँजीवादी चरणको सर्वहारा क्रान्ति (नयाँ जनवादी क्रान्ति) सम्पन्न गरेर अगाडि बढ्नु पर्दछ । क्रान्ति पूर्वका सर्वहारा राजनीति सत्ता कब्जाको वरिपरि केन्द्रित हुन्छन् । अधिकतम कार्यक्रम समाजवाद–साम्यवाद भए पनि तात्कालिक लक्ष्य (वा कार्यक्रम) नयाँ जनवादी क्रान्ति निर्धारित गरिएको ठाउँमा कम्युनिस्ट पार्टीले एक खालको राजनीति अपनाउँछ भने जहाँ समाजवाद नै तात्कालिक कार्यक्रम बन्दछ, त्यहाँ बेग्लै खालको राजनीति अपनाउँछ ।
यस प्रकार राजनीतिको सवालमा कम्युनिस्टहरू ठोस सैद्धान्तिक–राजनीतिक प्रस्थापनाका आधारमा अगाडि बढ्छन् । यसरी कम्युनिस्ट राजनीति गैर वामपन्थीको जस्तो प्रष्ट र सहज देखिन्न । त्यस कारण नयाँ पिँढीका सामु जति सहजता गैर वामपन्थी राजनीतिमा प्रवेश गर्नुमा छ, त्यति सहजता वामपन्थी राजनीतिमा छैन । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका आधारमा विवेचना गरेर राजनीतिक योजना र निर्णय निर्धारण गर्ने तौरतरिकामा अवश्य पनि प्रशस्त जटिलताहरू छन्, जुन जटिलतालाई दार्शनिक, सैद्धान्तिक समझदारी कायम नभइकन पार गर्न सकिन्न ।

सङ्गठनात्मक पक्ष : जनवादी केन्द्रीयता

कम्युनिस्टहरू सङ्गठनको परिचालन जनवादी केन्द्रीयताको सिद्धान्तको आधारमा गर्दछन् । जनवादी केन्द्रीयताको सिद्धान्तभित्र सम्पूर्ण समिति केन्द्रीय समितिको मातहतमा, तल्ला समितिहरू उपल्ला समितिको मातहतमा, अल्पमत बहुमतको मातहतमा, केन्द्रीय समिति सम्मेलन वा महाधिवेशनको मातहतमा र सम्पूर्ण सदस्यहरू सङ्गठनको मातहतमा जस्ता नियमहरू निर्धारित गरिएका छन् । त्यसै गरी छलफलको स्वतन्त्रता र काम–कारवाहीमा एकता तथा सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारी जस्ता पद्धतिहरू पनि छन् । व्यक्तिगत सम्पत्ति सहितको वर्गीय समाजमा व्यक्तिगत वा निजी प्रकृतिका विचारहरू प्रतिबिम्बित गर्ने खालका मतभेदहरू सङ्गठनमा बारम्बार सतहमा आउँछन् । ती मतभेदहरूलाई नियमन गर्नका लािग कम्युनिस्टहरूले अनुशासनको यस्तो संरचना निर्माण गरेका हुन्छन् ।
विद्यमान समाज व्यक्तिगत प्रकृतिको रहेकाले व्यक्तिगत मत, आवेग, संवेदना र हितलाई सर्वोपरि ठान्ने स्थिति बारम्बार निर्माण हुन्छ । राजनीतिक पार्टीमा जब तिनै समाजबाट सदस्यहरू भर्ना हुन्छन्, त्यही खालको मानसिकता पनि सँगै पार्टीमा प्रवेश गर्दछ । यस्तो व्यक्तिगत मतभेदबाट पार्टीलाईमाथि उठाउन वा पार्टीलाई व्यक्तिगत मतभेदमा नै रनभुल्ल नपार्न लेनिनले जनवादी केन्द्रीयता सम्बधी अवधारणा अगाडि सारेका थिए । लेनिनपछि स्तालिन, माओ र संसारभरिका कम्युनिस्ट पार्टीहरूले जनवादी केन्द्रीयताको सिद्धान्तलाई अपरिहार्य तत्व मानेर सङ्गठन परिचालन गरी रहेका छन् । जबसम्म समाजमा व्यक्तिगत स्वामित्व रहन्छ, तबसम्म वर्गसङ्घर्ष रही रहन्छ र वर्गसङ्घर्षको प्रतिबिम्ब राजनीतिक पार्टीभित्र पनि पर्दछ । यस्तो स्थिति कायम रहँदासम्म जनवादी केन्द्रीयताको सिद्धान्त औचित्यपूर्ण नै रहने प्रष्ट छ ।
गैर वामपन्थी पार्टीमा सङ्गठन व्यक्तिगत स्वविवेकका आधारमा सञ्चालन भएका पाइन्छन् । त्यस्ता पार्टीका सदस्यहरू पनि यही प्रकारको मानसिकता, मनोविज्ञानका साथ पार्टीमा परिचालित हुन्छन् । प्रारम्भिक चरणसम्म सल्लाह, सुझावका बारेमा छलफल भएता पनि अन्ततः नेतृत्वको व्यक्तिगत निर्णय नै अन्तिम हुने स्थिति त्यहाँ हुन्छ । यही स्थितिका कारणले गर्दा यस्ता पार्टीहरूले साम्प्रदायिक, जातीय, क्षेत्रीय÷इलाकीय वा नितान्त व्यक्तिवादी निर्णय लिँदा पनि त्यसप्रतिको विरोधले सार्थक परिणाम ल्याउन सक्दैन । तर कम्युनिस्ट पार्टीमा यस्तो स्थितिको ठिक विपरीत स्थिति रहनाले नयाँ पिँढीबाट भर्ना हुने सदस्यका सामु कठिनाइ उत्पान्न हुन्छ । नयाँ पिँढीका सदस्यका लागि यी सबै पद्धति नयाँ हुन्छन्, असहज हुन्छन् र खालि दार्शनिक–सैद्धान्तिक प्रतिबद्धताका आधारमा मात्र यी पद्धतिलाई सहज रूपमा लिनु सम्भव हुन्छ । त्यस कारण सङ्गठनात्मक पद्धति पनि नयाँ पिँढीका लागि गैर वामपन्थी क्षेत्रका लागि जस्तो सहज र सरल हुन्न ।

कार्यशैली : जन अनुमोदित आचरण

कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरूमा जन अनुमोदित आचरण हुनु आवश्यक छ । जन अनुमोदित आचरणको अर्थ हुन्छ– जनताको हित विपरीत जाने खालका आचरणको निषेध । कम्युनिस्ट पार्टीका नेता/कार्यकर्ताहरू स्वेच्छाचारी, अराजक, स्वच्छन्दतावादी वा व्यक्तिवादी हुनु हुँदैन भन्ने यसको अर्थ हो । नम्र, शिष्ट, भद्र, दयालु, संवेदनशील—यस खालका आचरण कम्युनिस्ट पार्टीको सदस्यहरूका लागि आधारभूत तत्व मानिन्छन् । अझ जुन कार्यकर्ताहरू जनतासितको प्रत्यक्ष सम्पर्कमा रहन्छन्, उनीहरूको हकमा त जन अनुमोदित आचरण अनिवार्य जस्तै हुन्छ । यदि यस खालको आचरण कायम गर्न सकिन्न भने त्यस्ता नेता÷कार्यकर्ताहरू अलोकप्रिय बन्न पुग्दछन्, फलस्वरूप उनीहरू जनताबाट तिरस्कृत हुन पुग्दछन् ।
यहाँ हामीमा जनता प्रवर्गबारे स्पष्ट समझदारी कायम हुनुपर्दछ । कम्युनिस्टहरूले जनता प्रवर्गभित्र सर्वहारा पङ्क्तिलाई सामेल गर्दछन् अथवा शोषित–पीडित सामाजिक तप्का नै जनता हुन्, जनताको शोषण, दमन गर्ने मुट्ठीभर सामाजिक तप्का जनता हुन सक्दैनन् । अझ ठोस शब्दमा भन्नु पर्दा (वर्ग विश्लेषणका आधारमा) औद्योगिक मजदुर, साना व्यवसायी, खेत मजदुर, गरिब किसान वा निम्न मध्यम किसानहरूको सम्मिलित सामाजिक तप्का नै जनता हो । नयाँ जनवादी क्रान्तिको चरणमा मध्यम किसान, धनी किसान र राष्ट्रिय पूँजीपति जनताका मित्र हुन् ।
कम्युनिस्ट कार्यशैलीका बारेमा छलफल गर्दा स्तालिन र माओले क्रान्तिकारी जोश र दक्षतामाथि जोड दिएका छन् । क्रान्तिकारी दृष्टिकोणद्वारा लैस नभइकन लाल स्प्रिट उत्पन्न हुन्न । खालि जोशिलो क्रान्तिकारी लाल स्प्रिट मात्र भएर पुग्दैन, दक्षता वा कार्यक्षमता र कुशलताको पनि त्यत्तिकै आवश्यकता पर्दछ । क्रान्तिकारी दृष्टिकोणका आधारमा जोश या स्फूर्ति, परिस्थिति अनुकूल निर्णय लिन सक्ने सृजनात्मकता वा वस्तुवादी दृष्टिविन्दु र निर्धारित, निश्चित कार्यभारलाई पुरा गर्ने हदसम्मको दृढता, प्रतिबद्धता, कटिबद्धता, इमान्दारिता कम्युनिस्ट कार्यशैलीका आवश्यक गुणहरू हुुन् ।
कम्युनिस्टहरूका उपर्युक्त आचरण, कार्यशैली, नैतिकतासम्बन्धी विषयवस्तु कठिन छन् । सबैभन्दा अप्ठेरो विषय सामूहिक अनुशासनको हो । व्यक्तिवादी प्रकारले, अनियन्त्रित र स्वच्छन्द प्रकारले चल्न खोज्ने प्रवृत्तिका सामु सामूहिक अनुशासन पहाड बनेर उभिए जस्तो हुन्छ । त्यस कारण नयाँ पिँढीका लागि कम्युनिस्ट अनुशासन कठिन विषय बन्न जान्छ ।

उत्तर आधुनिक प्रवृत्ति

अहिलेको युग साम्राज्यवादी हो । साम्राज्यवाद भनेको आधारभूत रूपमा पूँजीवादी व्यवस्था नै हो । तर पूँजीवादी व्यवस्थाभित्र कुनै वस्तु वा सेवाहरूले विश्वव्यापी रूपमा एकाधिकार कायम गर्दछन् भने त्यसैलाई साम्राज्यवादी चरण भनिन्छ । कुनै देशका वस्तु वा सेवाले विश्वभरि एकाधिकारको हदसम्म विकास गर्दछन् (पूँजी निर्यात) र त्यो देशको राज्यसत्ताले यस्तो पूँजीलाई समर्थन गर्दछ भने त्यस्तो राज्य व्यवस्थालाई साम्राज्यवादी भनिन्छ । जस्तै– अमेरिकी राज्यसत्ता साम्राज्यवादी राज्यसत्ता हो । तर वर्तमान समय साम्राज्यवादबाट मात्र सन्तुष्ट छैन । त्यसको सुधारस्वरूप साम्राज्यवादभित्रैबाट उत्तर आधुनिक प्रवृत्ति उदाएको छ । यस्तो प्रवृत्तिले आफूलाई आधुनिक युगबाट पनि अगाडि बढेको दावी गर्दछ । साम्राज्यवादलाई पनि पिछडिएको ठान्दछ । तर यस खालको दावी गरेता पनि उत्तर आधुनिकताका पक्षधरसित कुनै सुसङ्गत वा प्रष्ट अवधारणा छैन । उसले अहिलेको विश्वमा दर्शन, नैतिकता, आदर्श, इतिहास, साहित्य, कला, कानुन जस्ता कुनै पनि शाश्वत चिजको अस्तित्व नभएको दावी गर्दछ । आँखाले जुन चिज प्रष्ट रूपमा देख्न सकिन्छ, त्यही नै अन्तिम सत्य हो भन्ने उसको तर्क छ । खाऊँ, पिऊँ, मोज गरूँ, आदर्श, नैतिकता भन्ने केही छैन भन्ने प्रवृत्ति उत्तर आधुनिकतामा पाइन्छ । यस्तो अमूर्त विचारको प्रभाव नयाँ पिँढीमा पनि प्रशस्त परेको छ ।
पूँजीवाद, साम्राज्यवादलाई एक अर्थमा उत्तर आधुनिकतावादले फाइदा पुर्‍याएको छ । किनकि दर्शन, कानुन, इतिहास, कला, साहित्य, संस्कृति जस्ता कम्युनिस्टहरूले अत्यधिक जोड दिने क्षेत्रमा यसले पानी धमिल्याई दिएको छ । यस अर्थमा पूँजीवादीहरूलाई हाइसञ्चो भएको छ । यता कम्युनिस्टहरूका अगाडि भने गम्भीर चुनौती थपी दिएको छ । उत्तर आधुनिकतावादी प्रवृत्तिले सबैभन्दा बढी प्रहार कम्युनिस्ट आदर्श, नैतिकतामाथि गर्दछ । अन्तिम लक्ष्य समाजवाद–साम्यवादसम्म पुग्नका लागि कम्युनिस्टहरूले जसरी दीर्घकालीन लक्ष्य निर्धारण गर्दछन्, त्यहाँसम्म पुग्नका लािग कठोर नैतिकता, अनुशासन, आचरण कायम गर्दछन्, उत्तर आनुधिकतावादले त्यसका सामु प्रशस्त अवरोध सृजना गरी दिन्छ । प्रकृति जस्तै मानव समाज पनि नियमानुशासित छ, शोषणविहीन समाज निर्माणको मार्गका पथिकहरूमा कठोर अनुशासन, नैतिकता, आचरण हुनु आवश्यक छ भन्ने आदर्शद्वारा आफ्ना नेता, कार्यकर्ताहरूलाई लैस गर्नमा जति कठिनाइ कमयुनिस्टहरूलाई छ, त्यति अरू पक्षलाई छैन । त्यस कारण कम्युनिस्टहरूको नेतृत्वमा उत्तर आधुनिकतावादको प्रभावलाई निस्तेज नपारिकन नयाँ पिढीलाई कम्युनिस्ट आन्दोलनको पक्षमा व्यापक मात्रामा सामेल गर्नु सम्भव छैन ।

नकारात्मक परिस्थितिको सकारात्मक परिणाम

कम्युनिस्ट चरित्र नकारात्मक परिस्थितिको सकारात्मक परिणामको रूपमा पनि अगाडि आउँछ । कम्युनिस्ट वैचारिक प्रवर्ग हो । यो तीव्र वर्गसङ्घर्षको बीचबाट जन्मिन्छ । जहाँ सामन्त र पूँजीपति वर्गको शोषण, दमन, अन्याय, अत्याचार तीव्र र सर्वाङ्ग हुन्छ, त्यहाँ नै कम्युनिस्ट चरित्र स्थापनाका लागि वस्तुगत आधार तयार हुन्छ । रूसमा जारशाहीको चरम शोषण, दमन, चीनमा पछिल्लो समयमा च्याङकाइसेकको राष्ट्रिय स्वाधीनताको विरुद्धमा जापानी साम्राज्यवादपरस्तताको वस्तुगत आधारमा नै त्यहाँका क्रान्तिकारी कम्युनिस्ट आन्दोलन सशक्त रूपमा स्थापित भएको थियो । नेपालमा शाह र राणाहरूको जहानियाँ निरङ्कुशता र भारतीय विस्तारवादको राष्ट्रियता, जनतन्त्र र जनजिविका विरोधी गतिविधिका कारण नै वामपन्थी वा कम्युनिस्टको प्रभाव बढी रहेको छ । रूस, चीन, भारत जस्ता देशमा कम्युनिस्ट प्रभाव घटी रहेका बेला नेपालमा उनीहरूको प्रभाव बढी रहनुका पछाडि यिनै कारणहरूले पनि काम गरी रहेका छन् । २०७२ सालमा शक्तिशाली भूकम्पले देश थर्थराई रहेका बेला आफ्नो संविधान आफै बनाए वापत् लगाइएको नाकाबन्दीले नेपाली जनतालाई भारतको विस्तारवादी भूमिकाबारे वस्तुगत रूपमा नै स्पष्ट बनाएको छ ।
समाज विकासको नियमले बताउँछ– जहाँ शोषण, दमन, अन्याय, अत्याचार तीव्र र सर्वाङ्ग हुन्छ, त्यहीँ नै उत्पीडित वर्गको सशक्त प्रतिरोध हुन्छ । यस्तो प्रकारको सशक्त प्रतिरोधको लिकबाट नै मुक्ति–आन्दोलनको रेल अगाडि बढ्छ । यसरी समाजमा भई रहेको शोषण, दमनको सारतत्वबारे आम जनतालाई, युवा पिँढीलाई स्पष्ट पार्न सकेको खण्डमा कम्युनिस्ट पार्टीप्रति युवा पिँढी आकर्षित हुन सक्दछ । त्यसका विपरीत यदि हँसिया–हथौँडा अङ्कित झण्डाभित्रैबाट शोषण, दमनको सारतत्वलाई लुकाउने वा विकृत पार्ने प्रयास गरिन्छ भने त्यसको दोष युवा तप्का वा नयाँ पिँढीलाई दिन सकिदैन । जसरी दक्षिणपन्थी अवसरवादीहरूले प्रतिक्रियावादको पिछलग्गु बनेर शोषण, दमनमाथि पर्दा राख्न तँछाडमछाड गर्दछन्, त्यतिखेर नयाँ पिढी रनभुल्ल पर्नु वा उनीहरूले समग्र राजनीतिक क्षेत्रप्रति नै अरूचि प्रकट गर्नु अन्यथा होइन । यस्तो परिस्थितिमा कम्युनिस्ट क्रान्तिकारी शक्तिहरू मैदानमा आउनु पर्दछ । उनीहरूले देशी–विदेशी प्रतिक्रियावादीका साथै दक्षिणपन्थी र उग्र वामपन्थी अवसरवादको भण्डाफोर गर्न सक्नु पर्दछ, तब मात्र नयाँ पिढीले वितृष्णापूर्ण बनेको विद्यमान राजनीतिभित्रको वास्तविकता वा त्यसभित्र लुकेको सुनौलो आदर्शप्रति आशातित नजरले हेर्ने विश्वास गर्न सकिन्छ । त्यसपछि मात्र विद्यमान शोषणमूलक समाजमा आमूल परिवर्तनका लागि पहलकदमी आफ्नो हातमा लिने छ ।

नेताका सन्तानहरू नेता बन्नु अपरिहार्य छ ?

एउटा प्रश्नबारे छलफल गरौँ । के कम्युनिस्ट पार्टीको नेताका सन्तानहरू त्यही पार्टीको नेतृत्वमा पुग्नु अनिवार्य वा अपरिहार्य छ वा नेताका सन्तानहरू पनि नेता नै बन्नु अपरिहार्य छ ?
यस्तो अनिवार्यता वा अपरिहार्यता छैन । कारण : कम्युनिस्ट राजनीति सामन्ती राजनीति होइन, जहाँ राजनीति मार्फत् राष्ट्रको कार्यकारी बन्ने जहानियाँ परम्परा लागु होस् । जस्तो किमाथि नै चर्चा गरियो, वामपन्थी क्षेत्रमा नेताका सन्तानहरू पनि कम्युनिस्ट पार्टीका अन्य सदस्यहरू जस्तै दर्शन, सिद्धान्त, सङ्गठनात्मक पद्धति र कम्युनिस्ट अनुशासन, नैतिकता र आचरणबाट खरो उत्रनै पर्दछ । खालि नेताका सन्तान भएकाले उनीहरूलाई कम्युनिस्ट पार्टीको सदस्यताको आधारभूत शर्तप्रतिको पालनामा छुट दिन सकिन्न । दर्शन, दृष्टिकोण, सङ्गठनात्मक क्रियाशीलता, अनुशासन, नैतिकता, आचरणको समग्रतामा नै कम्युनिस्ट पार्टीको सदस्यता दिने प्रचलन भएकाले नेताका सन्तानलाई पनि स्वतः यी नियमहरू लागु हुन्छन् ।
नेताका सन्तान र अन्य सदस्यका बीचमा कम्युनिस्ट पार्टीमा कुनै पनि प्रकारको भेदभाव वा सहुलियतको व्यवस्था गर्ने चलन इतिहासमा पाइन्न । नेताका सन्तानमा राजनीतिक संस्कार हुन सक्दछ (यद्यपि यस्तो स्थिति अनिवार्यतः पाउन सकिन्न), अन्य सदस्यमा त्यस्तो संस्कार नहुन सक्छ । तर दुवै श्रेणीका सदस्यको पहिलो शर्त दृष्टिकोण हो । दर्शन, सिद्धान्तमा प्रष्ट नभइकन कोही पनि कम्युनिस्ट पार्टीको सदस्य बन्न सक्दैन । तर खालि दर्शन र सिद्धान्तप्रतिको ओठे समर्थनले मात्र काम चल्दैन, त्यसलाई व्यवहारमा सही सावित गर्न सक्नु पर्दछ अथवा आफूले स्वीकार गरेको दर्शन र सिद्धान्त अनुरूपको व्यवहार कम्युनिस्ट पार्टीको सदस्यमा हुनुपर्दछ । त्यस कारण पार्टीको उपल्लो पदमा पुगेका व्यक्तित्वहरूले आफ्ना सन्तानहरूलाई खालि दार्शनिक, सैद्धान्तिक क्षेत्रबाट प्रशिक्षित गरेर पुग्दैन, सैद्धान्तिक स्वीकारोक्तिलाई व्यावहारिक बनाउन सङ्गठन र आन्दोलनमा पठाउनु पर्दछ । यस्तो व्यावहारिकता मार्फत् आफूलाई अनुकूल वा अनुरूप प्रमाणित गरी सकेपछि मात्र नेतृत्वले आफ्ना सन्तानलाई नेतृत्वका लागि प्रस्तावित गर्न सक्दछ ।

कम्युनिस्ट आदर्श कायम गरौँ

निश्चित रूपमा अहिलेको समस्या कम्युनिस्ट पार्टीभित्रको भाइभतिजावाद होइन, बरु नेतृत्वका सन्तान, परिवारको राजनीतिप्रतिको वितृष्णा हो । त्यसलाई परिवर्तन गर्न कम्युुनिस्ट पार्टीको नेतृत्वले परिवारलाई पार्टीकरण गर्नमा ध्यान दिनु पर्दछ । उनीहरूको व्यवहारले राजनीतिलाई व्यवसाय वा क्लबको मनोरञ्जन जस्तो एकाङ्गी रूपमा लिनु हुँदैन । आफूले अपनाएको दर्शन, सिद्धान्त, राजनीतिबारे परिवारलाई पनि जानकारी गराउने, घरायसी वा पारिवारिक मामिलामा पनि कम्युनिस्ट नैतिकता, अनुशासन र आचरणप्रति ध्यान दिने गर्नु पर्दछ । कम्युनिस्ट पार्टीको नेतृत्वका परिवारहरूमा राजनीतिप्रतिको वितृष्णाको एउटा कारण नेतृत्वको सिद्धान्त र व्यवहारमा देखिने भिन्नता र कतिपय बेलामा देखा पर्ने बिल्कुल विपरीत स्थिति पनि हो । उदाहरणका लागि घरमा श्रीमतीसितको व्यवहार, शारीरिक श्रममा भाग नलिने प्रवृत्ति, घरभित्रका उमेरले पाका र आफूभन्दा साना सदस्यप्रतिको व्यवहार, घरका सदस्य र बाहिरका सदस्यबीचको सम्बन्ध, अवसर र त्यागको सवालमा अपनाइने दृष्टिकोण, पद–प्रतिष्ठा र पेसाको सवालमा व्यक्त हुने दृष्टिकोण, आफूलाई अरूसितबाट विशेष वा उच्च सम्मान पाउने अपेक्षा, गल्तीको सवालमा आफूप्रति वा परिवार जनप्रति उदार रवैयाको आशा, समग्रमा कम्युनिस्ट दर्शन, सिद्धान्त, राजनीति, अनुशासन, नैतिकता र आचरणको सवालमा अभिनय गर्नु, वास्तविक व्यवहार, खास गरी घर–परिवारसितको व्यवहारमा विपरीत स्थिति कायम गर्नु—यस खालको असङ्गति कायम रहँदासमम्म नयाँ पिँढी कम्युनिस्ट पार्टीप्रति विश्वस्त हुन सक्दैन ।
जब परिस्थिति प्रतिकूल हुन्छ, तब कम्युनिस्टहरूले झनै बढी र उच्च स्तरको आदर्श प्रस्तुत गर्न सक्नु पर्दछ । यस्तो आदर्श खालि कुनै खास ठाउँमा मात्र होइन, फिल्डमा, दैनिक व्यवहारमा, घर–परिवारमा समेत प्रस्तुत गर्न सक्नु पर्दछ । आम जनताले पार्टीप्रतिको समर्थन दर्शन, सिद्धान्तप्रति प्रत्यक्ष समर्थनद्वारा मात्र होइन, दैनिक व्यवहारमा व्यक्त हुने क्रियाकलापका आधारमा गर्दछन् । त्यस कारण सिद्धान्त, दर्शनका छोटा कुरा गरौँ, तर त्यसभन्दा बढी व्यवहारमा आफू कम्युनिस्ट भएको सावित गरेर देखाऔँ—जनतालाई प्रशिक्षित गर्ने, आफ्नो घर–परिवार वा नयाँ पिढीलाई प्रशिक्षित वा विश्वस्त गर्ने महत्वपूर्ण तरिका यही हुन सक्छ ।

समाजको ऐतिहासिक नियमबारे प्रशिक्षण

विश्व कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा रहेका कारण नयाँ पिँढीको कम्युनिस्ट आन्दोलनप्रति आकर्षण अपेक्षाकृत सन्तोषजनक नहुनु अन्यथा होइन । त्यसो भए पनि समाजको ऐतिहासिक नियम अनुसार भने वर्गीय समाजको अन्तिम परिणति वर्गविहीन समाजको स्थापना नै हुन सक्दछ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनलाई स्वीकार गर्नेहरू यस खालको विश्वास राख्दछन् । यो दर्शनमाथि विश्वास राख्ने माक्र्सवादीहरू मान्दछन्– वर्ग रहेसम्म वर्गसङ्घर्ष जारी रहन्छ र वर्गसङ्घर्षले सर्वहारा अधिनायकत्वको मार्ग हुँदै वर्गविहीन समाज निर्माण गर्दछ । तर सिद्धान्तमा एउटा पङ्क्तिमा पुरा हुने उपर्युक्त समाजको ऐतिहासिक नियम जब व्यवहारमा जान्छ, त्यसले सिङ्गै युग बरावरको काल व्यतित गर्दछ । रूसमा १९१७ मा सर्वहारा समाजवादी क्रान्ति सम्पन्न भएपछि स्तालिन जीवित रहेसम्म (१९५३ सम्म) पनि समाजवादी चरण पुरा हुन सकेन । स्तालिनको निधन भएपछि रूसी सर्वहारा वर्गले वर्गसङ्घर्षमा आफ्नो नेता गुमाउन पुग्यो । माओको निधनपछि चिनियाँ सर्वहारा वर्गलाई पनि त्यस्तै भयो । यसरी कुनै पनि देशमा समाजवादी चरण पुरा हुन पनि दशकौँ लाग्न सक्छ भने साम्यवादी व्यवस्था अतित्वका लागि त झन् शताव्दी लाग्ने प्रष्ट छ । त्यसै पनि माक्र्स, एङ्गेल्सले साम्यवादी व्यवस्थालाई विश्व व्यवस्था बताएका छन् । विश्व व्यवस्था बताउनुका पछाडि माक्र्स, एङ्गेल्सको एउटा प्रस्थापनामा यो थियो– साम्यवाद एउटा मात्र देशमा स्थापना हुने छैन, त्यसका लािग न्यूनतम रूपमा एउटा महादेशीय भूगोलमा साम्यवादी व्यवस्था अस्तित्वमा आउने छ । त्यस्तै सामरिक रूपले महत्वपूर्ण क्षेत्र वा शक्ति सन्तुलनयुक्त क्षेत्रमा साम्यवादी व्यवस्था अस्तित्वमा आउन सक्ने छ ।
यहाँ जुन समाजवादी, साम्यवादी व्यवस्था स्थापनाको प्रसङ्ग उठाइएको छ, त्यो पूँजीको विकसित अवस्था भएको मुलुकको हकमा सत्य हो । त्यसका विपरीत पूँजीको अविकसित अवस्था वा राष्ट्रिय स्वाधीनता प्राप्त गरी नसकेको अवस्थामा त पूँजीवादी चरणको सर्वहारा क्रान्ति फरक र लामो बाटो हुँदै अगाडि बढ्नु पर्ने छ । नेपाल यही श्रेणी अन्तर्गतको मुलक हो । त्यसको अर्थ हुन्छ– समाजको ऐतिहासिक नियम नेपालमा अरू मुलुकमाभन्दा बढी दीर्घकालीन र कठिनाइपूर्ण ढङ्गले लागु हुने छ । यस प्रकारको समझदारी नेपाली कम्युनिस्टहरूमा हुनु आवश्यक देखिन्छ ।
समाजको ऐतिहासिक नियम जब व्यवहारमा लागु हुन्छ, जीवन्त र सृजनात्मक अवस्था उत्पन्न हुन्छ । नेपालको ठोस परिवेशसित जोडेर हेर्दा नेपाली भूमिमा कम्युनिस्ट सिद्धान्तको प्रयोग यसरी हुने अनुमान गर्न सकिन्छ ।
क.सर्वप्रथम नेपालले राष्ट्रिय स्वाधीनता प्राप्त गर्नु पर्ने छ । राष्ट्रिय स्वाधीनता नेपालको राष्ट्रिय अस्तित्वका लागि जीवन–मरणको सवाल हो । सर्वहारा क्रान्ति पूर्व पनि यसका लागि देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरूको मोर्चाबन्दी आवश्यक पर्ने छ ।
ख.राष्ट्रिय स्वाधीनताको निर्णायक टुङ्गो क्रान्तिकारी कम्युनिस्टहरूले लगाउने छन् । नयाँ जनवादी क्रान्ति नै राष्ट्रिय स्वाधीनता प्राप्ति मार्गको पहिलो कदम हुने छ ।
ग. नयाँ जनवादी व्यवस्था स्थापनाका साथै समाजवादी व्यवस्थाको तयारी अगाडि बढ्ने छ । स्वामित्वको सामूहिक र सार्वजनिक रूपान्तरण यसै चरणमा पुरा गरिने छ ।
तात्कालिक राजनीतिमा नेपाली कम्युनिस्टहरूले सर्वाधिक ध्यान दिनु पर्ने विषय राष्ट्रिय स्वाधीनता हो । राष्ट्रिय स्वाधीनता प्राप्त भएपछि मात्र देश वास्तविक रूपमा सार्वभौम सत्ता सम्पन्न हुने छ । यदि त्यसपछि सर्वहारा वर्गको राज्यसत्तामा नेतृत्व कायम हुन्छ भने देशमा सामन्तवादी, साम्राज्यवादी शोषणको अन्त हुने छ र राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र कायम हुने छ ।
नेपाली कम्युनिस्टहरूको यस खालको सामाजिक रोडम्याप नयाँ पिँढीले त्यतिखेर नै व्यावहारिक रूपमा बुझ्न सक्ने छ, जब, एकातिर, परिस्थिति त्यही प्रकारको हुने छ, अर्कातिर, नयाँ पिँढी ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणद्वारा लैस हुने छ । उदाहरणका लागि नेपाली कम्युनिस्टहरूले नयाँ पिँढीलाई देश अझै पनि स्वाधीन नभएको, देशको अर्थतन्त्र राष्ट्रिय आत्मनिर्भर नभएको र देशलाई स्वाधीन र आत्मनिर्भर बनाउन विद्यमान सामन्ती विस्तारवादी र साम्राज्यवादी शोषण समाप्त पार्नु पर्ने आवश्यकताबोध गराउन सक्नु पर्दछ । त्यसका लागि ठोस उदाहरण सहित नयाँ पिँढीमा स्पष्ट समझदारी हस्तान्तरण गरिनु पर्दछ । भारतीय विस्तारवादको नेपालमा माइक्रो म्यानेजमेन्टको हदसम्म आन्तरिक मामिलामा हस्तक्षेप, देशमा बढ्दो व्यापार घाटा, सीमा अतिक्रमण, परनिर्भरता, साम्राज्यवादी अर्थनीति, जसभित्र भूमण्डलीकरण, उदारीकरण र निजीकरण पनि पर्दछन्, का कारण बढ्दो मुद्रास्फिति, घट्दो जी.डी.पी र न्यून मानव विकास सूचकाङ्क, श्रमशक्ति र कच्चा पदार्थ निर्यात तर खाद्यान्न आयात, राजनीतिक नेतृत्वको पारश्रित मानसिकता जस्ता विषयमा नयाँ पिँढीको आँखा खुलाउन सक्नु पर्दछ । त्यसपछि मात्र कम्युनिस्ट पार्टीप्रतिको आकर्षण बढ्ने छ ।
यी सबै विषयमा काम गर्दा वा यी सैद्धान्तिक प्रस्थापनालाई व्यावहारिक रूप दिन सर्वप्रथम त कम्युनिस्ट नेतृत्व नै आदर्श बन्न सक्नु पर्दछ । सिद्धान्त, दर्शन, राजनीतिमा आदर्शका कुरा गर्ने, तर व्यवहारमा पदलोलुप, भ्रष्ट, भाइभतिजावाद, सिद्धान्तहीनता र आडम्बरी नेतृत्व हुन्छ भने यस्तो नेतृत्वले न त नयाँ पिँढीलाई प्रशिक्षित गर्न सक्छ, न त शोषणविहीन समाज निर्माणको कार्यभार पुरा गर्ने नैतिक आँट र अधिकार नै राख्न सक्छ ।

...................................................................................................................

सन्दर्भ : प्रतिशतमा कम्युनिस्टको

प्रगतिशील लेखक सङ्घ, काठमाडौँको प्रकाशन “काठमाडौँ प्रलेस ३” र प्रलेस काठमाडौँका अध्यक्ष बालमुकुन्द कार्कीद्वारा सङ्कलित/सम्पादित अन्तर्वार्ता सङ्ग्रह “लेख्नेको बोली” लोकार्पण भयो । कार्यक्रममा समीक्षक विनोद मञ्जनले “लेख्नेको बोली” पुस्तकको समीक्षा गर्दै भने– शत–प्रतिशत कम्युनिस्ट कोही पनि हुँदैन, खालि प्रतिशतको कुरा हो । उनले त्यहाँ माओले आफूलाई ८० प्रतिशत मात्र कम्युनिस्ट मानेको सन्दर्भ पनि प्रस्तुत गरे । त्यसो त स्टालिनको सवालमा माओले ७० प्रतिशत द्वन्द्ववादी र ३० प्रतिशत अधिभूतवादी बताएको ऐतिहासिक प्रसङ्ग पनि हामीसित छ । तर विषयान्तरका कारणले कार्यक्रममा यस विषयको उठान भएन ।
कार्यक्रममा मञ्जनले जुन प्रसङ्ग उठाए, त्यो आफैमा नौलो विषय अवश्य थिएन । वामपन्थी वृत्तमा यस खालका परिचर्चा भई रहन्छन् । त्यसमध्ये पनि प्रगतिशील लेखक?साहित्यकारहरु त यस खालको अभिव्यक्ति सहजै दिन्छन् । त्यसका पछाडिको कारण यो हुन सक्छ– साहित्यकार/लेखकमध्ये मनग्येको कम्युनिस्ट पार्टीसित सक्रिय सङ्गठनात्मक संलग्नता नहुन सक्छ । त्यस कारण उनीहरु आफूलाई कम्युनिस्ट पार्टीको सामान्य समर्थक/शुभचिन्तकको रूपमा प्रस्तुत गर्दछन् । त्यसैले उनीहरुले आफूलाई कम्युनिस्ट भएको/नभएको भन्नेबारेको चर्चामा सामेल गर्न आवश्यक ठान्दैनन्, तैपनि रक्षात्मक अवस्थामा रहेको विश्व कम्युनिस्ट आन्दोलनको परिस्थितिमा आफूलाई कम्युनिस्ट पार्टीको सामान्य समर्थक/शुभचिन्तकको रूपमा नै भए पनि प्रस्तुत गर्नु महवको विषय अवश्य हो । अर्कातिर, उनीहरुले आफूलाई यस रूपमा प्रस्तुत गरे पनि उनका रचनाहरुले भने कम्युनिस्ट आन्दोलनलाई प्रशस्त मद्दत पु¥याई रहेको हुन्छ । त्यसैले लेखक÷साहित्यकारहरु सार्वजनिक अभिव्यक्तिमा आफूलाई कुन रूपमा प्रस्तुत गर्दछन् ? त्यो त्यति महत्वको विषय होइन, महत्वको विषय हो– उनीहरुको कम्युनिस्ट पार्टी वा सामाजिक क्रान्तिप्रतिको योगदान । यस अर्थमा कम्युनिस्ट वा कम्युनिस्ट पार्टीको सदस्यताको सवालमा साहित्यकार÷लेखकका अभिव्यक्तिलाई अन्यथा ठान्नु आवश्यक देखिन्न । यस्ता विषयमा विमर्श हुँदा कम्युनिस्ट आन्दोलनलाई फाइदा नै पुग्न सक्छ भन्ने स्वाभाविक धारणा राखिनु पर्दछ ।
कम्युनिस्टको चरित्रका सवालमा माथि जुन प्रतिशतको चर्चा गरियो, त्यस सम्बन्धी अर्काे पाटो पनि छ अथवा अर्काे सवाल पनि छ । त्यो यो हो : के सम्पूर्ण रूपमा कम्युनिस्ट हुनु असम्भव छ ? के कम्युनिस्ट प्रवर्ग यस्तै काल्पनिक, अलौकिक र स्वप्निल आदर्श हो ? जुन साहित्यकारहरु यथार्थवादी छन्, उनीहरु यही तर्क दिन सक्छन्– सम्पूर्ण रूपमा कम्युनिस्ट बन्नु असम्भव छ । “लेख्नेको बोली” पुस्तकमा स्थापित साहित्यकार निनु चापागाई भन्छन्– “वास्तविक रूपमै कम्युनिस्ट हुन त साम्यवादी समाज अपरिहार्य हुन्छ ।” यहाँ निनुका तर्कलाई आधार बनाउने हो भने कम्युनिस्ट चरित्र स्थापित गर्न साम्यवाद नै स्थापना हुुनु पर्दछ । त्यो भन्दा पूर्व अथवा साम्यवादी सामाजिक व्यवस्थाभन्दा पूर्व कम्युनिस्ट बन्नु असम्भव छ । के त्यसको अर्को अर्थ यो हो– के कम्युनिस्ट बन्नु वा कम्युनिस्ट चरित्रको स्थापना सुदूर भविष्यको विषय हो ? निनुका तर्कलाई आधार बनाउने हो भने हामी यस्तै निस्कर्षमा पुग्नु पर्ने हुन्छ ।
सोही पुस्तकमा भने कतिपय लेखक/साहित्यकारहरुले आफूलाई कम्युनिस्ट नै हुँ भनी दावी गरेका छन् । यस्ता हिम्मतिला लेखक÷साहित्यकारमध्ये एक जना वरिष्ठ साहित्यकार प्रलेसका पूर्व अध्यक्ष गोविन्द भट्ट भन्छन्– “हो, म कम्युनिस्ट हुँ । किनकि अरूभन्दा कम्युनिस्ट पार्टीको सिद्धान्त राम्रो हुन्छ । म पनि राम्रो बाटोतिर गएँ ।” उनको कम्युनिस्ट पार्टीप्रति सकारात्मक, स्वाभाविक धारणा छ । उनी थप भन्दछन्– “स्वभावले मान्छे फरक फरक हुन्छन् । तर विशेष गरी कम्युनिस्ट पार्टीमा राम्रा मान्छे हुन्छन् ।” साहित्यकार भट्टको कम्युनिस्टप्रतिको धारणा सन्तुलित पनि भएको बुझ्न कठिनाइ छैन ।
त्यस्तै, अर्का वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित भन्दछन्– “पाँच दशकदेखि सामन्ती व्यवस्थाको विरुद्धमा सङ्घर्षरत रही समाजवादको पक्षमा लेखन र प्रचार प्रसारमा लागी रहेको, कम्युनिस्ट ध्येयको पथमा साढे चार दशकदेखि क्रियाशील रहेको र जीवनको अन्त्यसम्म यसै विचारको पक्षमा दृढ रूपले उभिने सङ्कल्प गरेकाले समेत म कम्युनिस्ट हु ।” यो सत्य हो– प्रश्रितको सम्पूर्ण लेखन सामन्ती व्यवस्थाको विरुद्धमा छ । यस अर्थमा उनी रुढिवाद र सामन्ती व्यवस्थाका विरोधी हुन् । सामन्ती व्यवस्थाका विरोधीहरु सामाजिक नियम अनुसार पुँजीवाद नजिकको हुनु पर्दछ र पुँजीवाद विरोधी मात्र कम्युनिस्ट हुन सक्दछन् । त्यस अर्थमा खालि सामन्ती व्यवस्थाको विरोधी भएकाले उनी कम्युनिस्ट भएको दावीप्रति छलफल गर्न सकिने प्रष्ट छ । अर्कातिर, निरन्तर समाजवादको प्रचार प्रसारमा लागेको अर्थमा भने उनलाई कम्युनिस्ट मान्न सकिएला । किनकि, बढी सम्भव छ– आफै समाजवादको दृढ पक्षधर (समाजवादी) नभइकन समाजवादको निरन्तर प्रचार प्रसार कार्यमा लाग्नु सम्भव छैन । पछिल्लो समयमा प्रश्रित पूर्वीय दर्शनप्रति गर्व गर्ने स्थितिमा पुगेका छन्, यद्यपि यस्तो धारणा कायम गर्नु आफैमा गलत होइन । उनले समग्र पूर्वीय दर्शनप्रति गर्व गरेको नभएर यस क्षेत्रको भौतिकवादी दर्शनप्रति गर्व गरेको हुनाले उनको यस्तो धारणाको प्रष्ट महत्व छ । अर्कातिर, उनले नेपाली सन्दर्भमा पृथ्वी नारायण शाहका योगदानप्रति केही बढी नै महिमागान प्रस्तुत गरेको हो कि भन्ने आशङ्का पनि गर्ने स्थिति छ । यस अर्थमा साहित्यकार प्रश्रित पछिल्ला दिनमा अन्धराष्ट्रवादको नजिक पुगेको हो कि भन्ने आशङ्का व्यक्त गरिएको छ । नेपाली सञ्चार माध्यममा उनलाई “पृथ्वी नारायणवादी कम्युनिस्ट” भनी व्यङ्ग्य गरिएको पनि पाइन्छ ।
यता, नेकपा (मसाल) का महामन्त्री तथा साहित्यकार मोहन विक्रम सिंह भने कुनै पनि व्यक्ति कम्युनिस्ट त के, प्रगतिशील पनि सधैँ रही रहन नसक्ने बताउँछन् । उनी भन्दछन्– “कसैको जीवन सम्पूर्ण रूपमा प्रगतिशील हुँदैन ।” यसरी उनी पनि प्रकारान्तरले कसैलाई पनि सम्पूर्ण रूपले प्रगतिशील र आजीवन कम्युनिस्ट भन्न नसकिने धारणा व्यक्त गर्दछन् । पछिल्लो समयमा प्रगतिशील लेखक सङ्घभित्र यसबारेमा व्यापक छलफल पनि चल्ने गरेको छ । यस सन्दर्भमा प्रलेसको आजीवन सदस्यता खारेज गर्नु पर्ने धारणा अगाडि सारिएको छ । प्रलेसभित्रको यस्तो छलफलले मोहन विक्रम सिंहका माथिको धारणासित मेल खान्छन् ।
“लेख्नेको बोली” पुस्तकमा समेटिएका विचारका आधारमा छलफल गर्दा कम्युनिस्टका सवालमा प्रष्ट रूपमा दुई खालका धारणा अगाडि आउँछन् । एकथरिले विद्यमान आर्थिक–सामाजिक अवस्थामा कम्युनिस्ट बन्न सम्भव नभएको, त्यसका लागि अथवा सम्पूर्ण रूपमा कम्युनिस्ट बन्नका लागि साम्यवादी व्यवस्थाको स्थापना आवश्यक रहेको, त्यसभन्दा अगाडि प्रतिशतमा मात्र कम्युनिस्ट बन्नु सम्भव रहेको तर्क प्रस्तुत गरेका छन् । अर्काथरिले विद्यमान व्यवस्थाभित्र पनि कम्युनिस्ट बन्नु सम्भव भएको, त्यसका लागि न्यूनतम रूपमा सामन्ती व्यवस्थाको विरोधी हुनु पर्ने र समाजवादको पक्षमा निरन्तर क्रियाशीलता आवश्यक पर्ने जस्ता तर्क अगाडि सारिएका छन् । यस सम्बन्धमा कतिपयले नैतिक चरित्रको सवाल पनि उठाएका छन् । यो तर्क पनि त्यति कमजोर छैन । किनभने जहाँ वर्गीय उत्पीडन चरम हुन्छ, त्यहीँ कम्युनिस्ट चरित्र उत्पन्न हुन सक्छ । शोषणयुक्त अवस्थामा कम्युनिस्ट चरित्र कायम हुन सक्छ । यो निष्कर्ष आफैमा महत्वपूर्ण छ । त्यस कारण प्रतिक्रियावादी व्यवस्थाभित्र कम्युनिस्ट चरित्र कायम नगरिकन वर्ग सङ्घर्षलाई अगाडि बढाउन सकिन्न । यो पनि त्यत्तिकै गम्भीर सत्य हो ।
पुस्तकमा कतिपय लेखक, साहित्यकारले कम्युनिस्ट कस्तो हुनु पर्दछ भन्नेबारेमा पनि आ–आफ्ना धारणाहरु व्यक्त गरेका छन् । यस सम्बन्धमा प्रलेसका संस्थापक अध्यक्ष श्याम प्रसाद शर्मा भन्छन्– “लोकप्रिय, वैज्ञानिक दृष्टिकोण, विनम्र स्वभाव, अरूलाई असर नदिइकन काम गर्ने जनताको वास्ता गर्ने हुनु पर्दछ ।” कम्युनिस्ट चरित्रका सवालमा शर्माले यस्तो धारण व्यक्त गरेका हुन् । उनले कम्युनिस्ट चरित्रका सवालमा सरल शब्दमा सन्तुलित दृष्टिकोण व्यक्त गरेका छन् ।
त्यसै गरी, साहित्यकार निनु चापागाई भन्दछन्– “व्यक्तिगत स्वार्थ र निजी सम्पत्तिजन्य मानसिकताबाट माथि उठेको मानिस मात्र कम्युनिस्ट हुन सक्दछ, जो कोही होइन ।” उनको यो अभिव्यक्ति पनि महत्वपूर्ण छ । आखिर साम्यवादी व्यवस्था भनेको निजी स्वामित्वहीन अवस्था हो । जसले यस्तो सामाजिक व्यवस्थालाई आदर्श मान्दछ, त्यसले आफूलाई निजी स्वामित्व र निजी स्वामित्वजन्य मानसिकतालाई त्यागेर सामूहिक, सार्वजनिक स्वामित्व र हितको पक्षमा उभ्याउनु पर्दछ । यस खालको सही दृष्टिकोण निनुले प्रस्तुत गरेका छन् ।
कम्युनिस्टका सवालमा यहाू जति पनि छलफल गरियो, त्यसबाट कम्युनिस्ट चरित्रको स्थापनाका लागि तीन प्रकारका आवश्यक प्रवर्गहरु निष्कर्षका रूपमा हाम्रा अगाडि आउँछन् अथवा कम्युनिस्ट हुनका लागि तीन प्रकारका प्रवर्ग कायम गर्न सकिन्छ । ती हुन्– १. वैज्ञानिक दृष्टिकोण, २. नैतिक आचरण, ३. सङ्गठनात्मक संलग्नता ।

१. वैज्ञानिक दृष्टिकोण

सबै प्रकारका रुढिवादी, सामन्तवादी र पुँजीवादी दृष्टिकोणको विकल्पमा वैज्ञानिक दृष्टिकोण (द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिविन्दु) कम्युनिस्टको पहिलो वा प्राथमिक विशेषता हो । वैज्ञानिक दृष्टिकोण आधारभूत रूपमा प्रगतिशील पनि हुन्छ । हामी मान्दछौँ– सबैभन्दा वैज्ञानिक र प्रगतिशील दृष्टिविन्दु कम्युनिस्टहरुमा नै हुन्छ । माक्र्सले प्रयोगशालाबाट परीक्षण गरिएको निस्कर्षलाई समेत ताजा सत्य मान्दैनथे । २४ घण्टा पूर्वको अवस्थामा (उदाहरणका रूपमा) रहेको वस्तुको परीक्षणबाट प्राप्त निस्कर्षलाई उनले प्रयोगशालावाद (लेबोट्रिज्म) बताउँथे । यसबाट कम्युनिस्टहरु वस्तु वा परिघटनाको पुराना गति वा सत्यलाई तत्कालको वा अन्तिम मान्न राजी नभएको मान्न सकिन्छ । यसरी वैज्ञानिक दृष्टिकोण अपनाउनुको अर्थ हो– वस्तु वा परिघटनालाई निरन्तर गतिको कुनै खास अवस्थाको रूपमा बुझ्नु, तर कुनै अलौकिक शाश्वत वा पूर्व निर्मित गति वा सत्यलाई अस्वीकार गर्नु । यस प्रकार निरन्तर खोज, अनुसन्धान गरेर त्यसमाथि आधारित सत्यलाई आत्मसात गर्नु नै वैज्ञानिक दृष्टिकोण र चिन्तन पद्धति हो । 
लेखक÷साहित्यकारहरुको पङ्क्तिबाटै कतिपयले भन्दछन्– प्रगतिशील हुन माक्र्सवादी वा कम्युनिस्ट हुनै पर्दछ भन्ने छैन (हेर्नु होस्, सोही पुस्तकमा श्याम प्रसाद शर्माको अन्तर्वार्ता) । सत्य हो : माक्र्सवादी वा कम्युनिस्ट पङ्क्तिभन्दा बाहिर पनि पर्याप्त मात्रामा प्रगतिशील र वैज्ञानिक दृष्टिविन्दुयुक्त व्यक्तित्वहरु छन् । तर यहाँनेर अर्को सत्य यो हो– वैज्ञानिक भएर पनि कुनै व्यक्तित्व दार्शनिक रूपमा रुढिवादी हुनु सम्भव छ । चिकित्सा शास्त्रका विद्यार्थीहरु काम भौतिकवादी दृष्टिविन्दुका आधारमा गर्दछन्, त्यसका साथै उनीहरुमध्य कतिले भगवानको प्रार्थना पनि गर्दछन् । यस प्रकार दार्शनिक रूपमा भौतिकवादी वा प्रगतिशील हुनु एउटा कुरा हो, व्यवहारमा सोही दृष्टिविन्दुमा अडिग हुनु नितान्त अर्को विषय हो । त्यस कारण कम्युनिस्ट पङ्क्तिभन्दा बाहिर पर्याप्त भौतिकवादी वा प्रगतिशील पक्षहरु भए पनि यथार्थमा माक्र्सवादी वा कम्युनिस्टहरु नै दृढ भौतिकवादी वा प्रगतिशील शक्ति हुन् । अहिलेसम्मको विश्व अनुभवले यही बताएको छ । 

२. नैतिक आचरण

कम्युनिस्टहरुमा नभई नहुने आधारभूत प्रवर्ग लक्ष्य अनुसारको नैतिक आचरण पनि हो । वैचारिक हिसाबले आफूलाई जतिसुकै स्तरीय, उच्च, परिपक्व घोषणा गरिएता पनि जनतासितको प्रत्यक्ष सम्पर्कमा त्यस अनुकूल आचरण भएन भने वैचारिक दृढता खालि देखावटी, कागजी मात्र हुने छ । त्यस कारण कम्युनिस्टहरु लेनिनले भने झैँ दयालु, शिष्ट, भद्र, नम्र र मिलनसार हुनु पर्दछ । लुसुनले भने झैँ गोरु जस्तै शिर निहुराएर जनताको सेवा गर्ने मानसिकताद्वारा लैस हुनु पर्दछ । यस प्रकारको कम्युनिस्ट नैतिकता वा आचरणको सन्दर्भमा धेरै–थोरै माक्र्स, एङ्गेल्स, स्टालिन, माओ, म्याक्सिम गोर्की, हो ची मिन्ह लगायत धेरैले लेखेका पनि छन् । 
सरल शब्दमा भन्नु पर्दा आम जनतासितको सम्बन्धमा लक्षित विचार, सिद्धान्त अनुकूल व्यवहार नै कम्युनिस्टहरुको नैतिक आचरण हो । घमण्डी, दम्भी, देखावटी, अशिष्ट, निर्दयी, अभद्र, एकाङ्की, गफाडी जस्ता लक्षण कम्युनिस्टहरुको आचरणमा हावी हुनु हुँदैन । जनताको गुनासो धैर्यतापूर्वक सुन्ने, आफ्ना कुरा ठाडो आदेशमा नलाद्ने बरु आग्रह, अनुरोध मार्फत् कार्यान्वयनमा लैजाने, जनताप्रति पद–प्रतिष्ठाको दम्भ र बल प्रयोग नगर्ने, जनतालाई स्वैच्छिक रूपमा प्रशिक्षित गर्दै जाने, जनतालाई बढीभन्दा बढी र छिटोभन्दा छिटो वैचारीकरण, सैद्धान्तीकरण गर्दै जाने, आफूलाई जनताभन्दा भिन्न नठान्ने, जनताभन्दा भिन्न र उच्च प्रकारका सुविधाको माग नगर्ने, समग्रमा आफ्ना आचरणद्वारा जनताको आत्मसम्मानमा चोट नपुगोस् भनेर ख्याल गर्ने—यही नै कम्युनिस्टका आदर्श नैतिक आचरणका सामान्य प्रस्थापना हुन सक्दछन् । यस खालको आचरण कायम गर्न सकियो भने कम्युनिस्ट पार्टीको सदस्यले सर्वहारा वर्गको प्रतिनिधिका रूपमा आफ्नो जिम्मेवारी सफलतापूर्वक पुरा गर्न सक्ने अपेक्षा राख्न सकिन्छ ।

३. सङ्गठनात्मक संलग्नता

लेनिनले भनेका छन्– “सत्ता प्राप्तिको सङ्घर्षमा कम्युनिस्टहरुसित सङ्गठन बाहेक अर्काे हतियार छैन ।” स्टालिन र माओले लेनिनको यो शिक्षालाई आत्मसात गरेका थिए । त्यसैको व्यावहारिक कसी थिए– रुस र चीनका सर्वहारा क्रान्ति । माओले चीनमा जनवादी क्रान्ति सम्पन्न गर्नू पूर्व लामो समयसम्म सङ्गठनात्मक काममा कम्युनिस्ट पार्टीको नेतृत्व गरेका थिए । त्यहाँ सङ्गठनको जगमा टेकेर नै सैन्य तयारी गरिएको थियो । पहिला विपन्न जनताबीचको सङ्गठनद्वारा सत्ता कब्जा, त्यसपछि तिनै जनताको स्वामित्व र पहलकदमीमा समाजवाद निर्माण र अन्ततः साम्यवादी समाज निर्माण कम्युनिस्टहरुका सामान्य रोडम्याप हुन् ।
लेनिनले बुद्धिजीवीहरुमा सङ्गठनात्मक शक्तिलाई कमजोर ठान्ने दृष्टिकोण पाइने बताएका थिए । उनका अनुसार बुद्धिजीवीहरु सङ्गठनात्मक शक्तिलाई खालि भावनात्मक एकता ठान्दछन् । जनताको सङ्गठित शक्तिद्वारा मात्र सामाजिक परिवर्तन सम्भव हुन्छ भन्ने मान्यताका विपरीत मुट्ठीभर क्षमतावान व्यक्तिहरुले सामाजिक परिवर्तनको पक्षमा उत्प्रेरणा दिन्छन् र त्यस कारण उनीहरुलाई विशेष महत्व दिइनु पर्दछ भन्ने उनीहरुको मानसिकता हुन्छ । यही कारण हुन सक्छ– बुद्धिजीवीहरुमा सङ्गठनप्रति अरूचि भाव पाउन सकिन्छ । उनीहरु सङ्गठनलाई अनपढ, अशिक्षित, असक्षम, “हनुमान” र गवाँरहरु आदिको समूह मात्र ठान्दछन् । यस्तो सङ्गठनप्रति उनीहरुको समर्थन वा सहानुभूति भाव पाउने आशा गर्न सकिने सवाल नै छैन । त्यो अवस्थामा यदि सङ्गठनमा सहभागी भई हाल्दछन् भने पनि तल्ला समितिबाट प्रक्रियागत ढङ्गले काम गर्न उनीहरु इच्छुक, धैर्य देखिन्नन्, बरु सिधै सङ्गठनको नेतृत्वमा पुग्ने उत्कट चाहना उनीहरुले राखेका हुन्छन् ।
आम बुद्धिजीवीहरुमा सङ्गठनको सवालमा जुन अरुचि देखा पर्दछ, यही स्थिति लेखक÷साहित्यकारहरुमा पनि पाउन सकिन्छ । त्यस कारण खालि वैचारिक काम गरे हुने, सङ्गठनात्मक संलग्नता नभए पनि कम्युनिस्ट बन्न सकिने दृष्टिकोण उनीहरुमा पाउन सकिन्छ । त्यति मात्र होइन, लेखक÷साहित्यकारहरु कम्युनिस्ट पार्टीको सदस्यता सम्बन्धी तीन वटा आधारभूत लेनिनवादी नियमहरुप्रति पनि उपेक्षा भाव प्रकट गर्दछन् । ती नियमहरुप्रति उनीहरुले सङ्कीर्णताको आरोप लगाउँछन् । हामीकहाँ स्तरीय साहित्य रचना गर्न सक्ने खगेन्द्र सङ्ग्रौला जस्ता प्रतिनिधि मात्र पनि छन्, जसका लागि सङ्गठनात्मक अनुशासन दासवतः व्यवहार बन्न पुग्छ । यस प्रकार आफूलाई प्रगतिशील वा प्रगतिवादी दावी गर्ने एउटा उल्ल्ेखनीय पङ्क्ति हामीमाझ छ, जसले आफूलाई सङ्गठनात्मक गतिविधि र अनुशासनबाट टाढा राख्नमा गर्व गर्दछ । सामूहिक, सार्वजनिक (पार्टीगत) अनुशासनप्रति अरुचि राख्ने तथा जनतालाई खालि आफ्नो श्रोता वा पाठकभन्दा बढी नठान्ने, तर विशुद्ध वैचारिक, साहित्यिक गतिविधिमा सामेल भएका आधारमा आफूलाई कम्युनिस्ट ठान्ने प्रवृत्ति लेखक, साहित्यकारहरुमा पनि पाउन सकिन्छ, यद्यपि सर्वहारा वर्गको पक्षमा वैचारिक काम गरे वापत् लेखक÷साहित्यकारहरुको योगदान कम्युनिस्ट आन्दोलनमा प्रशंसनीय छ । त्यसका बाबजुद वैचारिक, साहित्यिक काममा सीमित हुने वा त्यसप्रति गर्व गर्ने, तर सङ्गठनात्मक संलग्नताप्रति अरुचि राख्ने प्रवृत्तिलाई सही मान्न सकिन्न । 
कुनै पनि व्यक्ति वैचारिक, सङ्गठनात्मक र आदर्श आचरणका आधारमा कम्युनिस्ट बन्न सक्दछ । वैचारिक हिसाबले कम्युनिस्ट बन्नुको अर्थ वैज्ञानिक दृष्टिकोण अपनाउनु हो, माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई सृजनात्मक ढङ्गले आत्मसात गर्नु त्यसको अर्थ हो । सङ्गठनात्मक हिसाबले कम्युनिस्ट बन्नुको अर्थ सम्बन्धित पार्टीको नियमावली अनुसार पार्टीको सदस्य बन्नु हो । पहिले पार्टी नजिकको जनवर्गीय सङ्गठनमा काम गरेर, त्यसपछि समर्थक ग्रुप, उम्मेदवार सदस्य हुँदै पार्टी सदस्य बन्नु यसको ठोस प्रक्रिया हो । आचरणका हिसाबले कम्युनिस्ट हुनुको अर्थ जनताद्वारा अनुमोदित हुनु हो, जनतामाझ लोकप्रिय हुनु हो । जनताद्वारा अनुमोदित नभइकन कोही पनि व्यक्ति कम्युनिस्ट हुन सक्दैन । चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना पार्टी सदस्यहरु जनताबाट अनुमोदित हुनु पर्ने आवश्यकतामा जोड दिन्थ्यो । शान्तिपूर्ण कालमा कम्युनिस्ट पार्टीहरुले आफ्ना पार्टी सदस्यलाई उपल्लो निकायमा पदोन्नति गर्दा निर्वाचन प्रणाली अपनाउँछन् । जनता वा कार्यकर्तामाझ लोकप्रिय नभइकन निर्वाचन मार्फत् उपल्लो पदमा पदोन्नति हुनु सम्भव छैन । त्यसका लागि कम्युनिस्ट पार्टीका नेता÷कार्यकर्ताहरुमा वैचारिक प्रतिबद्धताका साथै आदर्श आचरण र कार्यशैलीका हिसाबले पनि जन अनुमोदित हुनु आवश्यक मानिन्छ ।
लेनिनवादी सङ्गठनात्मक पद्धति अनुसार पार्टीको नीति तथा कार्यक्रम तथा अनुशासनलाई स्वीकार गर्ने, पार्टीलाई नियमित लेबी तिर्ने र कुनै पनि एउटा समितिमा रहेर क्रियाशील हुने व्यक्तिलाई कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गरिन्छ । एउटा वर्गको पार्टीका रूपमा तथा सत्ता कब्जा पूर्वको वर्ग सङ्घर्षमा युद्धको साधनका रूपमा कम्युनिस्ट पार्टीको सदस्यको पूर्वशर्तका रूपमा यी नियमको विकल्प छैन । यी तीन नियमहरुलाई अनुसरण नगर्ने हो भने कम्युनिस्ट पार्टी वर्गको पार्टीको रूपमा रहने छैन, सर्वहारा वर्गलाई सत्तासिन बनाउने वर्ग सङ्घर्षमा युद्धको साधन बन्न सक्दैन, बरु बढीमा सर्वहारा वर्गको शुभचिन्तकको पङ्क्ति बन्ने छ । सशस्त्र प्रतिक्रियावादी वर्गको विरोधी वर्गको पार्टीको रूपमा कम्युनिस्ट पार्टी र त्यसको सदस्यताका शर्त यिनै हुन सक्दछन् । यस्ता पार्टी सदस्यको अभावमा मिलिट्यान्ट कम्युनिस्ट पार्टीको गठन हुन सक्ने छैन । प्रतिक्रियावादी राज्यसत्ता सशस्त्र रहेसम्म र विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेसम्म यी नियमको विकल्प रहेको देखिन्न । त्यस कारण कम्युनिस्ट पार्टीको सदस्यका लागि आवश्यक शर्तका रूपमा उपर्युक्त तीन नियमको कडाइपूर्वक पालना गर्नु पर्ने नै हुन्छ ।
कम्युनिस्ट बन्नु र कम्युनिस्ट पार्टीको सदस्यता हासिल गर्नु बेग्ला बेग्लै विषय हुन् । चरित्रका हिसाबले कम्युनिस्ट बन्नु भनेको दृष्टिकोण र आचरणमा श्रेष्ठता हासिल गर्नु हो । कम्युनिस्ट पार्टीको सदस्यता हासिल गर्नु भनेको त्यसका अतिरिक्त कुनै एउटा समितिमा सक्रिय भएर सर्वहारा मुक्ति आन्दोलनमा भौतिक रूपमा नै संलग्न हुनु हो । जब कुनै व्यक्ति दृष्टिकोण र आचरणमा श्रेष्ठता प्राप्त गर्दै सङ्गठनमा सक्रिय रहन्छ, त्यतिखेर यस्ता व्यक्ति जत्तिको आदर्श कम्युनिस्ट अरू कोही हुन सक्दैन । किनकि कम्युनिस्टको ठोस कार्यभार विद्यमान शोषणमूलक समाज अन्त्य गरेर समतामूलक समाज निर्माण गर्नु हो । त्यसका लागि निर्णायक योग्यता सङ्गठनात्मक सक्रियता र संलग्नता नै हो । सङ्गठनमा सक्रिय भएर मात्र व्यक्तिद्वारा वर्ग सङ्घर्षमा सर्वहारा वर्गलाई विजय दिलाउन सकिन्छ ।
सम्पूर्ण रूपमा यी तीन वटै आदर्शलाई लागु गर्न त्यति सजिलो छैन । जुन व्यक्तिहरु वैचारिक दृष्टिले परिपक्व छन्, सम्भव छ– उनीहरुमा जन पक्षीय आचरण नहोस् । जसमा जन पक्षीय आचरण विद्यमान छ, तिनीहरुमा परिपक्व वैज्ञानिक दृष्टिकोण नहोस् । त्यस्तै, जुन व्यक्तिहरु सङ्गठनको उपल्लो पदमा आसिन छन्, तर उनीहरुमा वैज्ञानिक दृष्टिकोण र आचरणमा समस्या होस् । यसरी कुनै पनि पार्टी सदस्यमा दृष्टिकोणमा परिपक्वता, जन अनुमोदित आचरण र सङ्गठनात्मक क्रियाशीलता तीनै पक्ष नहुन सक्छ । यस्तो अवस्थामा पार्टी सदस्यताको सवालमा समग्रतामा मूल्याङ्कन गर्नु पर्ने हुन्छ ।
माओले एक समयमा चिनियाू कम्युनिस्ट पार्टीका सदस्यहरु सङ्गठनात्मक रूपमा कम्युनिस्ट पार्टीको सदस्य बनेको तर वैचारिक हिसाबले त्यस्तो नभएको बताएका थिए । यस्तो स्थिति विश्वका अन्य कम्युनिस्ट पार्टीमा पनि उत्पन्न हुन सक्छ । यस्तो अवस्थामा कम्युनिस्ट पार्टीमा वैचारिक–सैद्धान्तिक क्षेत्रमा व्यापक मात्रामा काम गर्नु पर्ने हुन्छ । त्यस्तै, लेनिनले कम्युनिस्ट पार्टीमा क्रान्तिकारी बुद्धिजीवी र पेसेवर क्रान्तिकारीका बीचमा सन्तुलन कायम गर्नु पर्ने बताएका थिए । पार्टीमा क्रान्तिकारी बुद्धिजीवीको बाहुल्यता हावी भयो भने सङ्गठनात्मक क्षेत्र कमजोर बन्न सक्छ । त्यसका विपरीत यदि पार्टीमा पेसेवर क्रान्तिकारीहरुको बाहुल्यता हावी भयो भने पार्टीको वैचारिक, सैद्धान्तिक स्तर कमजोर हुन्छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण र परिचालनका लागि यी दुबै पक्षका बीचमा उचित सन्तुलन र तालमेल आवश्यक हुन्छ । यस्तो तालमेल नभएको कम्युनिस्ट पार्टीले वर्गको रूपमा आफ्नो कार्यभार पुरा गर्न सक्ने छैन ।
माथिको लामो छलफलपछि हामी एउटा धारणा कायम गर्न सक्छौँ । त्यो हो– कुनै पनि व्यक्ति कम्युनिस्ट प्रतिशतमा होइन, समग्रमा हुन सक्छ । अङ्क गणितीय हिसाबले प्रतिशतको कुरा गरिएता पनि मूल रूपमा वैज्ञानिक दृष्टिकोण, लेनिनवादी सङ्गठनात्मक अनुशासन, जन अनुमोदित आचरण र सङ्गठनात्मक क्रियाशीलता बिना कुनै पनि व्यक्ति कम्युनिस्ट हुन सक्दैन । मूल रूपमा कम्युनिस्ट हुनु भनेको सर्वप्रथमतः दृष्टिकोण, सिद्धान्त र विचारप्रतिको प्रतिबद्धता हो । त्यसको अर्थ खालि सैद्धान्तिक प्रतिबद्धताको घोषणा होइन, व्यवहारद्वारा त्यसको पुष्टि हुनु पनि होर । सङ्गठनात्मक अनुशासन स्वीकार गर्न नसक्नेहरु सङ्गठित शक्तिभित्र अटाउन सक्दैनन् । त्यस कारण अराजकता होइन, सङ्गठनात्मक अनुशासन अर्को महत्वपूर्ण पक्ष हो । आचरण सही भएन भने सामूहिक कार्यशैली वा टिम स्प्रिटमा समस्या आउने छ । कुनै पनि एउटा सङ्गठनमा बसेर त्यसका निर्णय कार्यान्वयन, गल्ती–कमजोरीको सन्दर्भमा आत्म आलोचना, आलोचनाको विधिमा सामेल नभइकन पनि कुनै व्यक्ति कम्युुनिस्ट बन्न सक्दैन । मूल रूपमा वा समग्रमा कुनै व्यक्तिलाई कम्युनिस्ट चरित्रयुक्त घोषणा गर्नका लागि यिनै विशेषतालाई आधार बनाउन सकिन्छ ।

...................................................................................................................

प्रगतिशील कलाकर्मीका असन्तुष्टिको सम्बोधन

साहित्यकार वा कलाकारहरूमा पार्टी अनुशासन पालना गर्ने सवालमा कैयौँ पटक कमजोरी देखा पर्दछन् । पार्टीले आफ्नो प्रचलित अनुशासनको पद्धति अनुसार यस विषयको टुङ्गो लगाउँछ नै । त्यसपछि साहित्यकार वा कलाकारमा राजनीतिक पार्टीप्रति प्रशस्त असन्तुष्टि देखा पर्दछ । 
साहित्यकार वा कलाकारले आफ्नो साहित्य र कलामा सुन्दर आदर्श सृजना गर्दछ । तर ऊ सम्बद्ध पार्टीमा त्यसै अनुरूपको व्यवहार देखा पर्दैन । त्यस अवस्थामा पनि साहित्यकार वा कलाकारमा प्रशस्त असन्तुष्टि देखा पर्दछ । 
  • साहित्यकार वा कलाकारले उन्मुक्त ढङ्गले सृजना गर्दछ । कतिपय बेलामा उसका सृजनाले ऊ सम्बद्ध पार्टीको राजनीतिसित मेल नखान सक्छ । त्यो अवस्थामा उक्त साहित्यकार वा कलाकारले जब सार्वजनिक असन्तुष्टि प्रकट गर्दछ, तब उनीहरूमाथि न्यूनतम रूपमा आलोचनाभन्दा माथिको कारवाही हुन सक्दछ । यस्तो अवस्थामा पनि साहित्यकार वा कलाकार असन्तुष्ट हुन सक्छ ।
  • साहित्यकार वा कलाकारमा आत्मप्रशंसा वा आत्मसन्तुष्टि आम रूपमा पाइने गुण हो । यस आधारमा उसले आफूलाई उच्च मूल्याङ्कनमा राखेको हुन्छ । तर जब पार्टीले जिम्मेवारी कार्यान्वयनका आधारमा मूल्याङ्कन गर्छ, तब साहित्यकार वा कलाकारको चित्त नबुझ्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा आफ्नो अवमूल्यन भएको वा उचित कदर नभएको दावी गर्दै साहित्यकार वा कलाकार असन्तुष्ट हुन सक्छ ।
  • साहित्यकार वा कलाकारमा पुरस्कार वा यस्तै प्रकारको निजी लाभको अपेक्षा राख्ने प्रवृत्ति पनि पाइन सक्छ । यस्तो अपेक्षित लाभ प्राप्त नभएको अवस्थामा पनि साहित्यकार वा कलाकारमा प्रशस्त असन्तुष्टि देखा पर्न सक्दछ ।
यी र यस्ता प्रकारका तमाम कारणले गर्दा पार्टी सदस्यका रूपमा साहित्यकार वा कलाकारको अस्तित्व दीर्घ कालसम्म कायम नरहन सक्छ । त्यस वाहेक साहित्यकार वा कलाकारमा पार्टीभन्दा बाहिर रहेर एकल रूपमा योगदान गरेर पनि सर्वहारा राजनीतिलाई मद्दत पुर्‍याउन सकिन्छ भन्ने स्वतःस्फूर्त आत्मनिर्णयको विकास हुन सक्छ । संसारभरि नै साहित्यकार वा कलाकार पार्टीका कर्मठ सदस्य वा नेता बन्न नसकेका तमाम उदाहरण छन् । यस्ता उदाहरण हाम्रै देशमा पनि छन् । यस आधारमा साहित्य र कलाको क्षेत्रमा कार्यरत व्यक्तित्वहरूले राजनीतिक पार्टीप्रति दूरी कायम गरेको वा तटस्थ अवस्थामा रहेको स्थिति कम छैन भन्ने स्थिति हामीकहाँ पनि छ ।
यस्तो अवस्थामा साहित्यकार वा कलाकारमा राजनीति, राजनीतिक पार्टी वा अमूक नेताका विरुद्ध चरम असन्तुष्टि उत्पन्न हुन सक्छ । यदि समयमै उक्त असन्तुष्टिको सम्बोधन हुन नसकेमा पार्टी परिवर्तन वा स्वतन्त्र बस्ने विकल्पसम्म अपनाइने गरिन्छ । कतिपय अवस्थामा त यस्ता साहित्यकार वा कलाकार वामपन्थी वा प्रगतिशील कित्ताबाटै बाहिर जान सक्छन् । यही कारणले गर्दा साहित्य वा कला सृजनाको प्रारम्भिक कालमा कुनै पार्टीप्रति आबद्ध भए पनि वा एउटा चरणमा पुगी सकेका साहित्यकार वा कलाकार पनि पार्टी अनुशासनभित्र बाधिई रहन सक्दैनन्, यद्यपि एउटा राजनीतिक पार्टी सधै सही राजनीतिद्वारा लैस रहने वा त्यही अनुसारको अनुशासनमा कायम भई रहन्छ भन्ने हुँदैन । जब कुनै पार्टीले गलत राजनीति अपनाउँछ वा अनुशासनको नाममा तानाशाही व्यवहार देखाउँछ, तब त्यसका विरुद्ध सङ्घर्ष गर्नु अन्य पार्टी सदस्यको जस्तै साहित्यकार वा कलाकारको पनि अधिकार क्षेत्रभित्रको विषय हो । यस्तो विशिष्ट अवस्थालाई साहित्यकार वा कलाकारले कसरी बुझ्दछ ? यदि यस्तो स्थितिलाई वर्गसङ्घर्षको स्वाभाविक परिघटना ठानियो भने असन्तुष्टि रहने ठाउँ रहदैन ।
यहाँ अधिभूतवादका बारेमा चर्चा गर्दा फ्रेडरिक एङ्गेल्सद्वारा व्यक्त अवधारणाको उल्लेख गर्नु अप्रासङ्गिक हुने छैनरु। एङ्गेल्सका अनुसार कुनै एउटा विषयको दीर्घ समयसम्म अनुसन्धानमा लागी रहने व्यक्तिहरूका लागि लामो समयसम्म कुनै खास स्थानमा, खास बस्तुको सम्पर्कमा एकै प्रकृतिमा रही रहनु पर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरूले प्रत्येक बस्तु वा परिघटनाको बेग्ला–बेग्लै अध्ययन गर्नु पर्ने हुन्छ । त्यसको परिणाम हुन्छ– उनीहरू प्रत्येक बस्तुलाई एक–अर्काबाट पृथक्, एकाङ्गी, अपूरक वा असम्बधित ठान्न पुग्दछन् । यस प्रकार उनीहरूले बस्तुलाई अर्काे बस्तुको समग्रता, पूरकता तथा अन्तरसम्बन्धित स्थितिमा बुझ्न सक्दैनन् । यस्तै परवेशमा अधिभूतवाद जन्मन्छ र बिस्तार हुन्छ । अनुसन्धानका क्रममा देखिने यस प्रकारको मानसिकतालाई जब हामी साहित्यकार वा कलाकारमाथि लागु गर्दछौँ, त्यति बेला उनीहरूका समस्यालाई हामीले प्रष्ट रूपमा बुझ्न सक्दछौँ । त्यसको अर्थ साहित्यकार वा कलाकारमा अधिभूतवादको प्रशस्त सम्भावना रहन्छ भन्ने खोजेको होइन । वैज्ञानिक अनुसन्धानमा साहित्यकार वा कलाकार पनि लागि रहन्छन्, जसले गर्दा उनीहरू पनि लामो समयसम्म कुनै खास परिस्थितिमा रहनु पर्ने हुन्छरु। यदि उनीहरू अन्तरक्रियामा रहन सकेनन् भने अनुसन्धानकर्तामा उत्पन्न हुन सक्ने कमजोरी उनीहरूमा पनि आउन सक्छ ।
माओले साहित्य र कलाका खानी जनता नै भएको बताएका थिए । त्यसको अर्थ हो– प्रगतिशील वा क्रान्तिकारी साहित्य र कला सृजना गर्न आम जनताका बीचमा जानु पर्दछ । जनतासितको जीवित सम्पर्क बिना बन्द कोठाबाट जीवन्त साहित्य वा कला सृजना गर्न सकिँदैन । यहाँ माओले साहित्य र कलाका क्षेत्रमा काम गर्नेहरूबाट अधिभूतवादजन्य कमजोरी उत्पन्न नहोस् भन्नेतर्फ सचेत गराएका छन् । आज प्रगतिशील साहित्यकार वा कलाकार मात्र होइन, प्रतिध्रुवीय साहित्यकार वा कलाकारले पनि ‘प्लट’ को खोजीका नाममा जसरी फिल्ड वर्क गरी रहेका हुन्छन्, त्यो तरिका माओले उल्लेख गरे जस्तै हो । तर प्रगतिशील र यथास्थितिवादी साहित्यकार वा कलाकारका बीचमा फरक छ ः जनताका माझमा गएर प्रगतिशील पक्षले उत्पीडित वर्गको क्रान्तिकारी क्षमतालाई उजागर गर्दछन् । यता यथास्थितिवादी पक्ष भने आम जनताका माझमा जान चाहदैनन् । उनीहरू सहर बजार वरिपरि केन्द्रित हुन्छन् । आफ्नो फिल्ड वर्कका आधारमा उनीहरूले मुट्ठीभर सामन्त, फटाह वा त्यस्तै बहुसङ्ख्यक जनताका विरोधी पक्षलाई आफ्ना सृजनामा प्रमुखता दिन्छन् ।
यदि साहित्य र कलाका सम्बन्धमा माओको दृष्टिकोणलाई आधार बनाउने हो भने प्रगतिशील साहित्य वा कला सृजनाका लागि त्यसका सृजनाकारहरू जनताका माझमा जानै पर्दछ । जनताका माझमा नगइकन, खालि कोठाभित्र बसेर प्रगतिशील साहित्य वा कलाको सृजना कसरी गर्न सकिन्छ ? माक्र्सवादी, लेनिनवादीहरू प्रश्न गर्दछन् । यस प्रकार जनताका माझमा जाने एउटा सशक्त माध्यम भनेको राजनीतिक पार्टी नै हो । त्यस अर्थमा राजनीतिक पार्टीभित्र बसेर, त्यसरी जनतका माझमा पुगेर मात्र प्रगतिशील वा क्रान्तिकारी साहित्य वा कला सृजना गर्न सकिन्छ । माओका अनुसार जनताका माझमा गएर क्रान्तिकारी भाव÷सारयुक्त रचना सृजना गर्ने र त्यस्ता सृजनालाई पुनः उत्पीडित जनता समक्ष पुर्‍याउनु जनपक्षीय साहित्यकार वा कलाकारको सामान्य दायित्व हो ।
साहित्यकार वा कलाकारले आफ्नो वैचारिक पक्षको परिष्करणका लागि पनि राजनीतिक पार्टीप्रतिको संलग्नतालाई स्वीकार गर्नु पर्ने हुन्छ । तर यस तथ्यप्रति स्वयं साहित्यकार वा कलाकारमा उदासीनता देखा परेको पाइन्छ । यस सम्बन्धमा उनीहरूमा यो सामान्य धारणा पाइन्छ ः प्रगतिशील रचना सृजनाका लागि प्रगतिशील वा बढीमा प्रगतिवादी चिन्तन भए पुग्छ, त्यसका कुनै कम्युनिस्ट पार्टीको पार्टी लाइन स्वीकार गर्नु पर्ने आवश्यकता पर्दैन । सामान्य रूपले हेर्दा यो तथ्य सत्य देखिन्छ । तर जतिसुकै राम्रो वा कलात्मक रचना भए पनि वैचारिक दृष्टिबाट गलत भयो भने त्यसले सर्वहारा क्रान्तिलाई मद्दत पुर्‍याउन सक्दैन भन्नेतर्फ हाम्रो ध्यान जानु पर्दछ । कुन विचार सही र कुन विचार गलत ? यससम्बन्धी छिनोफानो गर्ने जति उन्नत विधि कम्युनिस्ट पार्टीमा छ, त्यति उन्नत विधि अन्त भएको पाइँदैन । त्यस कारण साहित्यकार वा कलाकारमा पनि विचारको परिष्करण होस्, उनीहरू माक्र्सवादी, लेनिनवादी भई रहुन् वा उनीहरूको दृष्टिकोण द्वन्द्वात्मक भौतिकवादका आधारमा निश्चित भई रहोस्—त्यसका लागि कम्युनिस्ट पार्टीसितको सम्बद्धता वा आबद्धता आवश्यक परी रहने छ । त्यसका लागि प्रत्येक प्रगतिशील वा प्रगतिवादी साहित्यकार वा कलाकार कम्युनिस्ट पार्टीको नेतृत्व तहमा नै पुग्नु अनिवार्य छैन, तर न्यूनतम रूपमा अन्तरपार्टी सङ्घर्षमा उसको सहभागिता हुनै पर्दछ, अन्यथा उसले वैचारिक सङ्घर्षद्वारा विचारको परिष्करण गर्ने अवसरको लाभ उठाउन सक्ने छैन ।
लेखक, साहित्यकार, कलाकारहरू आजीवन पेसेवर हुन सक्दछन्, तर वैचारिक हिसाबले आजीवन प्रगतिशील वा प्रगतिवादी नरहन सक्छन् । कुनै साहित्यकार वा कलाकार प्रगतिशील÷प्रगतिवादी हो वा होइन ? त्यसको निर्धारण उसले ग्रहण गर्ने विचार पक्षले गर्ने छ । प्रगतिशील वा प्रगतिवादी विचार पक्ष साहित्य र कलामा प्रष्ट अनुभूत हुनु पर्ने छ, अन्यथा एक पटक प्रगतिशील÷प्रगतिवादी साहित्यकार वा कलाकार भएकाले ऊ आजीवन त्यही स्टाटसमा रही रहन्छ भन्ने हुँदैन । यस्तो मानसिकतामा स्वयं साहित्यकार वा कलाकारमा रहनु पनि हुँदैन । प्रगतिशील÷प्रगतिवादी साहित्यकार वा कलाकारले लगातार क्रान्तिकारी सारयुक्त रचना सृजना गर्नका लागि उसको वैचारिक अवस्थिति सोही अनुसार कायम रही रहनु पर्दछ । त्यसका लागि कम्युनिस्ट पार्टी वा समूहप्रति उनीहरूको संलग्नता वा आबद्धता झनै राम्रो मानिने छ ।
क्रान्तिकारी सार वा भावयुक्त रचना सृजना गर्नका लागि लेखक सर्वप्रथम प्रगतिशील वा प्रगतिवादी हुनै पर्दछ । उनीहरूको दृष्टिकोण द्वन्द्वात्मक भौतिकवादका आधारमा निर्धारण हुनै पर्दछ । तर द्वन्द्वात्मक भौतिकवादलाई स्वीकार गर्नेहरू जति सबैले साहित्य वा कला सृजना गर्न सक्दैनन् । साहित्य वा कला सृजना गर्न कष्टसाध्य मिहिनेत आवश्यकता पर्दछ । कठोर साधना आवश्यकता पर्दछ । यस अर्थमा यस्ता रचनाकार मात्र प्रगतिशील वा प्रगतिवादी हुन सक्छन्, जसले द्वन्द्वात्मक भौतिकवादी दर्शनका आधारमा कठोर साधनाका साथ सृजना गर्दछन् । हाम्रो देशको कम्युनिस्ट पार्टीका सदस्यहरूको सांस्कृतिक स्तरलाईमाथि उकास्न यस्तै सृजनाको आवश्यकता छ । अहिलेभन्दा कैयौँ गुना बढी क्रान्तिकारी सार÷भावयुक्त, साथै सशक्त कलात्मक रचनालाई उपयोग गरेर मात्र कम्युनिस्ट आन्दोलनको सांस्कृतिक स्तरलाई उन्नत बनाउन सकिन्छ । त्यस दिशामा प्रगतिशील÷प्रगतिवादी साहित्यकार वा कलाकारले आजभन्दा कैयौँ गुना बढी मिहिनेत गर्नु पर्ने आवश्यकता छ । कम्युनिस्ट पार्टीले पनि यस्ता साहित्य र कलाको विकास गर्न योजनाबद्ध र संस्थागत प्रयास गर्नु पर्दछ, खालि स्वतः स्फूर्ततामाथि भर परेर हुँदैन । 
कम्युनिस्ट आन्दोलनमा पार्टी र साहित्यकार वा कलाकारका बीच जुन अन्तर्विरोध देखा पर्ने गर्दछ, त्यसप्रति कम्युनिस्ट पार्टी त्यत्तिकै जिम्मेवार हुनुपर्दछ, जति आम पार्टी सदस्यप्रति । यदि साहित्यकार वा कलाकारप्रति पार्टीले उदासीन रवैया अपनाउँछ भने पार्टीप्रतिको असन्तुष्टि अरू बढेर जाने छ । यस्तो अवस्थामा साहित्यकार वा कलाकारहरू कम्युनिस्ट पार्टी वरिपरि गोलबन्द हुन सक्ने छैनन् । पार्टीले बुझ्नु पर्दछ– साहित्यकार वा कलाकारको सवाल विशुद्ध उनीहरूको मात्र होइन, त्यसले कम्युनिस्ट आन्दोलनमाथि नै गम्भीर प्रभाव पार्दछ । कम्युनिस्ट पार्टीप्रतिको असन्तुष्टिको फाइदा उठाउँदै उनीहरूलाई प्रतिध्रुवले उपयोग नगरोस्—त्यसका लागि कम्युनिस्ट पार्टीको सजगता वा उत्तरदायित्व आवश्यक पर्दछ । 
केही साहित्यकार वा कलाकारलाई लाग्दछ– कम्युनिस्ट पार्टीको अनुशासन उनीहरूका लागि बाधक छ । कम्युनिस्ट पार्टीको अनुशासनभित्र रहेर उन्मुक्तताका साथ साहित्य वा कलाको सृजना गर्न सकिँदैन । यस्तै अवधारणाका कारण कैयौँ साहित्यकार वा कलाकारहरू आफूलाई स्वतन्त्र रहेको दावी गर्दछन् । उनीहरू भन्दछन्– हामी कम्युनिस्ट पार्टीभित्र अटाउन सक्दैनौँ । त्यसको अनुशासन पालना गर्न सक्दैनौँ । अझ उनीहरू अगाडि भन्दछन्– हाम्रो सबैको आलोचना गर्ने बानी हुन्छ । पार्टीको पनि आलोचना गर्दा अराजक भइन्छ । गलत नीति तथा प्रवृत्तिको आलोचना गर्न नपाएपछि कम्युनिस्ट पार्टीमा किन बस्ने ? त्यस्तै, उनीहरू कम्युनिस्ट पार्टीभित्र बसेर उन्मुक्त तरिकाले रचना गर्न नसकिने तर्क गर्दछन् । यस सम्बन्धमा उनीहरूको तर्क हुन्छ– पार्टीभित्रका गलत पक्षको समेत आलोचना गरी रचना सृजना गर्न नपाएपछि स्वतन्त्रता उपभोग गर्न पाएको कसरी भन्ने ? 
स्वतन्त्र रूपमा साहित्य वा कला सृजना गर्न चाहने गैर पार्टी साहित्यकार वा कलाकारको दृष्टिबाट विचार गर्दा उपर्युक्त तर्क गम्भीर छन् । हरेक क्षेत्रका आ–आफ्नै अनुशासन हुन्छन् । जुनसुकै पेसा, विधा वा क्षेत्रलाई व्यवस्थित रूपले परिचालन गर्न अनुशासनको आवश्यकता हुन्छ नैरु। स्वयं साहित्य र कलाका पनि आ–आफ्नै अनुशासन छन् । अझ यस क्षेत्रमा त झन् कठोर अनुशासन पालना गर्नु पर्ने हुन्छ । यथास्थितिवादी साहित्यको कुरा गर्ने हो भने त गुरु स्थापना गरेर उसको निर्देशनमा कठोर तपस्या गरेपछि मात्र कुनै व्यक्ति विशेषज्ञ बन्न सक्ने परम्परा नै थियो, कुनै बेला । कुनै खास व्यक्तिलाई गुरु मानेर त्यसको निर्देशनमा विशेषज्ञता हासिल गर्ने अनुशासनको पद्धति पार्टी अनुशासनभन्दा पक्कै पनि सरल र सहज मान्न नसकिएला । कम्युनिस्ट पार्टीको अनुशासन स्वैच्छिक हो, वैचारिक हो । वैचारिक स्वीकार्यता समाप्त हुँदासाथ अनुशासन पनि स्वतः समाप्त हुन्छ । तर त्यही प्रकारको सरलता सहजता, गुरुकुलीय पद्धतिमा हुँदैनथ्यो ।
राजनीतिक पार्टीमा जस्तै साहित्य र कला क्षेत्रमा पनि अनुशासन हुन्छ । कठोर तपस्या वा अनुशासन बिना साहित्य र कला सृजना गर्नु सम्भव हुन्न । जसले आफूलाई स्वतन्त्र भन्न रुचाउँछन्, त्यसको स्थिति पनि सापेक्ष छ । उनीहरूले कुनै राजनीतिक पार्टीको अनुशासन स्वीकार नगरेको सीमासम्म मात्र यस्तो स्वतन्त्रताको अर्थ छ । तर त्यसको अर्थ उसले साहित्य र कला क्षेत्रको अनुशासनलाई पनि मान्दैन भन्ने होइन । जस्तोसुकै अनुशासन जुनसुकै बेला भत्काउन सकिन्छ भन्ने चिन्तन त उत्तर आनुधिकतावादको हो । बढीमा स्वतन्त्र साहित्यकार वा कलाकारको अर्थ कुनै पार्टी वा समूहमा औपचारिक रूपमा सामेल नभएको भन्ने मात्र हो । तर त्यसको अर्थ उसको पक्षधरता प्रगतिशील÷प्रगतिवादी वा यथास्थितिवादीमध्ये कुनै पनि पक्षसित छैन भन्ने हुँदै होइन । साहित्यकार वा कलाकारले स्वीकार गरुन् या नगरुन्, वर्गीय समाज रहेसम्म साहित्य र कलाले कुनै एक वर्गको पक्ष लिन्छ । वर्ग निरपेक्ष साहित्य वा कलाको अवधारणा भ्रम मात्र हो । कलाकारको पनि वर्गीय पक्षधरता किटान हुन्छ ।
केही साहित्यकार वा कलाकार ठान्दछन्– राजनीतिक पार्टीमा आबद्ध भएपछि साहित्य वा कला क्षेत्रमा पेसेवर ढङ्गले काम गर्नु सम्भव छैन । यस विषयलाई छिनोफानो गर्न सकिन्छ । राजनीतिक पार्टीसित वैचारिक एकता कायम हुनु पहिलो विषय हो । बाँकी विषय गौण स्वरूपका छन् । त्यसपछिका समस्या असमाधेय छैनन् । पहिलो तरिका त यो हो– प्रगतिशील÷प्रगतिवादी साहित्यकारले विशुद्ध व्यक्तिगत अनुभूतिलाई प्राथमिकता दिने होइन, बरु कम्युनिस्ट वा प्रगतिवादी आन्दोलनको आवश्यकतालाई प्राथमिकता दिने हो । यस प्रकारले काम गर्नु भनेको पार्टीको काम नै हो । त्यस अनुसार पार्टीको नीतिलाई समर्थन गर्दै साहित्यिक वा सांस्कृतिक सङ्गठनमा काम गर्नु एउटा तरिका हो । विदितै छ, कम्युनिस्ट पार्टी, त्यस मातहतका मोर्चा वा जनवर्गीय सङ्गठनमाभन्दा साहित्यिक वा सांस्कृतिक सङ्गठनमा सोही अनुसारको खुकुलो कार्यशैली हुन्छ । दोस्रो तरिका हो– पार्टीको राजनीति अन्तर्गत सांस्कृतिक, साहित्यिक सङ्गठनसित समन्वय गरेर र साहित्य र कलाको कुनै खास प्रोजेक्टमा काम गर्नु । पार्टीभित्र यस्ता धेरै क्षेत्र वा विषयहरू हुन्छन्, जहाँ साहित्यकार वा कलाकारले आफ्नो क्षमता भरपूर उपयोग गर्न सक्छन् । तेस्रो तरिका हो– पार्टीको राजनीतिलाई मद्दत पुग्ने गरी स्वयं व्यक्तिले दीर्घकालको प्रोजेक्ट तयार पार्दछन् भने पार्टीको साधारण सदस्यको हैसियतमा रहेर काम गर्न सकिन्छ । यसरी पार्टीको राजनीतिसित सम्बन्ध कायमै राखेर साहित्यिक वा सांस्कृतिक कर्ममा क्रियाशील रहन सकिन्छ । त्यस वाहेक फुटकर रचना गर्नका लागि कुनै खास योजना बनाउनु पर्ने देखिन्न । हामी देख्दछौँ– कम्युनिस्ट आन्दोलनको शीर्ष व्यक्तित्वहरू राजनीतिज्ञका साथ साथै स्तरीय साहित्यकारका रूपमा पनि प्रख्यात छन् । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम आफै स्तरीय साहित्यकार हुन् । माओवादी नेता मोहन वैद्य किरण आफै सौन्दर्य चिन्तक हुन् । नारायण मान बिझुक्छे स्वयं आख्यानकार हुन् । यस प्रकार पार्टीका जिम्मेवार पदमा रहेर पनि साहित्य वा कला सृजनामा व्यस्त ठुलो पङ्क्ति कम्युनिस्ट आन्दोलनमा छ । 
वास्तवमा साहित्य, कला र राजनीति एक–अर्कासित अन्तरसम्बन्धित छन् । यिनीहरूका बीच अनुलङ्घनीय पृथक सीमा रेखा कोर्नु उचित होइन । माक्र्सवादी साहित्यमा प्रशस्त साहित्य र कलाको संयोजन देख्न सकिन्छ । माक्र्सवादी, लेनिनवादी पङ्क्तिभित्र प्रशस्त साहित्यिक र कलात्मक रचनाहरू छन् । पूँजी जस्तो प्रशिद्ध अर्थशास्त्रीय कृतिमा पनि प्रशस्त साहित्यिक प्रसङ्ग सामेल गरिएका छन् । स्वयं माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओले साहित्य सृजना गरेका थिए । यसले बताउँछ– साहित्य र राजनीतिलाई एक–अर्काबाट पृथक गर्न सकिन्न । सर्वहारा वर्गको मुक्तिलाई केन्द्रमा राखेर राजनीति, साहित्य र कलालाई अन्योन्याश्रित तरिकाले अगाडि बढाउन सकिन्छ र बढाउनु पनि पर्दछ ।

...................................................................................................................

विकल्पमा संयमता र अनुशासन

विश्व कम्युनिस्ट आन्दोलनकी नेत्तृ रोजा लम्जमबर्गसित कुराकानी गर्दै लेनिनले भनेका थिए ः ‘उत्ताउलोपना पु“जीवाद हो ।’ त्यस्तै अर्को प्रसङ्गमा उनले भनेका थिए ः ‘संयमता र अनुशासन दासता होइन, स्वतन्त्रताका लागि पनि यसको त्यत्तिकै आवश्यकता छ ।’ मानिसमा देखा पर्ने चरित्रको रूप पक्षका बारेमा लेनिनका उपर्युक्त दुई अभिव्यक्तिले सङ्क्षिप्तमा धेरै तथ्यहरूमाथि प्रकाश पार्दछन् ।
पहिलो तथ्य उत्ताउलोपना पु“जीवादसित सम्बन्धित छ भन्ने हो । आखिर, पु“जीवाद किन उत्ताउलो हुन्छ ? त्यसका पछाडिको एउटा आधारभूत कारण के हो ? त्यसको पछाडिको कारण यो हो कि पु“जीवाद व्यक्तिवादको पृष्ठपोषक सिद्धान्त हो । यसले व्यक्तिगत स्वतन्त्रताको अतिरञ्जित प्रकारले पक्ष्ँपोषण गर्दछ अथवा पु“जीवादले त्यस हदमम्म पनि व्यक्तिगत स्वतन्त्रताको पक्ष लिन्छ, जब यसले (व्यक्तिगत स्वतन्त्रताले) सामाजिक र सार्वजनिक हितको समेत अतिक्रमण गर्दछ । स्वतन्त्रताको यस प्रकारको स्वरूपलाई पु“जीवादले उच्च स्तरको बताउने गर्दछ । आज–भोलि, जबकि वर्तमान विश्व पु“जीवाद साम्राज्यवादको चरणमा पुगेको छ, जसको अर्थ हुन्छ– प्रतिस्पर्धात्मक चरणले आफूलाई एकाधिकार चरणमा फेरेको हुन्छ, जहा“ प्रतिस्पर्धाको अन्त्य भएको हुन्छ, व्यक्तिगत स्वतन्त्रता मार्फत पु“जीवादले आफूलाई उचाइमा पुगेको महशुस गरिरहेको छ । यसको अर्को अर्थ हुन्छ– श्रमको सामाजिक स्वरूपमाथिको निजी स्वामित्वलाई यतिखेर बढी स्वतन्त्रता प्राप्त छ, जति अहिलेसम्मको इतिहासमा कहिल्यै प्राप्त भएको थिएन । वर्तमान साम्राज्यवादी समयमा निजी सम्पत्तिको “श्रीबृद्धि” का लागि पूर्ण स्वतन्त्रताको वातावरण उपलब्ध छ । कारणः अहिले विश्वमा कही“ पनि सर्वहारा वर्गको राज्यसत्ता छैन । त्यति मात्र होइन, सर्वहारा वर्गको आन्दोलन पनि त्यो उचाइमा पुगेको छैन, जहा“बाट शोषक वर्गलाई ठाडै चुनौती दिन सकियोस् । यस प्रकारले आफ्नो सत्ता मात्र नभएको होइन, शोषक वर्गलाई चुनौती दिने स्तरसम्म आन्दोलनको विकास नभएका कारण श्रमको सामाजिक स्वरूप र त्यसका पक्षधर सर्वहारा वर्ग प्रतिपक्षमा त छ, तर सशक्त प्रतिपक्षको स्वरूपमा छैन । यी सबै कारणहरूले गर्दा अहिले पु“जीवादी परिभाषा अनुसारको व्यक्तिगत स्वतन्त्रता आफ्नो उत्ताउलोपनाको हदसम्म शिखरमा छ । यहा“सम्म कि स्वच्छन्द र अराजकताको हदसम्म त्यसको विकास (वा अधोगतितिरको सुरुवात ?) भएको छ ।
व्यक्तिगत स्वतन्त्रताको चरम रूपको अर्थ के हो ? त्यसको अर्थ हो– एउटा व्यक्तिको अरू व्यक्ति, समाज, जाति र यहा“सम्म कि सिङ्ग्रै राष्ट्रको शोषण गर्न पाउने अधिकार, त्यो पनि अमूर्त अर्थमा होइन कि सापेक्ष वा निर्वाध रूपमा । धेरै टाढा जानु पर्दैन, छिमेकी देश भारत र चीनसम्म दृष्टि पु¥याए हुन्छ । त्यहा“ हरियाणाको गुडगा“व र पश्चिम बङ्गालको सिङ्गुरमा हाम्रा भाइचारा भारतीय मजदुर वर्गमाथि वर्वर दमन भएको धेरै वर्ष बितिसकेको छैन । गुडगा“वमा जापानी एकाधिकार पु“जीपति होण्डा कम्पनीको मालिकद्वारा त्यहा“का मजदुरहरूमाथि स्वयं भारतीय पुलिस (हरियाणा राज्य पुलिस) लगाएर वर्वर तरिकाले दमन गराइएको थियो । त्यहा“का मजदुरहरूको गल्ती यति मात्र थियो कि उनीहरू आफूलाई जापानी मालिकहरूद्वारा “इण्डियन डग” भनी दिइएको गालीलाई सहजै पचाउन सकेका थिएनन् । अर्को स्थान पश्चिम बङ्गालको सिङ्गुर, जहा“का किसानहरूले टाटा कम्पनीको निर्माण तथा मरम्मत इकाई स्थापनाका लागि जमिन उपलब्ध गराउन सहमति दिएनन् । टाटा कम्पनीले न्यून दाममा किसानहरूबाट जमिन अधिग्रहण (हडप्न) चाहेको थियो । तर किसानहरू त्यसरी उनीहरू तय गरेको मूल्य अनुसार जमिन दिन तयार भएनन् । त्यसपछि त के थियो ? पश्चिम बङ्गालको “लाल” सरकारको आदेशमा बङ्गाल प्रहरी निहत्था किसानहरूमाथि जमेरै जाइलाग्यो ।
चीनमा भारतमा भन्दा झन् ठूलो परिमाणमा विदेशी निवेश भित्रिएको छ । त्यहा“को सरकारले विदेशी पु“जीपतिहरूलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्ने गरेको छ । उनीहरूलाई विश्वका अन्य पु“जीवादी राज्यसत्ताहरूले भन्दा आकर्षक सेवा, सुविधा दिएको छ । त्यसको प्रतिफलस्वरूप अमेरिकी र युरोपियन पु“जीपतिहरू समेतको पु“जी निवेशको पहिलो गन्तव्य चीन बन्ने गरेको छ । तर त्यही देशका मजदुरहरूलाई सहजताका साथ टे«ड युनियन खोल्नेसम्मको अधिकार दिन हिच्किचाइने गरिएको स्थिति छ । त्यसकारण अहिलेसम्म त्यहा“ चिनिया“ जनताको आक्रोश भारतको गुडगा“व र सिङ्गुरको स्तरसम्म सार्वजनिक भैसकेको छैन । फेरि त्यहा“ फा“सी जस्तो सामन्ती मानसिकताको दण्ड–सजायको प्रावधान छ, जसले एकथरि मानिसहरूको मनमा ठूलो त्रास पैदा हुने गरेको हुन्छ । यी सबैको परिणाम यो भएको छ कि चीनमा भेदभाव, शोषण र दमनका विरुद्ध अझैसम्म जनता सशक्त स्वरूपमा मैदानमा उत्रन सकिरहेका छैनन् ।
हाम्रा छिमेकी देशका उपर्युक्त परिघटनाले मात्र पनि बताउ“छन् कि एकाधिकार पु“जीवादको वर्तमान समयमा व्यक्तिको रूपमा पु“जीपतिलाई शोषण गर्नका लागि निर्वाध प्रकारको स्वतन्त्रता प्राप्त छ भने सर्वहारा मजदुर वर्गलाई आफ्नै जन्मभूमि, आफ्नै भनाउ“दो सरकारका वावजुद आफैमाथिको गाली, अपमानप्रति प्रतिक्रिया दिन पाउ“दैनन् । हुन त कानुनी आवरणमा शोषणको विरोधमा आवाज उठाउन पाउने प्रावधान हुन्छ । हाम्रो देशमा पनि भारत र चीन मोडेलकै नव–उदारवादी अर्थनीति लागु गर्ने तर्खर भैरहेको छ । अहिले कायम भएको काङ्ग्रेस–एमाले नव–उदारवादी अर्थनीति लागु गर्न कम्मर कसेर लागेको छ । यदि नेपालमा शासक वर्गले आफ्नो उपर्युक्त नीति लागु गर्नमा सफलता पाउ“छ भने गुडगा“वको होण्डा कम्पनीमा झै“ विदेशीहरूले हामीलाई ‘नेपाली डग’ भन्नेछन्, तर हामीले त्यसको प्रतिवाद गर्न पाउने छैनौ“ । यदि हामी प्रतिरोध गर्ने साहस देखाउ“छौ“ भने शासक वर्गले हामीमाथि जाइलाग्न प्रहरी÷सेनालाई खटाउनेछ र वर्वर दमन गर्नेछ ।
उपर्युक्त छलफलबाट प्रष्ट हुन्छ कि वर्तमान समयमा पु“जीवादी व्यक्तिगत स्वतन्त्रता अथवा पु“जीवादी स्वतन्त्रताको जरा कति वलियो छ ? जब पु“जीवादी व्यक्तिगत स्वतन्त्रताको जग यति वलियो छ भने त्यो उन्मत्त उन्मादमा हुनु वा त्यसको चरित्रमा उत्ताउलोपना देखा पर्नु स्वाभाविकै हो । त्यसकारण अहिले विश्वभरि र यहा“सम्म कि विकासमा पिछडिएका गरिब देश तथा मुश्लिम धर्मलाई राजकीय धर्म घोषणा गरिएका देशहरू (जहा“ महिलाहरूका लागि आफूखुशी पहिरनको चुनाव गर्ने तथा अनुहार देखाउनेसम्मको स्वतन्त्रता हु“दैन) समेतको संस्कृतिमा छाडापन, उत्ताउलोपन देखा परिरहेको छ । वाहिरी रूपमा हेर्दा यस खालको उत्ताउलोपनले रुढिवादमाथि प्रहार गरेको देखिए पनि त्यसले समाजलाई प्रगतिशीलतातिर होइन, सिधै पु“जीवादी विकृतितिर डो¥याइरहेको हुन्छ । यसलाई आर्थिक क्षेत्रको प्रतिविम्वस्वरूप देखा परेको विशेषता वा परिवर्तनको सापेक्षतामा बुझिनु पर्दछ ।
माथि चर्चा गरिए झै“ विश्व पु“जीवाद अहिले एकाधिकार चरणका साथै छाडापन तथा उत्ताउलोपनमा उत्रिएको छ भने त्यो स्वयं उसको एक प्रकारको कमजोरी पनि हो । फ्रायडले मानिसको गल्ती हुने तीन अवस्था बताएका छन् ः शोक, हर्ष र उत्तेजना । अहिले विश्व पु“जीवाद हर्ष र उत्तेजनाको चरणमा छ । व्यक्तिगत मामिलामा पनि यस्तो अवस्थामा गल्तीको प्रवल सम्भावना रहन्छ । तर पु“जीवादले आफ्नो शक्तिलाई अपराजित, उत्कृष्ट ठानेर उन्मत्ततापूर्ण वा उन्मादपूर्ण चरित्रको प्रदर्शन गरिरहेको छ । आफूभित्रका यस खालका कमजोरीहरूलाई पु“जीवादले सहजतापूर्वक देख्न सकिरहेको छैन ।
पु“जीवादले अहिले आफूलाई उत्कर्षमा रहेको विश्लेषण गरिरहेकाले ऊ यति उन्मत्त अवस्थामा छ कि उसले आफू वाहेक अरू सबैलाई विक्रीयोग्य वस्तु ठानिरहेको छ । यो चरणको विशेषता अनुसार हरेकलाई वस्तु ठानिन्छ र त्यसमा विनिमय मूल्य प्रत्यारोपित गरिन्छ । यही कारणले गर्दा महिला र महिलाका जन्मसिद्ध सौन्दर्यताहरू समेत विक्रीयोग्य वस्तु बन्न पुग्छन् । तिनीहरूको पनि विनिमय मूल्य कायम गरिन्छ । मुनाफालाई केन्द्रमा राखेर हरेक चिजलाई वस्तुका रूपमा प्रस्तुत गर्नु र ती वस्तुहरूमा विनिमय मूल्य प्रत्यारोपित गर्नका लागि त्यसको भड्किलो प्रचार गर्नु पु“जीवादको अहिलेको स्वाभाविक र आम तौरतरिका बनिसकेको छ । यस प्रकारको प्रवृत्तिबाट नै उत्ताउलोपन वा छाडापन अभिव्यक्त भएको हुन्छ । जबकि, त्यति बेला छाडापन वा उत्ताउलोपन आजको स्तर वा चरणमा पुगिसकेको थिएन होला, फेरि पनि पु“जीवादका बारेमा नसानसाको जानकारी राख्ने लेनिनलाई यससम्बन्धी पूर्वाभाष भैसकेको थियो । त्यसकारण उनले करिब सय वर्ष पहिले नै घोषणा गरिसकेका थिए कि ‘उत्ताउलोपन पु“जीवाद हो ।’ यस आधारमा पनि भन्न सकिन्छ कि आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको अथवा लेनिनको युग हो । आज पनि लेनिनका सिद्धातहरूको सान्दर्भिकता उत्तिकै छ, पुरानो भैसकेका छैन ।
छाडापन वा उत्ताउलोपनका विपरीत तङ्खव हो– संयमता वा अनुशासन । संयमता र अनुशासनलाई दासता ठान्ने पु“जीवादी उत्ताउलोपन, छाडावाज वा अराजकताको प्रभावमा परेकाहरूको लेनिनले उतिखेर नै भण्डाफोर गरिसक्नु भएको थियो । यता पूर्वीय विश्वका ऋषिमुनिहरूले पनि संयमता वा अनुशासनलाई ज्ञान प्राप्तिको प्राथमिक शर्त मानेका थिए । चित्त वा मन स्थिर नभइकन ज्ञान प्राप्ति गर्नु असम्भव छ भन्ने उनीहरूको निष्कर्ष र मत थियो । यद्यपि उनीहरूको जीवनशैली एकाङ्की थियो, सामाजिक होइन । उनीहरू समाजभित्र रहेर, समाजसित अन्तरक्रिया गर्दै ज्ञान प्राप्ति गर्ने वा ज्ञान प्राप्तिको प्रक्रियामा आम जनसमुदायलाई सामेल गर्दैनथे । त्यसकारण पूर्वीय विश्वका ज्ञानहरू यथार्थ र प्रगतिशील कम, अलौकिक वा काल्पनिक बढी हु“दै गए । त्यसको स्वरूप अध्यात्मिक हुन ग¥यो, भौतिकवादी होइन । फेरि पनि पूर्वीय विश्वमा ज्ञान प्राप्तिको क्रममा संयमता र अनुशासनको महङ्खव आफैमा प्रष्ट छ । त्यसबाट हामीले शिक्षा सिक्नु पर्ने आवश्यकता छ ।
म्याक्सिम गोर्कीले लेनिनसम्बन्धी सङ्क्षिप्त संस्मरणमा लेनिनले सधै “हृदयका पखेटा” समात्नु पर्ने आवश्यकतामा जोड दिन्थे भनेर लेखेका छन् । यसको अर्थ हुन्छ– मानव मस्तिष्कमा वेग्ला वेग्लै काल र परिस्थितिमा वेग्ला वेग्लै संवेग र संवेदना उत्पन्न भए पनि त्यसलाई जस्ताको जस्तै प्रकट हुन दिनु हु“दैन अथवा त्यसमाथि नियन्त्रण राख्नु पर्दछ । यस्तो विधिलाई नै लेनिनले “हृदयको पखेटा” समात्नु बताएका हुन सक्छन् । जे होस्, यसको अर्थ संयमता वा अनुशासनमा जोड दिने भन्ने अवश्य नै सत्य हो ।
संयमता वा अनुशासन विना कुनै पनि काम सम्पन्न गर्नु सम्भव हु“दैन । अझै त्यस्तो दीर्घकालीन वा पुस्तौ“सम्ममा सम्पन्न हुने आन्दोलन, जहा“ मानव जातिका बीचमा हुने सबै प्रकारका भेदभाव, शोषण र उत्पीडनलाई समाप्त गर्ने लक्ष्य राखिएको हुन्छ, मा यस प्रकारको अनुशासन वा संयमताको आवश्यकता कैयौ“ गुना बढी हुन्छ । यस्तो मानवका बीचको भेदभाव, शोषण र उत्पीडनको युग नै समाप्त पार्ने आन्दोलनमा थोरै उत्तेजना, अराजकता, छाडापन वा उत्ताउलोपनले पनि ठूलो क्षति पु¥याउन सक्ने आफैमा प्रष्ट छ । त्यसकारण सर्वहारा वर्ग आफ्नो आन्दोलनमा यस खालको प्रवृत्तिलाई छुट दिन सक्दैन ।
संयमता वा अनुशासन खालि सङ्गठन, आन्दोलन र राजनीतिको मात्र विषय होइन, यो त समग्र जीवनशैली, संस्कृतिको पनि अभिन्न अङ्ग हो । माओले महान् सर्वहारा सांस्कृतिक क्रान्तिका दौरानमा पु“जीवादी उत्ताउलोपनाको भण्डाफोर गरेका थिए । त्यही समय वरपर समाजवादी व्यवस्था निर्माणका दौरानमा आर्थिक मितव्ययितामा पनि अत्यधिक जोड दिएका थिए । साङ्घाई टेक्स्ट बुक अध्ययन गर्ने जो कसैले पनि यस्तो जानकारी सहजै पाउन सक्छ । आर्थिक मितव्ययितामा जोड दिनु भनेको खर्च वा व्ययमा अनुशासन कायम राख्नु हो । अर्को शब्दमा यो पनि भन्न सकिन्छ ः उत्ताउलोपन वा छाडापनले फिजुलखर्ची बढाउ“छ भने संयमता वा अनुशासनले फिजुलखर्चीलाई रोक्दछ । आन्दोलनको क्रममा मात्र होइन, सामान्य अवस्थामा पनि उत्ताउलोपन, छाडापन र खर्च वा व्ययमा अराजकतालाई छुट दिन सकिन्न । यसरी छाडापन वा उत्ताउलोपनले आर्थिक जीवनमाथि पनि प्रशस्त प्रभाव पार्ने गर्दछ । त्यसकारण छाडापन वा उत्ताउलोपनको विकल्पमा संयमता वा अनुशासनमाथि आधारित जीवनशैली र संस्कृति सर्वहारा वर्गीय आन्दोलनका लागि प्राथमिक महङ्खवको आवश्यकता बन्न जान्छ ।
सर्वहारा वर्गको लक्ष्य वर्गीय समाजको अन्त र भेदभाव, शोषण र उत्पीडनबाट मुक्ति हो । समाजको मुक्ति विना व्यक्तिको मुक्ति हुन सक्दैन । यद्यपि व्यक्तिले प्रयत्न नगरिकन समाजको मुक्ति–आन्दोलन अगाडि बढ्न सक्दैन । फेरि पनि व्यक्तिले एकल प्रयत्नद्वारा खालि आफैलाई पूर्णतः र सधैका लागि मुक्त गर्न सक्दैन । यहा“ सामाजिक मुक्तिको आसय वर्तमान वर्गीय समाजका कायम रहेको भेदभाव, शोषण र उत्पीडनबाट मुक्ति हो । यस्तो आन्दोलन दशकौ“, शताब्दियौ“सम्म चल्ने गर्दछ । यो आन्दोलन एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने गर्दछ । यस क्रममा आन्दोलनको ज्वारमा उतारचढाव आउने गर्दछ । फेरि पनि आन्दोलन निरन्तर चलिरहन्छ, वर्गीय भेदभाव, शोषण र दमन कायम रहेसम्म । यस्तो आन्दोलनमा प्रतिवद्धता, अनुशासन, संयमताको प्राथमिक आवश्यकता हुने गर्दछ । त्यसकारण सामाजिक मुक्ति र स्वतन्त्रताभित्रको दिगो व्यक्तिगत स्वतन्त्रतालाई कायम राख्नका लागि छाडापन वा उत्ताउलोपन होइन, संयमता वा अनुशासनमाथि आधारित जीवनशैली, रहनसहन र संस्कृतिको अलवम्बन गर्नु अत्यावश्यक हुन जान्छ ।

...................................................................................................................

गीतकार मूलतः विचारक हुन्छ

“गीतमा जुन मात्रामा सरलता हुन्छ, सहजता हुन्छ र निजात्मकता वा आत्मपरकता हुन्छ, त्यति अन्य साहित्यिक विधामा हु“दैन । भावको तीव्र प्रक्षेपणका दृष्टिले गीतलाई उछिन्ने अर्को साहित्यिक विधा छैन” (कृष्णहरि बराल, गीत ः सिद्धान्त र इतिहास, पृष्ठ ३) ।
बरालको माथिको अभिव्यक्तिले गीतको बारेमा सङ्क्षिप्त परिभाषा दिन्छ । गीतको उपर्युक्त विशेषताकै कारणले साहित्यका अन्य विधाहरूको भन्दा गीतको लोकप्रियता र व्यापकताको आकार फराकिलो हुन्छ । कविता, कथा, उपन्यास आदि साहित्यिक विधालाई ग्रहण गर्न न्युनतम साक्षर हुन आवश्यक छ । यता गीतका लागि त्यस्तो आवश्यक छैन । गीतकारले आफ्ना अनुभूतिलाई जब स्वर र सङ्गीतको माध्यमबाट प्रस्तुत गर्दछ, तब त्यस्तै अनुभूति भएका मानिसहरूको मन–मष्तिस्कले त्यसलाई ग्रहण गर्दछ । सफल गीत त्यसलाई मान्न सकिन्छ, जसले श्रोताको मनोविज्ञानसित एकत्व कायम गर्दछ । आफैमा व्यापक र लोकप्रिय हुने स्वभाव भएकाले जनताका बीचमा दर्शन, विचार र सिद्धान्त सम्प्रेषणका लागि गीत सशक्त माध्य बन्न जान्छन् ।
शब्द रचना, स्वर र सङ्गीतको सङ्गमले गीत तयार हुन्छ । तर सबै गीतहरू उत्कृष्ट हु“दैनन् । उत्कृष्ट गीत कसलाई भन्ने ? यस विषयमा छलफल हुन सक्दछ । यहा“ बढी अलमल नगरिकन हामी माक्र्सवादी–लेनिनवादीहरू प्रष्ट धारणा राख्दछौ“ कि वर्तमान अन्यायपूर्ण सामाजिक अवस्थालाई परिवर्तन गरी शोषणविहीन समाज व्यवस्था निर्माण अभियानलाई मद्धत पु¥याउनेखालका गीतहरू नै उत्कृष्ट हुन सक्दछन् । यस्ता गीतका दुई पक्षहरू हुन्छन्— एउटा पाटो हो भण्डाफोरको, जहा“ शोषण र शोषकको पर्दाफासमा बढी ध्यान केन्द्रित गरिन्छ । अर्को पाटो हो— नया“ र सुनौलो समाज निर्माणको उद्देश्य, जहा“ हामीले अगाडि सारेको शोषणविहीन सुन्दर समाजको परिकल्पना गरिन्छ । यी दुई भावहरू व्यक्त नभएका गीतहरू माक्र्सवादी–लेनिनवादीहरूका लागि उत्कृष्ट कोटीका होइनन् । 
गीत कुनै खास अभिव्यक्तिका लागि रचिन्छ । गीतकारको दृष्टिकोण प्रष्ट नभइकन स्तरीय गीत लेख्नु असम्भव छ । गीत पनि अभिव्यक्तिकै सशक्त माध्यम हो । नेताले राजनीतिक लेख लेख्छ, भाषण गर्न सक्छ । कविले कविता लेख्छ । कथाकारले कथा लेख्दछ । उपन्यासकारले उपन्यास लेख्दछ । नाटककारले नाटक लेख्दछ । त्यसैगरी गीतकारले गीत लेख्दछ । उपर्युक्त सबै रचनामा ठोस अभिव्यक्ति नभएको रचना आधारभूतरूपमा नै स्तरीय मानि“दैनन् ।
शब्द विचारको प्रकट रूप हो । रचनामा विचार व्यक्तिएको हुन्छ । माक्र्सवादी–लेनिनवादीहरूका लागि विचारका तुलनामा स्वर र सङ्गीतको पक्ष द्वितीयक हुन् अथवा गीतमा विचारको तुलनामा स्वर र सङ्गीत द्वितीय हुन् । बुर्जुवाहरू गीतमा व्यक्त विचार वा भावलाई भन्दा पनि स्वर र सङ्गीतलाई बढी महत्व दिन्छन् तर माक्र्सवादी–लेनिनवादीहरूको दृष्टिकोणमा गीतमा व्यक्त भएको विचार नै प्रथम हो । त्यो यसकारणले कि त्यसमा निश्चित सिद्धान्त र विचार अभिव्यक्त भएको हुन्छ । अर्कोतिर, जतिसुकै कर्णप्रिय स्वरले पनि सिद्धान्त र विचार व्यक्त गर्न सक्दैन । ठीक त्यसैगरी जतिसुकै बेजोड सङ्गीतले पनि सिद्धान्त र विचार व्यक्त गर्न सक्दैन । त्यसकारण गीतको तुलनामा स्वर र सङ्गीत प्राविधिक विषय हुन जान्छ । यसको अर्थ स्वर र सङ्गीतको अवमूल्यन गर्न खोजेको अवश्य होइन । जसरी रूपमा सिद्धान्तको रङ खैरो हुन्छ भन्ने मानिएजस्तै गीतको रङ पनि पुस्तकमा प्रकाशित हु“दा खैरो नै हुन्छ । कलात्मक वा कर्णप्रिय स्वर बिना गीतले प्रभाव छोड्न सक्दैन । त्यसैगरी बाद्ययन्त्रको माध्यमबाट तयार हुने सङ्गीत बिना पनि गीत प्रभावी हुन सक्दैन । यसरी गीतको वैचारिक पक्षलाई प्रभावी बनाउनका लागि स्वर र सङ्गीतको त्यत्तिकै महत्व छ ।
यता हाम्रो समाजमा, यहा“सम्म कि वामपन्थी पङ्क्तिमा पनि गीत रचना गर्ने गीतकारलाई गायककार र सङ्गीतकारकै समानान्तरमा राख्ने गरिन्छ । गीतकारलाई पनि कलाकार नै भएकाले भावनामा बग्ने प्रवर्गको रूपमा लिइन्छ । यसका पछाडि तर्क दिइने गरिन्छ— गीतकारले विचार दिन सक्दैन । माक्र्सवादी–लेनिनवादी पङ्क्तिभित्र पनि भन्ने गरिन्छ— उसले लडाइ“का मोर्चामा भाग लिनुपर्दैन । उनीहरूको काम त खालि क्रान्तिकारी विचारको सेवा गर्नु र क्रान्तिकारी युद्धलाई मद्धत पु¥याउनु हो ।
सङ्गीतकार र गायककारका बारेमा यो सत्य हो कि उनीहरूका लागि प्रष्टरूपमा विचार व्यक्त गर्नु सम्भव हुन्न । तर वैचारिक हिसाबले गीतकार सङ्गीतकार र गायककारभन्दा माथि उठेको हुन्छ । उसको मष्तिस्कमा सिधै युद्धको चित्र हुन्छ । यस सम्बन्धमा एक जना भारतीय साहित्यकार विजय वातेले भनेका छन्— “युद्धको हतियार बनाउ“ने दस्तकारमा योद्धाको जस्तो आक्रोश हु“दैन, तर अस्त्रको मारक क्षमता र युद्धमा त्यसको प्रभावप्रति उसको आ“कलन अवश्य हुन्छ” (डा. बशीर बद्रका गजलहरूको समीक्षा गर्दै) । यसरी गीतकारले पनि युद्धमा प्रयोग हुने अस्त्र निर्माण गर्दछ, जसको मारक क्षमता प्रभावशाली एवं ध्वसात्मक हुन्छ । स्वयं बुर्जुवा गीत÷सङ्गीतको क्षेत्रमा पनि गीतकारको यसप्रकारको क्षमताको पहिचान गरिन्छ । गीतकारले गीत नलेखिकन सङ्गीत र स्वरको उपयोगिता छैन । कतिपय गीतकारहरूले गीतप्रति न्याय गर्न आफै सङ्गीत दिएका हुन्छन् । नेपाल, भारत र दुनिया“भरी नै गीतकारलाई प्रथम श्रेणीमा राखिन्छ । गीतको भावना विपरित सङ्गीत दिइएमा सङ्गीतकारको र स्वर नदिएमा गायककारको आलोचना गरिन्छ । स्वतः साहित्यकार भएकाले र कथानकताप्रति उनीहरूको स्वाभाविक पहु“च भएकाले गीतकारले फिल्मका पटकथा, संवाद पनि लेखेको पाइन्छ । त्यतिमात्र होइन, कतिपय गीतकारहरूले स्क्रिप्ट लेखन तथा फिल्म निर्देशन पनि गरेको पाइन्छ ।
माक्र्सवादी–लेनिनवादी गीतकारको काम वर्गसङ्घर्षको हतियार बनाउनु नै हो । समाजमा विद्यमान शोषण, दमनको चित्रण गर्नु र त्यसका विरुद्ध प्रतिक्रियावादी व्यवस्थालाई ध्वस्त गर्नका लागि जनतालाई जागरुक पार्नु उनीहरूको काम हुन्छ । यस पङ्क्तिका गीतकारहरूको चिन्तनमा देखा परेको भिन्नता गीतमा देख्न सकिन्छ । सामान्यरूपमा विद्यमान प्रतिक्रियावादी व्यवस्थाको विरोध गर्नु एउटा पक्ष हो, त्यो विरोधलाई सिधै सशस्त्र सङ्घर्षसम्म जोड्नु बिल्कुलै अर्को पक्ष हो । स्वयं वामपन्थी राजनीतिमा एउटा विचारले सशस्त्र सङ्घर्षको अनिवार्यतालाई सिद्धान्ततः नै अस्वीकार गरेको अवस्था छ । यहा“नेर विचारमा भएको भिन्नताको प्रतिबिम्व देख्न सकिन्छ । जसले विद्यमान राज्यव्यवस्थालाई ध्वस्त गर्न सशस्त्र सङ्घर्षको आवश्यकता देख्दैनन्, उनीहरूले अन्यायपूर्ण व्यवस्थाको विरोध त गर्दछन् तर सशस्त्र सङ्घर्षबारे उदासिन रहन्छन् । त्यसका विपरित क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी गीतकारहरू सिधै सशस्त्र सङ्घर्षका पक्षमा उभिन्छन् । रक्तिम परिवारका अध्यक्ष जीवन शर्माद्वारा रचिएका तलका गीतहरूमा यस्तै भाव पोखिएका छन् ः
“शोषकको हातमा दुई नाले बन्दूक ताक्दैछ गरिबलाई
हाम्रो नि हातमा बन्दूक भए मास्दथ्यौ“ वैरीलाई”
त्यस्तै अर्को गीतमा भनिएको छ—
“वरिपरि काला सर्प अजिङ्गरले तर्साउ“दा
माथिबाट दुश्मनले वमगोला बर्साउ“दा
तिम्रो छाती रङ्गिएर हातबाट बन्दूक झर्दा
म त्यही“ आउनेछु, ए साथी म त्यही“ आउनेछु”
पहिलो गीतमा शोषकका हातमा बन्दूक भएको तर आफूहरूसित नभएको दुःख व्यक्त गरिएको छ । दोस्रो गीतमा शोषकलाई अजिङ्गर, जो देख्नमा ठूलो हुन्छ तर त्यति शक्तिशाली हु“दैन, ठानिएको छ भने उत्पीडित जनता र तिनका सेनालाई काला सर्प, जो फुर्तिलो र शक्तिशाली छ, को संज्ञा दिइएको छ । काला सर्पहरूलाई अजिङ्गरले तर्साइरहेकै बेला माथिबाट दुश्मनले वमगोला बर्साउ“छ, उनीहरूलाई समाप्त पार्न । यही युद्धकै बीचमा योद्धाको छाती रङ्गिएर हातबाट बन्दूक खस्न थाल्दा क्रान्तिकारीहरू त्यसलाई थाम्न आइपुग्छन् । यसरी गीतमा जोशिलो वर्गयुद्धको चित्रण गरिएको छ ।
हाल ने.क.पा. (मसाल) का महामन्त्रीसमेत रहेका मोहनविक्रम सिंहद्वारा रचित रक्तिमको “लेफ्ट राइट” शीर्षकको अर्को गीतमा भनिएको छ—
“गोली खाइ सहिद बनून् दिनौ“दिन हजार वीर
झन् झन् झन् कसि“दै जाओस् फलामका जञ्जीर”
“तातो रातो रगतले संसार नै डुबाओस्
मुर्दाहरूका नसामा पनि क्रान्तिको जोश उम्लोस्”
यस गीतमा कठोर तथा निर्मम वर्गसङ्घर्षको प्रतीक प्रयोग गरिएको छ । दिनौ“दिन गोली खाएर हजारौ“ क्रान्तिकारीहरू सहिद बन्नेछन् । फलामका जञ्जीर सेनाका छातीमा झनै कसि“दै जानेछ । वर्गसङ्घर्षमा रगतले संसार डुब्नेछ तर क्रान्तिको जोश यति उर्लदो हुनेछ कि मुर्दाहरूको नसामा पनि क्रान्तिको जोश उम्लनेछ, ज्यू“दाको सरिरमा त बेग्लै विषय भयो ।
उपर्युक्त गीतहरू क्रान्तिकारी वर्गसङ्घर्षका तीव्र अभिव्यक्ति हुन् । गीतकार आफै क्रान्तिकारी नभैकन यस्तो गीत लेख्नु असम्भव छ । जीवन शर्मा र मोहनविक्रम सिंहहरू आफै सशस्त्र सङ्घर्षको पक्षपाती भएकाले नै उपर्युक्त भाव गीतमा पोखिएको छ । हामी देख्न सक्दछौ“ कि जे.बी. टुहुरेजस्ता गीतकारहरूले विद्यमान व्यवस्थाको विरोध त गरेका छन् तर वर्गसङ्घर्षको एउटा सशक्त रूप सशस्त्र सङ्घर्षका माथि उल्लेखित मनोभाव व्यक्त गरेका छैनन् । त्यसका पछाडिको कारण हो— उनी संवद्ध रहेको राजनीतिक पार्टीको दक्षिणपन्थी राजनीतिक लाइन, जसले सर्वहारा वर्गको राज्यसत्ता प्राप्तिको माध्यमको रूपमा सशस्त्र सङ्घर्षलाई सिद्धान्ततः नै अस्वीकार गर्दछ । त्यस्तै रामेश, रायनहरूले पनि आफूलाई सशस्त्र सङ्घर्ष तथा महान् सर्वहारा सांस्कृतिक क्रान्तिका पक्षमा प्रष्ट उभ्याउन सकेका छैनन् । यद्यपि उनीहरूको गीतको महत्व यसमा छ कि उनीहरूका गीत पञ्चायत कालदेखि निरन्तर प्रतिक्रियावादी व्यवस्थाका विरुद्धमा जान्छ, तर उनीहरू आफूलाई सिधै सशस्त्र सङ्घर्षको राजनीतिसित जोड्न चाहदैनन् । अर्को अर्थमा उनीहरूले विद्यमान प्रतिक्रियावादी व्यवस्थाको विरोध त गर्दछन्, तर राज्यसत्ता प्राप्त गर्ने निर्णायक माध्यमको रूपमा सशस्त्र सङ्घर्षप्रति उदासिन रवैया अपनाउ“छन् । त्यसकारण उनीहरूका गीत वर्गसङ्घर्षका सशक्त अभिव्यक्ति बन्न सकेका छैनन् । यता मणि थापा आफै होमिएका कारण उनका गीतहरूले सशस्त्र सङ्घर्षप्रति प्रष्ट सम्बन्धको घोषणा गर्दछन् ।
अर्कोतिर, क्रान्तिकारीहरू सशस्त्र सङ्घर्षमा जानुभन्दा पहिला आफै कठोर सङ्घर्षमा खारिनुपर्ने भाव जीवन शर्माका गीतमा व्यक्त भएका देखिन्छन् । “समयस“ग सम्झौता होइन” शीर्षकको गीतमा भनिएको छ—
“समयस“ग सम्झौता होइन, सङ्घर्ष गर सङ्घर्ष
आउ“छन् हजार चुनौती, स्वीकार गर सहर्ष”

“सुख र दुःखको द्वन्द्वले जीवनको बाटो खन्दछ
हजारौ“ चोट सहेर पत्थर त्यो मुर्ति बन्दछ”

“आकाशमा उड्छ बादलु चट्याङ बोकी विचित्र
जति महान् छ जीवन यात्रा त्यति नै बाधा त्यहीभित्र”

त्यस्तै अर्को गीतमा भनिएको छ–
“आकासबाट चट्याङ झर्छ वमै पड्केसरी
चारैतिर समुद्र छ सारा धर्तीभरी
आज हाम्रो आ“खाभरी आ“शु टम्मै छ
तर, क्रान्तिको विश्वास मेरो अचम्मै छ”
माथिका गीतहरूमा व्यक्त भावबाट यो प्रष्ट छ कि यी गीतहरू आफैमा क्रान्तिकारी जीवनका दर्शन हुन्, जसले सबैप्रकारका विघ्न र बाधाका बावजुद लगातार क्रान्तिकारी मार्गमा अगाडि बढन् प्रेरित गर्दछन् । यी गीतहरू क्रान्तिकारी गीतकारको चिन्तनका परिणाम र अभिव्यक्ति हुन् । गीतमार्फत् गीतकारको चिन्तन, दृष्टिकोण बुझ्न सकिन्छ । त्यसकारण रक्तिमका गीतहरूमार्फत् भन्न सकिन्छ कि यसका गीतकारहरू मूलतः क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी विचारक हुन् । गीतहरू उनीहरूको अभिव्यक्तिका सशक्त वैचारिक माध्यम हुन् ।
उपर्युक्त चर्चाका आधारमा यो निष्कर्ष निकाल्न सकिन्छ कि गीतकार मूलरूपमा विचारक हो । गीतकारमा जनताका बीचमा आफ्ना विचार सम्प्रेषण गर्ने सशक्त माध्यम हुन्छ । त्यो गीत लेखन नै हो । उसले बिम्व र प्रतीकमार्फत् आफ्नो विचार प्रस्तुत गर्दछ, जसलाई त्यस्तै भौतिक र मानसिक परिस्थितिमा रहेका जनसमुदायले ग्रहण गर्दछन् । जब गीतकारको विचारलाई जनताले ग्रहण गर्दछन्, तब एउटा क्रान्तिकारी जनशक्ति निर्माण हुन्छ, जसले सामाजिक क्रान्तिमा महत्वपूर्ण भूमिका निभाउ“छ ।

No comments:

Post a Comment