क्रान्तिकारी गीत–संगीतको व्यापकता : आजको आवश्यकता
गीत सम्बन्धी एउटा वेबसाइटको आमुखमा यी पङ्क्ति भेटिए :गीतले हामीलाई जिउन सिकायो
गजलले प्रेम गर्न सिकायो
प्रत्येक गीत हाम्रो आफ्नो हो
प्रत्येक गीत हाम्रो कथा हो ।
गीतका अन्तरा जस्ता लाग्ने यी हरफले मानव जीवनमा गीतको महङ्खवलाई सरल ढङ्गले अभिव्यक्त गरेको मान्न सकिन्छ । यसले बताउंछ– गीत–सङ्गीत जीवनसंग जोडिएको हुन्छ । जीवनबाट गीत–सङ्गीत सृजना हुन्छ, तर गीत–सङ्गीतबाट जीवन होइन । यसरी सृजना भएको गीत–सङ्गीतले अन्ततः जीवनलाई नै मद्दत गर्दछ । जीवनलाई सहजतातर्फ अघि बढाउन मद्दत पु¥याउंछ । अझ भन्न सकिन्छ– गीत–सङ्गीतले मानव समाजलाई अर्थपूर्ण, उद्देश्यपूर्ण जीवन जिउनका लागि मद्दत गर्न सक्छ ।
मानव जीवनको समग्र जीवनको अवलोकन गर्ने हो भने त्यहां बेग्ला बेग्लै मोडहरु देख्न सकिन्छ । बेग्ला बेग्लै संवेदनायुक्त पाटो ठम्याउन सकिन्छ । जीवनका ती सबै पाटाहरुमा गीत–सङ्गीतको पहु“च छ । त्यस्तो कुन मोड छ, जसलाई आधार बनाएर गीत–सङ्गीत रचना नगरिएको होस् । प्राचीन कालमा गीत–सङ्गीतको रचना सामान्यतः हर्षका बेलामा गरिने गरेको भए पनि कालान्तरमा जीवनका हरेक मोडको सम्बोधन हुने गरी गीत–सङ्गीतको रचना हुंदै आएका छन् । त्यही कारण हो– हर्ष र निराशा दुवै मुख्य मोडको सम्बोधन हुने गरी गीत–सङ्गीतको रचना भएको पाइन्छ । एक पटक रचना भएपछि गीत–सङ्गीतले फेरि जीवनलाई नै सहारा दिन थाल्छ, जीवनलाई नै अर्थपूर्ण, उद्देश्यपूर्ण बनाउन थाल्दछ ।
आधारभूत रूपमा गीत–सङ्गीतको आधारभूमि प्रेम भाव नै हो । प्रेमपूर्ण उल्लास बिना जन स्तरबाट गीत–सङ्गीतको रचना भएको पाइंदैन । हामीकहां प्रेम भन्नाले खालि युवा–युवतीबीचको प्रेमको रूपमा बुझ्ने प्रचलन पनि छ । तर प्रेम खालि त्यही स्वरूपको मात्र हुंदैन । मानिसले विभिन्न उमेर समूह, समाज र मुक्ति आन्दोलनसित पनि प्रेम गरेका हुन्छन् । विश्वभरिका मानवका बीचको प्रेम नै सबैका लागि साझा प्रेम हो । तर प्रेमको आधारभूत स्वरूप एउटै भएर पनि त्यसका बेग्ला बेग्लै पक्षहरु हुन्छन्, त्यही अनुसार गीत–सङ्गीतको रचना भएको पाइन्छ । जसलाई हामी जनमुक्तिका गीत भन्दछौं वा राजनीतिक भावयुक्त गीत भन्दछौं, त्यो पनि एउटा जनवर्गप्रति प्रेमका आधारमा सृजना गरिएको हुन्छ । यस्ता गीत–सङ्गीतमा अभिव्यक्त प्रेमको स्वरूप दुनियांभरिका उत्पीडित जनताबीचमा हुनु पर्ने प्रेमको रूपमा छ । संसारभरिका क्रान्तिकारी कम्युनिस्टहरुले सृजना गर्ने गीत–सङ्गीत भनेको विश्व सर्वहारा वर्गप्रति प्रेम भावबाट उत्प्रेरित भएर नै हो । सर्वहारा वर्गप्रति प्रेम भाव व्यक्त हुनु भनेको सामान्य विषय हो । त्यसभन्दा अगाडि बढेर यस्तो प्रेमको अर्थ हुनु पर्दछ– सर्वहारा वर्गको मुक्ति–आन्दोलनप्रति समर्थन व्यक्त गर्नु । त्यस अर्थमा सर्वहारा वर्गमाथिको शोषण, दमन, अन्याय, अत्याचारको विरोध गर्दै त्यसबाट मुक्ति दिलाउन अथवा उनीहरुको मुक्तिलाई सन्निकट ल्याउन क्रान्तिकारी कम्युनिस्टहरुद्वारा गीत–सङ्गीत रचना गरिन्छ । यस्ता गीत–सङ्गीतका पनि दुई वटा पाटाहरु हुन्छन् ः एउटा, सर्वहारा वर्गमाथि हुने थिचोमिचोको विरोध गर्नु, अर्काे, सर्वहारा वर्गको मुक्ति योजनाबारे जानकारी प्रदान गर्नु । थिचोमिचोमा परेका सर्वहारा वर्गलाई ऐतिहासिक नियम अनुसार तर स्वयं उनीहरुको पहलकदमीद्वारा यस्ता थिचोमिचो समाप्त भएर अन्ततः सुन्दर, सुखी संसारको स्थापना गर्नु सम्भव छ भने आशापूर्ण भविष्य प्रस्तुत गर्नु यस्ता गीत–सङ्गीत मूलभूत उद्देश्य हुन्छ ।
गैर राजनीतिक क्षेत्रबाट सृजना गरिने गीत–सङ्गीतहरु बढी सम्भव छ, तिनीहरु व्यक्तिगत अनुभूतिजन्य होउन् । यस क्षेत्रबाट गीत–सङ्गीत सृजना गर्दा त्यसले प्रत्यक्ष रूपमा कुन पक्ष वा विचारलाई मद्दत पु¥याउंछ भन्नेतिर ध्यान दिंइदैन । यही कारण हो कि यस्ता गीत–सङ्गीतमा सामान्यतः सबै स्वरूपका जुनसुकै विचार वा भावहरु पनि अटाउन सक्छन् । यहांसम्म कि अश्लीलता, निराशा जस्ता समाजका लागि अनावश्यक भाव पनि ती गीत–सङ्गीतमा सामेल गरिएका हुन्छन् । अहिले हामीले रसास्वादन गरी रहेका लोक तथा आधुनिक गीत–सङ्गीतमा पनि अश्लीलता र निराशाको मात्रा कम छैन । यो स्थिति भनेको व्यक्तिगत मानसिकता गीत–सङ्गीतमा अभिव्यक्त भएको भन्ने हो । तैपनि गैर राजनीतिक क्षेत्रबाट सृजना गरिने गीत–सङ्गीतमा पनि जनताका विभिन्न अवस्था, मोड वा मानसिकता अभिव्यक्ति हुने गर्दछन् । जे जति मात्रामा यस प्रकृतिका गीत–सङ्गीतहरु सृजना हुन्छन्, तिनीहरुको महङ्खव आफैमा प्रष्ट छ ।
यता, निश्चित राजनीतिक उद्देश्य पूर्तिका लागि तयार गरिने गीत–सङ्गीतको स्थिति बेग्लै छ । यस्ता क्षेत्रका सर्जकहरु राजनीतिक, वैचारिक चेतनायुक्त हुन्छन् । सम्भव छ– उनीहरुको दार्शनिक, वैचारिक र सैद्धान्तिक स्तर सामान्यतः उचाइयुक्त हुन्छ । यस प्रकारको वैचारिक व्यक्तिङ्खवले गीत–सङ्गीतको रचनामा प्रत्यक्ष रूपमा नै प्रभाव पार्दछ । फलस्वरूप जागरणमूलक, अर्थपूर्ण वा उद्देश्यमूलक गीत–सङ्गीतको सृजना हुन पुग्दछ । उदाहरणका लागि रक्तिम सांस्कृतिक अभियानद्वारा सृजित गीतहरुलाई नै लिन सकिन्छ ।
रक्तिमका गीत–सङ्गीतहरु सर्वहारा वर्गीय आन्दोलनलाई प्रत्यक्ष रूपमा नै मद्दत पुगोस् भनेर योजनाबद्ध प्रकारले सृजना गरिएको छ । रक्तिम सांस्कृतिक अभियान वैचारिक हिसाबले नेकपा (मसाल) को जनवर्गीय सङ्गठनको रूपमा रहेको छ । हुन त रक्तिमले जे जति गतिविधि सञ्चालन गर्दछ, त्यसको प्रभाव क्षेत्र नेकपा (मसाल) वृत्तमा मात्र सीमित हुन्न । रक्तिमका गीत–सङ्गीत सिङ्गो सर्वहारा वर्गप्रति समर्पित छ । रक्तिमका गीत–सङ्गीतले सर्वहारा वर्गको मुक्ति आन्दोलनको पक्षमा प्रशस्त मद्दत पु¥याउंछ । यसले विश्व सर्वहारा वर्गको एउटा अङ्गको रूपमा नेपाली सर्वहारा वर्गको साङ्गीतिक अभिव्यक्तिको प्रतिनिधित्व गर्दछ । रक्तिमले विश्वभरिका सर्वहारा र नेपाली सर्वहारा वर्गका बीचमा साङ्गीतिक एकता पनि कायम गर्दछ ।
रक्तिमका गीत–सङ्गीतले नेपाली सर्वहारा जीवनका सबै पक्षहरुलाई समेटेको पाइन्छ । रक्तिमका अधिकांश गीत–सङ्गीतले नेपाली जनतामाथि यहांका प्रतिक्रियावादी राज्यसत्ताले गरेका थिचोमिचोका विरुद्ध साङ्गीतिक अभिव्यक्ति दिन्छन् । निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध नेपाली जनताले चलाएको प्रजातान्त्रिक सङ्घर्ष रक्तिमका गीत–सङ्गीतमा प्रशस्त मात्रामा अभिव्यक्त भएको पाइन्थ्यो । जुन राजनीतिक व्यक्तित्वहरु निरङ्कुश पञ्चायती व्यवस्था वा त्यसप्रतिका थिचोमिचोका विरुद्ध प्रत्यक्ष रूपमा भाग लिएका हुन्छन्, उनीहरुलाई रक्तिमका गीत–सङ्गीतले साङ्गीतिक वाणी दिन्छ । त्यसका साथै रक्तिमले सम्पूर्ण नेपाली सर्वहारा पङ्क्तिको आवाजलाई समेटेको छ । पञ्चायती व्यवस्थामा निरङ्कुश राजतन्त्रका विरुद्धको एउटा प्रतिबिम्ब यो गीतमा अभिव्यक्त भएको छ ः
बन्दुक गोली सोझ्याएर गरिब तर्सायो
नतर्सने युवालाई गोली बर्सायो
हजार हजार घुस खायो हाम्रो नाउंबाट
घुस खाने घुस्याहालाई खेद गाउंबाट ।
रक्तिम सांस्कृतिक अभियानद्वारा प्रसारित जनगीति यात्रा शृङ्खलाको भाग १ एल्बममा क्रमबद्ध गरिएको जीवन शर्माद्वारा रचित र सङ्गीतबद्ध प्रस्तुत गीतले घुसखोरी विरुद्धको आन्दोलनको बिम्ब उतार्दछ । जुन व्यक्तिहरु पञ्चायत कालमा घुसखोरीका विरोधी थिए, घुसखोरी विरुद्धको आन्दोलनमा सरिक भएका थिए वा अहिले पनि भ्रष्टाचारका विरुद्धमा छन्, उनीहरुका लागि प्रस्तुत गीतले अहिले पनि प्रेरित गर्दछ । भ्रष्टाचारको प्रसङ्ग आउनासाथ उनीहरुले स्वाभाविक रूपमा प्रस्तुत गीत गुनगुनाउने छन् ।
यस्ता धेरै प्रकारका भावभूमियुक्त गीत–सङ्गीतहरुको रचना रक्तिम सांस्कृतिक अभियानले गरेको छ । रक्तिमका हजारौं गीत–सङ्गीतमध्ये जनगीति यात्रा शृङ्खलाको भाग १ देखि ११ सम्मका केही प्रतिनिधि रचनाबारे छलफल गरौं ।
१. सिमली छायांमा बसी (भाग १) ः यसमा सामन्ती शासन व्यवस्थाका कारणले बेसहारा बनेका एक जना ८० वर्षका बृद्धको जीवन कथा छ, जसले त्यस उमेरमा पनि विकट पहाडी भेगमा भारी बोकेर जीवन निर्वाह गर्दछन् । यो रक्तिमको प्रसिद्ध गीत हो । यसको सिआरबिटी सङ्ख्या सबैभन्दा माथि छ ।
२. आएन परदेशी (भाग २) ः यस गीतमा परदेसिएका लाहुरे घर फर्कन नसकेकोमा घर बसेकी चेलीको बिलौना छ । हिउंद बितेर वर्षा याम लाग्दासम्म पनि परदेशी घर फर्कन नसकेको मार्मिक चित्रण छ, यसमा । यो नेपालको कठोर वास्तविकता हो ।
३. पहाडमा छंदा (भाग २) ः यसमा सामन्ती शोषणले घरबारविहीन भएका परिवारको कथा छ । पहाडमा भएको घर सामन्तले खोसी दिंदा घरबारविहीन बनेको एउटा परिवार तराईतिर झरेको, तर तराईमा पनि सामन्ती शोषण कायमै रहेको कारणले गर्दा उक्त परिवार भौतिक रूपमै सखाप भएको कारुणिक चित्र यस गीतमा छ । यो तराईका सुकुम्बासी परिवारको बिम्ब हो ।
४. तिरिरिरी बांसुरीको (भाग ३) ः पहाडी विकट स्थानमा चौतारीमा बसेर मनको वेदना फुकाउने चेलीको चित्र यस गीतमा उतारिएको छ । गाउंमा मेलापात, पानी पंधेरोमै जीवन बित्न थालेको, तर समाजका लागि केही गर्न नसकेको पश्चाताप पनि यो गीतमा छ ।
५. नबजाऊ सारङ्गीको तार (भाग ३) ः सारङ्गीमा आफ्नो श्रीमानसितको स्मृति आरोपित गरेर यो गीतको रचना गरिएको छ । साङ्गीत वादक अथवा नेपाली गन्धर्भहरुले गाउने कर्खामा आफ्नो श्रीमानको कथा अभिव्यक्त हुनु नेपाली सङ्गीतको मौलिक विशेषता होरु। यो मौलिकतालाई क्रान्तिकारी भाव दिंदा प्रस्तुत गीतको शीर्षक नै बनेको छ– नबजाऊ सारङ्गीको तार ।
६. झरनाको चिसो पानी (भाग ४) ः यो गीत गाउंका किसानी जीवनको प्रतीक हो । झरनाको पानी सरह बगी जाने वा झरनाले जस्तै विकट भौगोलिक परिस्थितिको सामना गर्ने ग्रामीण किसानको चित्र छ, यस गीतमा । गाउंका किसानको जीवन झरनाको पानी जस्तै अविरल बगी रहन्छरु।
७. यो मेरो जीवन (भाग ४) ः वेश्यालयमा बेचिएकी चेलीको दारुण चित्र उतारिएको छ, यस गीतमा । “दुःखीको कुरा बुझ्दैन कहिल्यै यो बन्द झेलले”—यहां झेल (झ्याल) लाई वेश्यालयको प्रतीकको रूपमा उभ्याइएको छ । अहिले पनि लाखौं नेपाली चेलीहरु देश–विदेशका वेश्यालयमा रहनुले यो गीतको सान्दर्भिकता अझै पनि ताजा रहेको प्रष्ट छरु।
८. बिपत्को घडीमा (भाग ५) ः तिन दशक लामो निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध कठोर सङ्घर्ष गर्दै गर्दा गाउंमा सेल्टर लिन पुगेको राजनीतिक योद्धाको गर्वपूर्ण चित्र उतारिएको छ यहां । प्रतिक्रियावादका विरुद्धको सङ्घर्षमा गाउं गाउं भौतारी रहेको अवस्थामा राजनीतिक कर्मीलाई आफ्नै सहयोद्धाले दिएको ‘एक फांकी सातु को चित्रण यहां छ । यो गीतले वर्ग सङ्घर्षमा जनताको आत्मिक सहयोगको चित्र अभिव्यक्त गरेको छ ।
९. म त तिम्रो दासी होइन (भाग ६) ः नारीहरु पुरुषको तुलनामा कुनै पनि मामिलामा कम छैनन् भन्ने महिला मुक्ति आन्दोलनको उद्घोष छ यहां । गीतको पहिलो पङ्क्तिमा नै घोषणा गरिएको छ– म तिम्रो दासी या भान्से होइन । म यसै युगकी स्वाभिमानी नारी हुं । यस गीत मार्फत् थिचोमिचो गर्ने पुरुष मानसिकताका विरुद्ध हांक दिइएको छ ।
१०. एउटा पुरानो चोली (भाग ६) ः यस गीतमा “एउटा पुरानो चोली” विशुद्ध पहिरन होइन, त्यसभन्दा बढी नेपाली नारीको परम्परागत चिन्तनको प्रतीक हो । यो नेपाली नारीका कपडा त्यति होइन, जति परम्परागत चिन्तनयुक्त संस्कारको प्रतीक हो । “एउटा पुरानो चोली” पुरातन छ । त्यसमा रमेर रहने हो भने थिचोमिचोका विरुद्ध लड्न सकिंदैन । त्यस कारण त्यही गीतको अन्तिम पङ्क्तिमा घोषणा गरिएको छ– “अति भो अब लाउदिनं चोली । यो एउटा पुरानो चोली” ।
११. म बांचेर पो के भो (भाग ७ क) ः देशका जलसम्पदा, भूमि जस्ता प्राकृतिक सम्पदाहरु विस्तारवादलाई सुम्पिइंदा, अन्यायका विरुद्ध आवाज उठाउने दुःखी गरिबका छातीमा झिर रोपिंदा, लाठी र गोली बर्साइंदा केही गर्न नसक्ने कानुन र राज्य व्यवस्थाका विरुद्ध जागरणको आह्वान गर्दछ, यो गीतले । गीतले भन्दछ– देश र जनताका लागि केही गर्न नसक्नेहरु हो, तिमीहरु बांचेर पो के भो ?
१२. परदेशीको सन्देश (भाग ७ ख) ः प्रस्तुत गीतमा परदेशीले घरदेशीलाई सम्झाई बुझाई गरेको भाव व्यक्त भएको छ । लाहुर (परदेश) जानु रहर होइन, बाध्यता हो । घरदेशीले यो यथार्थ मनन् गरी दिनू भन्ने आग्रह गीतभरि अभिव्यक्त भएको छ ।
१३. मरेछु भने (भाग ८) ः यो गीत राजनीतिक चेतनायुक्त व्यक्तिङ्खवको सर्वहारा मुक्ति आन्दोलनप्रति अठोटको रूपमा रचना गरिएको देखिन्छ । छोराद्वारा आमालाई लेखिएको चिठीका रूपमा गीत प्रस्तुत छ । वर्गयुद्धमा सामेल हुंदा मरेछु भने ठिकै भयो, बा“चे भने न्यायको युद्ध जितेर आउंछु भन्ने उद्घोष गीतमा छ ।
१४. पछ्यौरीको फुर्काेले (भाग ८) ः सर्वहारा वर्गको मुक्ति आन्दोलनमा होमिन घरबाट बिदा हुंदाको चित्रण यो गीतमा गरिएको छ । घरबाट बिदाइ हुंदा चौधारा रोएको आमाको मुहार, बादलले घेरिएको अंध्यारै भिरपाखा र यी सबैलाई स्मृतिमा साच्दै पछ्यौरीको फुर्काेले आंसु पोछेर बिदा भएको चेलीको भाव यसमा अभिव्यक्त भएको छ ।
१५. म त्यहीं आउने छु (भाग ९) ः तुफानी वर्ग सङ्घर्ष चली रहंदा आफू कुनै पनि हालतमा नछुट्ने प्रतिबद्धता व्यक्त गर्दै एउटा साथीले अर्काे साथीलाई लेखेको चिठीको भाव यो गीतमा छ । आधी रातमा हुरी चल्दा, आंधीबेहरी तुफान चल्दा, कालो निलो आकासमुनि मुसलधारे पानी पर्दा—यी शब्दावलीले तुफानी वर्ग सङ्घर्षको बिम्ब उतार्छन् । प्रतिक्रियावादका विरुद्धको यस्तो सङ्घर्षमा आफू अनुपस्थित नहुने आश्वासन दिंदै गीतमा भनिन्छ– “म त्यही आउने छु, ए साथी म त्यहीं आउने छु ।” यो वर्ग सङ्घर्षप्रतिको दह«ो प्रतिबद्धता हो ।
१६. खरको छानो (भाग ११) ः परदेशीका लागि घरको तर्फबाट पु¥याइएको चिठीको रूपमा छ, यो गीत । घरदेशीले परदेशीलाई लेखेको चिठी, जसमा घरको यथार्थ चित्रण छ—गीतले ग्रामीण घर–परिवारको सजीव चित्र उतारेको छ । खरको छानो चुहेर पिंढीमा आहाल हुनु, घरको आंगन भत्केर बेहाल हुनु—यस्तो चित्र ग्रामीण जीवनको नै हो । गीतमा मार्मिक ढङ्गले भनिएको छ–
यो चिठी दिनू है उनैको नाउंमा
सोध्नू है कहिले आउंछन् फर्केर गाउंमा
भन्दै ती आंसु झार्दै रुन्थिन् बर्बरी
ती तिम्री सङ्गिनी रुन्थिन् धर्धरी ।
प्रगति पुस्तक सदन, काठमाडौंले २०५७ सालमा प्रकाशन गरेको “रक्तिमका गीतहरु, भाग १” मा जनगीति यात्रा शृङ्खलाको भाग १ देखि ११ सम्मका गीतहरु सामेल गरिएका छन् । त्यस एल्बममा प्रकाशित यी केही प्रतिनिधि गीतहरु मात्र हुन् । भाग ११ पछि पनि रक्तिमका थुप्रै गीतहरु रचना गरिएका छन् । पूजा, ठूली, जवाफ जस्ता गीति नाटकमा थुप्रै गीतहरु छन् । यी गीत–सङ्गीत मार्फत् रक्तिम सांस्कृतिक अभियानद्वारा नेपाली जनताको जीवन र क्रान्तिकारी आन्दोलनको चित्र उतारिएको छ ।
नेपालमा सर्वहारा वर्गको पक्षमा गीत–सङ्गीत रक्तिम परिवार वाहेक अरू साङ्गीतिक समूहहरुले पनि नगरेका होइनन्, तर ती सबै समूहमध्ये रक्तिम सांस्कृतिक अभियान अग्रणी र प्रख्यात स्थानमा छ । त्यही कारणले गर्दा क्रान्तिकारी गीत–सङ्गीतको प्रतिनिधि उदाहरणका रूपमा यहां रक्तिमका गीतहरु उल्लेख गरिएको हो ।
क्रान्तिकारी गीत–सङ्गीत क्रान्तिकारीहरुलाई उर्जा प्रदान गरोस् भन्ने लक्ष्य निर्धारित गरेर सृजना गरिन्छन् । त्यस कोणबाट हेर्दा रक्तिमका गीत–सङ्गीतले क्रान्तिकारी शक्तिको विद्यमान अवस्था र मनोदशाको प्रतिनिधित्व गर्दछन् अथवा रक्तिमका गीतले क्रान्तिकारी कम्युनिस्टहरुलाई साङ्गीतिक वाणी प्रदान गर्दछन् । यस अर्थमा भन्न सकिन्छ– गैर राजनीतिक क्षेत्रका गीत–सङ्गीतले जस्तै रक्तिमका गीतले पनि बेग्लै विश्व साङ्गीतिक परिवेश निर्माण गरेका छन् । बेग्ला बेग्लै मनोदशाको क्रान्तिकारी साङ्गीतिक अभिव्यक्ति दिएका छन् ।
गीत–सङ्गीत जस्तो कला क्षेत्रले जीवनको प्रत्येक पाटोलाई कलात्मक रूपले छोएको हुन्छ । गीत–सङ्गीत, कविता पनि ऋग्वेदका ऋचा जस्तै व्यापक छन्, जसले जीवनका हरेक पाटोसम्म पहुंच राख्दछन् । जसरी हिन्दू, इसाई, मुश्लिम जस्ता धर्मावलम्बीहरुमा जीवनका प्रत्येक पाटोका लागि निश्चित संस्कार र त्यस अन्तर्गत मन्त्रहरु निर्माण गरिएका छन्, त्यस्तै प्रकृतिको स्वभाव गीत–सङ्गीतको पनि हुन्छ । हर्ष, निरासा, शोक, हास्य, वीरता जस्ता हरेक राग अनुसार गीत–सङ्गीत रचना गरिएका पाइन्छन्, यद्यपि जीवनका सबै क्षेत्रका लागि गीत–सङ्गीत अनिवार्य रूपमा रचना हुनु पर्दछ भनेर दावी गर्न नसकिएला । फेरि पनि पश्चिमी दुनियांमा शोक गीतको प्रचलन होमरको समयमा नै उल्लेख हुन थालेको थियो । यस आधारमा मानव जीवनमा गीत–सङ्गीतको प्राचीन वा सर्वव्यापकतालाई झुटो ठहराउन सकिन्न ।
वर्तमान अन्यायपूर्ण विश्वमा शासक वर्गको यथास्थितिवादी गीत–सङ्गीतको विकल्पमा क्रान्तिकारीहरुद्वारा सृजना गरिने सर्वव्यापी गीत–सङ्गीतको आवश्यकता छ । प्रतिक्रियावादी राज्यसत्ताले गीत–सङ्गीतको माध्यमबाट पनि आफूलाई सुदृढ गरी रहेको अवस्थामा त्यसलाई चुनौती दिंदै क्रान्तिकारी भावयुक्त गीत–सङ्गीतलाई व्यापक बनाउनु अहिलेको आवश्यकता हो । कारण ः प्रतितिक्रियावादी राज्य व्यवस्थाले क्रान्तिकारी गीत–सङ्गीतलाई किनारा लगाउने प्रयास गरी रहेको अवस्था छ । त्यो अवस्थामा अहिलेसम्म जे जति क्रान्तिकारी भावयुक्त गीत–सङ्गीत रचना गरिएका छन्, त्यसलाई सुरक्षित राख्दै थप नयां, जीवन्त र सृजनशील गीत–सङ्गीत निर्माण गरिनु पर्दछ । क्रान्तिकारी गीतकार, गायककार र सङ्गीतकारहरुले यति व्यापकताका साथ कर्णप्रिय गीत–सङ्गीत तयार पारुन्, जसले गर्दा जीवनको बेग्ला बेग्लै मनोदशामा गीत–सङ्गीत गुनगुनाउनका लागि कुनै धार्मिक, पन्थीय भजन वा धर्मशास्त्रका श्लोकको सहारा लिनु नपरोस्, बरु क्रान्तिकारी गीतकार, गायककार र सङ्गीतकारद्वारा द्वन्द्वात्मक भौतिकवादी दर्शनको आलोकमा गीत–सङ्गीत रचना गरियोस्, जसले गर्दा यस्तो अनुभूति निर्माण होस्, जस्तो कि कला क्षेत्रमा बेग्लै युग सुरु भएको छ । यसका लागि क्रान्तिकारी चेतले भरिपूर्ण वा परिपक्व गीतकार, गायककार र सङ्गीतकारहरुले अथक र कठिन मिहिनेत गर्नु पर्ने आवश्यकता छ । त्यसका साथै त्यो मिहिनेतलाई सार्थकता प्रदान गर्न सर्वहारा वर्गले उदासिनता होइन, योजनाबद्ध सहयोग उपलब्ध गराइयोस् ।
.................................................................................................................................................
साहित्य र सङ्गीतबीचको अन्तरसम्बन्ध
साहित्य र सङ्गीतका बेग्ला बेग्लै विश्वकोश (इन्साइक्लोपेडिया) छन् । मान्न सकिएला– प्रचारको कोणबाट हेर्दा साहित्यको पुरानो, गौरवशाली अभिलेखपूर्ण विश्वव्यापी उपस्थिति छ भने त्यसका साथै हामीले यो पनि मान्नु पर्ने हुन्छ– सङ्गीतको उपस्थिति पनि त्यत्तिकै प्राचीन, व्यापक र अभिलेखपूर्ण पनि छ । अहिले सूचना प्रविधिमा उच्च विकासको युगमा त झन् सङ्गीत इलेक्ट्रोनिक भएको छ । सङ्गीतले जब नृत्य र अभिनयको क्षेत्रसम्म विस्तार पाएको छ भने त्यसमाथि दृष्याङ्कनको प्रविधिले स्थिति फेरिएको छ । टेलिभिजन र इन्टरनेट मार्फत् मिडियाको प्रसारले सङ्गीतलाई विश्वव्यापी र आम जनतासम्म पहु“चमय बनाइ दिएको छ । स्थिति यस्तो बनेको छ– जुनसुकै विषयवस्तु पनि जब जनता समक्ष पु¥याउने उद्देश्य राखिन्छ, तब टेलिभिजन र इन्टरनेटको माध्यम अपनाउनै पर्ने हुन्छ, अन्यथा जनताको ठूलो तप्कासम्म विषयवस्तुको पहुंच हुन सक्दैन । सङ्गीतले अहिले प्रविधिको यो माध्यमलाई राम्ररी उपयोग गरेको पाइन्छ ।
यता साहित्य लिपिबद्ध छ । यसको पनि पुरानो इतिहास छ । सङ्गीतसित यसको तुलना गर्ने हो भने साहित्य अझै पनि आधुनिक प्रविधिको विकासमा रम्न सकेको देखिन्न । हुन त अब विस्तारै विस्तारै साहित्यमा प्रत्यक्ष वाचनको प्रचलन बढ्दै गएका छन् । पुस्तकालयहरु डिजिटलाइज्ड बन्दै छन् । अनलाइन पुस्तक वितरणको व्यवस्था बढ्दो छ । त्यसका वावजुद पाठकले साहित्यको रसपान गर्न सङ्गीतमा जस्तो सहजता अनुभव गरि सकेको स्थिति छैन ।
साहित्य र कला दुवै मानव समाजका प्रतिबिम्ब हुन् । कलामध्येको एउटा सशक्त विधा गीत–सङ्गीत हो । तर कलाका अरू पनि विभिन्न विधाहरु छन्, जस्तै, मूर्तिकला, चित्रकला आदि । कलाका अन्य विधाका तुलनामा गीत–सङ्गीतको प्रचार आम जनतासम्म छ । त्यसका पछाडिको कारण हो– सङ्गीतमा मानव मस्तिष्कलाई सिधै छुन सक्ने लालित्यपूर्ण विशेषता हुन्छ । यस प्रकारको स्वभाव वा चरित्रका कारण सङ्गीत जन अभिव्यक्तिको सशक्त माध्यम बन्न पुगेको छ । सङ्गीतमा जनताका भावनात्मक अनुभूति प्रतीकात्मक ढङ्गले महसुस गर्न सकिन्छ । अर्कातिर, साहित्यले सिङ्गै मानवको प्रतिबिम्ब उतार्दछ । तर साहित्य प्रसारको माध्यम लिपी हो । लेखेर वा वाचन नगरिकन साहित्य जनता समक्ष प्रस्तुत हुन सक्दैन । साहित्यलाई लिपिबद्व गरेर पुस्तकाकारमा प्रस्तुत गरिसकेपछि मात्र साहित्यको रसपान गर्नु सम्भव हुन्छ । त्यसै कारण साहित्यप्रेमीहरु भन्दछन्– पुस्तक बिनाको संसारको परिकल्पनासम्म गर्न सकिन्न । यसमा यथार्थता पनि छ ।
साहित्यमा बौद्धिकता प्रशस्त भेटिन्छ अथवा भन्न सकिन्छ– कलात्मक तरिकाले विचार अभिव्यक्त गर्ने एउटा सशक्त माध्यम साहित्य नै हो । साहित्यका विधाहरु, जस्तै कि काव्य, आख्यान, समालोचना आदि सबैमा विचार पक्ष प्रशस्त पाउन सकिन्छ ।
प्रगतिशील पक्षधरहरु साहित्यलाई मूल रूपमा कलाका दृष्टिले होइन, विचारका दृष्टिले मूल्याङ्कन गरिनु पर्ने बताउंछन् । यो निष्कर्ष पुरै सही छ । समाजलाई गति दिने खालको वा समाजको उन्नति हुने खालको विचार बिनाको साहित्यको अर्थ नै के भयो र ? त्यस अर्थमा विचार पक्षका बारेमा ध्यान नदिइकन एकतर्फी रूपमा कलामाथि मात्र जोड दिने साहित्यको सामाजिक उपादेयता नै कति होला र ? यसरी साहित्यमा विचार पक्षमा जोड दिने जुन प्रगतिशील परम्परा छ, त्यसलाई अगाडि बढाउनु पर्ने आवश्यकता देखिन्छ ।
साहित्यको तुलनामा गीत–सङ्गीतले विचारमा भन्दा कला पक्षमा बढी जोड दिन्छ । सङ्गीतले मानव संवेदनाका विभिन्न रसहरुमा अत्यधिक ध्यान दिन्छ । सङ्गीतमा उपयोगमा ल्याइने रसहरुको श्रोत, स्वरूप प्राकृतिक छ । ती प्रकृति तथा मानव स्वभाव वा चरित्रबाट उठाइएका हुन्छन् । नृत्यका सवालमा भन्ने गरिन्छ– नृत्य उल्लासको प्रतीक हो । यस निस्कर्षमा सत्यता पनि छ । उल्लास वा उन्माद बिना नृत्यको परिकल्पना कसरी सम्भव छ ? कुनै पनि मानिसले शोकमा नृत्य गर्न सक्दैन अथवा शोक भाव अन्तर्गत नृत्यको परिकल्पनासम्म गर्न सकिन्न । यस्तै रसका जुन विभिन्न रूपहरु छन्, त्यही संरचनाभित्र रहेर सङ्गीत तयार पार्न सकिन्छ । त्यसकारण सङ्गीत बढी कलात्मक वा कलापूर्ण हुनु सम्भव छ, स्वाभाविक छ र आवश्यक पनि । तर त्यसको अर्थ यसले विचार पक्षलाई पूरै वेवास्ता गर्छ भन्ने होइन । नव जागरण कालपछि सङ्गीतको स्वभाव वा चरित्रमाथि ध्यान दिने हो भने हामीले उपर्युक्त निस्कर्ष सहजै निकाल्न सक्छौं । सङ्गीत पनि साहित्य जस्तै समाजको प्रतिबिम्ब भएकाले समाजको गति वा समाजमा हुने सामयिक उथलपुथल अनुसार सङ्गीत निश्चय नै प्रभावित हुने गर्दछ । त्यही अनुसार सङ्गीत सृजना हुने गर्दछ । हरेक देशका न्यायपूर्ण आन्दोलनको सेरोफेरोमा यही प्रकृतिको सङ्गीत प्रचलित भएको पाइन्छ ।
सङ्गीतको उत्पत्ति जन साधारणका माझबाट स्वतःस्फूर्त भएको मान्न सकिन्छ । समय बित्दै जांदा जन साधारणबाट सृजित सङ्गीत परिस्कृत हुने प्रक्रिया अगाडि बढ्दै गयो । पछि सङ्गीतको नियमन हुन थाल्यो । जसले प्राचीन समयमा गीत गुनगुनायो, के त्यस व्यक्तिलाई स्वरका सातै रूपबारे जानकारी थियो होला र ? त्यसका वावजुद सङ्गीत स्वतःस्फूर्त रूपमा सृजना भई नै रहेको छ । समाजको गति अगाडि बढ्दै जांदा जब वर्ग उत्पत्ति भयो, ती वर्गीय स्वार्थको रक्षाका लागि राज्यसत्ताको उदय भयो, तब सङ्गीतमा राज्य पक्षको हस्तक्षेप पनि बढ्दै गयो । राज्य पक्षले सङ्गीतमा आफ्नो पक्षधरता वा स्वामित्व उल्लेख वा किटानी गर्न चाह्यो । त्यसपछि मात्र दरवारी सङ्गीत अस्तित्वमा आयो । फेरि पनि समाजको गति अगाडि बढ्दै गयो । सामन्तवादको पतन र पुंजीवादले साम्राज्यवादतर्फ रूपधारण गर्दै गर्दा सङ्गीतमा पनि उपभोक्तावाद, उपयोगितावादले प्रभाव देखाउन थाल्यो । यतिखेर विकसित देशका सङ्गीतको कथित मूल धारमा यस्तै प्रवृत्तिको ताण्डव नृत्य चलि रहेको छ । त्यसका वावजुद जन साधारणबाट सृजित सङ्गीत अन्ततः जनतालाई नै सुम्पिने प्रयास पनि संगसंगै अगाडि बढि रहेको छ । जनताको यस्तो अभियान अहिले पनि जारी छ । क्रान्तिकारी विचारयुक्त सङ्गीतका पक्षधरहरुले सञ्चालन गरेका यस्तो अभियानमा विचार पक्ष नै प्रष्ट रूपमा अनुभूति गर्न सकिन्छ । अर्काे शब्दमा यसलाई यसरी पनि भन्न सकिन्छ– जनताको जीवनमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ यस्ता अभियान सञ्चालन गरिएका छन् र क्रान्तिकारी विचारलाई जनतामाझ प्रसार गर्नु नै यस्ता साङ्गीतिक अभियानका उद्देश्य रहेका छन् ।
सङ्गीतको इतिहासमा शासक वर्गको हस्तक्षेप सम्बन्धी मूल्याङ्कन साहित्यका लागि झन् बढी सत्य हो । साहित्यको इतिहास खोतल्ने हो भने भन्न सकिन्छ– अहिलेसम्मको साहित्य सम्भ्रान्त वर्गका लागि रचना गरिएका छन्, त्यसरी नै प्रकाशित गरिएका छन्; त्यस्तै साहित्यलाई पुरस्कृत गरिएको छ र त्यस्तै साहित्यलाई फुल्ने, फल्ने वातावरण सुरक्षित गरिएको छ । प्रगतिशीलताको उदय पूर्वका साहित्यमा जसरी तत्कालीन शासक वर्ग वा पौराणिक पात्रहरुको गुणगान गाइएको छ, त्यसबाट यस्तै निस्कर्ष निकाल्न सकिन्छ, यद्यपि त्यति बेलामा सानो आकारमा सत्ता बाहिर काव्य, आख्यान जन स्तरबाट पनि सृजना गरिन्थे । तर तिनीहरुलाई लिपिबद्ध वा संरक्षण गर्ने काम राज्य पक्षबाट कहिल्यै भएन र खालि शासक वर्गको चिरायुको कामना गर्दै साहित्य लेखियो ।
इतिहास बोल्दछ– साहित्यमा विपन्न वर्गको उपस्थिति त्यति बेला दर्ता हुन्छ, जब जनताका क्रान्तिकारी आन्दोलनका ज्वार उठ्न थाल्छन् । जब विपन्न वर्गको (सर्वहारा वर्गको) राज्यसत्ता नै स्थापना हुन्छ, जनतालाई नै शासन सत्ताको सञ्चालक बनाउने प्रयन्त अगाडि बढ्छ, त्यति बेला मात्र उनीहरुले आफ्नो साहित्यलाई सुरक्षित गर्न थालेका हुन्छन् । यस्तो गौरवपूर्ण अभियान रुस, चिन लगायतका देशमा केही समय मात्र कायम रहन सक्यो । अन्य देशको साहित्यमा विपन्न वर्गले राज्य स्तरबाट नै यस्तो उपस्थिति दर्ता गराउन सकेनन् । यस प्रकारको स्थिति आजसम्म पनि कायमै छ ।
अहिले पनि विपन्न वर्गले साहित्य रचना गरी प्रचार प्रसार गर्ने वातावरण हामीकहा“ छैन । विपन्न वर्गका साहित्यानुरागीले रचेका साहित्य कसले प्रकाशन गरिदिने ? कसले वितरण गरिदिने ? अहिले पनि उनीहरु खालि साहित्य रचना गरेर जीविकोपार्जन गर्न सकिनेबारेमा विश्वस्त हुन सक्दैनन् । यस प्रकार साहित्यमा अहिलेसम्म पनि सम्भ्रान्त वर्गको नै हालिमुहाली छ । जबसम्म यस्तो स्थितिमा रूपान्तरण हुंदैन अथवा विपन्न वर्गका साहित्यकारले आफ्ना रचना प्रकाशन गर्न सक्ने वातावरण तयार हुंदैन, तबसम्म साहित्यमा क्रान्तिको आवश्यकता परि रहने छ । त्यसका लागि जन पक्षीय साहित्यकार वा लेखकहरुले सङ्गठित र योजनाबद्ध पहलकदमी गरि रहनु पर्दछ । तात्कालिक प्रकारले समयले जन पक्षीय लेखक÷साहित्यकारको कांधमा सुम्पिएको यो महान् जिम्मेवारी हो । त्यसपछि मात्र विद्यमान राज्य सत्ताको चरित्रमा परिवर्तन आउन सक्ने छ ।
सङ्गीतमा जसरी जन पक्षीय व्यापकता छ, त्यही विषय साहित्यका लागि चुनौतीको विषय हो । साहित्यमा विपन्न वर्गका जनताको उपस्थितिको ग्यारेन्टी गर्ने समस्या वर्तमान समयको पनि समस्या होे । यो समस्यालाई समाधान गर्न जन पक्षीय साहित्यकारले लामो प्रयास गर्नु पर्ने हुन्छ । साहित्य र सङ्गीत दुवैमा विपन्न वर्गका जनताको उपस्थितिलाई कायम राख्न यी दुवै क्षेत्रका प्रगतिशील अभियन्ताहरुले मिलेर काम गर्नु पर्ने आवश्यकता छ । यस्तो संयुक्त मोर्चातर्फ प्रगतिशील पक्षको ध्यान जानु पर्दछ ।
प्रगतिशील साहित्य र प्रगतिशील सङ्गीत, यिनीहरुका बीचको संयुक्त मोर्चा—साहित्य र कला क्षेत्रमा विपन्न तप्काको उपस्थिति कायम गर्ने एउटा आवश्यक र अनिवार्य कदम हुन सक्छ, यद्यपि साहित्य र सङ्गीतका बेग्ला बेग्लै क्षेत्र छन् र सङ्गठनात्मक क्षेत्रमा एउटै मञ्चमा काम गर्नमा कठिनाइंहरु अवश्य छन् । त्यसका वावजुद साहित्यकार र सङ्गीतकारहरुले मिलेर काम गर्नु पर्ने आवश्यकता छंदै छ । तैपनि साहित्यकारले सङ्गीतकारको कर्मप्रति एक्यबद्धता प्रकट गर्नु पर्दछ । साहित्यकारले पनि प्रगतिशील गीत रचना गर्नेतर्फ ध्यान दिनु पर्ने छ । सङ्गीतको क्षेत्रमा देखा पर्ने प्रगतिशीलता विरोधी कमजोरीको आलोचना गर्नु पर्दछ । अर्कातिर, सङ्गीतकारले प्रगतिशील साहित्यिक कृतिका उपयोगी सामग्री उपयोग गर्नु पर्दछ । उनीहरुले आफ्ना सङ्गीतमा विचार पक्षमा अत्यधिक ध्यान दिनु पर्दछ । साहित्यकारले विचारका साथै सङ्गीतमय कलाको सृजनातर्फ ध्यान दिनु पर्दछ र सङ्गीतकारले आफ्नो लालित्यपूर्ण सङ्गीतमा साहित्यिक प्रखरतालाई आत्मसात गर्ने प्रयास गर्नु पर्दछ । यसरी प्रगतिशील साहित्य र प्रगतिशील कलाका क्षेत्रमा एक्यबद्धतालाई अगाडि बढाउन सकिने छ । यसको उद्देश्य हुने छ– जनताको शोषणविहीन समाज स्थापनाको अभियानलाई सघाउनुरु।
पछिल्लो समयमा यस क्षेत्रमा काम सुरु भएको पनि छ । सबै जसो वामपन्थी पार्टीका साहित्यिक र सांस्कृतिक मोर्चा परिचालित छन् । यी दुवै क्षेत्रका सङ्गठनले आ–आफ्ना गतिविधि अगाडि बढाएका छन् । नेपाली वामपन्थीहरुको पुरानो साझा सङ्गठन प्रगतिशील लेखक सङ्घले आफ्ना सम्मेलनमा सांस्कृतिक सङ्गठनका प्रतिनिधिहरुलाई आमन्त्रण गर्ने परम्परा अगाडि बढाएको छ । यसले पनि बताउंछ– साहित्यकारहरुले कला पक्षसित मोर्चाबन्दी गर्न चाहेको छ । कला पक्षले पनि साहित्य क्षेत्रतिर यस्तै सौहार्द सम्बन्धको सुरुवाततर्फ ध्यान दिनु पर्दछ ।
नेपालको प्रख्यात प्रगतिशील सांस्कृतिक सङ्गठन रक्तिम सांस्कृतिक अभियानले आफ्नो राष्ट्रिय सम्मेलनद्वारा नै केन्द्रीय सांस्कृतिक सभा गठन गर्ने गरेको छ । जनपक्षीय साहित्यकार र कलाकार (र, सङ्गीतकार पनि) बीचको एकता सम्बन्धी सङ्गठनात्मक प्रयासको रूपमा यो पहलकदमीलाई लिन सकिन्छ, यद्यपि यो समितिको क्रियाशीलता अपेक्षा अनुसारको छैन । यसको क्रियाशीलतालाई सशक्त बनाउन रक्तिमले ध्यान दिनु पर्दछ । प्रगतिशील साहित्य र कलाका क्षेत्रका समस्या, चुनौती र आगामी कार्यभारका विषयमा यस्तो समितिले प्रशस्त काम गर्न सक्छ । त्यसै गरी एउटा लेखकहरुको सङ्गठन पनि हामीलाई त्यत्तिकै आवश्यक छ । जनतामाथिका शोषण, दमन, अन्याय र अत्याचारको विरोध गर्दै शोषणविहीन सुन्दर समाज निर्माणको महान् अभियानमा हिंड्न चाहने सम्पूर्ण लेखक, गीतकार, गायककार, सङ्गीतकार, नृत्यकार सहित सम्पूर्ण साहित्यकार र कलाकारका बीचको एकता, त्यसका सङ्गठनात्मक संयन्त्रको निर्माण र त्यसको जीवन्त क्रियाशीलता आजको टड्कारो आवश्यकता हो ।

पूर्वी दुनियांमा सङ्गीतको इतिहास
दास युगमा सङ्गीतको स्वरूप कस्तो थियो ? त्यसबारे हामीसित लिखित रूपमा ठोस जानकारी छैन । फेरि पनि आदिवासीका गीत, सङ्गीतका आधारमा त्यसको प्रकृति प्रदत्त स्वरूपबारे अनुमान गर्न सकिन्छ । यो समयमा दास मालिकको अवश्य सङ्गीत हुन सक्थ्यो, यद्यपि यस्तो सङ्गीतको स्वरूप संस्थागत प्रकृतिको हुने सम्भावना देखिन्नरु। त्यो सङ्गीत अहिलेका शासक वर्गको जस्तो परिस्कृत हुने पनि सम्भावना थिएन । त्यस युगमा प्राकृतिक विपत्तिको सामना गर्नका लागि सङ्गीत (गीत र नृत्य सहित) को अवश्य नै रचना गरिन्थ्यो । अहिलेका आदिवासीका गीत, सङ्गीत र नृत्यमा जसरी जनावर र चराचुरुङ्गीका आवाज तथा मुद्राको प्रतिबिम्ब उतारिन्छ—यस्तो लाग्दछ– त्यो समयको सङ्गीतमा यस्तै प्रकृति प्रदत्त मुद्रा र आवाजको अस्तित्व थियो ।
सामन्तवादी युगसम्म आइपुग्दा सङ्गीत प्रष्ट रूपमा दुई भागमा बाडिएको पाइन्छ । सत्तासिन (यद्यपि त्यतिखेर सत्ता शब्दावली कमै प्रयोग गरिन्थ्यो) वा दरबारका लागि एक खालको सङ्गीत थियो भने जन साधारणका लागि अर्काे खालको सङ्गीत । यद्यपि आधारभूत नियम वा संरचना यी दुवै सङ्गीतका एउटै थिए । फरक यत्ति थियो– दरबारी सङ्गीत राजा÷महाराजाका लागि प्रस्तुत गरिन्थ्यो भने जनसाधारणको सङ्गीत स्वयं उनकै लागि । दरबारी सङ्गीत पनि राजा÷महाराजाका सांस्कृतिक स्तर अनुसार फरक पर्दथ्यो । “सुसंस्कृत” राजा धर्म शास्त्रीय भावयुक्त सङ्गीत सुन्न र सोही अनुसारको नृत्य हेर्न मन पराउंथे भने कम “सुसंस्कृत” राजा भने हल्काफुल्का माया प्रेमका गीत, सङ्गीत र नृत्यको रसपान गर्दथे । कतिपयले त अश्लील सङ्गीत र नृत्यको माग गर्दथे ।
यता जन साधारणको सङ्गीतमा भने कविला समाजको प्रतिबिम्ब देख्न सकिन्थ्यो । प्रत्येक जातिका इतिहाससित जोडिएका किंवदन्ती अनुरूप गीत, सङ्गीत र नृत्य प्रस्तुत गरिन्थ्यो । यो स्थिति गैरहिन्दू समाज वा हिन्दू अवधि पूर्वका लागि सत्य थियो । पछिल्लो समयमा पूर्वी विश्वमा हिन्दू धर्मको प्रसारसंगै हिन्दू धर्म शास्त्रीय विषयवस्तुले स्थान पाउन थाले । रामायण, महाभारतका कथावस्तु तथा त्यसका नायक, नायिका (राम, सीता, कृष्ण आदि) को वरिपरि जन साधारण सङ्गीत घुम्न थाल्यो । अब जातिको इतिहाससित सम्बन्धित किंवदन्ती वा त्यस अनुरूपको गीत, सङ्गीत र नृत्य ओझेलमा पर्न थाले । यस प्रकार पछिल्लो समयमा दरबारी सङ्गीत र जन साधारणको सङ्गीत सारतङ्खवका हिसाबले एकै भूमिमा उभिन पुगे । प्रत्येक युगका दर्शन, साहित्य र कलामा शासक वर्गकै आधिपत्य हुन्छ भन्ने मान्यता अनुसार नै अन्ततः शासक वर्गको गीत, सङ्गीत र कला जन साधारणका लागि पनि हुन पुग्यो ।
सामन्तवादी युगमा दरबारी र जन साधारणको सङ्गीतका अतिरिक्त अर्काे एउटा सङ्गीत थियो– भक्ति सङ्गीत । यो सङ्गीत सारतङ्खवका हिसाबले उपर उल्लेखित दुई सङ्गीतभन्दा भिन्न थिएन । धर्मशास्त्रीय सारतङ्खवयुक्त यस सङ्गीत मन्दिरमा नै क्रियाशील थियो । यो सङ्गीतको उद्देश्य थियो– जन साधारणलाई धार्मिक बनाउनु, खास गरी हिन्दू धार्मिक । यो सङ्गीत वास्तवमा धर्म प्रचारको एउटा सशक्त माध्यम थियो । यहा“नेर एउटा तथ्यतिर हाम्रो ध्यान जानु पर्दछ । जसरी हिन्दू धर्मले गीत, सङ्गीत र नृत्यलाई धर्म प्रचारको एउटा सशक्त माध्यम ठान्यो र त्यसको परिणामस्वरूप पूर्वी विश्वमा भक्ति सङ्गीतको रूपमा एउटा पृथक धारा नै अस्तित्वमा आयो, त्यही प्रकारको स्थिति मुस्लिम र इसाई धर्ममा रहेन । लामो समयसम्म मुस्लिम धर्ममा मस्जिदमा सङ्गीतको प्रचलन थिएन । शायद युद्धपूर्ण पृष्ठभूमिबाट आएको कारणले होला, मुस्लिम धर्म बढी “लाल” थियो । खास गरी मस्जिदमा सङ्गीत गुञ्जायमानको सम्भावना अत्यन्त कम रह्यो, यद्यपि मुस्लिम धर्मावलम्बीमा सङ्गीतप्रति प्रशस्त अनुराग थियो । उनीहरुले सङ्गीतको विकासमा उल्लेखनीय योगदान दिएका पनि छन् । सामन्तवादी युगमा दरबारबाट आर्थिक सहायता नलिइकन मुस्लिम अध्यात्मलाई अगाडि बढाउने प्रशिद्ध सुफी सङ्गीतको रूपमा प्रतिष्ठित भक्ति सङ्गीतको बेग्लै धारा थियो र अहिले पनि छ । यस्तै स्थिति यसाई धर्मको पनि थियो । इसाई धर्मको ध्यान कलामा भन्दा मुद्रा द्रव्यमा बढी थियो । डलरको प्रचण्ड रापका आधारमा इसाई धर्म यति आत्मविश्वासी भयो– धर्म प्रसारको एउटा माध्यम डलरलाई नै बनाउन पुग्यो, कला वा गीत, सङ्गीत र नृत्यको आवश्यकतातिर यस धर्मको कम ध्यान पुग्यो । आज पनि इसाई धर्मावलम्बीले सङ्गीतमा जाज र पप भन्दा अरू धारा अगाडि ल्याएको देखिन्न । अहिलेसम्म पनि सङ्गीतको सम्बन्धमा मुस्लिम र इसाई धर्मको स्थिति धेरै–थोरै यही प्रकारको छ । यस स्थितिमा मुस्लिम धर्मको हकमा केही परिवर्तन भएको छ । करिब यस्तै प्रकारको स्थिति बौद्ध धर्ममा पनि छ । ध्यानलाई अत्यधिक महङ्खव दिने यस धर्ममा सङ्गीतप्रति कम ध्यान दिने गरिएको छ ।
सामन्तवादी युगसम्म सङ्गीत दरबारको संरक्षणमा मात्र सुरक्षित र विकसित हुन सक्दथ्यो । त्यसको अर्थ थियो– अहिले सङ्गीतको जुन स्वरूप विद्यमान छ, त्यसका पछाडि शासक वर्गको सहयोग वा संरक्षणले काम गरेको छ । त्यसको अर्काे अर्थ यो पनि हो– अहिले मूल धारमा प्रख्यात वा लिपिबद्ध सङ्गीत शासक वर्गीय सङ्गीत हो । तर यो खालि सङ्गीतको भाव पक्षको हकमा मात्र सत्य हो । त्यसका वावजुद सङ्गीतको आन्तरिक नियम, संरचना पक्षमा जे जति विकास र परिष्कार भएको छ, त्यो अहिलेसम्मको मानव समाजको उत्कृष्ट उपलब्धि हो । हामीले यो उपलब्धिलाई स्वागत गर्नु पर्दछ । तर त्यसो गर्ने बेलामा सङ्गीतको भाव वा विचार पक्षमा प्रशस्त छलफल हुन सक्छ र त्यो छलफल गरिनु पनि पर्दछ ।
इतिहास विजीत लेखिए जस्तै सङ्गीतको लिपिवद्ध इतिहास पनि विजीतको नै लेखिएको छ—यदि लिखित इतिहासलाई मात्र अध्ययनको सामग्री बनाउने हो भने हामीले यो निष्कर्ष निकाल्नु पर्ने हुन्छ । तर इतिहास खालि लिपिबद्ध स्वरूपमा मात्र हु“दैन । अहिले इतिहास सम्बन्धी नयां धारणा प्रकाशमा आएको छरु। त्यो हो– लिपिबद्ध प्रमाणलाई वा सांस्कृतिक प्रतिबिम्बलाई मात्र प्रमाण बनाउनुभन्दा उत्खनन् जस्ता भौतिक प्रमाणलाई आधार बनाएर इतिहासको पुनर्लेखन गरिनु पर्दछ । यसो गरियो भने विजीतको मात्र होइन, पराजितको पनि इतिहास फेला पार्न सकिन्छ । सङ्गीतको इतिहास खोजीको विषयमा पनि दृष्टिकोण मननयोग्य देखिन्छ । यदि हामी जन साधारणको सङ्गीतको खोजी गर्न चाहान्छौं भने खालि पुस्तकको पानामाथि भर पर्न सक्दैनौं, त्यसका लािग हामी जन साधारणको बीचमा जानु पर्ने हुन्छ अथवा उत्खनन् जस्तो भौतिक प्रमाणका आधारमा तथ्य सङ्कलन गर्दै निस्कर्ष निकाल्ने पद्धति अवलम्बन गरिनु पर्दछ ।
पुंजीवादको विकासपछि सङ्गीतको स्वरूपमा पनि परिवर्तन आएको छ । पुंजीवादमा पुंजी जीवन्त, तर मानवको एक तप्का पराधीन, विवश हुने भएकाले सङ्गीत पनि यो वास्तविकताबाट अछुतो रहेन । जसरी दरबारले संरक्षण दिंदा सामन्तवादी युगमा दरबारी सङ्गीत अस्तित्वमा आएको थियो, त्यसैगरी पु“जीको संरक्षणमा उपभोक्तावादी सङ्गीत अस्तित्वमा आएको छ । स्पष्ट छ– पुंजीवादी दुनियामा खालि त्यस्तै सङ्गीतलाई वित्तीय सहयोग मिल्न सक्छ, जसले उक्त व्यवस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष समर्थन गर्दछ । त्यसकारण पुंजीवादले खालि आफ्नो पुंजीको चक्रवर्ती बृद्धिलाई मद्दत पुग्ने गरी सङ्गीतलाई प्रायोजन गर्ने गरेको छ । यही कारणले गर्दा अहिलेको विश्वमा उपभोक्तावादी सङ्गीत हावी भएको छ । विश्वव्यापी रूपमा सत्तासिन पुंजीवाद अहिले उन्मत्त भएको छ । त्यसको परिणामस्वरूप उत्ताउलोपन, भड्किलोपन सतहमा आएको छ । अश्लीलता, छाडापन अहिले जसरी सतहमा आएको छ; गीत, सङ्गीत र नृत्यमा जसरी नाङ्गोपन देखिन थालेको छ, त्यसका पछाडि पुंजीवादको त्यही उन्मत्तताले काम गरेको स्पष्ट छ ।
पुंजीवादको विकासका साथै दरबारी सङ्गीतप्रतिको परम्परागत संरक्षण समाप्त भएको छ । त्यसका साथै दरबारी सङ्गीतलाई कायम राख्ने जिम्मेवारी तिनै पराजित सामन्ती घरानाको हातमा जान्थ्यो तर आफै जीविकाका लागि सरकारी आवधिक भत्ताको भरमा बाच्न विवश पराजित घराना सङ्गीतको रक्षाका लागि सक्षम थिएन । उसले पनि यो अभिभाराबाट आफूलाई मुक्त गर्न नै बुद्धिमानी ठान्यो । त्यसपछि त दरबारी सङ्गीत झन् टुहुरो बन्यो । अब दरबारी सङ्गीत सङ्ग्रहालयको वस्तु बनेको छ । तर त्यसको अर्थ समग्र धर्म शास्त्रीय सङ्गीत नै समूल नष्ट भइसकेको छ भन्ने होइन । धर्मशास्त्रप्रति प्रतिबद्ध ठूलो तप्का त्यसको संरक्षणमा अहिले पनि लागिपरेको छ । सहरमा यस्तो सङ्गीतको पुस्र्थापनाका लागि प्रशिक्षण संस्थान खुलिरहेका छन् । एउटा तप्का यसमा दत्तचित्त भएर लागे पनि जब उनीहरू बजारमा जान्छन्, उनका अगाडि “नास्तिक” को फौज उभिन्छ । तैपनि धार्मिक संस्था र त्यसप्रति सहानुभूति राज्य पक्षको साथ–सहयोगका आधारमा उनीहरू अहिलेसम्म जीवित छन् । आम जनता माझ धर्मको प्रभाव रहंदासम्म यस्तो शास्त्रीय सङ्गीत पूर्णतः समाप्त भने हुने छैन ।
जनतामा रहेको धर्मप्रतिको व्यापक सद्भावका कारण पुंजीवादको वर्तमान चरणसम्म पनि भक्ति सङ्गीतको उति साह्रो अवनति भएन । त्यसका पछाडिको कारण हो– सामन्तवादी युगको अन्तपछि धर्मको सत्ता दरबारबाट मन्दिरमा स्थानान्तरण हुनु, यद्यपि यो स्थानान्तरणको क्षमता, आकार धेरै नै कम छ । सर्वविदितै छ– आर्थिक रूपमा पूर्वी विश्वमा राज्य पक्षपछिको दोस्रो सम्पन्न सत्ता मन्दिरको नै हो । सामान्यतः यही अवस्था मस्जिद, चर्च र गुम्बाको हकमा पनि सत्य हो । स्वयं हाम्रो देशमा पशुपतिनाथ मन्दिरको एउटा उदाहरण नै काफी छ, जसले उपर्युक्त सत्यलाई चरितार्थ गर्दछन् । नेपालमा यो पक्ष यति बलवान छ– नेपालको संविधान २०७२ मा धर्म सम्बन्धी नीतिगत विषयमा समेत मध्यवर्ती बाटो अपनाइएको छ । त्यसका लागि धर्म निरपेक्षताको परिभाषा नै विकृत बनाइएको छ ।
पु“जीवादको विकासले भक्ति सङ्गीतलाई प्रत्यक्ष रूपमा नोक्सान पु¥याउने काम गरेन । त्यसका पछाडि दुई वटा कारण छन् ः प्रथम– दार्शनिक रूपले भक्ति सङ्गीतले पु“जीवादका विरुद्ध कुनै प्रकारको भूमिका खेल्दैन । द्वितीय– भक्ति सङ्गीत खालि मन्दिर, चर्च, मस्जिद, गुम्बा आदिमा मात्र प्रभावी छ । यी धर्मस्थलभन्दा बाहिर त पुंजीवादी सङ्गीत नै प्रभावी छ । अझै आधुनिक सूचना प्रविधिसित जोडिएको तप्कामा त पुंजीवादको बाइ प्रोडक्ट उत्तर आधुनिकता हावी छ । अर्कातिर, भक्ति सङ्गीतका लागि पुंजीवादले आर्थिक लगानी पर्न गर्नु परेको छैन । यसरी आर्थिक लगानी बिना नै बहुपक्षीय फाइदामा पुंजीवाद छ । त्यस कारण पुंजीवादको उत्कर्ष चरणका वावजुद भक्ति सङ्गीत अहिले पनि जीवित छ भने एक अर्थमा भन्न सकिन्छ– पुंजीवादको संरक्षणमा नै भक्ति सङ्गीत जीवित छ ।
पुंजीवाद ः मतलब सर्वहारा वर्ग सहितको सामाजिक व्यवस्था, पुंजीपतिका लागि जीवन–मरणको विरोधीका हुनुका वावजुद उनीहरूका लागि नभई नहुने तङ्खव । यो समयमा जन साधारणको सङ्गीत भन्नुको अर्थ यही हुन्छ– सर्वहारा सहित बिपन्न जनताको सङ्गीत । पुंजीवादी सङ्गीतप्रति राज्य पक्षको लगानी भएकाले जन साधारणको सङ्गीतले सबैभन्दा बढी चुनौती सामना गर्दछ । वास्तवमा अहिलेको युगमा सङ्गीत दुई प्रकृतिका छन् ः पुंजीवादी उपभोक्तावादी सङ्गीत र जन साधारणको सङ्गीतरु। जन साधारणको सङ्गीत अन्र्तगत सर्वहारा वर्गको सङ्गीत पनि पर्दछ ।
सत्तासिन पुंजीवादी व्यवस्था, त्यसको वित्तीय समर्थनमा उपभोक्तावादी सङ्गीत—यो स्थिति जन साधारण वा सर्वहारा सङ्गीतका लागि चुनौतीपूर्ण अवस्था हो । सर्वहारा वर्गको सङ्गीतलाई कुनै पनि प्रकारको वित्तीय समर्थन वा आर्थिक लाभबाट बञ्चित गर्नु र कथित मूल धारमा स्थान नदिनु नै अहिले पुंजीवादी सत्ताको सर्वहारा सङ्गीतप्रतिको आम नीति हो । राज्य पक्षको सहयोग वा समर्थन बिना कुनै पनि सङ्गीत मूल धारमा स्थापित हुन नसक्ने भएकाले पुंजीवाद सर्वहारा सङ्गीतलाई यसरी नै भित्तामा पु¥याउन चाहन्छ । तर सामन्तवादी व्यवस्थामा भन्दा पुंजीवादी व्यवस्थामा जनवादी अधिकार बढी हुने भएकाले सर्वहारा सङ्गीतका लागि एक प्रकारको अनुकुलता उत्पन्न हुन्छ । यता विश्वव्यापी र बहुसङ्ख्यामा रहेका तथा पुंजीपतिका लागि नभई नहुने अनिवार्य तङ्खव भएकाले पुंजीवादले चाहेर पनि सर्वहारा वर्ग समाप्त हुन सक्दैन, त्यसका साथै सर्वहारा सङ्गीत पनि । जसरी उपभोक्तावादी सङ्गीतले वस्तु उत्पादन र मुनाफाबाट आफूलाई जीवित राख्छ, त्यसै गरी सर्वहारा सङ्गीतले ऐतिहासिक नियम र सत्य अनुसार समाजबाट शक्ति प्राप्त गरी जीवित रहन्छ ।
सर्वहारा सङ्गीत मात्र जन साधारणका सङ्गीतको एक मात्र पक्ष होइन, समाजमा उपभोक्तावादी र भक्ति सङ्गीतको विकल्पमा अन्य सङ्गीत पनि छन्, यद्यपि यस्ता सङ्गीतमध्ये कतिपय सीमान्तकृत अवस्थामा पनि छन् । जनताका बीचमा धर्म शास्त्रीय सारतङ्खव र उपभोक्तावादी स्वार्थका विपरीत प्रकृतिका सङ्गीत अस्तित्वमा छन् । आदिवासी समुदायका सङ्गीत यस्तै प्रकृतिका हुन् । बब मार्लेको सङ्गीत पनि यस्तै प्रकृतिको हो । जनताका विभिन्न तप्का वा पक्षका बेग्ला बेग्लै सङ्गीत हुनुका वावजुद सत्य यही हो । सर्वहारा सङ्गीत (नेपालको सन्दर्भमा भन्नु पर्दा उदाहरणको रूपमा रक्तिम सांस्कृतिक अभियान) नै जन साधारणको प्रतिनिधि सङ्गीत हो ।
पूर्वी विश्वमा सङ्गीत इतिहासको आलोकमा नेपाली सङ्गीतलाई हेर्दा एउटा तथ्य भिन्न देखिन्छ । त्यो हो– दरबारी सङ्गीतको निस्प्रभावी स्थिति । इतिहास हेर्दा जसरी भारतमा दरबारी सङ्गीतका हस्तीहरु अमिर खुसरो, तानसेन, पुरन्दारदास लगायत भेटिन्छन्, सङ्गीतलाई दरबारबाट संरक्षण दिने सङ्गीतानुरागीका रूपमा अकवर, मानसिंह तोमर जस्ता राजा भेटिन्छन्, त्यसरी नेपालमा कुनै राजा वा भारदार दरबारी सङ्गीतको संरक्षणका लागि अगाडि आएको देखिन्न । २००७ सालसम्म शाह वंश र राणाका जहानिया शासन चले पनि उनीहरूको साहित्य, कलातिर ध्यान गएको देखिन्न । त्यस कारण नै हुन सक्छ– नेपालमा दरबारी सङ्गीतको विकास भएको पनि पाइन्न । त्यस्तो हुनुका पछाडि ती शासकका कमजोर सांस्कृतिक स्तर नै थियो । जतिखेर नेपाल एकीकरण भएको थियो, त्यतिखेर फ्रान्समा राज्यक्रान्तिको तयारी चलिरहेको थियो । यता भारतमा सङ्गीतको उत्कर्ष काल थियो । तर नेपालका शासक भने सत्ता र शक्तिका लागि आपसमै हत्या, हिंसामा संलग्न थिए । शाह वंशको यस्तो स्थिति पछिल्लो राजा ज्ञानेन्द्रसम्म कायमै रह्यो ।
भक्ति सङ्गीत मन्दिरका साथै अस्तित्वमा आयो । मन्दिरमा गरिने भजन, कीर्तनको रूपमा यसको स्वरूप अहिले पनि कायम छ । त्यहां हुने आयका कारणले गर्दा मन्दिरको व्यवस्थापन आर्थिक कारोबारेको रूपमा स्थापित भएको छ । धर्मको प्रभाव बढाउन (र, एक हदसम्म मन्दिरको आय बढाउन पनि) सहरका मन्दिरमा भजन, कीर्तन त्यसको एउटा अङ्ग नै बनेका छन् । तैपनि भारतमा जस्तो भजन, कीर्तनको सार्वजनिक प्रसार नेपालमा पाइंदैन । तर रेडियो नेपाल स्थापना भएपछि भक्ति सङ्गीतलाई राज्यले नै साथ दियो । अहिले विभिन्न टेलिभिजन, एफ.एम. र अन्य स्वतन्त्र तरिकाबाट भक्ति सङ्गीत प्रसार भैरहेको छ । यस्तो परम्परा नेपाल २०६३ पछि धर्म निरपेक्ष राज्य बनेपछि पनि कुनै फरक परेको पाइंदैन ।
सङ्गीतको उत्पत्ति जनसाधारणको प्रकृतिसितको अन्तरक्रियाका दौरानमा भएको थियो । प्राकृतिक विपत्ति आइलाग्दा, मानवकै बीचमा दुखान्त घटना घट्दा वा सुखानुभूतिका बेला त्यसको प्रतिक्रियास्वरूप गीत, सङ्गीत र नृत्य अस्तित्वमा आए । नृत्यको हकमा त त्यो कबिला समाजमा हर्षपूर्ण प्रेरणाबाट उत्पत्ति भएको देखिन्छरु। अहिले पनि आदिवासीमा हामी यसको प्रतिबिम्ब देख्न सक्छौं ।
नेपालमा दक्षिणबाट भारतीय हिन्दू आर्यको प्रवेशभन्दा पहिले पकृत्ति प्रदत्त कला (गीत, सङ्गीत र नृत्य) को अस्तित्व थियो । लामो समयसम्म शासक बनेका खस आर्यले सुरुमा हिन्दू धर्म अपनाएका थिएनन् । प्रारम्भमा उनीहरु पनि बौद्ध, शैव, बोन जस्ता धर्म अपनाउ“थे । बाह्रौ“ शताब्दी वरपर भारतीय हिन्दू आर्यको नेपाल प्रवेशका साथै हिन्दू धर्मको पनि प्रवेश भयो । त्यसका साथै स्वयं राज्य पक्षले नै हिन्दू धर्म शास्त्रीय मान्यता अनुसार गीत, सङ्गीत र नृत्यलाई प्रभावित गर्न थाल्यो । त्यसपछि खस आर्य र मङ्गोल मूलका जातिका जातीय कला हिन्दू धर्म शास्त्री कलामा स्थानान्तरण हुन थाले । उदाहरणका लागि स्वयं मगरको मारुनी नाचमा गाइने गीतमा समेत रामायण, महाभारतका कथावस्तुले प्रवेश पाउनुले बताउ“छ– गीत, सङ्गीत र नृत्यको क्षेत्रमा हिन्दू धर्म शास्त्रीय प्रभाव त्यस समयमा चर्को भइसकेको थियो । खस आर्य समुदायले रामायण, महाभारतका कथावस्तु अनुसार भजन, कीर्तन गाउ“थे । त्यसको प्रभाव मङ्गोल मूलका जातिमा पनि प¥यो । दसंैमा बलीको अवसरमा गाइने भक्ति सङ्गीतमा पनि भजनकै प्रकृतिले प्रवेश पायो ।
हिन्दू धार्मिक आक्रमणले नेपालको परम्परागत जातीय सङ्गीतलाई पृष्ठभागमा पु¥याइदियो । तर रेडियो नेपालको स्थापना भएपछि लोक गीतको पनि विकास हुन थाल्यो । जन स्तरमा रचिएका माया, प्रीतिका भावयुक्त गीतलाई रेडियो नेपाले प्रसारण गर्न थाल्यो, यद्यपि रेडियो नेपालमा प्रसारण गरिने लोक सहित कुनै पनि प्रकारका गीत तत्कालीन राजाका विरुद्ध हुनु हुंदैनथ्यो । तत्कालीन राजाले आफै यस्ता गीतको सेन्सर गर्दथे । फेरि पनि माया, प्रेम र एक हदसम्म देशप्रेमयुक्त गीत, सङ्गीतले रेडियो नेपालमा प्रश्रय पायो । अहिले यस्ता प्रकृतिको गीत–सङ्गीतको अवस्था इतिहासकै उन्नत अवस्थामा छ भन्न सकिन्छरु। यतिखेर माया, प्रीतिका गीत– सङ्गीतको बजार राम्रै भएको मान्न सकिन्छ ।
नेपालमा पूर्वका राई, लिम्बू, तामाङ आदिको सेलो; मगर, गुरुङका झ्याउरे, मारुनी; खस आर्यका भजन, कीर्तन, सुदूर पश्चिमी क्षेत्रको जनताका देउडा, दक्षिण नेपालका मैथिली, भोजपुरी, अवधीका जस्ता लोक (र, परम्परागत) सङ्गीत विद्यमान छन् । यिनीहरू रेडियो नेपालबाट पनि प्रसारण हुंदै आएका छन् । त्यसका वावजुद अझै पनि लोपोन्मुख वा सीमान्तकृत जातिका प्राचीन गीत, सङ्गीत र नृत्यको खोज–अनुसन्धान गर्ने कार्य अझै बा“की छ । सङ्गीतको क्षेत्रमा कलम चलाउने व्यक्तित्वले यस क्षेत्रमा प्रयास गर्नु पर्ने छ । चेपाङ, राउटे जस्ता जातिका गीत, सङ्गीतका बारेमा खोज–अनुसन्धान हुनु बांकी नै छ ।
नेपाली सङ्गीतको पछिल्लो चरणमा मानवीय संवेदनाका विभिन्न रूपलाई समेट्ने गरी आधुनिक सङ्गीत प्रचलनमा आएको छ । खास गरी सहरमा बस्ने गायकले यस्ता गीत–सङ्गीतलाई अगाडि बढाउने प्रयास गरिरहेका छन् । रेडियो नेपालले पनि यसलाई स्थान दिने गरेको छ । अब भारतीय सङ्गीतका कत्थक, भरतनाट्यम जस्ता सङ्गीतको प्रशिक्षण पनि सुचारु भएको छ । तर यस्ता प्रशिक्षण बढी राजधानीमा क्रियाशील छन् । यता देश उदार अर्थतन्त्रमा प्रवेश गरेपछि पश्चिमी सङ्गीतको प्रभाव पनि बढ्न थालेका छ । पप, रक जस्ता सङ्गीत नेपाली भाषामा पनि गाउन थालिएको छ । यस्तै विभिन्न नृत्य पनि देखिन थालेका छन्, यद्यपि त्यसको प्रसारण त्यति व्यापक छैन । फेरि पनि राजधानी वरपर एउटा यस्तो जमात तयार भैसकेको छ, जसले लोक गीत, जातीय सङ्गीत वा भजन, कीर्तनको नाम सुन्दा बित्तिकै नाक खुम्च्याउंछ । राजधानीका सार्वजनिक यातायातमा यस्तै पप, रक र हिन्दी गीतको प्रसारण हुन थालेको छ । नेपाली फिल्मी सङ्गीतको पनि प्रसारण बढ्दै छ । पहिलेभन्दा बढी फिल्म बन्न थालेका छन् । तर लोक गीत जस्तै कर्णप्रिय स्थितिमा अझै पनि फिल्मी गात–सङ्गीत पुगिसकेका छैनन् ।
नेपालको सन्दर्भमा दरबारी सङ्गीतको प्रभाव नभएता पनि धार्मिक सारतङ्खवयुक्त सङ्गीतले जन स्तरमा विस्तार पाएको अवस्था छ । यो स्थिति भनेको हिन्दू धर्म प्रचारको एउटा माध्यम पनि हो । तैपनि धार्मिक तप्काभन्दा बाहिरको ठूलो तप्काले लोक गीत र आधुनिक गीत मन पराउने गरेको छ । जन साधारणको सङ्गीतका रूपमा अहिले पनि हामीकहां लोक गीत, भजन, देउडा, सेलो, झ्याउरे, मैथिली, भोजपुरी अवधि आदि छन् । यिनीहरुको सारतङ्खव परिवर्तनका साथै यस्ता सङ्गीतले समाज परवर्तनको पक्षमा भूमिका खेल्न सक्दछन् ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा प्रगतिशील गीतहरु खुला रूपमा प्रसारण हुन थाले । त्यसभन्दा पहिले पनि वेदना, सामना, राल्फा र रक्तिम जस्ता सांस्कृतिक समूह क्रियाशील थिए । तर राजनीतिक दलमाथि प्रतिबन्ध लागेको अवस्थामा यी गीत– सङ्गीतको निर्वाध प्रसारण हुन सक्दैनथ्यो । २०४७ सालमा रक्तिम परिवारको दुई वटा गीति क्यासेट प्रसारित भयो । त्यसका साथै प्रगतिशील गीत, सङ्गीतको विकास हुन थाल्यो । रक्तिमले हालसम्म आउंदा ४÷५ सय गीतका साथै दर्जनभर नाटक रचना गरी प्रसार गरिसकेको अवस्था छ । अहिले रक्तिम सांस्कृतिक अभियान नेपालको परिचित सांस्कृतिक समूह बनिसकेको छ । यसको प्रभाव विश्वभरि व्यापक छरु। यस्तै प्रगतिशील र देशभक्तिपूर्ण भाव अपनाएका सांस्कृतिक समूह देशमा थुप्रै सङ्ख्यामा क्रियाशील छन् ।
जातीय सङ्गीत, भक्ति सङ्गीत, लोक सङ्गीत हुंदै अहिले प्रगतिशील सङ्गीत—नेपालको अहिलेसम्म सङ्गीतको इतिहास हो । हिन्दू धर्मको आक्रमणका वावजुद नेपालमा धर्म शास्त्रीय सङ्गीतको संस्थागत विकास अपेक्षा अनुरूप भएको छैन । यता पप, रक र हिन्दी सङ्गीतको प्रभाव बढ्दा नेपालको लोक तथा प्रगतिशील सङ्गीतका अगाडि अवरोध आउने गरेको अवस्था छ । राज्यले खुला बजार अर्थतन्त्र अपनाएकोमा उत्तर आनुनिकतावादी चिन्तनले पनि प्रवेश पाएको परिस्थितिमा खास गरी राजधानीको सङ्गीत क्षेत्रमा प्रभाव पर्ने निश्चित छ । फिल्मी सङ्गीतमा बढ्दो पप, रक र हिन्दी सङ्गीतको नक्कल चिन्ताको विषय हो । सूचना पहुंचको तीव्र विस्तारका साथै मोबाइल र इन्टरनेट मार्फत यस्ता विकृति गाउं गाउंमा पुगेको छ । यो अरू चिन्ताको विषय हो ।
सङ्गीत सामन्त तथा दास युगभन्दा पहिले जन साधारणको थियो । पछि जनताको सङ्गीतलाई दास मालिक, सामन्त र पुंजीवादले आफ्नो पक्षमा प्रयोग गरे । अब समय आइसकेको छ– जन साधारणको सङ्गीत स्वयं जन साधारणलाई नै फिर्ता दिउं, तर जस्ताको तस्तै होइन, परिष्कृत रूपमा । जन साधारणको सङ्गीत परिष्कृत रूपमा तिनैलाई फिर्ता दिने यो महान् कार्यभार अब प्रगतिशील तथा क्रान्तिकारी सङ्गीत कर्मीको कांधमा आइपरेको छ । समाजको आमूल परिवर्तनको समकक्षमा रहेर उनीहरूले यो कार्यभार सम्पन्न गर्नु पर्ने छ । प्रगतिशील तथा क्रान्तिकारी सङ्गीत कर्मीको ध्यान यस विषयतिर जानु परेको छ ।
सन्दर्भ सामग्री

- शर्मा, रामविलास, भारतीय साहित्य की भूमिका, प्रकाशक : राजकमल प्रकाशन प्रा.लि., नई दिल्ली, सन् १९९८ ।
- उपाध्याय, भगवत शरण, प्रकाशक : पिपुल्स पब्लिसिङ हाउस (प्रा.) लिमिटेड, नई दिल्ली, द्वितीय संस्करण, डिसेम्बर १९९१ ।
- नेपाल परिचय, प्रकाशक : नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग, काठमाडौं, तेस्रो संस्करण, २०७२ वैशाख ।
- बराल, कृष्णहरि, प्रकाशक : गीत : सिद्धान्त र इतिहास, प्रकाशक : विद्यार्थी पुस्तक भण्डार, काठमाडौं, वि.सं. २०६०
.................................................................................................................................................
सर्वहारा वर्गप्रति समर्पित रक्तिम
जनता माझ निश्चित विचार सम्प्रेषण गर्ने माध्यमको रूपमा गीत–सङ्गीतको सार्थकता आफैमा स्पष्ट छ । कलाका हरेक विधाले जनसमुदायका बेग्ला बेग्लै संवेदनालाई उत्प्रेरित गर्दछन् । त्यसमध्ये गीत–सङ्गीत नै एउटा यस्तो सशक्त माध्यम हो, जसले जनसाधारणदेखि बौद्धिक व्यक्तित्वको व्यापक आकारलाई प्रभावित गर्दछ । लययुक्त कला भएका कारण गीत–सङ्गीतले जनसमुदायको मन–मस्तिष्कलाई झन्कृत बनाउंछ । यद्यपि गीत जस्तै कविता (त्यसमा पनि छन्दयुक्त), गजल, मुक्तक जस्ता अन्य विधाहरू पनि छन्, जसको लययुक्त संरचना हुन्छन् । जस्तो कि गजलमा एक प्रकारको निश्चित लय हुन्छ । तर गजलको रसास्वादनका लागि त्यसलाई पढ्नु÷वाचन गर्नु पर्ने हुन्छ । पढ्नका लागि साक्षर हुनु आवश्यक हुन्छ । तर गजलमा सङ्गीत सामेल नभएको हुंदा त्यसको प्रभाव गीतको जस्तो हुंदैन । हामी देख्दछौं ः जब तिनै गजललाई गीत बनाएर प्रस्तुत गरिन्छ, तब त्यसको प्रभाव सशक्त हुन्छ । यही स्थिति कविताका सन्दर्भ पनि सही भएको देखिन्छ । एकदमै बौद्धिक र क्रान्तिकारी भावयुक्त कविताले खालि कविताका आधारभूत सिद्धान्त, संरचनाबाट जानकार पाठकलाई मात्र उत्प्रेरित गर्दछ । जुन मानिसहरू कविताका बारेमा जानकार छैनन्, तिनीहरूका लागि कविताको प्रभाव बेजोड हुन सक्दैन । तर जब त्यही कवितालाई गीतमा ढालेर गाइन्छ, तब त्यसको बेजोड प्रभाव देख्न सकिन्छ । रक्तिम सांस्कृतिक अभियानले त्यस्ता थुप्रै कविताहरूलाई गीतमा रूपान्तरण गरेको छ । मोहनविक्रम सिंहद्वारा लिखित रुख भन्छ, पात भन्छ, लेफ्ट राइट, क्रान्ति आफै आउन्न, ‘एक नयां दिशामा, हर्केको युद्धको, सीता शर्माद्वारा लिखित ज्वालामुखी लगायतका कविताहरूलाई रक्तिमले गीतमा रूपान्तरण गरेको छ र ती गीतहरूले सशक्त प्रभाव छोडेका पनि छन् । यद्यपि गीत र कविताको प्रारम्भ र समापन (संरचना) मा नै विपरीत स्वभाव हुन्छ ः कवितामा निस्कर्ष अन्तमा प्रस्तुत गरिन्छ भने गीतमा प्रारम्भमा नै । त्यसका बावजुद कवितालाई जब गीतमा रूपान्तरण गरिन्छ, त्यसको प्रभाव जोडदार हुन्छ ।
गीतको प्रभावकारिताका पक्षमा यी केही प्रमाण हुन् । यस्ता प्रमाण सङ्कलन गरेर गीत–सङ्गीतको प्रभावकारिताबारे बेग्लै पुस्तक नै तयार गर्न सकिन्छ । गीत–सङ्गीतको यस प्रकारको प्रभावकारिताबारे जनसमुदायका सबै पक्ष जानकार छन् । यस पक्षका निम्न उदाहरणतिर ध्यान दिऔं ।
धर्मले गीत–सङ्गीतको प्रभावकारितालाई राम्ररी मनन गरेको पाइन्छ । इसाई (क्रिस्चियन), हिन्दू र मुस्लिम धर्ममा गीत–सङ्गीतको महत्वपूर्ण स्थान रहेको पाइन्छ । इसाई धर्ममा चर्च सङ्गीतका बारेमा पश्चिममा व्यापक चर्चा गरिएको पाइन्छ । हिन्दू धर्ममा त झन् सङ्गीतको स्थान झनै महत्वपूर्ण रहेको पाइन्छ । भजन–कीर्तन, सत्सङ्ग (भक्ति वा आराधना सङ्गीत) हिन्दू धर्मका अभिन्न अङ्ग हुन् ।
हिन्दू धर्ममा कैयौं पन्थ (शाखा) हरू छन् । त्यसका बावजुद भजन–कीर्तन, सत्सङ्गको महङ्खवलाई सबैले स्वीकार गरेका हुन्छन् । ती सबै पन्थ वा शाखा, सम्प्रदायमा भजन–कीर्तन, सत्सङ्गको महङ्खवलाई प्राथमिकतामा राखिएको छ । चार वेदमध्ये एउटा वेद (सामवेद) सङ्गीतसित सम्बन्धित छ । त्यसका सबै ऋचाहरू सङ्गीतमय छन् । सामवेद नै पूर्वी संसारको प्राचीन साङ्गीतिक धर्मशास्त्र मानिन्छ । हिन्दू धर्ममा शानदार साङ्गीतिक इतिहास छ । अझै पनि भारतमा शास्त्रीय सङ्गीतको उपस्थिति सशक्त छ । यो सङ्क्षिप्त आलेखमा हिन्दू धर्मको साङ्गीतिक पक्षबारे विस्तृतमा चर्चा गर्नु सम्भव नै छैन ।
मुस्लिम धर्म तरबारका बीचबाट जन्मिएको थियो । हालको अरब भूमिमा कुनै बेला, जतिखेर त्यहां हरियाली, खुशियाली थियो, यहुदी धर्मका विरुद्ध निर्मम हिंसाका बीचबाट मुस्लिम धर्म उदाएको थियो । त्यसकारण मुस्लिम धर्मको प्रारम्भिक कालमा परिकल्पनात्मक सौन्दर्यको अपेक्षा राख्न सकिंदैनथ्यो । तर हिंसायुक्त तत्कालीन समाजबाट सुरक्षाका लागि महिलाहरूका लागि बुर्काको जुन चलनको सुरुवात गरियो, त्यहींबाट कलाको बिउ उम्रेको मान्न सकिन्छ । कहिल्यै महिलाको सुन्दरताको दर्शन गर्न नपाएका मुस्लिम धर्मावलम्बी पुरुषहरूले विवाहपछि वा अघि लुकिछिपी परस्त्रीगमन गर्दथे । त्यस क्रममा उनीहरूले महिलाका सुन्दरता, कोमलताबाट रसपान गर्न थाले । यही क्रममा उनीहरूलाई मूर्तिकला, ललितकलातिर उन्मुख भए । यसै क्रममा ताजमहल बन्न थाल्यो, झन्भन्दा झन् उत्कृष्ट गीत–सङ्गीत रचना गर्न थालियो र साहित्यको रचना भयो । यस्तै उद्वेलनका बीचबाट गजल अस्तित्वमा आयोरु। फारसी र उर्दू भाषीहरूले गजल जस्तो शानदार साहित्यिक विधा आविष्कार गरे । तर मुस्लिम धर्ममा साहित्य र कलाको यति तीव्रताका बावजुद धर्म प्रचारमा सौर्यको प्रयोग बढी गरिन्थ्यो । त्यहां “कर्वला” जस्ता संस्कार छन् । त्यस पर्वमा मुस्लिम पुरुषहरू धारिलो हतियारद्वारा आफैलाई घाइते बनाउंछन् । तर पछिल्लो समयमा मुस्लिम धर्ममा पनि भजन–कीर्तन वा सत्सङ्ग प्रकृतिको भक्ति सङ्गीतको प्रचलन सुरु भएको छ ।
अन्य धर्ममा पनि धार्मिक सन्देशलाई सम्प्रेषण गर्नका लागि गीत–सङ्गीतलाई माध्यमको रूपमा अपनाइएको पाइन्छ । कसैमा कमी, कसैमा बेशी—तर सबैमा गीत–सङ्गीतको माध्यम उपयोगमा ल्याइएको पाइन्छ । यसबाट प्रष्ट हुन्छ कि सबै धर्महरूले गीत–सङगीतलाई धर्म प्रचारका लागि सशक्त माध्यमका रूपमा अगाडि बढाएका हुन्छन् । यो भनाइ त्यसै आएको होइन ः डलर बिना इसाई, तरबार बिना मुस्लिम र सत्सङ्ग बिना हिन्दू धर्म हतियारविहीन जस्तै हुन्छन् ।
भौतिक जगतमा ईश्वरको सत्ता नभएको स्वीकार गर्ने भौतिकवादीहरू पनि गीत–सङ्गीतको प्रभावकारितामािथ विश्वास गर्दछन् । यद्यपि सङ्गीत जनसमुदायको आनन्दानुभूतिको एउटा सशक्त माध्यम हो । तर यस्तो आनन्दानुभूतिको प्रकृति निस्प्रयोजनयुक्त हुन्न । त्यसले एउटा सत्तालाई मजबुत बनाउंछ नै । त्यसकारण भौतिकवादी, अनिश्वरवादीहरू पनि गीत–सङ्गीत मार्फत आफ्नो दर्शन, विचारलाई जनता माझ सम्प्रेषण गर्ने माध्यमको रूपमा सङ्गीतलाई अगाडि बढाएका हुन्छन् । वामपन्थी वा कम्युनिस्ट क्रान्तिकारीहरूले गीत–सङ्गीत मार्फत वर्गसङ्घर्षलाई अगाडि बढाउन मद्दत गर्छन् । फ्रान्समा राज्यक्रातिका बेला पनि सङ्गीतको सक्रियता प्रभावकारी थियोरु। रुस र चीनमा क्रान्तिका बेला सर्वहारा गीत–सङ्गीतको एउटा पृथक, तर सशक्त क्षेत्र नै थियो । चिनियां अपेराहरूले त भारत र नेपालमा प्रशस्त प्रभाव छाडेका छन् । रक्तिम सांस्कृतिक अभियानले पनि चिनियां अपेरा शैलीबाट शिक्षा लिएको अवस्था छ । यहांनेर एउटा तथ्य मनन गर्नु पर्ने देखिन्छ । त्यो हो ः सर्वहारा वर्गले राज्यसत्ता कब्जा गर्नका लागि उद्वेलित गराउन वीर रसपूर्ण कला प्रयोगमा ल्याउंछ । यही अनुसार गीत–सङ्गीत र नृत्यलाई संयोजन गरिएको पाइन्छ । यसो गर्दा वर्गसङ्घर्षलाई मद्दत पुग्ने गरी गीत–सङ्गीत निर्माण गरिन्छ । तर वर्गसङ्घर्षको राजनीति परित्याग गरेका वामपन्थी पार्टीका लागि यस्ता प्रकृतिका गीत–सङ्गीत र नृत्यको आवश्यकता रहंदैन । उनीहरूका लागि गैरवामपन्थी साहित्य, कला (गीत–सङ्गीत पनि) ले नै त्यसको स्थानापूर्ति गर्दछ ।
सङ्गीतको व्यापकता यति छ कि असामाजिक तप्काले सम्म पनि यसको महङ्खव बुझेका हुन्छन् । उनीहरूले पनि बेला बेलामा क्षणिक मनोरञ्जनका लागि गीत–सङ्गीतको सहायता लिएका हुन्छन् । यद्यपि यस्तो प्रकृतिलाई सङ्गीतको दुरूपयोग मान्ने गरिन्छ । फेरि पनि यो सत्य हो कि सङ्गीतको उपादेयता र सार्थकता सकारात्मक, नकारात्मक दुवै पक्षका लागि उपयोगमा आएको देखिन्छ ।
विश्वमा सङ्गीतको सर्वव्यापी प्रयोगको जुन स्वरूप देखिन्छ, त्यसका साथै त्यसका माझमा विविधता पनि छ । यस्तो विविधता रसगत हुन्छ । साहित्यका विभिन्न रसहरूलाई बेग्ला बेग्लै पक्षहरूले उपयोग गर्दा त्यसमध्ये कुनै एक रसमा बढी जोड दिन्छन् । सत्तामा रहने वर्गका लागि गीत–सङ्गीत विशुद्ध मनोरञ्जनात्मक हुन्छ; धार्मिक समुदायका लागि ईश्वरप्रतिको समर्पणको माध्यम हुन्छ; वर्गसङ्घर्षमा विश्वास गर्नेका लागि विद्रोहमा उद्वेलित गराउने माध्यम हुन्छ; असामाजिक तङ्खवका लागि क्षणिक मनोरञ्जनात्मक हुन्छ र उत्तर आधुनिकतावादीका लागि उद्देश्यविहीन बाद्ययन्त्रद्वारा उत्पन्न हुने एउटा आवाज मात्र हुन्छ । उदाहरणका लागि पप सङ्गीतको उदय गोरा नश्लका उत्पीडकका विरुद्ध काला नस्लका उत्पीडित जनताको प्रतिरोधको रूपमा अगाडि आएको थियो । बब मार्लेले पनि यस्तै नश्लवादविरोधी मुद्दा उठाएका थिए । यसरी एक प्रकारको प्रयोजन निश्चित भएपछि सङ्गीतको उपयोग त्यसको रसगत संरचनातिर मोडिन्छ ।
निश्चित रूपमा गीतमा निर्णायक महत्वको विषय त्यसको शब्द हुन्छ । शब्दबाट नै गीतको विचार पक्ष किटानी हुन्छ र साथै त्यसको रसगत पक्ष पनिरु। गीतका शब्दले नै निर्णय गर्दछन् कि त्यसमा कुन प्रकारको सङ्गीतको आवश्यकता पर्दछ ? त्यस अर्थमा गीतको सहायक पक्ष बन्न जान्छ सङ्गीत । तर सङ्गीतको सटिकता बिना गीतको प्रभाव महशुस गर्न सकिंदैन । सङ्गीत बिना गीत कविता जस्तो वाचनयोग्य हुन्छ, श्रवणयोग्य होइन । रक्तिम पूर्वका रामेश, रायनका गीतहरूको स्थिति यस्तै प्रकृतिका थिए । मान्न सकिन्छ ः उनीहरूका गीतमा बौद्धिकता थियो, तर त्यस अनुपातमा सङ्गीत सशक्त प्रकृतिका थिएनन् । त्यसकारण उनीहरूका गीत कर्णप्रिय थिएनन् । उचित सङ्गीतको अभावमा उनका गीत कविता जस्ता वाचनयोग्य प्रकृतिका थिए अथवा भन्न सकिन्छ ः रामेश, रायनका गीत सुन्नयोग्यभन्दा पनि पढ्नयोग्य थिए । यो स्थिति भनेको कविताको जस्तो हो । धेरै थोरै मात्रामा हामीकहां आधुनिक गीतको प्रकृति यस्तै छ । “स्वर सम्राट” को उपाधि पाएका नारायण गोपालको स्वरयुक्त गीतको स्थिति यस्तै देखिन्छ । ती गीत सुन्नभन्दा पनि पढे पुग्ने प्रकृतिका छन् । यस अर्थमा गीतलाई वाचनयोग्य होइन, कर्णप्रिय बनाइनु पर्दछ । यसको अर्थ हो ः गीतमा सङ्गीत र लयको उत्कृष्ट संयोजन हुनु आवश्यक हुन्छरु। यसमा स्वर (भोकल) को पनि महङ्खवपूर्ण भूमिका हुन्छरु। कोकिल, कर्णप्रिय, लययुक्त स्वर (भोकल) को महत्व आफैमा स्पष्ट छ । त्यसलाई कसले अस्वीकार गर्न सक्दछ ?
अहिले क्रान्तिकारी कम्युनिस्टहरू सत्ता बाहिर छन् । उनीहरूले घोषणा गरेका छन् कि राज्यसत्ता हातमा नलिइकन आफ्ना नीति तथा कार्यक्रमलाई व्यावहारिक रूपमा लागु गर्न सकिंदैन । यतिखेर राज्यसत्ता रहेको वर्ग संरचनागत हिसाबले सशस्त्र त छ नै, आफ्ना विपक्षीका सवालमा निर्मम र कठोर पनि छ । यस्तो अवस्थामा सर्वहारा वर्गको प्रतिनिधिको रूपमा क्रान्तिकारी कम्युनिस्टले सामान्य आह्वान गर्दैमा पुंजीपति वर्गबाट सत्ता सर्वहारा वर्गमा हस्तान्तरण हुने छैन । त्यसका लागि सत्तामा रहेका सशस्त्र राज्यसत्तासित प्रत्यक्ष रूपमा भिड्नु पर्ने हुन्छ । एकातिर, शक्ति सन्तुलन र अर्कातिर, रणनीतिक अवस्थाका आधारमा यो तथ्यको किटान हुने छ कि राज्यसत्ता कब्जाको समयावधि कति हुने छ र वर्गसङ्घर्षको स्वरूप कस्तो हुने छ ? तर यो सत्य हो कि वर्तमान पुंजीवादी, साम्राज्यवादी राज्य सत्तासितको वर्गसङ्घर्ष कठोर, निर्मम र दीर्घकालीन प्रकृतिको हुने छ ।
एउटा वामपन्थी सांस्कृतिक कर्मीको ध्यान राज्यसत्ता कब्जाका लागि कठोर र दीर्घकालीन सशस्त्र सङ्घर्षमा सहभागिताको यथार्थताबाट हट्ने प्रश्नै आउंदैन । वामपन्थी सांस्कृतिक कर्मी, त्यसमा पनि सशस्त्र सङ्घर्ष, सर्वहारा अधिनायकत्व र सर्वहारा सांस्कृतिक क्रान्तिलाई समर्थन गर्ने सांस्कृतिक कर्मीहरूले त झनै उपर्युक्त निस्कर्षलाई नसा नसामा आत्मसात गर्दछन् । यसको आसय के हो ? यसको आसय हो– तिनै राजनैतिक उद्देश्यको आलोकमा गीत–सङ्गीत र नृत्यको निर्माण र विकास गर्नु । यसको अर्थ हो– उपर्युक्त राजनैतिक उद्देश्य अनुरूप गीतको शब्द रचना गर्नु । यसको अर्थ हो– उक्त राजनैतिक उद्देश्य अनुरूप सङ्गीत निर्माण गर्नु, जसले जनसाधारणमा वर्गसङ्घर्षको प्रतिविम्ब, प्रतीक उतारोस् । वर्तमान समयमा यस्ता सङ्गीतले उनीहरूलाई यस अर्थमा आनन्द देओस् कि बहुसङ्ख्यक जनतामाथि शोषण दमन भैरहेको छ—त्यसको विरोध गरोस्, सर्वहारा वर्ग आफ्नो मुक्तिको दिशामा लगातार क्रियाशील छ—त्यसबारे जानकारी प्रदान गरोस् र यो मुक्ति–आन्दोलनले अन्ततः वर्गविहीन समाजको निर्माण सम्भव छ—यस खालको आदर्श व्यवस्थाको प्रतिविम्ब उतारोस् । रक्तिम परिवारद्वारा तयार पारिएको (जीवन शर्माद्वारा रचित) “ओ याङ्की गो होम” ले नेपाली सर्वहारा वर्गलाई यस अर्थमा आनन्द दिन्थ्यो कि सर्वहारा वर्ग सुस्ताएको छैन, पेरूमा त्यो वर्ग राज्यसत्ताका लागि जीवन–मरणको वर्गसङ्घर्षमा होमिएको छ । रक्तिमका गीतहरू यस्तै स्प्रिटद्वारा ओतप्रोत छन्, जसले घोषणा गर्दछन् कि सर्वहारा वर्गको आदर्श राज्यसत्ताको स्थापना कठोर, निर्मम र दीर्घकालीन वर्गसङ्घर्ष बिना असम्भव छ । त्यसकारण रक्तिमका गीत–सङ्गीतले सर्वहारा वर्गलाई वर्गसङ्घर्षमा होमिन प्रेरित गर्दछन् । यस अर्थमा सर्वहारा राजनीतिक आन्दोलनभित्र रक्तिमको गम्भीर महङ्खव छ । रक्तिमले आफ्नो अहिलेसम्मको यो स्थितिबाट आफूलाई स्थानान्तरण गराउन सक्दैन । यो स्प्रिटलाई पक्रेर यो यात्रालाई अझै उचाइ र व्यापकतामा उठाउनु पर्दछ ।
रक्तिम सांस्कृतिक अभियान विश्व सर्वहारा वर्गप्रति समर्पित छ । प्राथमिक रूपमा राष्ट्रिय सीमाको कुरा गर्दा यो नेपाली सर्वहारा वर्गका लागि समर्पित छ । रक्तिमको काम र कर्तव्य हो ः नेपाली सर्वहारा वर्गलाई वर्गसङ्घर्षमा होमिन प्रेरित गर्नु । सशस्त्र सङ्घर्षमा सामेल नभैकन, त्यसमा विजय प्राप्त नगरिकन नेपाली सर्वहारा वर्गले आफ्नो मुक्ति अभियानलाई अगाडि बढाउन सक्दैन । यस क्रममा यसका पथिकहरू आफै सर्वहाराकरण हुनु पर्ने छ । निजी सम्पत्तिबाट सर्वस्वहरण झेल्नु पर्ने छ । एउटा सर्वहारा वर्गको सांस्कृतिक फांटको योद्धाको रूपमा रक्तिमका कलाकर्मीहरूले पनि ती सबै दुःख–कष्ट सहनु पर्ने छ, जस्तो दुःख–कष्ट विपन्न वर्गबाट आएका पेशेवर क्रान्तिकारी कम्युनिस्टहरूले व्यहोरेका हुन्छन् । यस प्रकृतिको जीवनका लागि रक्तिमका कलाकर्मीहरू मानसिक रूपमा तयार हुनु पर्ने छ ।
आफैमा सर्वहाराकरण भएर दुःख–कष्टपूर्ण जीवन गुजार्दै सर्वहारा मुक्ति आन्दोलनका पक्षमा योगदान दिनु नै रक्तिमका कलाकर्मीहरूको जीवन दर्शन हुने छ । यसरी गुमाउनका लागि कौडी वाहेक अरू केही नभएको, तर जित्नका लागि संसार छ भन्ने स्प्रिटका साथ रक्तिमका कलाकर्मीहरू गीत, सङ्गीत र नृत्य तिन वटै मोर्चामा डट्नु पर्ने छ । यस्तो अभिभारालाई यसका अभियन्ताहरूले सफलतापूर्वक निर्वाह गरेका छन् । यो अभियानलाई अझ व्यापक र सशक्त बनाउनु पर्ने छ ।
नेपालको सन्दर्भमा चिनियां सांस्कृतिक आन्दोलनले मार्गदर्शन गर्न सक्छ । रक्तिमले पनि चिनियां अपेरा शैलीबाट पर्याप्त मात्रामा आवश्यक तत्व ग्रहण गरिरहेको छ । चीनमा जस्तै अर्धसामन्ती, अर्धऔपनिवेशिक अवस्था र सर्वहारा क्रान्तिको स्वरूप पनि नयां जनवादी क्रान्तिकै स्थितिमा भएकाले चिनियां सर्वहारा सांस्कृतिक आन्दोलनबाट शिक्षा ग्रहण गर्नु स्वाभाविकै छ । सारमा रक्तिमका कलाकर्मीहरूले आफूलाई र नेपाली सर्वहारा वर्गलाई दीर्घकालीन जनयुद्धका लागि मानसिक रूपमा तयार पार्ने प्रकृतिको गीत–सङ्गीत र नृत्य सृजना गर्ने आफ्नो सिलसिलालाई दृढतापूर्वक अगाडि बढाउनु पर्दछ ।

No comments:
Post a Comment